ताप्लेजुङ पाथीभरा देवी: हिन्दू देवीको मन्दिर

पाथीभरा (लिम्बु: मुकुम्लुङ) ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा पर्वतको शीखर नजीक अवस्थीत एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवलाइ पाथीभरा देवी भनिएको हो । परापुर्वाकालमा गाइ चराउँने गोठालाहरुले स्थापना गरेको पाथीभरा देवी थान शक्ती उपासकहरुका लागि बिशेष ठाउँ हो । यहाँ अझै मन्दीरको भवन बनेको छैन र देवी स्थानको रुपमै यो तीर्थ रहेको छ । पाथीभरा देवी स्थान नजीकै २०७७ सालमा कीराँत मन्दिर भने बनेको छ जस्को प्राङ्गणमा गुरु फाल्गुनन्दको शालिक राखिएको छ । तत्पश्चात पाथीभरा क्षेत्र लिम्बु जातिको पनि सामुदायीक आराध्या स्थल बन्न पुगेको छ । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी.

पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम "पाथीभरा देवी" भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका लिम्बू समुदायहरू पाथीभरा पहाडलाई " मुकुम्लुङ " भनेर चिन्दछन । लिम्बू भाषामा "मुकुुम"को अर्थ शक्ति वा बल, "लुङ"को अर्थ ढुंगा भन्ने जनाउँदछ। अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत रूपमा प्रकट गर्ने गर्दछन ।

पाथिभरा देवी
मुकुम् लुङ
ताप्लेजुङ पाथीभरा देवी: देवी उत्पति सम्बन्धी किम्बदन्ती तथा जनश्रुति, विश्‍वास आस्था एवं अलौकिक शक्तिकी देवी, पाथीभरा देवी उत्पतिस्थल पाथीभरा पहाड
पाथिभरा देवीको प्रतिमा
प्राथमिक विवरण
स्थान:पाथीभरा
सम्बन्धनहिन्दुत्व
जिल्लाताप्लेजुङ
देशनेपाल
अवस्थिति३,७९४ मी (१२,४४८ फिट)

देवी उत्पति सम्बन्धी किम्बदन्ती तथा जनश्रुति

पाथीभरा देवीको उत्पति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढङ्गले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवी ले दर्शन दिनु भयो भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली लाई भक्तजनहरूले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ । आज यी देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीको दर्शन गर्नुक्क निम्ति आउने क्रम जारी छ ।

विश्‍वास आस्था एवं अलौकिक शक्तिकी देवी

ताप्लेजुङ पाथीभरा देवी: देवी उत्पति सम्बन्धी किम्बदन्ती तथा जनश्रुति, विश्‍वास आस्था एवं अलौकिक शक्तिकी देवी, पाथीभरा देवी उत्पतिस्थल पाथीभरा पहाड 
पाथीभरा देवीको प्रतिमा

माथिनै उल्लेख गरिएको छ कि पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ। धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । "मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ" भन्ने जनधारणा रहिआएको छ ।

पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्‍ट फलफूल तथा मिठाईको भोग चढाउँछन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ। त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रूपमा) चढाउने गर्दछन ।

पाथीभरा देवी उत्पतिस्थल पाथीभरा पहाड

लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिंडेपछि तपाईँ पाथिभरा मन्दिर रहेको डाडाँको पश्‍चिमपट्टीको मुखमा फुत्त आईपुग्नुहुन्छ, त्यसबेला तपाईको आगमनको खबर पाएर टक्र्याक टुक्रुक बसेका कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिमश्रृंखलाहरू साथैलिई स्वागतको लागि हतारहतार आएझैं भान पर्दछ । कुम्भकर्ण को कुमसँग आफ्नो कुम ठोकिएलाकी भनी तपाईँ आनायस झस्कनु पनि हुन्छ । जतिसुकै थाके पनि वुरुक्क उफ्रिएर कुम्भकर्णको कुममा चढौंचढौं लाग्दछ । सेसेलुङ अर्थात कञ्चनजंघा कञ्चनजंघाको भिरालो फाँटहरूमा चिप्लेटी खेल्ने रहर जागेर आउन सक्दछ । साँच्चै नै भन्नुपर्दा यी हिमश्रृंखलाहरूको मगमुग्धकारी अलौकिक दृश्यले सम्मोहित भई तपाईँ स्वर्गीय आनन्दको अनुभूतिमा डुब्नुहुन्छ, भावशून्य भएर आफैं-आफैंमा हराउनुहुन्छ ।

