भक्तपुर जिल्ला

भक्तपुर (भादगाउँ वा ख्वःप) नेपालको बागमती प्रदेश मा अवस्थित एक प्राचिन सहर हो जुन काठमाडौँउपत्यकाको पूर्वी भागमा पर्दछ। यो सहर भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर नगरपालिकामा पर्दछ। क्षेत्रफलको हिसावले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो। मध्यपुर (थिमी) नगरपालिका पनि यही जिल्लामा पर्दछ। भक्तपुर जिल्ला भादगाउँले टोपी र जुजु धौ भनिने स्थानीय दहीको परिकारका लागि प्रशिद्ध छ। भक्तपुरमा ख्वःप कलेज र ख्वःप इन्जिनियरिङ्ग कलेजहरू छ्न् जुन भक्तपुर नगरपालिकाले सञ्चालन गर्दछ।

भक्तपुर जिल्ला

जिल्लाको नामाकरण

भक्तपुर जिल्ला 
न्यातापोल, भक्तपुरको सबैभन्दा प्रशिद्ध स्मारक

यस जिल्लाको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा भक्तपुरको नामाकरण सम्बन्धमा विभिन्न शिलालेख र प्रमाणहरूका आधारमा विश्लेषण गर्दा लिच्छवीकालीन राजा मानदेवको पालामा देवपाटनमा रहेको रत्न संघको अभिलेखमा "खोपाङ्ग" ग्रामको उल्लेख भएको छ भने भक्तपुरको खलाछें टोलमा भएको अभिलेखमा "खृपाङ्ग" ग्राम उल्लेख भएको पाइन्छ। यसैका आधारमा भक्तपुरलाई ख्वप या खोप भन्ने चलन चलेको अनुमान छ जुन चलन हालसम्म पनि नेवारी भाषामा यद्यपि छदैछ। अर्को ऐतिहासिक प्रमाण अनुसार वि.सं. १९९२ तिर भक्तपुर नगरलाई भद्रगाउँ भन्ने नाम प्रचलनमा रहेको पनि देखिन्छ। यसै भद्रग्राम शव्दका आधारमा भादगाउँ रहन गएको भन्ने अर्को अनुमान पनि छ।

भक्तपुरमा विभिन्न देवदेवीहरूका देवालय मन्दिर मठ तिर्थस्थलहरू जताततै भएको र मन्दिरमा कुँदिएको नेपाली शैलीको कलात्मक कौशल एवं सांस्कृतिक तथा धार्मिक भावनामा ओतप्रोत भएकाले र भक्तपुरका बासिन्दा ज्यादै धर्मात्मा भएकाले राणा प्रधान मन्त्री जुद्ध शम्शेरबाट साविक नाम भादगाउँको सट्टा भक्तहरूको पुर अर्थात शहर भक्तपुरको नामाकरण भएको देखिन्छ।

भौगोलिक अवस्था

  • देशान्तरः- ८५.२१" देखि ८५.३२" पूर्वी देशान्तरसम्म।
  • अक्षांश:- २७.३६" देखि २७.४४" उत्तरी अक्षांश सम्म छ।
  • सिमाना:- पूर्वमा काभ्रेपलाञ्चोक, पश्चिम र उत्तरमा काठमाडौँ र दक्षिणमा ललितपुर जिल्ला पर्दछ।
  • क्षेत्रफल:- ११९ वर्ग किलोमिटर
  • लम्वाई:- पूर्व पश्चिम लम्वाई १.६ किलोमिटर
  • चौडाई:- उत्तर दक्षिण चौडाई ११.२ किलोमिटर
  • सरदर उचाई:- यस जिल्लाका यसको सरदर उचाई समुन्द्र सतहबाट १,३३१ मिटर उचाइमा रहेको छ।
  • सबै भन्दा अग्लो भाग :- जिल्लाको सबैभन्दा अग्लो भूभाग नगरकोट हाइटलाई मानिन्छ जसको उचाई २१९१ मिटर छ।
  • सदरमुकाम:-भक्तपुर

धार्मिक एवं पर्यटकीय स्थलहरू

भक्तपुर दरबार क्षेत्र, नगरकोट, चाँगुनारायण मन्दिर, सूर्यविनायक मन्दिर, ठिमी, राधे राधे, कैलाशनाथ महादेव मन्दिर, पाइलट बाबा आश्रम

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

भक्तपुर जिल्ला जिल्लाको नामाकरणभक्तपुर जिल्ला भौगोलिक अवस्थाभक्तपुर जिल्ला धार्मिक एवं पर्यटकीय स्थलहरूभक्तपुर जिल्ला यो पनि हेर्नुहोसभक्तपुर जिल्ला सन्दर्भ सामग्रीहरूभक्तपुर जिल्ला बाह्य कडीहरूभक्तपुर जिल्लाकाठमाडौँजुजु धौनेपालबागमती प्रदेशभक्तपुर नगरपालिकाभादगाउँले टोपीमध्यमाञ्चल विकास क्षेत्र

🔥 Trending searches on Wiki नेपाली:

नेपालमा भूकम्पको इतिहासनबिल बैंकज्योतिषसूचनाआन्तरिक लेखापरीक्षणआगोआगन्तुक शब्दगोरखा राज्यसुशान्त केसीक्व्होलासोथार गाउँपालिकाकोशी प्रदेशकुलदेवताचितवन जिल्लानेपाली रुपैयाँदराजकोत पर्वढुङ्गे युगबासठ्ठीहरणलिच्छवि राज्यगुरुप्रसाद मैनालीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालरणबहादुर शाहनामविद्यार्थीअनुराधा कोइरालामहिला विरुद्धका हिंसानेपालमा बोलिने भाषाहरूलागु पदार्थमाओवादी जनयुद्धभ्रष्टाचारनेपालका राष्ट्रिय चिह्नहरूअङ्कनेपाल स्काउटहिमालपुस्तकयोगी नरहरिनाथखस जातिजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीराणा वंशनेपालका बैङ्कहरूको सूचीनेपालमा मौलिक हक र कर्तव्यनेपालको पहिलो संविधान सभाबर्दिया जिल्लाकुकुरकृष्णनवलपरासी जिल्लानेपाल अङ्ग्रेज युद्धचूडाकर्म संस्कारओखलढुङ्गा जिल्लासिन्धुलीगढीविकिमिडिया नेपालको विधानकृषि विकास बैंकविश्व व्यापार सङ्गठनबौद्धनाथमहासागरनेपाल वित्तीय प्रतिवेदन मानहरूनेपालका प्रधानन्यायाधीशहरूको सूचीमोबाइल फोनकलाढोरपाटन शिकार आरक्षरञ्जिता श्रेष्ठसंयुक्त अरब इमिरेट्समुलुकी ऐनस्थानीय तहनेपालका राष्ट्रिय विभूतिहरूइन्जिनियरिङधीरेन्द्र कृष्ण शास्त्रीआर्थिक विकासरुपन्देही जिल्लाअस्ट्रेलियाचुरेदोहोरो लेखा प्रणालीभिरिङ्गीसुगौली सन्धिदशरथ चन्द🡆 More