सुवासचन्द्र नेम्वाङ: संविधान सभा अध्यक्ष

सुवासचन्द्र नेम्वाङ (लिम्बू) (२००९ फागुन २८ - २७ भदौ २०८०) एक नेपाली राजनीतिज्ञ थिए जसले नेपालको संविधान सभाको अध्यक्षको रूपमा सेवा गरेका थिए। इलामको महेन्द्ररत्न क्याम्पसको प्रथम स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष र २०४६ सालमा नेपाल बार एसोसिएसनको महासचिवमा निर्वाचित भएका थिए। २०७९ फागुन २५ मा, उनी नेपालको राष्ट्रपतिय निर्वाचन, २०७९ नेकपा (एमाले) बाट उम्मेदवारको रूपमा छानिएका थिए, तर नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए। सुवासचन्द्र नेम्बाङको २७ भदौ २०८० मा हृदयघातका कारण निधन भएको थियो।

सुवासचन्द्र नेम्वाङ
संविधान सभा अध्यक्ष
कार्यकाल
२०६३–२०७२
राष्ट्रपतिरामवरण यादव
विद्यादेवी भण्डारी
सहायकचित्रलेखा यादव
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीओनसरी घर्तिमगर
कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री
कार्यकाल
वि.सं २०५० – वि.सं २०५१
एकाधिपतिवीरेन्द्र वीरविक्रम शाह
प्रधानमन्त्रीमनमोहन अधिकारी
प्रतिनिधि सभा सदस्य
कार्यकाल
२०७४ फागुन २० – २६ भदौ २०८०
निर्वाचन क्षेत्रइलाम २
कार्यकाल
२०५६–२०५९
पूर्वाधिकारीकुलबहादुर गुरुङ
निर्वाचन क्षेत्रइलाम २
संविधान सभा सदस्य
कार्यकाल
२०६५ जेठ १५ – २०७४ असोज २८
निर्वाचन क्षेत्रइलाम २
राष्ट्रिय सभा सदस्य
कार्यकाल
२०५२ कार्तिक २७ – वैशाख २०५६
कार्यकाल
२०४८ असार १२ – २०५० असार १२
निर्वाचन क्षेत्रपूर्वी क्षेत्रमा
व्यक्तिगत विवरण
जन्म२००९ फागुन २८
सुन्तलावारी, नेपाल
मृत्यु२६ भदौ २०८०
काठमाडौँ, नेपाल
राजनीतिक दलनेकपा (एमाले) (वि.सं २०४८–२०७५, वि.सं २०७६–२०८०)
अन्य राजनीतिक
संलग्नता
नेकपा (माले) (२०४८ अगाडि)
नेपाल कम्युनिष्ट पार्टी (वि.सं २०७५–२०७७)
अभिभावकs
  • रामबहादुर नेम्वाङ (पिता)
  • अपिन्द्रकुमारी नेम्वाङ (आमा)

व्यक्तिगत जीवन

सुवासचन्द्र नेम्वाङको जन्म २००९ फागुन २८ मा इलाम जिल्लाको सुन्तलाबारीमा भएको थियो। पिता बाबु रामबहादुर नेम्बाङ र माता अपिन्द्रकुमारी का सन्तान रूपमा जन्मिएका नेम्वाङको बाल्यकाल इलाम सदरमुकामको सुन्तलाबारीमा बितेको थियो। उनका दुई छोरा, जेठा छोरा मिङ्सो नेम्वाङ, कान्छा छोरा सुहाङ नेम्वाङ र दुई छोरी छन्। उनले कानुनमा स्नातक (बीएल) गरेका थिए। पछिल्ला ५० वर्ष भने सक्रिय राजनीतिमा लागेका शालीन राजनीतिज्ञ थिए।

राजनीतिक जीवन

विद्यार्थी राजनति

विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्वाङ २०४८ सालमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए। उनले २०२९ सालमा अनेरास्ववियुको अध्यक्षको रूपमा रहेका थिए। विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक हासिल गरेका थिए।

कानुन तथा न्याय मन्त्री

२०५१ मा नेकपा एमाले मनमोहन अधिकारीको अल्पमतको सरकार कानुन तथा न्याय मन्त्री बनेका थिए।।

