बाघभैरव मन्दिर

बाघभैरव मन्दिर काठमाडौँको कीर्तिपुरमा छ । यो मन्दिरलाई कीर्तिपुरवासीले आराध्यदेवका रूपमा पूजा गर्छन् ।

बाघभैरव मन्दिर
बाघभैरव मन्दिर
बाघभैरव मन्दिर
बाघभैरव मन्दिर
बाघभैरव मन्दिर
बाघभैरव मन्दिर
बाघभैरव मन्दिर
बाघभैरव मन्दिर

अवस्थिति

काठमाडौँ उपत्यकाबाट सात किलो मिटर दक्षिण पश्चिममा रहेको बाघभैरवको मन्दिर समुद्री सतहबाट एक हजार ४ सय ५ मिटर उचाइमा लम्बाइ ५० मिटर र चौडाइ ३० मिटर क्षेत्रफलमा रहेको चोकभित्र छ । पूर्व-पश्चिम भागमा लाम्चो आकारमा फैलिएको कीर्तिपुर डाँडाको बीच भागमा फैलिएको बाघभैरव मन्दिर यस क्षेत्रमै सर्वाधिक ठूलो र महत्त्वपूर्ण मन्दिर हो । प्यागोडा शैलीको तीन तले मन्दिर जसको माथिल्लो छानो पित्तल, त्यसभन्दा तलको दुई छाना झिँगटीले छाएको छ । मन्दिरको सबैभन्दा माथि ११, बीचमा छ र सबैभन्दा तल एक गरी १८ वटा गजुर छन् । मन्दिरको भुँइतलामा प्राचीन महाभारतरामायणका दृश्यहरू देख्न सकिन्छ ।

ऐतिहासिक तथ्य

कीर्तिपुरको स्थापना राजा शिवदेव तृतीयले नेपाल संवत् २१९–२४६ (ई सं १०९९–११२६)को बीचमा गरेको गोपाल राज वंशावलीमा उल्लेख छ । कीर्तिपुर नगरको स्थापनासँगै निर्माण भएको मानिने बाघभैरवको मन्दिरको करिब ९०० वर्षको इतिहास रहेको मानिन्छ । बाघभैरव मन्दिरका सम्बन्धमा नेपाल संवत् ६२३ सम्म कुनै अभिलेख पाइँदैन । नेपाल संवत् ६३५ कात्तिक महिनामा पाटनका महापात्र जगतपाल वर्माले उक्त मन्दिरको भव्य जीर्णोद्धार गरिएको पाइन्छ । तत्पश्चात पृथ्वीनारायण शाहले नेपाल उपत्यका जितेको ४३ वर्षपछि नेपाल संवत् ९२३मा रणबहादुर शाहकी धाइआमा हस्तीकलाले बाघभैरवको जीर्णोद्धार गरेको उल्लेख पाइन्छ ।

किंवदन्ती

बाघभैरवको उत्पत्ति सम्बन्धमा कुनै खास प्रमाण फेला नपरे पनि पौराणिक लोककथा एवम् जनश्रुतीअनुसार परापूर्वकालमा हाल मन्दिर भएको ठाउँमा जङ्गल थियो । उत्तरको भिरालो जङ्गलमा भेडाबाख्रा चराउन गएका गोठाला केटाकेटी माटाका विभिन्न मूर्ति बनाउने क्रममा बाघको मूर्ति निर्माण गरे । बाघको मूर्ति बनेपछि त्यलाई सुहाउने जिब्रो बनाउनका लागि पात खोज्न गए । त्यस क्रममा बाघको मूर्तिमा भैरव उत्पन्न भई त्यहाँ भएका भेडाबाख्रा खाइदिएको र पात लिएर फर्कदा आफ्ना भेडाबाख्रा नदेखेपछि उनीहरू रुन कराउन थाले पछि आफूहरूले बनाएको बाघको मूर्तिको मुखमा रगत लतपतिएको देखेपछि त्यही बाघले नै आफ्ना भेडाबाख्रा खाएको भन्दै रिसले मूर्तिमा जिब्रो राखेनन् । पछि मूर्तिमा भगवानको उत्पत्ति भएको भन्दै मन्दिर बनाएर मूर्ति राखे भन्ने किंवदन्ती छ । त्यही किंवदन्तीका आधारमा आजसम्म पनि बाघभैरवको मूर्तिमा जीब्रो नरहेको मानिदै आएको छ ।

