नेपालमा खेलकुद

नेपालमा खेलकुद सम्बन्धी गतिविधि तयार गर्ने सबैभन्दा ठूलो निकाय वा संस्थाका रूपमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) रहेको छ । तर नेपालमा राखेपको गठन हुनुभन्दा अगाडिदेखिनै क्रिकेट, ब्याडमिन्टन, टेबुलटेनिस, फुटबल, हकी तथा टेनिस जस्ता खेलकुदहरूको संघको गठन भइसकेको थियो । किनकी नेपालमा वा काठमाडौंमा यी खेलहरू प्रति राणाकालीन प्रभाव निकै लोकप्रिय रहेको थियो । उपत्यका भित्र देखा परेको खेलकुदको लोकप्रियता दृष्टिगत गरेर वि.स.

२०१५ सालमा तत्कालीन शिक्षा मन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद्´´ गठन गरिएको थियो । उक्त परिषद्को पहिलो सचिव होरा प्रसाद जोशी रहेका थिए ।

हाल नेपालको राष्ट्रिय खेलकुदको आधिकारिक रूपमा भलिबल खेल रहेको छ । यस अधि कपर्दी तथा डण्डीबियोलाई राष्ट्रिय खेलकुदको उपमा दिइएता पनि पुर्ण मान्यता वा औपचारिक रूपमै घोषण भने गरिएको थिएन ।

राष्ट्रिय खेलकुद परिषद्

विधिगत रूपमा नेपाली राष्ट्रिय खेलकुद परिषद्/(राखेप) को स्थापना वि.स. २०१७ साल फाल्गुन १७ गते भएको थियो । वि.स. २०१५ सालमा स्थापित राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद्को नाम परिवर्तन गरी राष्ट्रिय खेलकुद परिषद् वा छोटकरीमा राखेप राखिएको थियो ।

अन्तर्राष्ट्रिय मुख्य सहभागीतामा नेपाल

नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा सन् १९५१ मा भारतको नयाँदिल्लीमा भएको प्रथम एसियाली खेलकुदबाट सहभागीता जनाएको थियो । यस्तै नेपालका तर्फबाट अन्तर्राष्ट्रिय सहभागीतामा पहिलोपटक पदक जित्ने खेलाडी जितबहादुर केसी हुन् । उनले सन् १९७३ मा फिलिपिन्सको मानिलामा आयोजना भएको पहिलो एसियन ट्रयाक एण्ड फिल्ड च्याम्पियनसिप मा कांस्य पदक जितेका थिए । नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जिताउने प्रथम खेलाडी भने बैकुण्ठ मानन्धर हुन् । उनले पहिलो दक्षिण एसियाली खेलकुदमा म्याराथन तर्फ नेपालका लागि पहिलो स्वर्ण पदक जितेका थिए ।

तत्कालीन नेपालको श्री ५ को सरकारले नेपाली खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि २०४३ सालमा एक विशेष पुरस्कार राशिको व्यवस्था घोषण गरेको थियो । जसअनुसार ओलम्पिकमा क्रमश स्वर्ण, रजत र काश्य जित्ने खेलाडीलाई ५ लाख, २ लाख, र १ लाख तथा एसियाली खेलकुदमा स्वर्ण, रजत र काश्य जित्ने खेलाडीलाई १ लाख, ५० हजार, र २४ हजार साथै दक्षिण एसियाली खेलकुदमा स्वर्ण, रजत र काश्य जित्ने खेलाडीलाई ५० हजार , २५ हजार, र १० हजारको व्यवस्थापन गर्ने भन्ने निर्णय गरेको थियो ।

