मेटा

मेटा एक अमेरिकी सामाजिक सञ्जाल र प्राविधिक कम्पनी हो जुन मेन्लो पार्क क्यालिफोर्नियामा अवस्थित छ। यो कम्पनीको स्थापना मार्क जुकरबर्गद्वारा हार्वर्ड कलेजमा अध्ययन गर्ने आफ्ना समकालीन साथीहरू एडुआर्डो स्याभरिन, एन्ड्रयु म्याककोलम, डस्टिन मोस्कोभिज र क्रिस ह्युज्ससँग मिलेर मूल रूपले द फेसबुक डटकम- वर्तमान फेसबुक, लोकप्रिय विश्वव्यापी सामाजिक सञ्जाल वेबसाइटको रूपमा स्थापित गरेका थिए। यसलाई अमेजन, एप्पल र गुगलसँगै ठूला पाँच प्राविधिक कम्पनीहरूमध्ये एकको रूपमा मान्ने गरिएको छ। फेसबुक संसारकै सबैभन्दा धनी कम्पनीहरूमध्ये एक हो। जनवरी २०१९ मा कम्पनीको बजार मूल्य ५८२ अर्ब अमेरिकी डलर पुगेको थियो।

मेटा निगम
पूर्व नाम
फेसबुक निगम (२००४–२०२१)
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूप
  • श्रेणी क: न्याजड्याकFB
  • न्याजड्याक-१०० भाग
  • एसएन्डपी १०० भाग
  • एसएन्डपी ५०० भाग
  • श्रेणी ख: असूचिकृत
आइएसआइएनUS30303M1027 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योग
स्थापितफेब्रुअरी ४, २००४; २० वर्ष पहिले (२००४-०२-04) क्याम्ब्रिज, म्यासेचुसेट्स
स्थापनाकर्ताहरू
केन्द्रीय कार्यालय,
अमेरिका
सेवा क्षेत्र
विश्वव्यापी (निषेधित राष्ट्रहरू बाहेक)
मुख्य व्यक्ति
उत्पादनहरू
राजश्ववृद्धि अमेरिकी$५५.८३८ अर्ब (सन् २०१८)
परिचालन आय
वृद्धि अमेरिकी$२४.९१३ अर्ब (सन् २०१८)
खुद आम्दानी
वृद्धि अमेरिकी$२२.१११ अर्ब (सन् २०१८)
कुल सम्पत्तिवृद्धि अमेरिकी$९७.३३४ अर्ब (सन् २०१८)
कुल इक्विटीवृद्धि अमेरिकी$८४.१२७ अर्ब (सन् २०१८)
कर्मचारी सङ्ख्या
४३,०३० (सेप्टेम्बर ३०, २०१९)
वेबसाइटएबाउट.फेसबुक.कम
पद टिप्पणी / स्रोतहरू

फेसबुकले अन्य उत्पादन र सेवाहरू समेत प्रदान गर्ने गर्दछ। फेसबुक निगमले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलसलाई अधिग्रहण गरेको छ भने यसले स्वतन्त्र रूपमा म्यासेञ्जर, दृश्य र पोर्टलको निर्माण गरेको छ।

इतिहास

फेसबुकले सन् २०१२ फेब्रुअरी १ मा प्रथम सार्वजनिक निष्कासन(आइपिओ) गर्ने आवेदन दायर गरेको थियो। प्रारम्भिक वक्तव्यमा कम्पनीले ५० करोड अमेरिकी डलर सङ्कलन गर्ने प्रयास गरिरहेको जनाइएको थियो। ८४.५ करोड सक्रिय मासिक प्रयोगकर्ता र फेसबुक वेबसाइटमा २७ करोड दैनिक मन पराइइने र टिप्पणी हुने गरेको दस्तावेजमा उल्लेख गरिएको थियो। प्रथम सार्वजनिक निष्कासन पछि जुकरबर्गसँग फेसबुक निगममा २२% स्वामित्व भाग र ५७% मतदान सेयर रहनेछ।

