रामचन्द्र पौडेल

रामचन्द्र पौडेल (वि.सं.

२००१ असोज २९) नेपाली राजनीतिज्ञ र नेपालको तेस्रो निर्वाचित राष्ट्रपति हुन्। यिनी प्रतिनिधिसभाकाे सभामुख, उप प्रधानमन्त्री लगायत नेपाल सरकारको विभिन्न मन्त्रालयकाे मन्त्री भएर कार्य गरिसकेका छन्। उनी तनहूँ २ बाट आम निर्वाचन २०५१ तथा २०५६ मा विजयी हुनुका साथै पहिलोदोस्रो संविधान सभामा विजयी भएका थिए भने तनहूँ १ बाट उनले आम निर्वाचन २०४८ र प्रतिनिधि सभा निर्वाचन २०७९ मा विजय प्राप्त गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका पौडेल नेपाली कांग्रेसको पूर्व संसदीय दलका नेता थिए।

रामचन्द्र पौडेल
नेपालको तेस्रो राष्ट्रपति
पद बहाली
वि.सं. २०७९ फागुन २८
प्रधानमन्त्रीपुष्पकमल दाहाल
उपराष्ट्रपतिनन्दकिशोर पुन
राम सहाय यादव
पूर्वाधिकारीविद्यादेवी भण्डारी
शान्ति तथा पुनर्निर्माण मन्त्री
कार्यकाल
वि.सं. २०६३ – वि.सं. २०६५ भदौ
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीबाबुराम भट्टराई
पूर्वाधिकारीपद स्थापना
उतराधिकारीसत्य पहाडी
व्यक्तिगत विवरण
जन्म (1944-10-15) १५ अक्टोबर १९४४ (उमेर ७९)
तनहुँ जिल्ला, नेपाल अधिराज्य
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस
जीवन साथीसबिता पौडेल

प्रारम्भिक जीवन

रामचन्द्र पौडेलको जन्म वि.सं. २००१ असोज २९ गते व्यास नगरपालिका, तनहुँ जिल्लामा आमा ऋषिमा र पिता दुर्गाप्रसादको घरमा ब्राह्मण परिवारमा भएको थियो। आफ्नो जीवनको प्रारम्भमा, वि.सं. २०२० देखि २०२४ सम्म उनले संस्कृत महाविद्यालयबाट संस्कृत साहित्यको अध्ययन गरेका थिए। वि.सं.२०२७ बाट उनले नेपाली साहित्यको अध्ययन गरेका थिए। उनले नन्दीरात्रि माध्यमिक विद्यालय, नक्सालबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए। पौडेलले सविता पौडेलसँग विवाह गरेका छन् र उनीहरूको चार छोरी र एक छोरा छन्।

राजनीतिक जीवन

प्रारम्भिक वर्षहरू (वि.सं. २०१७ ― २०४५ )

रामचन्द्र पौडेलले आफ्नो राजनीतिक जीवन सोह्र वर्षको उमेर बाटै सुरु गरेका थिए। वि.सं. २०१७ मा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौँ अधिवेशनमा पौडेल प्रतिनिधि थिए। वि.सं. २०१७ साल पुस १ गतेमा, राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकार भङ्ग गरेका थिए। त्यसपछि कोइरालालाई कैद गरिएको थियो जसको पौडेलले विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहयोग गरेका थिए। प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा परेका थिए।

वि.सं. २०३४ सालमा कांग्रेस तनहुँको सदस्य हुँदै वि.सं. २०३६ मा जिल्ला उपसभापति भएका थिए। वि. सं. २०३७ बैशाख २० गते बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायत विषयमा जनमत सङ्ग्रह भएको थियो जसमा पौडेलले कांग्रेस तनहुँ समितिको संयोजक बनेका थिए। वि.सं. २०४० सालमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख र वि.सं. २०४३ सालमा कांगेस केन्द्रीय सदस्य बनेका थिए। वि.सं. २०१८ सालमा कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको दोषारोपणमा एक महिना जति हिरासत दण्ड पाएका थिए। वि.सं. २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी परेका छन्।

मन्त्रीको रूपमा (वि.सं. २०४८ ― २०७९)

वि.सं. २०४८ सालमा भएको आम निर्वाचनमा पौडेल तनहुँ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी तनहुँ २ बाट वि.सं. २०५१२०५६ को आम निर्वाचन त्यस्तै वि.सं. २०६४ को पहिलो र २०७० को दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित भएका थिए। वि.सं. २०७९ मङ्सिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा उनि तनहुँ १ बाट निर्वाचित भएका थिए। वि.सं. २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदबाट पौडेल तत्कालीन स्थानीय विकास मन्त्री बनेका थिए। यसै क्रममा उनलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा (संसद) गोल्छे सार्कीले कुटपिट गरेका थिए।