ओलम्पिक

नेपालले पहिलोपटक सन् १९६४ मा जापानको टोकियोमा भएको ओलम्पिक खेल देखि ओलम्पिक खेलमा सहभागीता जनाउन सुरू गरेको हो । साथै नेपालले सन् १९६८ सालमा मेक्सिकोमा भएको ओलम्पिक खेल बाहेक अहिलेसम्म सबै ओलम्पिक खेलमा सहभागीता जनाउदै आएको छ । नेपालले उक्त ओलम्पिकमा बक्सिङ तथा म्याराथन गरी जम्मा दुई खेलमा मात्र सहभागीता जनाएको थियो । यस ओलम्पिकमा सुशील शमशेर जबराको नेतृत्वमा रहेको नेपालका तर्फबाट म्याराथन दौडमा गंगा बहादुर थापा र भूपेन्द्र केसीले सहभागीता जनाएको थिए भने बक्सिङ खेलमा नामसिंह थापा, रामप्रसाद गुरूङ र ॐ प्रसाद पुनले सहभागीता जनाएका थिए ।

सन् १९८८ को सोल ओलम्पिकमा प्रदर्शनी खेल तेक्वान्दोमा विधान लामाले कांस्य पदक जितेको थियो । तर यो पदक ओलम्पिक खेलको पदक तालिकामा गणना नहुने हुदाँ पनि नेपालका लागि ओलम्पिक सहभागी मात्र सहभागीतामा मात्र सिमित रहेन पुगेको छ । कारण नेपालले ओलम्पिक खेलमा हालसम्म त्यसबाहेक कुनै पदक जित्न सफल भएको छैन । तर नेपाली खेलाडीहरूले भने ओलम्पिकका खेलहरूमा अनेक राष्ट्रिय किर्तिमानहरू कायम गर्न सफल भएका छन् ।

एसियाली खेलकुद

नेपालले हालसम्म एसियाली खेलकुदमा जम्मा दुईवटा रजत पदक जितेको छ । अन्तिम पटक नेपालले इन्डोनेसियाको जार्कटामा सम्पन्न भएको प्याराग्लाइडीङ खेलमा रजत पदक जित्न सफल भएको थियो । भने पहिलोपटक नेपालले झन्डै एसियाडको सहभागीता जनाएको ४७ वर्षको लामो इतिहासमा सन् १९९८ बैङ्ककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलमा रजत पदक जित्न सफल भएको थियो । उक्त पहिलो रजत पदक सविता भण्डारीले जितेकी थिइन् ।

नेपालले एसियाली खेलकुदमा पहिलो संस्करण देखिनै सहभागीता जनाउँदै आइरहेको थियो । तर नेपालले पहिलोपटक पदक भने दसौं एसियाली खेलकुदमा जित्न सफल भएको थियो । तेक्वान्दोका खेलाडी विधान लामा ले उक्त एसियाली खेलकुदमा कांस्य पदक जित्न सफल भएका थिए ।

दक्षिण एसियाली खेलकुद

वास्तवमा नेपाली खेलाडीहरूले आफ्नो खेल कौशल प्रदर्शन गर्ने प्रमुख बृहत् खेलकुद प्रतियोगितानै दक्षिण एसियाली खेलकु/साग गेम हो । नेपाल दक्षिण एसियाली खेलकुदमा आफ्नै किसिमको पहिचान बनाउन सफल भइसकेको छ । भने नेपाली खेलाडीहरूले दक्षिण एसियाली खेलकुद क्षेत्रमा अनेक कीर्तिमानहरू समेत राख्न सफल भएका छन् । कुनै पनि बृहत् खेलकुदको सर्वाधिक महत्त्वपूर्ण तथा ठूलो स्वर्ण पदकका रूपमा लिइने फुटबल खेल तर्फको स्वर्ण पदक नेपलली पुरूष टिमले तीन पटक जिति सकेको छ । तर महिला टिमले भने लगातार फाइनलमा स्थान बनाए पनि फाइनलमा भारतसँग पराजित हुँदै रजत पदकमा चित्त बुझाउनु परेको छ ।

