सयौँ थुङ्गा फूलका हामी: नेपाली राष्ट्रिय गीत

सयौँ थुङ्गा फूलका हामी, नेपालको राष्ट्रिय गान हो। यसलाई २०६४ साल साउन १८ गते लागू गरिएको थियो। यसलाई अन्तरिम संसदका सभामुख सुवासचन्द्र नेम्वाङ सिंहदरबार भित्र रहेको राष्ट्रिय योजना आयोगको सम्मेलन भवनमा आयोजित समारोहको बीच २०६४ साउन १८ मा औपचारिक रूपमा राष्ट्रिय गानको रूपमा लिइएको घोषणा गरेका थिए। तत्कालीन शाही परिवारलाई समर्पित भई गाइएको राष्ट्रिय गान (राज गान) श्रीमान् गम्भिर नेपालीलाई वि.सं.

२०६३ साल जेष्ठ ५ गते शुक्रबार बसेको तत्कालीन प्रतिनिधि सभा घोषणाले नयाँ राष्ट्रिय गानको साथ प्रतिस्थापन गरेको थियो। अम्बर गुरुङले सङ्गीत दिएको र ब्याकुल माइलाको शब्द सिर्जना रहेको राष्ट्रिय गान "सयौँ थुङ्गा फुलका हामी" शीर्षकको राष्ट्रिय गानलाई नेपालको संविधान २०७२ ले पनि आधिकारिक मान्यता दिइसकेको छ।

सयौँ थुङ्गा फूलका हामी

सयौँ थुङ्गा फूलका हामी: इतिहास, तथ्यसूत्र, बाह्य कडीहरू नेपालको राष्ट्रिय गान
लेखकब्याकुल माइला
सङ्गीतअम्बर गुरुङ
लागू२०६४ साउन १८
सङ्गीत नमूना
noicon

इतिहास

६२/६३ को जनआन्दोलन सफल भए पश्चात्, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले नेपालमा आएको राजनैतिक परिवर्तनहरूसँगै चलिआएका पुरानाशैलीहरूलाई पनि परिवर्तन गर्ने निर्णय गरेको थियो जहाँ राष्ट्रिय गानका कुरा समेत समावेश गरिएको थियो। सरकारले देशभरि रहेका कलाकारहरूलाई राष्ट्रिय गान लेख्नका लागि प्रेरित गरेको थियो र नयाँ राष्ट्रिय गान छनोट समिति पनि गठन गरेको थियो जसमा चौध सदस्यीय टोली रहेका थिए।सयौं थुङ्गा फूलका हामी बोलको गीतलाई सर्बोत्कृष्ट मानेर १४ सदस्यीय राष्ट्रिय गान छनोट कार्यदलले १,२९२ रचनाहरू मध्यबाट नेपालको राष्ट्रगानको रूपमा छनोट गरेको थियो। यो गानका रचनाकार कवि व्याकुल माइला हुन् भने सङ्गीतकार अम्बर गुरुङ हुन्। यस गीतमा २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन्। २०६२/६३ सालको परजिवितान्त्रिक आन्दोलनबाट शाही शासन अन्त्य भएपछि यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गरेको थियो। यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मङ्सिर १४ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो जुन २०६४ वैशाख ७ गते राष्ट्रिय गानका रूपमा छानिएको छ।

शब्द

    सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
    सार्वभौम भई फैलिएका, मेची-महाकाली।
    प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
    वीरहरूका रगतले, स्वतन्त्र र अटल
    ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
    अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
    बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
    अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल

तथ्यसूत्र

बाह्य कडीहरू

Tags:

सयौँ थुङ्गा फूलका हामी इतिहाससयौँ थुङ्गा फूलका हामी तथ्यसूत्रसयौँ थुङ्गा फूलका हामी बाह्य कडीहरूसयौँ थुङ्गा फूलका हामीअम्बर गुरुङप्रतिनिधि सभा (नेपाल)व्याकुल माइलाश्रीमान् गम्भीरसुवासचन्द्र नेम्वाङ

🔥 Trending searches on Wiki नेपाली:

सार्की जातिवडातत्समरौतहट जिल्लास्याङ्जा जिल्लारसुवा जिल्लारेखा थापारामवरण यादवपरराष्ट्र मन्त्रालय (नेपाल)विज्ञापनबारा जिल्लाकपिलवस्तु जिल्लावीर अस्पतालसरकारहनुमान चालीसाबाजुरा जिल्लाखनिजनेपालमा महिला अधिकारनेपालका विश्वविद्यालयहरूको सूचीएड्सचार धामअन्तर्राष्ट्रिय प्रमाणिक समयकाठमाडौँ जिल्लासंस्कृतिसमाजवादअरिङ्गालनेपालको उपराष्ट्रपतिगणेशनेपालको संविधान २०७२दरबार हाई स्कुलस्थानीय तह निर्वाचन, २०७४कृषिज्ञानेन्द्र वीरविक्रम शाहपाटन दरबार क्षेत्रवाग्नर समूहयोगमाया न्यौपानेइलाम नगरपालिकाकार्यपालिकाआगोअर्थहमासलैङ्गिक पहिचानअब्राहम लिङ्कनलेखा प्रणालीविश्वेश्वरप्रसाद कोइरालासुधा त्रिपाठीबझाङ जिल्लामन्त्रनेपालको संस्कृतिनेपाल बैंकभारद्वाज गोत्रबङ्गलादेशवसन्तनेपालमा धर्मसामुदायिक वनकिराँत कालमहागुरु फाल्गुनन्दनेपालका बैङ्कहरूको सूचीधरहरात्रिभुवन वीरविक्रम शाहपुनर्जागरणटिकटकमुलुकी ऐनवर्ण विन्यासक्षेत्रप्रताप अधिकारीसमुद्र विज्ञानपहाडी प्रदेश (नेपाल)राणा वंशमानव विकास चरणआँखाधर्मभक्त माथेमास्वास्थ्यदर्शननेपालको पहिलो संविधान सभानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लिच्छवि राज्यनेपालको संविधान🡆 More