सायद तपाईको उत्सुकता मुक पाथीभरा मन्दिर कसरि पुग्ने भन्ने तिर होला, दक्षिणबाट उत्तरतर्फ केही ओह्रालिएर गएको चउरीलो फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहालीलाग्दो भीरको शिरानमा सबै श्रद्धालु भक्तजनहरूको मनोकांक्षा पूरा गरिदिने पाथीभराको देबि मन्दिर अवस्थित छ । अब तपाईँ देवी पाथीभराको चरणमा उपस्थित हुनुहुन्छ । भनिन्छ यहाँ रहेको पाथीभरा देवीको नयाँ प्रतिमा नेपाल भरिकै सबैभन्दा अग्लो (८'६") भगवतिको प्रतिमा हो । अब तपाईँ देवीको दर्शन तथा पूजा अर्चनाको तयारीमा लाग्नुहोस ।

देवी दर्शन तथा पूजा अर्चना सकिएपछि पाथीभराबाट देखिने हिमश्रृंखलाको अवलोकन गर्न पटक्कै नभुल्नुहोला । यदि केही समय निकाल्न सक्नुहुन्छ भने पाथीभराबाट सेसेलुङ कञ्चनजंघामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुमधुर सुन्दर मोहनीलाग्दो दृश्य हेर्न तथा यसलाई आफ्नो क्यमरामा कैद गर्ने अवसर नगुमानुहोस ।

पाथीभराबाट दृश्यावलोकन गर्न सकिने हिमालहरू

  • कञ्चनजंघा (M) (सेवालुङ) ८५८६ मि.
  • कञ्चनजंघा (C) ८४८२ मि.,
  • कुम्भकर्ण (फक्‍ताङलुङ) ७७१० मि.
  • काङबाचेन ७९०३ मि.
  • कञ्चनजंघा (S) ८४७६ मि.,
  • मकालु ८४६३ मि.
  • लोत्से ८५१६ मि.,
  • नोत्से ७८५५ मि.
  • डोम हिमाल ७४४२ मि.

पाथीभरा धाममा कसरी जाने?

पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा (३७९४ मिटर) रहेकोले यहाँको तापमान हमेशा शून्य (०) को हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न (High Altitude Sickness) र न्युनताप (Hypothermia)बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगे झनै वेश हुन्छ । पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । झापाको बिर्तामोडबाट इलाम-फिदिम- हुँदै 270 किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार - तल्लो फेदी - उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ। अन्य मार्गमा धरानबाट धनकुटा-हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ।

जिल्लाको सदरमुकाम फुङ्गलिङ यसरी पुग्न सकिन्छ

हवाई मार्ग

  • बिराटनगर— ताप्लेजुङ (सुकेटार) हप्‍ताको १ उडान

सडक मार्ग (२३७ कि.मी.)

  • बिर्तामोड — ताप्लेजुङ (फुङ्गलिङ) ईलाम, फिदिम हुँदै (बस -साधारण र डिलक्स तथा जीप)

पैदल यात्रा

  • (धरान, धनकुटा हुँदै) बसन्तपुर गुफापोखरी — ताप्लेजुङ (फुङ्गलिङ) २ दिन

मन्दिरको व्यवस्थापन

यस मन्दिरको व्यवस्थापन कार्य पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश, २०५३ अन्तरगत गठीत एक समितिले गर्ने गरेको छ।

व्यवस्थापन समितिले यात्रुहरूका लागि विश्रामस्थल, कम्बल र खानेपानी आदिको व्यवस्थापन लगायतका कार्य गर्दछ।


मन्दिरमा वर्षेनी लाखौं भक्तजनहरूले दर्शन गर्न आउने र तिनले करोड भन्दा बढी रूपैयाँ भेटी चढाउने गरेका छन्। हालसालै जम्मा भएको करिव ४० क्वीन्टल सिक्का मन्दिरले राष्ट्रबैङ्क सँग साट्ने व्यवस्था मिलाएको छ।


