ढोरबराहि मन्दिर

ढोरबराहि मन्दिर (Dhorbarahi Temple) तनहुँ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । ढोरबराहि मन्दिर हिन्दूहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो। तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका –९ मा स्थित ढोरवाराही मन्दिर धार्मिक पर्यटनका हिसाबले अत्यन्तै महत्त्वपूर्ण तीर्थस्थलको रूपमा रहेको छ, यहाँ वर्षैभरी दर्शनार्थी को घुइँचो लागिरहन्छ ।

ढोरबराहि देवीको मन्दिर
ढोरबराहि मन्दिर
ढोरबराहि मन्दिरको एक फोटो
प्राथमिक विवरण
स्थान:तनहुँ
सम्बन्धनहिन्दुत्व
जिल्लातनहुँ
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा

ढोरवाराही मन्दिर अत्यन्तै मनोरम जंगलको बिचमा रहेको छ । साथै यस मन्दिर सम्म पुग्नका लागि सहज पथ निर्माण पनि गरिएको छ । मूल मन्दिरका साथै मन्दिरको छेउमा पोखरी पनि छ जहाँ थरीथरीका माछाहरु देख्न सकिन्छ । साथै पोखरीको पानी आउने द्वारमा ठूलो आयतनको रजबाम पनि बस्दछ जुन बाहिर निस्कीदैँन । लहरी छुट्ने बेलामा मात्रै रजबाम बाहिर निस्कन्छ जसको दर्शनले इच्छाएको पुरा हुने विश्वास गरिन्छ ।

ढोरवाराही मन्दिरमा पशुबलि दिने प्रथा छ । तर रामनवमी औँसी र एकादशीको दिनमा भने बलि दिइँदैन । यहाँ परेवा उडाउने र पाठापाठी तथा राँगाको बलि दिइन्छ । कुखुराको बलि निषेध छ । यहाँ लम्साल थरका ब्राह्मण पुजारी छन् ।

ढोरवाराही उत्पत्ति र लहरी

स्कन्दपुराणको हिमवत्खण्डमा समेत वर्णन गरिएको ढोरवाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति छ । यहाँ सदियौँं पुराना घण्टहरु समेत पाइएका छन् । ढोरवाराही देवीको उत्पत्ति श्री पञ्चमीका दिनमा भएको मानिन्छ जुन दिन यहाँ विशेष मेला लाग्छ ।

मन्दिर छेउमा रहेको कुण्डमा बेलाबेला एक्कासी पानी बढेर आउनुलाई लहरी छुटेको भनिन्छ जसलाई दैवी शक्तिको रूपमा लिइन्छ । चट्टानैचट्टानको विचबाट यतिठूलो मात्रामा पानी आउनुलाई ढोरवाराही माताको शक्तिको रूपमा लिइन्छ ।

पानी बढेर आउनुपहिल्यै कुण्डमा रहेका माछाहरु सतर्क भई पानी आउने द्वारतिर फर्कन्छन् जसले दर्शनार्थीलाई अचम्भित पार्दछ । यही लहरीबाट बग्ने झरना अति मनोरम देखिन्छ । यही कुण्डबाट बगेको खोलालाई निर्मल खोला भनिन्छ जसले ढोरफिर्दीका फाँटहरूलाई सस्साढ्य बनाउन मद्धत गर्दछ ।

रजबाम लहरी छुट्ने द्वारमा बस्दछ र लहरी छुट्ने बेलामा मात्रै बाहिर निस्कन्छ । यसलाई कसैले रजबाम ले पानी थुनेर बसेका कारण उ निस्कदाँ लहरी आउँछ भन्छन् तर त्यस्तो होइन । ०४२ सालदेखि ०४६ सालसम्म यहाँ लहरी आउन रोकिएको थियो । ०४६ सालदेखि पुनः सुरु भयो तर २०६६ श्रावणमा पुनः रोकियो । ०७२ सालको भुकम्पले गर्दा एकदिन मात्रै लहरी रोकिए पनि पुनः लहरी चल्न थालेको छ । हिउँदमा केही समय माता ढोरवाराही माइत जाने हुँदा लहरी छुट्दैन ।

मन्दिर पुग्ने बाटो

पोखरादेखि एक घण्टा पन्ध्र मिनेटको अवधिमा ढोरवाराही मन्दिर पुग्न सकिन्छ । पृथ्वी राजमार्ग खण्डको तनहुँस्थित दुलेगौंडाबाट मन्दिर सम्म जाने जिपहरु पाइन्छ । त्यहाँबाट सेति नदी पार गर्दै ५ कि.मि को दूरीमा मन्दिर पुग्न सकिन्छ । मन्दिर सम्म पुग्ने बाटो पक्की बनाउने कार्य शुक्लागण्डकी नगरपालिका कार्यालयले गरिरहेको छ ।