संविधानसभा

उनले नेपालको नयाँ संविधान बनाउने संविधान सभाको दुई पटक नेतृत्व गरेका थिए। संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ यस अघिको नेपालको व्यवस्थापिका संसदमा सभामुखको रूपमा सेवा गरेका थिए। त्यसअघि २०४८ र २०५२ मा गरी उनले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालेका थिए। २०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहेका थिए। नेकपा (एमाले)को केन्द्रीय सदस्य र कानुन विभाग प्रमुख रहेका नेम्वाङ संविधानसभा सभासदमा इलामबाट निर्वाचित भएका थिए।

कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालेका थिए।

उनी नेकपा (एमाले)का तर्फबाट कानुन तथा न्याय मन्त्री बनेका थिए। २०६४ को संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित भै संविधान सभाको अध्यक्षको रूपमा कार्यरत थिए। २०७० को संविधान सभा निर्वाचन २०७० पछि ओनसरी घर्तिमगर संविधान सभाको अध्यक्ष चुनिएकी थिइन्।

सभामुख

दोस्रो जनआन्दोलनबाट पुनस्र्थापित संसदमा २०६३ वैशाख ३० मा उनी पहिलोपटक सभामुख बनेका थिए र यो कार्यकाल १ माघ २०६३ सम्म रहेको थियो। नेम्वाङ अन्तरिम संविधान जारीपश्चात ३ माघ २०६३ उनी पुनः सर्वसम्मत सभामुख बनेका थिए र कार्यकाल २०६५ जेठ १४ सम्म रहेको थियो । तेस्रोपटक सभाध्यक्षका रूपमा नेम्वाङ २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र ६ फागुन २०७० मा, चौथो पटक पनि सभाध्यक्षका लागि निर्विरोध भएका थिए।

प्रतिनिधिसभा निर्वाचन २०७९

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङ इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट ३०,०२० मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९,००६ मत प्राप्त गरेका थिए।

सन्दर्भ सामग्रीहरू

Tags:

सुवासचन्द्र नेम्वाङ व्यक्तिगत जीवनसुवासचन्द्र नेम्वाङ राजनीतिक जीवनसुवासचन्द्र नेम्वाङ सभामुखसुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा निर्वाचन २०७९सुवासचन्द्र नेम्वाङ सन्दर्भ सामग्रीहरूसुवासचन्द्र नेम्वाङइलाम जिल्लानेकपा (एमाले)नेपाल बार एसोसिएसननेपालको राष्ट्रपतिय निर्वाचन, २०७९नेपालको संविधान सभानेपाली काङ्ग्रेसरामचन्द्र पौडेल

🔥 Trending searches on Wiki नेपाली:

धातुयुनेस्कोभ्रष्टाचारनेपालका दलित वर्गमा पर्ने थरहरूमालारानी गाउँपालिकाआगन्तुकवनस्पतिनेपाल सम्वत्पागल (कविता)नेपालको चलचित्रको इतिहासभलिबलस्वयम्भूनाथकिशोरावस्थाआसियानतारा तालमहालेखा नियन्त्रकको कार्यालयनेपालको राष्ट्रपतिस्वास्थ्ययान्देक्सगङ्गालाल श्रेष्ठअन्तरिक्षप्रजातन्त्र दिवसजनमत सङ्ग्रहब्वाँसोकेकी अधिकारीऔलोखैरहनी नगरपालिकापूँजीवाददार्चुला जिल्लातिहारस्नातक तहनेपाल प्रज्ञा प्रतिष्ठानभीमसेन थापाइमेलउदयपुर जिल्लावैज्ञानिकहनुमान ढोकाजलवायु परिवर्तनजयस्थिति मल्लकुमाख गाउँपालिकापेलेदेवनागरी लिपिभूगोलसरस्वतीविकिमिडिया नेपालको विधानआगन्तुक शब्दभारद्वाज ऋषिमनकामना मन्दिरराई जातिबजारशास्त्ररामप्रसाद ज्ञवालीप्रदेश सभा (नेपाल)थारू जातिअन्तिम संस्कारनेपालको शिक्षा मन्त्रीहरूराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)गोरखा दरबारअरिजीत सिंहबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासअस्ट्रेलियानेपाल विद्यार्थी सङ्घयौनिक अल्पसङ्ख्यकअनुष्टुप छन्दगान्धीनगर जिल्लाराष्ट्रिय स्वतन्त्र पार्टीदाइजोनेपाल कानुन आयोगसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)नम्रता श्रेष्ठविकिपिडियाक्षेत्रफलकर्मचारी सञ्चय कोषसार्क शिखर सम्मेलनको सूचीनेपाली विकिपिडियागाईमानिस🡆 More