पेले: ब्राजिली फुटबल खेलाडी (सन् १९४०–२०२२)

एद्सो अरान्तेस दो नासिमेन्तो (ब्राजिली पोर्तुगाली: ; सन् १९४० अक्टोबर २३ – सन् २०२२ डिसेम्बर २९), आफ्नो उपनाम पेले (पोर्तुगाली उच्चारण: )को नामले चर्चित एक ब्राजिली व्यावसायिक फुटबल खेलाडी थिए जो अग्रपङ्क्ति स्थानबाट खेल्ने गरेका थिए। फिफाद्वारा पेलेलाई 'महानतम्' तथा सबै समयका महान खेलाडीहरू मध्ये एक मानिएको थियो। उनी २०औँ शताब्दीको सबैभन्दा सफल र लोकप्रिय खेल व्यक्तित्वहरू मध्ये एक थिए। सन् १९९९ मा उनलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिले 'एथलिट अफ द सेन्चुरी' घोषित गरेको थियो र टाइमद्वारा उनलाई २०औँ शताब्दीका '१०० सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू'को सूचीमा समावेश गरिएको थियो। सन् २००० मा पेलेलाई इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्ट्याटिस्टिक्सद्वारा 'शताब्दी विश्व खेलाडी'को रूपमा मतदान गरिएको थियो भने फिफाले उनलाई 'फिफा शताब्दी खेलाडी'का दुई संयुक्त विजेताहरू मध्ये एक घोषणा गरेको थियो। पेलेले आफ्नो जीवनकालमा १,३६३ खेलहरूमा १,२७९ गोल गरेर गिनिज वर्ल्ड रेकर्ड्समा नाम दर्ज गराएका थिए।

पेले
पेले: प्रारम्भिक जीवन, फुटबल करियर, सन्दर्भ सूची
सन् १९९५ मा पेले
जन्मएद्सो अरान्तेस दो नासिमेन्तो
(१९४०-१०-२३)२३ अक्टोबर १९४०
त्रेस कोरासोइस, मिनस एराइस, ब्राजिल
मृत्यु२९ डिसेम्बर २०२२(2022-12-29) (उमेर ८२)
साओ पाउलो, साओ पाउलो, ब्राजिल
पेशा
  • फुटबल खेलाडी
  • मानवतावादी
उचाइ१.७३ मी
जीवनसाथी
Rosemeri dos Reis Cholbi
(
वि १९६६; सवि १९८२)
Assíria Lemos Seixas
(
वि १९९४; सवि २००८)
Marcia Aoki
(
वि २०१६)
सन्तान७, एडिन्हो सहित

फुटबल करियर
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति, आक्रामक मध्यपङ्क्ति
युवा करियर
१९५३–१९५६ बाउरु
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९५६–१९७४ सान्तोस फुटबल क्लब ६३६ (६१८)
१९७५–१९७७ न्युयोर्क कोसमोस ६४ (३७)
जम्मा ७०० (६५५)
अन्तर्राष्ट्रिय करियर
१९५७–१९७१ ब्राजिल ९२ (७७)
सम्मान
पुरुष फुटबल
पेले: प्रारम्भिक जीवन, फुटबल करियर, सन्दर्भ सूची ब्राजिलको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
विजेता १९५८ स्विडेन
विजेता १९६२ चिली
विजेता १९७० मेक्सिको
दक्षिण अमेरिकी च्याम्पियनसिप
उप-विजेता १९५९ अर्जेन्टिना
*क्लब घरेलु लिग उपस्थिति र गोल
खेलकुद मन्त्री
कार्यकाल
सन् १९९५ जनवरी १ – सन् १९९८ अप्रिल ३०
राष्ट्रपतिफेर्नान्दो हेनरिक कार्दोसो
पूर्वाधिकारी'पद स्थापना'
उतराधिकारीराफाएल ग्रेसा (खेलकुद तथा पर्यटन मन्त्रीको रूपमा)
हस्ताक्षर
पेले: प्रारम्भिक जीवन, फुटबल करियर, सन्दर्भ सूची