बिमालेखकहरूले फेसबुकको प्रतिकित्ता सेयर मूल्य ३८ अमेरिकी डलर तोकेको थियो तर कम्पनीले प्रतिकित्ता सेयरको मूल्य १०४ अमेरिकी डलर पाएको थियो जुन त्यससमयको कुनैपनि नयाँ सार्वजनिक कम्पनीको लागि सबैभन्दा बढी प्रतिकित्ता सेयर मूल्याङ्कन थियो। प्रथम सार्वजनिक निष्कासन भन्दा ठीक एक दिन अगावै २०१२ मे १६ को दिन बजारमा उच्च मागको कारण प्रारम्भमा नियोजित गरिएको भन्दा २५% धेरै सेयर बेच्ने फेसबुक निगमले घोषणा गरेको थियो। प्रथम सार्वजनिक निष्कासनबाट फेसबुक निगमले $१६० करोड उठाउन सफल भएको थियो जुन अमेरिकी इतिहासको तेस्रो ठुलो लगानी (एटिएन्डटी वायरलेसभन्दा थोरै अगाडि र जनरल मोटर्स र भिजा कम्पनीभन्दा पछाडी) बन्न पुगेको थियो। धितोपत्रको मूल्यले कम्पनीलाई अमेरिकी बजारमा केही ठूला कम्पनीहरू बाहेक अमेजन, म्याकडोनाल्ड्स, वाल्ट डिज्नी र क्राफ्ट हाउस जस्ता दिग्गज कम्पनीहरूलाई पछाडी धकेल्दै उच्च बजार पुँजीकरण कायम गर्न सफल भएको थियो जसको फलस्वरूप जुकरबर्गको स्वामित्वमा रहेको सेयरको मूल्य $१९० करोड पुगेको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

मेटा इतिहासमेटा सन्दर्भ सामग्रीहरूमेटा बाह्य कडीहरूमेटा यो पनि हेर्नुहोस्मेटाअमेजन (कम्पनी)एदुआर्दो सभेरिनएन्ड्रयु म्याककोलमएप्पल (कम्पनी)क्यालिफोर्नियागुगलफेसबुकमार्क जुकरबर्गमेन्लो पार्क, क्यालिफोर्नियासामाजिक सञ्जालहार्वर्ड कलेज

🔥 Trending searches on Wiki नेपाली:

अस्ट्रेलियाचुट्किलारणबहादुर शाहआर्थिक विकाससंस्कृतिरुस-युक्रेन युद्धनेपाल ए क्रिकेट टिममदन भण्डारी राजमार्गनेपालका हिन्दू मन्दिरहरूको सूचीनेपाल वित्तीय प्रतिवेदन मानहरूपुष्पलाल श्रेष्ठमाओवादी जनयुद्धनेपालमा हिन्दु धर्मराणा - काङ्ग्रेस मन्त्रिमण्डलबौद्धिक सम्पत्तिनेपालमा धर्महनुमानवडा समिति (नेपाल)उदयपुर जिल्लाबुलबुले तालझापा जिल्लामिडियाविकीडाँफेसङ्खुवासभा जिल्लालैङ्गिक पहिचानभक्तपुर दरबार क्षेत्रश्राद्धरौतहट जिल्लाराता रक्त कोषजैविक विविधताआमा (वि.सं. २०२१ चलचित्र)चितवन राष्ट्रिय निकुञ्जकालिका मन्दिर, बागलुङफिफा विश्वकपनबिल बैंकझलकमान गन्धर्वयोगी नरहरिनाथनेपालको निसानछापमलेसियाउत्प्रेषणसर्बियाकाठमाडौँ उपत्यकाजङ्गबहादुर राणाबलभद्र कुँवरगिरिजाप्रसाद कोइरालाग्लोबल आईएमई बैंकमानव विकास चरणनेपालका उर्जा केन्द्रहरूको सूचीउखान-टुक्कादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनतेह्रथुम जिल्लामागनेपालगन्ज उपमहानगरपालिकानेपालका संरक्षित क्षेत्रहरूको सूचीनेपालका नगरपालिकाहरूबझाङ जिल्लाराष्ट्रिय अनुसन्धान विभागमाटोनिर्वाचन प्रणालीसन्नी लियोनसंविधान सभा निर्वाचन, २०६४शिखरिणी छन्दनेपालको अन्तरिम संविधान २०६३नेपालै नरहेविकिगोरखा राज्यखड्कासुनसूर्यविनायकप्रतिलिपि अधिकारसहस्राब्दी विकास लक्ष्यसेयरबाट करोडपति (पुस्तक)हरिकृष्ण कार्कीपोखरा महानगरपालिकाकोशी प्रदेशदशावतारजर्मनीपञ्चायती व्यवस्था🡆 More