नेपालले हालसम्म दुईपटक दक्षिण एसियाली खेलकुदको सफल आयोजना गरिसकेको छ । सन् १९८४ मा भएको पहिलो साफको संस्करणमा नेपालले ४ स्वर्ण सहित कुल २४ पदक जित्न सफल भएको थियो । उक्त साफमा म्याराथनका खेलाडी बैकुण्ठ मानन्धरले नेपाली खेलकुद जगतमानै पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्न सफल भएका थिए । साथै नेपाली राष्ट्रिय फुटबल टिमले फुटबल तर्फको महत्त्वपूर्ण स्वर्ण हात पार्दा नेपालले दुई स्वर्ण बक्सिङ खेलबाट जितेको थियो । यस साफ गेममा नेपालले स्वर्ण पदक बाहेक १२ रजत पदक तथा ८ कांस्य पदक जितेको थियो र सात देश सहभागी पदक तालिकामा चौथो स्थानमा रहन सफल भएको थियो ।

यस्तै नेपालले दोस्रो पटक सन् १९९७ मा आठौँ साफ खेलकुदको आयोजना गरेको थियो । यो साफ गेम नेपालका लागि अहिलेसम्मकै सबैभन्दा सुखद तथा उत्कृष्ट साग गेम हो । जुन साफ गेममा नेपालले अपेक्षा गरेको भन्दा बढी सफलता प्राप्त गरेको थियो । आयोजक नेपालले यस सफ गेममा सर्वाधिक ३१ स्वर्ण पदक जित्न सफल भएको थियो जबकि नेपालले यो साफमा जम्मा १५ स्वर्ण पदकको मात्र अपेक्षा गरेको थियो । नेपाललका लागि ऐतिहासिक रहेको यस साग गेममा नेपालले ३१ स्वर्ण पदक, १० रजत पदक र २४ कांस्य पदक सहित कुल ६५ पदक जितेको थियो । यसै साग गेममा नेपाल पहिलोपटक स्वर्ण पदकको आधारमा प्रतियोगिताको अन्तिम पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो ।

नेपाल राष्ट्रिय खेलकुद

नेपाली खेलकुद जगतको सबैभन्दा ठूलो खेलकुद महाकुम्भका रूपमा नेपाल राष्ट्रिय खेलकुदलाई लिन सकिन्छ । नेपाल राष्ट्रिय खेलकुदको सुरूवाट वि.स. २०३८ साल देखि भएको थियो । यस प्रतियोगिता हरेक दुईदुई वर्षको अन्तरालमा आयोजना गर्ने भनिएता पनि नेपालको घरेलु विभिन्न आन्तरिक समस्याहरूका कारण त्यो सम्भव भने हुन सकेको छैन । त्यसैले राखेपले २०७३ सालसम्म आउदा जम्मा सात वटा राष्ट्रिय खेलकुदको संस्करणहरू आयोजना गर्न सफल भएको थियो ।

खेल मैदानहरू

दशरथ रंगशाला

नेपालमा खेलकुद 
दशरथ रंगशाला

दशरथ रंगशाला नेपालको सबैभन्दा ठूलो रंगशाला हो । रंगशालाको कुल दर्शक क्षमता जम्मा १८,३४३ रहेको छ । यो रंगशालामा मुख्य गरी फुटबल खेल खेलिने गरिन्छ । त्यसबाहेक यो रंगशालामा एथलेटिक्सका विभिन्न खेलहरू समेत आयोजना गरिने गरिन्छ ।

खेलकुद पुरस्कार तथा अवार्डहरू

नेपालमा हाल वर्तमान समयकालमा दिइने सबैभन्दा ठूलो खेलकुद पुरस्कार पल्सर स्पोर्ट्स अवार्ड हो । जुन प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शनी गर्ने नेपाली खेलाडीहरूलाई प्रदान गर्ने गरिन्छ । यो अवार्डमा विभिन्न विधामा रहेर खेलाडीहरूलाई पुरस्कार वितरण गरिने गरिन्छ । साथै पहिले-पहिले राखेप द्वारा वर्षको सर्वोत्तम खेलाडीका रूपमा पनि पुरस्कार वितरण गर्ने गरिन्थ्यो । यो पुरस्कार अन्तर्गत प्रत्येक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने महिला तथा पुरूष खेलाडीबीच बाछ एक मात्र खेलाडीलाई पुरस्कार प्रदान गर्ने गरिन्थ्यो ।

