नेपालमा वि.सं २०६४ साल चैत्र २८ गते संविधान सभाको पहिलो निर्वाचन सम्पन्न भएको थियो। संविधान सभाले नयाँ संविधानको मस्यौदा तयार गर्ने योजना बनाएको थियो र यसैले अन्य कुराहरूका साथै सङ्घीयताको विषयमा निर्णय गर्ने योजना बनाइएको थियो। योग्य मतदाताको सङ्ख्या करिब १ करोड ७५ लाख थियो। संविधान सभाको कार्यकाल मूलतः दुई वर्षको हुने तय भएको थियो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले ५७५ मध्ये २२० सिट जितेर निर्वाचनमा प्रथम स्थान हासिल गरेको थियो र संविधान सभाको सबैभन्दा ठूलो दल बनेको थियो। त्यसपछि नेपाली काङ्ग्रेसले ११० र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)ले १०३ सिट प्राप्त गरेको थिए। महिनौको सत्ता साझेदारी र छलफलपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड २०६५ भदौ २ गते नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। नयाँ संविधान निर्माण गर्न असफल भएपछि संविधान सभाको मूल कार्यावधि २०६९ जेठ १५ गते विघटन गरी चार वर्षको म्याद थप गरिएको थियो।
This article uses material from the Wikipedia नेपाली article संविधान सभा निर्वाचन, २०६४, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses. ®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.