कीर्तिपुर नगरपालिका

कीर्तिपुर नेपालको बागमती प्रदेशमा पर्ने काठमाडौँ जिल्लाको एक नगरपालिका हो। काठमाडौँ उपत्यकाको काठमाडौँ जिल्लामा रहेका तत्कालिन मालायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बाहिरीगाउँ गाउँ विकास समिति मिलाएर वि.सं.

२०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। यो काठमाडौँ उपत्यकाको एक ऐतिहासिक नगर हो। यस नगरपालिकाभित्र प्रसिद्ध बाघभैरव मन्दिर तथा काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो ताल टौदह रहेको छ। कुल १० वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ६५,६०२ रहेको छ।सन् २००८ मा युनेस्कोले कीर्तिपुरको मध्यकालीन बस्तीलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत गरेको छ।

कीर्तिपुर
कीर्तिपुर सहरको मनोरम दृश्य
कीर्तिपुर सहरको मनोरम दृश्य
कीर्तिपुर is located in बागमती प्रदेश
कीर्तिपुर
कीर्तिपुर
नक्सामा कीर्तिपुर नगरपालिकाको अवस्थिति
कीर्तिपुर is located in नेपाल
कीर्तिपुर
कीर्तिपुर
कीर्तिपुर (नेपाल)
निर्देशाङ्क: २७°४०′४१″उ॰ ८५°१६′३७″पू॰ / २७.६७८०६°N ८५.२७६९४°E / 27.67806; 85.27694 ८५°१६′३७″पू॰ / २७.६७८०६°N ८५.२७६९४°E / 27.67806; 85.27694
देशकीर्तिपुर नगरपालिका नेपाल
प्रदेशवाग्मती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
नगरपालिकावि.सं. २०५३ चैत्र १४
समावेश (गाविस)लायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बाहिरीगाउँ
सम्मिलित (मिति)वि.सं. २०५३ चैत्र १४
सरकार
 • मेयरराजकुमार नकर्मी
 • उप मेयरशुभ लक्ष्मी शाक्य (सुनीता)
क्षेत्रफल
 • जम्मा१४.७६ किमी (५.७० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६५६०२
 • घनत्व४४००/किमी (१२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक सङ्केत
४४६१८
क्षेत्रीय सङ्केत०१
वेबसाइटआधिकारिक वेबसाइट

नामकरण

कीर्तिपुर नाम संस्कृत शब्द 'कीर्ति' (महिमा) र 'पुर' (सहर) बाट बनेको हो। यसका साथै किराँत वंशको प्रथम राजा यलम्बरको राज्यबाट यसको नाम कीर्तिपुर भएको हो। उपत्यकाका मानिसहरू यो सहरलाई 'किपू' समेत भन्ने गर्छन्।

नगर निर्वाचन इतिहास

वि.सं. २०५३ चैत्र ११ गते काठमाडौँ जिल्लाको तत्कालिन ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। वि.सं. २०५४ सालको पहिलो नगर निर्वाचनमा हिराकाजी महर्जन नगर प्रमुख र नगर उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते तत्कालिन सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नारत्न वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरेको थियो।

वि.सं. २०७४मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका रमेश महर्जन नगर प्रमुख पदमा र सोही दलकी सरस्वती खड्का नगर उप-प्रमुख पदमा निर्वाचित भएकी छिन्।

इतिहास

कीर्तिपुरमा गोपाल वंशकालदेखि नै मानव बस्ती विकास भइसकेको थियो। पशुपतिनाथको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको 'बहुर्‍ही' नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ। काठमाडौँ उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुरपछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।

संस्कृति र स्थल

कीर्तिपुरमा परम्परादेखि चल्दै आएको मुख्य चाडमा गथांमुगः, गथुप्याखः, इन्द्रायणीजात्रा, गाइजात्रादशैंतिहार निकै रमझमका साथ मनाइन्छ। यस नगरका बाघभैरव, उमा महेश्वर, नारायण सरस्वती र इन्द्रायणी मन्दिर उल्लेख्य वास्तुकलाका नमुना हुन् भने लोदेंगः, शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिर शिखरशैलीका उत्कृष्ट नमुना हुन्। यसैगरी चैत्यहरूमा चीलंचो प्रख्यात छ। नेपालको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पनि यसै नगरमा छ।

सन्दर्भ सामग्रीहरू

Tags:

कीर्तिपुर नगरपालिका नामकरणकीर्तिपुर नगरपालिका नगर निर्वाचन इतिहासकीर्तिपुर नगरपालिका इतिहासकीर्तिपुर नगरपालिका संस्कृति र स्थलकीर्तिपुर नगरपालिका सन्दर्भ सामग्रीहरूकीर्तिपुर नगरपालिकाकाठमाडौँकाठमाडौँ उपत्यकाकाठमाडौँ जिल्लाटौदहनेपालबागमती प्रदेशबाघभैरव मन्दिरयुनेस्कोविश्व सम्पदा क्षेत्र

🔥 Trending searches on Wiki नेपाली:

प्रदेश सभा (नेपाल)करारयान्देक्सहिमाली प्रदेश (नेपाल)आगोअर्थशास्त्रदोस्रो विश्व युद्धबर्बरहर्सादाइजोनबिल बैंकसमाचारनेपालका हिमालहरूको सूचीनेपालको प्रधानन्यायाधीशगोपाल वंशनेपालको निसानछापकान्तिपुर दैनिकसार्वभौमसत्ताकावासोती नगरपालिकानेपालको अन्तरिम शासन विधान २००७श्रीमद्भागवत् पुराणसदर चिडियाखाना, नेपालप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)संविधाननेपाल सरकारनेपाली चलचित्रनिजीकरणअङ्ग्रेजी भाषापाथीभरा देवी (ताप्लेजुङ)गणतन्त्र दिवस (नेपाल)पारिजात (साहित्यकार)नेपालको सङ्घीय संसदसुनअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालराष्ट्रिय स्वतन्त्र पार्टीभक्तपुर जिल्लाहलेसी महादेवरेडियो नेपालसन्दीप लामिछानेदाङ जिल्लाजाजरकोट जिल्लासूचनाचन्दसप्तरी जिल्लादादुरामकै पर्वऔद्योगिक क्रान्तिनेपालका स्थानीय तहहरूभीमसेन थापाअरिजीत सिंहपृथ्वीनारायण शाहनम्रता श्रेष्ठकिराँत कालतत्वराई जातिहरितगृह प्रभावकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)जुनागढ जिल्लाभक्तपुर नगरपालिकातापग्रिसनेपालको संस्कृतिबालश्रमनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८नेपाली साहित्यको इतिहासखैरहनी नगरपालिकाजनसाङ्ख्यिकीय लाभांशविश्वव्यापीकरणहुलाक सेवा विभाग, नेपालराम मन्दिर, अयोध्यावेब्याक मेसिनसार्वजनिक सेवा प्रवाहअम्लपित्तनेपाली भाषाश्रेष्ठ🡆 More