विराटनगर (पूर्व नाम: गोग्राहा, नेपालगगञ्ज, चन्द्रगञ्ज) नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने मोरङ जिल्लामा रहेको प्रादेशिक राजधानी, जिल्ला सदरमुकाम र एक महानगरपालिका हो। मोरङ जिल्लाको पहिलो महानगरपालिका रहेको यो नगरको नामकरण विराट राजाको नामबाट भएको हो। नेपालको सबैभन्दा ठूलो औद्योगिक नगरको उपनामले परिचित विराटनगरको स्थापना वि.सं.
१९७१ सालमा गोग्राहा बजारको रूपमा भएको थियो। नेपालको जनगणना २०७८ अनुसार विराटनगरको जनसङ्ख्या २,४३,९२७ रहेको छ जसले यो नगरलाई नेपालको छैठौं ठुलो सहर बनाएको छ। यो सहर मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ। यो नगर तथा यसको छिमेकी क्षेत्रमा ठूलो सङ्ख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन्। विराटनगर एक पारवहन तथा वाणिज्य केन्द्र पनि हो। यहाँबाट भारत तथा तेस्रो मुलुकसँग व्यापारिक वस्तुहरू आयात निर्यात गर्ने गरिन्छ।
विराटनगर गोग्राहा | |
---|---|
विराटनगर महानगरपालिका | |
उपनामहरू: नेपालको औद्यौगिक नगर | |
निर्देशाङ्क: २६°२७′१५″उ॰ ८७°१६′४७″पू॰ / २६.४५४१७°N ८७.२७९७२°E | |
राष्ट्र | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | मोरङ |
स्थापना | वि.सं. १९७१ |
नगरपालिका | वि.सं. २००८ |
उपमहानगरपालिका | वि.सं. २०५२ माघ १८ |
महानगरपालिका | वि.सं. २०७४ जेठ १८ |
संस्थापक | गुञ्जमान मल्ल र जितबहादुर खत्री (गोग्राहा बजार) |
वडा सङ्ख्या | १९ |
सरकार | |
• प्रकार | नगर कार्यपालिका |
• अङ्ग | विराटनगर महानगर कार्यपालिका |
• नगर प्रमुख | नागेश कोइराला (नेपाली कांग्रेस) |
• नगर उप प्रमुख | शिल्पा कार्की (नेकपा-एमाले) |
• प्रमुख प्रशासकीय अधिकृत | विष्णु प्रसाद कोइराला |
क्षेत्रफल | |
• जम्मा | ७७ किमी२ (३० वर्ग माइल) |
उन्नतांश | ८० मिटर (२६० फिट) |
जनसङ्ख्या (विसं २०७८) | |
• जम्मा | २४३९२७ |
• क्रम | ६औँ (नेपाल) पहिलो (कोशी प्रदेश) |
• घनत्व | ३२००/किमी२ (८२००/वर्ग माइल) |
भाषाहरू | |
• आधिकारिक | नेपाली |
• स्थानीय भाषा | मैथिली, राजवंशी, थारु, बज्जिका, भोजपुरी, मारवाडी, लिम्बु, राई, उर्दु, हिन्दी |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ५६६१३ |
क्षेत्रीय सङ्केत | ०२१ |
वेबसाइट | biratnagarmun |
यो शहरमा पौराणिक कालका विराट राजाको दरवार भएको विश्वास गरिन्छ। बिराट राजाको नामबाट नै विराटनगर रहेको विश्वास गरिएको छ । विराटनगरबाट काठमाडौँ तथा नेपालका अन्य शहरहरू हवाई तथा सडक यातायातबाट जोडिएको छ। विराटनगर विमानस्थलबाट पूर्वी नेपालका धेरै पहाडी दुर्गम स्थानहरू सम्म हवाई सम्पर्क छ । वि.सं. १९७० सम्म यस ठाउँलाई गोग्राहा भनिन्थ्यो । केशर शम्सेर ज.ब.रा.ले आफ्नो मोरङ दौडाहाको समयमा भेडियारीमा पाइएको विराट राजाको दरवारका भग्नावशेषलाई दृष्टिगत गरी गोग्राहाबाट वि सं १९७६ मा विराटनगर नामाकरण गरेका हुन् । बडाहाकिम जीत बहादुर खत्रीले सम्बत १९७१ मा रंगेलीबाट विराटनगरमा जिल्ला सदरमुकाम (तत्कालिन गौडा) सारेपछि विराटनगरले शहरको रूप लिन थालेको हो। यसलाई विकसित पार्न शिवप्रताप शम्शेर थापाले पनि भूमिका निर्वाह गर्नुभएको थियो। वि.सं. १९६८ मा विराटनगरको दक्षिणी सिमाना जोगवनीसम्म भारतीय रेल्वे सेवा सञ्चालन हुन थाल्यो । त्यसपछि कृष्ण प्रसाद कोईराला, सुब्बा गुन्जमान, डिट्ठठा कृष्णराज, हनुमानदास, सुब्बा कालिदास, सुबेदार अनन्तरामको विशेष योगदानले १९७२ मा सदरमुकाम विराटनगर सरेको हो । स्थानीय तह निर्वाचन २०७४ अनुसार २०७४ आषाढ १४ गते सम्पन्न निर्वाचनबाट नगर कार्य समिति गठन भएको छ ।