मन्दिर सम्बन्धि किम्बदन्ती तथा जनश्रुति

  • उमेर पुगे पनि बोल्न नसक्ने बचाउहरूलाई मन्दिरको पोखरिमा लहरी छुट्दाको पानीमा डुबाइ दिए आवाज निकाल्ने र बोल्न सक्ने हुन्छन् ।

मन्दिरको व्यवस्थापन

vमन्दिरको लहरी प्रकृया

यस मन्दिरमा अचम्मको एक प्राकृति लहरि छुट्ने प्रक्रिया रहेको छ । पहिले मन्दिरमा रहेको पोखरिमा पानीको बहाब सानो हुनेर लहरि प्रकृया पश्चात् पानीको बहाब बद्ने गर्दछ ।

लहरी छुट्नु अगाडिको ढोरबराहि मन्दिरको पोखरी
लहरी छुटेपछिको ढोरबराहिको पोखरी

२०७२ सालको भुकम्प प्रभाव

ढोरबराहि मन्दिरलाई पनि २०७२ सालको भुकम्पले निकै प्रभाव पारेको थियो।जहाँ मन्दिर प्राङ्गणमा रहेको पोखरिमा पानी सुकेको थियो भने पोखरिका माछाहरूलाई समेत अन्त सार्नु परेको थियो।

साथै यो मन्दिरको प्रमुख विषेशताका रूपमा रहेको लहरि प्रक्रिया पनि केही समयसम्म अबरुद्ध भएको थियो।

चित्र दीर्घाहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ढोरबराहि मन्दिर ढोरवाराही उत्पत्ति र लहरीढोरबराहि मन्दिर मन्दिर पुग्ने बाटोढोरबराहि मन्दिर मन्दिर सम्बन्धि किम्बदन्ती तथा जनश्रुतिढोरबराहि मन्दिर मन्दिरको व्यवस्थापनढोरबराहि मन्दिर vमन्दिरको लहरी प्रकृयाढोरबराहि मन्दिर २०७२ सालको भुकम्प प्रभावढोरबराहि मन्दिर चित्र दीर्घाहरूढोरबराहि मन्दिर यो पनि हेर्नुहोस्ढोरबराहि मन्दिर सन्दर्भ सामग्रीहरूढोरबराहि मन्दिर बाह्य कडीहरूढोरबराहि मन्दिरतनहुँ जिल्लाशुक्लगण्डकी नगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

तिहारअर्घाखाँची जिल्लासामन्तवादहुलाक सेवा विभाग, नेपालधनगढी उपमहानगरपालिकाकाभ्रेपलान्चोक जिल्लाधर्मभक्त माथेमासमासविराटनगर महानगरपालिकाह्रस्व दीर्घ नियमलाली गुराँसदुर्गानन्द झानेपालका प्रधान सेनापतिहरूढुङ्गे युगनेपाली बृहत् शब्दकोशनारायणगोपाल गुरूवाचार्यजिल्ला समन्वय समितियोनीमार्गयुरोपमानव शरीरका अङ्गहरूको सूचीकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)थारू जातिबालीकर्मचारी सञ्चय कोषसमावेशीकरणमहादेशनेपालका बीमा कम्पनीहरूको सूचीराणा वंशमहोत्तरी जिल्लारघुबीर महासेठज्ञानेन्द्र वीरविक्रम शाहछन्दनेपालको राष्ट्रपतिघोराही उपमहानगरपालिकाकिम्बुबेरोजगारीविद्यादेवी भण्डारीइन्डोनेसियानेपालका संवैधानिक निकायहरूदोलखा जिल्लाकुम्भ मेलामानव अधिकारभक्तपुर जिल्लाबौद्धनाथकालिकोट जिल्लानेपालका राष्ट्रिय विभूतिहरूवेब्याक मेसिनभक्ति थापाभक्तपुर नगरपालिकापोखरा महानगरपालिकासार्वभौमसत्तासमाचारचतराधामगङ्गालाल श्रेष्ठऔलोखेडा जिल्लाखस ब्राह्मणवासलातफौजदारी कानुननेपालमा खेलकुदनागरिक उन्मुक्ति पार्टीनेपालका मल्ल राजाहरूको सूचीआविष्कारकहरूको सूचीगाउँखाने कथानेपालका जातिहरूमानव विकास सूचकाङ्कयौनपाथीभरा देवी (ताप्लेजुङ)पिनासपेलेरेखा थापानेपालका दलित वर्गमा पर्ने थरहरूनेपालका तालहरूको सूचीव्यवस्थापिकाजलवायु परिवर्तननेपाल धितोपत्र बोर्डभूमध्यरेखा🡆 More