दर्शन: सामान्य र आधारभूत समस्याहरूको अध्ययन

दर्शनशास्त्र (अङ्ग्रेजी: Philosophy) भन्नाले मानवसँग सम्बन्धित मन, ज्ञान, भ्रम, वास्तविकता, कारण वा अन्य यस्तै मानव जीवन-जगतको विषयमा धारणाको अध्ययन गर्ने शास्त्र हो । साधारणत: दर्शन भन्नाले कुनै व्यक्ति वा विशेष समूहको विचार, सोच र मानसिकता भन्ने बुझिन्छ, त्यसैको अध्ययन नै दर्शन शास्त्र हो । दर्शनशास्त्रलाई जिवनशैलीको माध्यमको रुपमा पनि लिन सकिन्छ ।

इतिहास

मानब सभ्यताको विकासक्रम भएको दर्शनको सुरुवात नै आजको विकसित अवस्थामा पुगेको हो । मानब विकासको क्रममा जो जस्तो वातावरणमा रहदै आयो त्यहि त्यही वातावरणलाई पहिचान गर्ने र समायोजन गर्ने प्रयत्न गर्यो । समाजमा भएको विभिन्न बस्तु , ब्रह्माण्ड ,कहाँबाट सुरुभई कहाँबाट अन्त हुन्छ ? समाज किन गतिशील बन्यो ? गतिशीलताको कारणके के हुन् ? ब्रह्माण्ड,, सत्य , खोज मानिस, आत्मा , चेतना , विश्वास , संकृति , म आदि भिविन्न विषयको सुरुवात र अन्त्य के हो ? जस्ता प्रश्नहरु को उत्तर खोज्ने क्रममा दर्शन को सुरुवात भएको पइन्छ । दर्शनको उत्पति मानवजगत् , विचार, वातावरण , जिज्ञासा, कौतुहलता, सन्देह, आश्चर्य, दु:ख जस्ता विविध कारणबाट भएको मानिन्छ . यसको उत्पति कल यही हो भनि किटान गर्न सकिंदैन तर मानव विचारको स्रृष्टिको, ब्रम्हाण्डको, सत्यको, विश्वासको , र खोजीको सुरुवातबाटै दर्शनपनि सुरुवात भएको हो भन्न सकिन्छ ।

परिभाषा

  • सत्यलाई माया गर्ने व्यक्ति दार्शनिक हुन् ।("the philosopher…is a lover, not of a part of wisdom only, but of the whole.") --Socrates
  • पारलौकिक वस्तुहरूको वास्तविक प्रकृति पत्ता लगाउने विज्ञान दर्शन हो ।("Philosophy is a science, which discovers the real nature of supernatural elements".) --Aristotle
  • सम्पूर्ण कालाहरूको जननी र दिमागको सच्चा औषधि दर्शन हो ।("Philosophy is the mother of all arts and true medicine of mind.") --Cicero
  • विज्ञानक आधारहरूको तार्किक अध्ययन नै दर्शन हो । ("Philosophy is the logical study of the fundamental sciences.") --Bertrand Russell

क्षेत्रहरु

  1. वास्तविकताको सिद्धान्त :वास्तविकताको अध्ययन क्षेत्र : तत्व-मीमांसा (Metaphysics: Theory of reality )

शाश्वत सत्य वा निरपेक्ष सत्यको बास्तविकता के हो भनि अध्ययन गर्ने दर्शनशास्त्रको क्षेत्रलाई वास्तविकताको क्षेत्र भनिन्छ ।

    1. धर्मशास्त्र (Theology /Notions of God)
    2. आत्मासँग सम्बन्धित तत्वज्ञान (Metaphysics Regarding Soul: Nature of Man)
    3. ब्रमाण्डबिज्ञान (Science of Universe )
    4. सृस्टिबिज्ञान (Science of Creation)
    5. जीव सृस्टिबिज्ञान (Cosmology)
  1. ज्ञानसिद्धान्त: ज्ञान मीमांसा (Epistemology: Theory of Knowledge)
  2. मूल्यसिद्धान्त (Axiology: Theory of Value)

कार्य

  1. व्याख्यात्मक कार्य (Descriptive Function )
  2. अनुमानित कार्य (Speculative Function)
  3. आदेशात्मक कार्य (Prescriptive Function)
  4. विश्लेषणात्मक कार्य (Analytical Function)

दर्शनका दृष्टिकोणहरू १ अनुमान, अन्तरदृष्टि र कल्पना २ पुर्वस्थापीत सिद्दान्तमा आधारीत आैपचारीक तर्क ३ प्रतिविम्बात्मक चिन्तन ........शिक्षामा दर्शनको प्रयोग.......... १ शिक्षाको उद्देश्य निर्धारण गर्न । २ शिक्षाको पाठ्यक्रम निर्धारण गर्न । ३ शिक्षण विधि तथा शिक्षण क्रियाकलापको प्रयोग गर्न । ४ पाठ्यक्रमको प्रयोग गर्न । ५ शैक्षिक व्यवस्थापन गर्न । ६ विवेक सम्मत रूपमा कुनै पनि कुराको व्याख्या गर्न । ७ पाठ्यक्रम पाठ्यपुस्तक निर्धारण र प्रयोग गर्न ।

Tags:

दर्शन इतिहासदर्शन परिभाषादर्शन क्षेत्रहरुदर्शन कार्यदर्शनज्ञानमन

🔥 Trending searches on Wiki नेपाली:

माधवकुमार नेपालविज्ञानभौतिक विज्ञान१८औँ सार्क शिखर सम्मेलनइन्द्रजात्रावरुणग्रहसंविधान सभा निर्वाचन २०७०ऋग्वेदप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)सवाई मानसिंह स्टेडियमजङ्गलविकसित देशवेब्याक मेसिनसोलुखुम्बु जिल्लात्रेता युगप्रजातन्त्र दिवसदलितरोहित शर्माजनावर२०२२ फिफा विश्वकपवित्तीय विवरणहरूबाल विवाहमानसिक रोगअङ्ग (जीव विज्ञान)पृथ्वीनारायण शाहबर्दिया जिल्लाछाउपडीवैदिक साहित्यबाल्यावस्थासूचनामानव संसाधन व्यवस्थापनदिगो विकासगुल्मी जिल्लायौन तथा प्रजनन स्वास्थ्य अधिकाररामप्रसाद ज्ञवालीविवाह संस्कारएमिनेमप्रतिनिधि सभा निर्वाचन, २०७९पर्सा जिल्लानेपालका सहिदहरूबझाङ जिल्लाश्रेष्ठसरस्वतीआमा (वि.सं. २०२१ चलचित्र)सञ्चारनिकाराग्वाकृषिनेपालका हिमालहरूको सूचीबोधिचित्तकाठमाडौँ उपत्यकानेपालको सङ्घीय संसदजोखिम व्यवस्थापननविकरणीय उर्जाहिमाली प्रदेश (नेपाल)इजरायलरामायणसाम्यवादबूढानीलकण्ठ मन्दिरहरिवंश आचार्यनारायणगोपाल गुरूवाचार्यसंविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)व्यवस्थापन लेखापरीक्षणधनगढी उपमहानगरपालिकाव्रतबन्धराष्ट्रिय पहिचाननेपालका उर्जा केन्द्रहरूको सूचीहरितगृह प्रभावअङ्कनेपाल सशस्त्र प्रहरी बलजनमत सङ्ग्रहसुदूरपश्चिम प्रदेशनेपाली साहित्यको इतिहाससहिद दिवस🡆 More