धर्मभक्त माथेमा: नेपाली राजनीतिज्ञ

धर्मभक्त माथेमाको जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट वि.सं.

१९६६ असोज ९ गते काठमाडौंको ओमबहाल नवहिलमा भएको थियो। बुबा आदिभक्त राणाहरूका लागि भारतबाट सामान ल्याउनुहुन्थ्यो। त्यही कारणले धर्मभक्तले दार्जीलिङमा शिक्षा आर्जन गर्नुभयो। केही समय कलकत्तामा पनि पढनुभयो। शरीर दुब्लो भएकाले व्यायाम गर्न थाल्नुभयो । बङ्गालको शारीरिक व्यायामशालाबाट उहाँ बङ्गाल च्याम्पीयन भएर नाम कमाउनुभयो। बङ्गाल अङ्ग्रेजकै पालाबाट राजनीतिक चेतना भएको ठाउँ थियो । त्यहीँबाट उहाँलाई राजनीतिको ज्ञान मिल्यो। उहाँको सम्पर्क बङ्गाली नेता चित्तरन्जन दाससँग भयो। केही समयपछि उहाँका बुबालाई राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्वासित गरिदिए। वि.सं. १९९० मा धर्मभक्त माथेमाको उत्तरादेवीसँग वैवाहिक सम्बन्ध कायम भयो र उहाँले भारतको स्कटिस चर्च कलेजबाट आई.ए. उत्तीर्ण गर्नुभएको थियो।

धर्मभक्त माथेमा: राजनैतिक गतिविधि, यो पनि हेर्नुहोस्, सन्दर्भ सामग्रीहरू
धर्मभक्त माथेमाको प्रतिमा

राजनैतिक गतिविधि

वि.सं. १९९० सालमा दशरथ चन्दसँग धर्मभक्तको भेट भयो। पछि चन्द पनि नेपाल प्रजापरिषद्को संस्थापक सदस्य हुनुभयो। उहाँले घोडेजात्रामा टुँडीखेलमा शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनी गर्दा राजा त्रिभुवन ज्यादै प्रभावित होइबक्स्यो। उहाँ स्व.राजा त्रिभुवनका व्यायाम शिक्षक हुनुभयो। उहाँले १९९३ सालमा आफ्नै फुपूको घरमा नेपाल प्रजापरिषद्को स्थापना गर्नुभएको थियो। प्रजापरिषद् र राजा त्रिभुवनका बीचमा उहाँबाटै सम्पर्क भयो । लैनचौरमा राजा र प्रजापरिषद्बीच भएको सम्पर्क राणाहरूले चाल पाए। धर्मभक्तलाई पक्राउ गरियो। वि.सं. १९९७ माघ १३ गते उहाँलाई सिफलमा फाँसी दिइयो ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

धर्मभक्त माथेमा राजनैतिक गतिविधिधर्मभक्त माथेमा यो पनि हेर्नुहोस्धर्मभक्त माथेमा सन्दर्भ सामग्रीहरूधर्मभक्त माथेमा बाह्य कडीहरूधर्मभक्त माथेमाकोलकाताजुद्ध शमशेर जङ्गबहादुर राणादार्जिलिङभारत

🔥 Trending searches on Wiki नेपाली:

अङ्ग्रेजी भाषाराम मन्दिर, अयोध्यासिपाही (कथा)लागत लेखाविधिनेपालका संवैधानिक निकायहरूब्राह्मणराणा - काङ्ग्रेस मन्त्रिमण्डलकुम्भ मेलाप्रतिनिधि सभा (नेपाल)बिस्केट जात्राजैविक विविधतापारिस्थितिक प्रणालीपिनासकनकाई नदीचाँगुनारायण मन्दिरसमानुपातिक प्रतिनिधित्व प्रणालीबैङ्कइसाई धर्मसहस्राब्दी विकास लक्ष्यचिठीबारा जिल्लानेपालका जातिहरूकागयुवावस्थादाङ जिल्लालखन थापा मगरआर्थिक विकासअन्तिम संस्कारयोनीमार्गयौनदर्ताअनुसन्धानतत्समकुँवरसाउदी अरबज्ञानेन्द्र वीरविक्रम शाहमन्दिरसेतो मछिन्द्ननाथ मन्दिरमहालेखा नियन्त्रकको कार्यालयमाटोनेपालको मन्त्रिपरिषद्भलिबलभक्तपुर नगरपालिकाफ्रान्सेली राज्यक्रान्तिपरिवारनेपालको संस्कृतिनेपाल कानुन व्यवसायी परिषद्इलाम नगरपालिकारातो मच्छिन्द्रनाथको रथयात्रातेह्रथुम जिल्लासन्दुक रुइतजोस बट्लरग्रहबुद्ध धर्मनेपालका राजनीतिक दलहरूको सूचीमध्यपुर थिमी नगरपालिकाइन्द्रजात्राकास्की राज्यसहिदनेपाल प्रहरीहनुमान ढोकाकान्तिपुर दैनिकमहिनावारीरानीमहललिम्बू जातिहलोतिलिचो तालनबिल बैंकराष्ट्रिय प्रजातन्त्र पार्टीदराजमष्टो देवतादादुरानेपालका मन्त्रिपरिषद्हरूथारू जातिनेपालको प्रधानन्यायाधीश🡆 More