नेपाल बैङ्क लिमिटेड नेपालमा स्थापना भएको पहिलो बैङ्क हो। यो नेपाल सरकार तथा निजी लगानिकर्ताहरूको संयुक्त लगानिमा स्थापना भएको हो।
नेपाल बैंक | |
---|---|
नाम | नेपाल बैङ्क लिमिटेड |
प्रकार | 'क' वर्गको इजाजत प्राप्त संस्था |
उद्योग | बैंङ्किग |
स्थापित वर्ष | १९९४ |
मुख्यालय | धर्मपथ,काठमाडौँ |
सेवा क्षेत्र | नेपाल |
उत्पादन | बैंङ्किग |
वेबसाईट | नेपालबैंक.कम.एनपी |
नेपाल बैङ्कको उद्घाटन राजा त्रिभुवनबाट वि.सं.१९९४ कार्तिक ३० गतेका दिन भएको थियो। यसैबाट नेपालमा संस्थागत रूपमा बैङ्किङ्ग सेवाको शुरुवात भएको थियो। यो बैङ्क स्थापना हुनु भन्दा पहिले सम्म सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो। १२ जना कर्मचारी र एकमात्र कार्यालयबाट सुरू भएको थियो। उक्त अवसरमा बोल्दै तत्कालिन प्रधानमन्त्री राणा प्रधानमन्त्री जुद्धशमशेरले "राजा त्रिभुवनको आज्ञाले सम्पूर्ण देशको चाहाना अनुरूप गर्न लागिईरहेको यो कार्य मेरो लागि एकदम ठूलो अवसर हो" भनेका थिए। "आजसम्म नेपालमा कुनै बैङ्क खोल्न सकिएको थिईएन। तर्सथ, उक्त आवश्यकता पूरा गर्न नेपाल बैङ्क लिमिटेड नाममा यो बैङ्क स्थापना हुन लागेको तथा श्री ५बाट उद्घाटन हुन लागिरहेको यो क्षण अत्यन्तै आनन्द तथा खुशीको क्षण हो। यस बैङ्कको उद्देश्य भनेको धनि गरीब सबैलाई सेवा प्रदान गर्नुका साथै राष्ट्र निर्माणमा योगदान पुर्याउनु रहेको छ। उक्त उद्देश्य हासिल गर्न सबैबाट र्समर्थन तथा शुभकामनाको आवश्यकता पर्ने हुनाले म त्यस प्रकारको सहयोग प्राप्त हुनेमा विश्वस्त छु।"
त्यस समयमा, यस औपचारिक बैङ्किङ्ग नयाँ अवधारणालाई धेरै कमले मात्र बुझनुको साथै धेरै कम मात्र यस प्रति विश्वस्त थिए। जति हकप्रद शेयर उठाउनु सजिलो थिएन त्यति नै निक्षेप परिचालन गर्नु पनि गार्हो थियो । जसको परिणामस्वरूप, बैङ्कले रु. २५,००,००० मुल्यको हकप्रद शेयर निश्कासन गरेकोमा रु. ८,४२,००० मात्र उठाउन सफल भएको थियो । नेपालमा बैङ्क नहुनाले देशको आर्थिक समुन्नतिमा बाधा पुगिरहेको तथा जनतालाई असुविधा परिरहेकोले मुलुकको समुन्नति तथा जनतालाई सेवा पुर्याउने उद्देश्यकासाथ यस बैङ्कको स्थापना एवं सञ्चालनको लागि यो कानुन जारी गरिएको छ । बैङ्क स्थापनाको प्रथम वर्षा कुल निक्षेप रु. १७,०२,०२५ रहेकोमा चल्ती निक्षेप करिव रु. १२,९८,८९८ मुद्दती निक्षेप रु. ३,८८,९६४ तथा वचत निक्षेप रु. १४,१६३ रहेको थियो । प्रथम वर्षको अन्तमा, कर्जा प्रवाह तथा वक्यौता गरी जम्मा रु. १९,८५,००० रहेको थियो । नेपाल बैङ्क लिमिटेड स्थापना देखिनै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैङ्क हो । रू. १०० परल मुल्यका २५०० हकप्रद शेयरहरू मध्ये, ४०% शेयरमा सरकारको लगानी थियो भने बाँकी ६०% शेयर निजी क्षेत्रलाई बिक्रीको लागि छुट्टयाईएको थियो । बैङ्क सञ्चालनको शुरुमा केवल १० जना शेयरधनीहरू मात्र रहेका थिए ।
नोट : मर्जर पश्चात प्रदान गरिएको इजाजतपत्रानुसारको मितिका आधारमा सूचीबद्ध
This article uses material from the Wikipedia नेपाली article नेपाल बैंक, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.