उनि वि.सं. २०४९ सालमा कृषि मन्त्री बनेका थिए भने आम निर्वाचन २०५१ पछि प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका थिए। वि.सं. २०५६ सालमा उपप्रधान मन्त्री, सूचना तथा सञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्री बनेका थिए। उनले वि.सं. २०६५ मा कांग्रेस संसदीय दलको नेता बनेर विपक्षी दलको नेताको भूमिका निर्वाह पनि गरेका थिए। माओवादी जनयुद्धको शान्ति प्रक्रियामा पौडेल वि.सं. २०६१ देखि २०६२ सम्म शान्ति समितिको संयोजक रहेका थिए र पछि उनी शान्ति तथा पुनःनिर्माण मन्त्री बनेका थिए। विस्तृत शान्ति सम्झौताको लागि उनले मस्यौदा पनि लेखेका थिए।

नेपालको राष्ट्रपति (वि.सं. २०७९ ― हाल)

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट २५,३१८ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। वि.सं. २०७९ मा सम्पन्न नेपालको राष्ट्रपतिय निर्वाचनमा उम्मेदवारी दिएर उनले ३३,७०२ निर्वाचक मण्डलको मत प्राप्त गरी राष्ट्रपतिको चुनाव जितेका थिए। राजतन्त्रको अन्त्यपछि उनी नेपालको तेस्रो राष्ट्रपति बनेका हुन्।

लेखन जीवन

कीर्तिहरू

  • कांग्रेसको सङ्क्षिप्त इतिहास
  • प्रजातान्त्रिक समाजवाद एक अध्ययन (२०४७)
  • कांग्रेस र नेपालको आधुनिकीकरण
  • कांग्रेस के भन्छ ?
  • आस्थाको यात्रा (राजनीतिक विश्लेषण) (२०५५)
  • कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद (२०७५)
  • कृषि क्रान्ति र समाजवाद
  • राजनीतिको राजमार्ग, २०७९
  • कांग्रेस रूपान्तरणको मार्गचित्र
  • सन्दर्भमा समाजवाद
  • जेल जीवनमा केही कविता र निबन्ध रचना तथा प्रकाशन

पुरस्कार

  • महेन्द्रविक्रम शाह पुरस्कार
  • अर्डर अफ द राइजिङ सन (सन् २०२०; जापान)

सन्दर्भ सामग्रीहरू

Tags:

रामचन्द्र पौडेल प्रारम्भिक जीवनरामचन्द्र पौडेल राजनीतिक जीवनरामचन्द्र पौडेल लेखन जीवनरामचन्द्र पौडेल पुरस्काररामचन्द्र पौडेल सन्दर्भ सामग्रीहरूरामचन्द्र पौडेलआम निर्वाचन २०४८आम निर्वाचन २०५१आम निर्वाचन २०५६तनहुँ जिल्लात्रिभुवन विश्वविद्यालयनेपाल सरकारनेपालको राष्ट्रपतिप्रतिनिधि सभा (नेपाल)प्रतिनिधि सभा निर्वाचन, २०७९संविधान सभा निर्वाचन २०७०संविधान सभा निर्वाचन, २०६४

🔥 Trending searches on Wiki नेपाली:

मुक्तिनाथपाथीभरा देवी (ताप्लेजुङ)सन्नी लियोनघरेलु हिंसास्थानीय कार्यपालिकाउत्तरी गोलार्धनेपाली रुपैयाँनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थापुष्पलाल राजमार्गनेपाल बैंकबुढानीलकण्ठ स्कूलविद्युतीय अपराधरगतसमाजबुद्ध धर्मचाडपर्वस्याङ्जा जिल्लाराणा वंशराजेश हमालइन्डोनेसियासुदूरपश्चिम प्रदेश सभाजस्टिन बीबरमेमोरी (कम्प्युटर)मौसमनेपालका उपत्यकाहरूफलेवास नगरपालिकादर्शनविकिमिडिया फाउन्डेसनदेवनागरी सङ्ख्या पद्धतिबारा जिल्लावर्ण विन्यासअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालझोला (चलचित्र)पहिलो विश्वयुद्धकुखुरानेपोलियन बोनापार्टबीमासार्क शिखर सम्मेलनको सूचीनेपाल अङ्ग्रेज युद्धडिजिटल साक्षरतामहिनावारीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)दक्षिण कोरियासम्पत्तिसाम्यवादमेटायुनेस्कोदोधारा चाँदनी पुलविज्ञानइन्टरनेटयुरोपेली सङ्घनेपालको संस्कृतिटेलिभिजनगोसाइँकुण्डपञ्चैबाजामधेश प्रदेशपाकिस्तान सरकारनेपाल सशस्त्र प्रहरी बलकुखौरी मलसाँप्रानेपालका हिन्दू मन्दिरहरूको सूचीनेपाल सम्वत्नेपालको प्रधानमन्त्रीजनता समाजवादी पार्टी, नेपालनेपालका प्रमुख नदीहरूको सूचीपूर्वी रुकुम जिल्लाजिल्ला समन्वय समितिविप्रेषणनेपालको निसानछापकान्तिपुर टेलिभिजनपरीक्षाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)नेपालमा पर्यटनरेने डेसकार्टसबर्दिया राष्ट्रिय निकुञ्जखस जातिसूचना प्रविधि🡆 More