जात्रा

यस मन्दिरमा प्रत्येक वर्षको सिंह सङ्क्रान्ति (भदौ १ गते) बाघभैरव जात्रा लाग्छ । जात्राका अवसरमा खटजात्रा गर्ने प्रचलन छ । खटजात्रा चलाउने परम्परा वि.सं. २०१४ भदौ १ गतेदेखि सुरु गरिएकोमा खटजात्रा सुरु गरिएको ५० वर्षका अवसरमा वि.सं. २०६४ सालमा स्वर्ण महोत्सव भएको थियो ।

पर्यटकीय महत्त्व

कीर्तिपुर क्षेत्रको ऐतिहासिकता एवम् सांस्कृतिक महत्त्वसँग बाघभैरव मन्दिर प्रत्यक्ष सम्बन्धित देखिन्छ । धार्मिक, सांस्कृतिक महत्त्वका साथै प्राचीन प्रस्तरकला र काष्ठकलाको अनुपम सङ्गम बाघभैरव मन्दिर नेपालको ऐतिहासिकताको अध्ययन र पर्यटकीयका लागि पनि महत्त्वपूर्ण स्थल हो । काठमाडौँ उपत्यकाको दृश्यावलोकनका लागि पनि बाघभैरवको मन्दिर परिशर उपयुक्त स्थल मानिन्छ ।

जीर्णोद्धार

बाघभैरवको मूर्ति २०३८ साल र २०६९ सालमा जीर्णोद्धार गरियो । विशेष पूजाआजासहित जीर्णोद्धार गर्न सकिने प्राचीन प्रचलनअनुसार मूर्ति निर्माणका लागि कीर्तिपुरका विभिन्न सात स्थान र काठमाडौँको म्हैपीबाट माटो ल्याउने प्रचलन छ ।

चित्र दिर्घा

बाहिरी लिङ्कहरू

यी पनि हेर्नुहोस्

Tags:

बाघभैरव मन्दिर अवस्थितिबाघभैरव मन्दिर ऐतिहासिक तथ्यबाघभैरव मन्दिर किंवदन्तीबाघभैरव मन्दिर जात्राबाघभैरव मन्दिर पर्यटकीय महत्त्वबाघभैरव मन्दिर जीर्णोद्धारबाघभैरव मन्दिर चित्र दिर्घाबाघभैरव मन्दिर बाहिरी लिङ्कहरूबाघभैरव मन्दिर यी पनि हेर्नुहोस्बाघभैरव मन्दिरकाठमाडौँकीर्तिपुर नगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

मानव विकास सूचकाङ्कबाल विवाहरुपन्देही जिल्लास्टकहोमजुन्को ताबेईविश्व व्यापार सङ्गठनमुख्य पृष्ठसुवासचन्द्र नेम्वाङनेपाल-भारत सम्बन्धअल्बर्ट आइन्स्टाइनकुपोषणगरिबीमिटररगतराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)नेपालका तालहरूको सूचीकुमारी बैंकहोलीसङ्ग्रहालयटिकटकबूढानीलकण्ठ मन्दिरप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)प्रतिनिधि सभा निर्वाचन, २०७९नेपालको सङ्घीय संसदसङ्खुवासभा जिल्लाअन्तर्वार्तानेपालको अर्थतन्त्रअन्नप्राशन संस्कारआइज्याक न्युटनखड्गप्रसाद ओलीहिमाली प्रदेशअरनिको राजमार्गकोशी प्रदेशदमाई जातिसुपादेउराली मन्दिरभीमसेन थापासुसाङ्ख्यरामानुजाचार्यदोषी चश्मा (कथा)ओजोन तहनयाँ वर्षनामरामकोलोम्बिया राष्ट्रिय फुटबल टोलीलमजुङ जिल्लाराजेश हमालकाठमाडौँलोक सेवा आयोग (नेपाल)मन्त्रनेपालका हिमालहरूको सूचीगुगलझाँक्रीचार्ल्स तृतीयकपिलवस्तु जिल्लाउपनिवेशजिल्ला मालपोत कार्यालयशिक्षासार्वजनिक सेवा प्रवाहबेगनास तालबजेटबर्तमानलैङ्गिक समानताजैविक विविधतानेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूमानव विकास चरणनेपालका प्रधान सेनापतिहरूतालबाराही मन्दिरजनसङ्ख्या वृद्धिसञ्चारउदयपुर जिल्लाविकिमिडिया नेपालको विधानजनमत सङ्ग्रह, २०३७राणा वंशसात सालको क्रान्तिवाच्य (व्याकरण)अरुणा लामाफ्लोरेन्स नाइटिङ्गेल🡆 More