पेलेले १५ वर्षको उमेरमा सान्तोस फुटबल क्लब र १६ वर्षको उमेरमा ब्राजिल राष्ट्रिय फुटबल टोलीबाट खेल्न थालेका थिए। आफ्नो अन्तर्राष्ट्रिय करियरको समयमा उनले तीनवटा फिफा विश्वकप जितेका थिए। उनी १९५८,१९६२, तथा १९७० मा आयोजित फिफा विश्वकप जितेर कीर्तिमान बनाएका थिए।यसो गर्ने उनी एकमात्र फुटबल खेलाडी छन्। सन् १९५८ विश्वकप प्रतियोगितापछि उनलाई 'ओ रे' (राजा) उपनाम दिइएको थियो। पेलेले ९२ खेलमा ७७ गोलसहित ब्राजिलका लागि संयुक्त सर्वाधिक गोलकर्ता हुन्। क्लब स्तरमा, उनले ६५९ खेलहरूमा ६४३ गोल गरेका थिए भने सान्तोस फुटबल क्लबका सबै समयका शीर्ष गोलकर्ता थिए। आफ्नो देश ब्राजिलमा, फुटबल खेलमा उनको उपलब्धि र योगदानका कारण पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फुटबल खेलबाट सेवानिवृत भएपछि उनलाई फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको थियो।उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ। गरीबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य रहेका थिए। उनले आफ्नो एक हजारौँ गोललाई ब्राजिलका गरीब बालबालिकाहरूका निम्ति समर्पित गरेका थिए।

प्रारम्भिक जीवन


फुटबल करियर

सन्दर्भ सूची

बाह्य कडीहरू

Tags:

पेले प्रारम्भिक जीवनपेले फुटबल करियरपेले सन्दर्भ सूचीपेले बाह्य कडीहरूपेलेen:Wikipedia:IPA for Portugueseअग्रपङ्क्ति (फुटबल)गिनिज वर्ल्ड रेकर्ड्सटाइम (पत्रिका)फिफा

🔥 Trending searches on Wiki नेपाली:

सन्दीप लामिछानेसाङ वंशचाँगुनारायण मन्दिरलुम्बिनी प्रदेश सभाप्रकृतिवीरेन्द्र वीरविक्रम शाहशिवगनोरियाराजनीतिक दलभीमसेन थापानवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लासंयुक्त अरब इमिरेट्ससूचना प्रविधिझमक घिमिरेभुँडीफोर गरुडफौजदारी कानुनकैलाली जिल्लानेपालको कानूनी इतिहासपशुपतिनाथ मन्दिरमनरा शिसवा नगरपालिकाशाहीकाठमाडौँ उपत्यकासार्वजनिक सेवा प्रवाहअगमसिंह गिरीनेपाल सशस्त्र प्रहरी बलसार्वभौमसत्तासुनिल नारायणलाली गुराँसबागमती नदीटिकटकदमौलीमौसमसामुहिक लगानी कोषसंविधाननेपालको भूगोलविद्युतभगांकुरबीमामौलाकालिका मन्दिरसदर चिडियाखाना, नेपालअमेरिकाको राष्ट्रपतिबुलबुले तालराम नवमीनेपाल प्रहरीगणतन्त्रकास्की जिल्लासर्पगन्धाराम मन्दिर, अयोध्याआम सञ्चारकेन्द्रीय बैङ्कलखन थापा मगरराष्ट्रिय सभा निर्वाचन, २०८०कार्यसम्पादन मूल्याङ्कनस्या वंशतिलिचो तालक्यूआर कोडसन्दुक रुइतमेटाभक्तपुर नगरपालिकासंयुक्त अधिराज्यउद्योगग्रहसम्भोगलिम्बू जातिविधिशास्त्रशिक्षण विधिनेपालमा पर्यटनविश्वेश्वरप्रसाद कोइरालाइन्द्रजात्रातेह्रथुम जिल्लानेपालका कूटनीतिक नियोगहरूको सूचीअंशुवर्मा🡆 More