यो ठाउँ समुद्र सतह भन्दा ७० मिटर (२२९ फिट) माथि अवस्थित रहेको छ ।विराटनगरमा सिंगिया खोला(नदी) बग्ने गर्छ।विराटनगरमा केहि साना तलाउहरु पनि रहेका छन्।
विराटनगरमा राजनीतिक क्षेत्रको लामो इतिहास छ । विराटनगरले नेपाललाई ४ प्रधानमन्त्री दिएको छ । नेपाली कांग्रेसको निकै लामो इतिहास छ । बिपी कोइराला देखि गिरिजाप्रसाद कोइराला सबैले आफ्नो राजनीतिक दौड यही देखि प्रारम्भ गरेका थिए । अहिले पनि विराटनगरमा नेपाली कांग्रेसकै सरकारले छ र बलियो पकड छ। अन्य पार्टीहरु पनि यहाँ छन् जस्तै नेकपा, राप्रपा, जसपा आदि।
नेपालको सम्बत २०६८ को जनगणना अनुसार विराटनगरको जनसङ्ख्या २,६१,१२५ रहेको छ । जसमा पुरुष ५३% र महिला ४७% छन् । यस शहरमा नेपालका प्राय: सबै जातजातिका मानिसहरू बसोबास गर्दछन् । तर विराटनगरको पहिलो जातिको रूपमा विराट राजवंशी जातिलाई चिनिन्छ । वि.सं.२०५८ को जनसङ्ख्या अनुसार विराटनगरको जनसङ्ख्या करीब २ लाख देखाइएको छ । नेपालमा भौगोलिक रूपमा विराटनगर तराईको गर्मी क्षेत्र भएपनि जनघनत्व तीब्र रहेको छ । यो नेपालको चौथो ठूलो शहर पनि हो ।
विराटनगर नेपालमा पुर्वको सास्कृतिक केन्द्र भन्न सकिन्छ । यहाँ बर्षेनी हुँने राधाकृष्ण रथ यात्रा दक्षीण एशीयाकै दोश्रो ठुलो रथयात्रा मानिन्छ, जस्मा सहभागी हुँन छीमेकी राष्ट्र इन्डियाबाट समेत श्रद्धालु अाउँने गरेका छन ।
विराटनगरलाई पूर्वाञ्चलको शैक्षिक केन्द्रको रूपमा पनि लिने गरिन्छ। अरनिको +२ कलेज विज्ञान विधामा र मेरिल्यान्ड कलेज व्यवस्थापन विधामा राष्ट्रिय उत्कृष्ट पदक पाउने कलेजहरू हुन्। बाल कल्याण विद्या मन्दिर (बिकेभीएम) र सगरमाथा उच्च माध्यमिक विद्यालय माध्यमिक स्तरको उत्कृष्ट विद्यालयमा गणन हुन्छ।
विराटनगरका विभिन्न कलेज तथा विद्यालयहरू:
सामुदायिक विद्यालयहरूमा सर्वोत्तम रहेको ।
वास्तबमा भन्नुपर्दा विराटनगर नेपालको महत्त्वपूर्ण औद्योगिक स्थल हो र नेपालको पहिलो औद्योगिक नगरी पनि हो जहाँ नेपालको पहिलो उद्योग विराटनगर जुट मिल सन्चालनमा आएको थियो। क्रमस रघुपति जुट मिल, असोक टेक्सटाइल जस्ता उधोग यहाँ खोलिएका थिए । हाल यहाँ लगभग ५०० वटा उद्योगहरू संचालनमा छन् ।
विराटनगरमा फुटबल खेल अत्यन्तै रुचाइन्छ। यहाँ एउटा राष्ट्रिय स्तरको रंगशाला सहिद रंगशालामा खेलकुदका गतिविधि हुन्छ ।वर्षेनि यस रंगशालामा जिल्लाभरिका विद्यालयको खेलकुद प्रतियोगिता हुनेगर्छ जुन अत्यन्त लोकप्रिय छ।
विराटनगरमा धेरै धार्मिक स्थलहरू छन् । ती मध्ये विराटनगर मेनरोडमा रहेको सत्यनारायण मन्दिर, विराटेश्वर शिवमन्दिर, कालीमन्दिर, सन्सारी माई स्थान प्रमुख छन् । डिहवार थान र ब्रहम्स्थानको मन्दिर हाल विराटनगर १२ थानगाछी, बखरी
This article uses material from the Wikipedia नेपाली article विराटनगर महानगरपालिका, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.