खेल सङ्ग्रहालय

काठमाडौंमा स्थित दशरथ रंगशालाको दक्षिण तर्फको प्याराफिट तल एउटा कोठामा नेपालकै पहिलो ओलम्पिक सङ्ग्रहालय रहेको छ । यो सङ्ग्रहालयको स्थापना वि.स. २०५२ सालमा भएको थियो । यो सङ्ग्रहालय पछि वि.स. २०५६ साल असोज महिनामा लगभग २ लाख ५० हजारको लागतमा नेपालकै पहिलो खेलकुद सङ्ग्रहालयका रूपमा स्थापना भएको थियो । यो सङ्ग्रहालयमा नेपाली खेल इतिहास दर्साउने अनेक खेल सामाग्रीहरू रहेको छ ।

ठूला घरेलु खेलकुद प्रतियोगिताहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामाग्रीहरू

बाह्य कडीहरू

Tags:

नेपालमा खेलकुद राष्ट्रिय खेलकुद परिषद्नेपालमा खेलकुद अन्तर्राष्ट्रिय मुख्य सहभागीतामा नेपालनेपालमा खेलकुद नेपाल राष्ट्रिय खेलकुदनेपालमा खेलकुद खेल मैदानहरूनेपालमा खेलकुद खेलकुद पुरस्कार तथा अवार्डहरूनेपालमा खेलकुद खेल सङ्ग्रहालयनेपालमा खेलकुद ठूला घरेलु खेलकुद प्रतियोगिताहरूनेपालमा खेलकुद यो पनि हेर्नुहोस्नेपालमा खेलकुद सन्दर्भ सामाग्रीहरूनेपालमा खेलकुद बाह्य कडीहरूनेपालमा खेलकुदक्रिकेटपरशुनारायण चौधरीभकुन्डोराष्ट्रिय खेलकुद परिषद्, नेपाल

🔥 Trending searches on Wiki नेपाली:

आम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूदुबईमानिसअर्घाखाँची जिल्लाश्रीकृष्ण श्रेष्ठजानकी मन्दिरपुष्पकमल दाहालअङ्ग (जीव विज्ञान)रघुबीर महासेठकाफलदुर्गा प्रसाईपशुपतिनाथ मन्दिरनातामहाशिवरात्रिमानव विकास सूचकाङ्ककोषसीतासहिद दिवसमानसिक रोगबालसाहित्यइन्द्रजात्रामहरङविकिमिडिया कमन्सनेपाल राष्ट्र बैङ्कविकसित देशनेपालका जिल्लाहरूनेपालमा हिन्दु धर्मनेपालको सर्वोच्च अदालतस्वयम्भूनाथहरिवंश आचार्यसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूसन्दीप लामिछानेगोरखा जिल्लामदन भण्डारीडिजिटल साक्षरताशिक्षारवि लामिछानेनेपालमा महिलाको अवस्थारानीमहलप्रदेश प्रमुख (नेपाल)कालिञ्चोक भगवतीविधेयकदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनपरिवारको प्रकारहरुबिरालोहरितगृह प्रभावघुम्ने मेचमाथि अन्धो मान्छेबारा जिल्लासिन्धुली जिल्लासाम्यवादशाह वंशगायत्री मन्त्रनेपालमा महिला अधिकारबागमती प्रदेशप्राथमिक उपचारपृथ्वीसम्पति शुद्धीकरणमनकामना मन्दिरनेपालको भौगोलिक अवस्थानेपाल वायुसेवा निगमअङ्कभलिबलपहाडी प्रदेश (नेपाल)सहकारीऐँसेलुनेपालको राष्ट्रपतिलियोनेल मेसीभ्याम्पायरछुवाछुतसमासगणेशछाउपडीमातृभाषाभक्तपुर नगरपालिकालिम्बू जाति🡆 More