पाथीभरा मन्दिरमा भक्तजनहरूले चढाएका घन्टीहरू
पाथीभरा मन्दिरमा रहेको ठूलो घन्टी
पाथीभरा मन्दिरमा बौद्ध धर्मावलम्बीहरू द्वारा टाँगिएको ध्वजा

पाथीभरा देवीको अरु केही तस्वीरहरु


यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडी

पाथीभरा देवीको बारेमा सम्पूर्ण जानकारी वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२४ मिति

Tags:

ताप्लेजुङ पाथीभरा देवी देवी उत्पति सम्बन्धी किम्बदन्ती तथा जनश्रुतिताप्लेजुङ पाथीभरा देवी विश्‍वास आस्था एवं अलौकिक शक्तिकी देवीताप्लेजुङ पाथीभरा देवी पाथीभरा देवी उत्पतिस्थल पाथीभरा पहाडताप्लेजुङ पाथीभरा देवी पाथीभराबाट दृश्यावलोकन गर्न सकिने हिमालहरूताप्लेजुङ पाथीभरा देवी पाथीभरा धाममा कसरी जाने?ताप्लेजुङ पाथीभरा देवी जिल्लाको सदरमुकाम फुङ्गलिङ यसरी पुग्न सकिन्छताप्लेजुङ पाथीभरा देवी मन्दिरको व्यवस्थापनताप्लेजुङ पाथीभरा देवी पाथीभरा देवीको अरु केही तस्वीरहरुताप्लेजुङ पाथीभरा देवी यो पनि हेर्नुहोस्ताप्लेजुङ पाथीभरा देवी सन्दर्भ सामग्रीहरूताप्लेजुङ पाथीभरा देवी बाह्य कडीताप्लेजुङ पाथीभरा देवीताप्लेजुङ जिल्लाफुङलिङ नगरपालिकामहागुरु फाल्गुनन्दलिम्बू जातिलिम्बू भाषा

🔥 Trending searches on Wiki नेपाली:

विश्वव्यापीकरणगणतन्त्रताप्लेजुङ जिल्लाआन्तरिक राजस्व विभाग (नेपाल)तत्वत्रिभुवन वीरविक्रम शाहनीति शाहयान्देक्सलोकगीतसुशान्त केसीनेपालको जनआन्दोलन २०६३कीर्तिपुर नगरपालिकाधनुषा जिल्लानेपालका स्थानीय तहहरूनारायणगोपाल गुरूवाचार्यकाँक्रे विहारनेपालको राष्ट्रपतिजयस्थिति मल्लगिरिजाप्रसाद कोइरालानेपाल बैंकदासप्रथानेपालमा महिला अधिकारचुरेप्रदेश प्रमुख (नेपाल)सार्की जातिअङ्ग्रेजी भाषादोलखा जिल्लासिद्धार्थनगर नगरपालिकागुराँसकार्यसम्पादन मूल्याङ्कनजिल्ला मालपोत कार्यालयलुम्बिनी प्रदेशनेपालको जनआन्दोलन २०४६सामाजिक विज्ञानचूडाकर्म संस्कारदेवनागरी सङ्ख्या पद्धतिलुभुपशुपति प्रसादकोशिका सिद्धान्तघरपालुवा चौरी गाईढोरबराहि मन्दिरनेवारी भाषामनमोहन अधिकारीनेपाल स्काउटनेपालको अर्थतन्त्ररुपन्देही जिल्लाजलवायु परिवर्तनबौद्धनाथनेपालका राष्ट्रिय विभूतिहरूनेपालका मल्ल राजाहरूको सूचीअर्थशास्त्रसमानुपातिक प्रतिनिधित्व प्रणालीनबिल बैंकआगन्तुकभूमध्यरेखानेपालको पञ्चवर्षीय योजनाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)दलितवडा कार्यालय (नेपाल)नेपाल सरकारसङ्गठनबाइसे राज्यहरूसंस्कृतचन्द्र शमशेर जङ्गबहादुर राणानेपालमा बोलिने भाषाहरूखेडा जिल्लाकोशी प्रदेशको मुख्यमन्त्रीमगर भाषारेखा थापाविज्ञापनविद्युत🡆 More