लेखा प्रणाली संस्थाको व्यापारिक कारोवारको सुचना राक्ने, अभिलेख राख्ने, अभिलेख प्रसोधन गर्ने तथा आर्थिक प्रतिवेदनको माध्यमबाट सम्बन्धित पक्षलाई जनकारी दिने पद्धति हो ।आज को युग लेखा को युग हो आजकल लेखा हरेक कुरा र ठाँउ ठाँउ मा काम लाग्ने विषय हो । लेखा प्रणाली दुई प्रकारका हुन्छन्। वैज्ञानिक र व्यवहारिक लेखा लेखाप्रणाली हो। (अङ्ग्रेजी: Single Entry System of Book-Keeping System) र दोहोरो लेखाप्रणाली (अङ्ग्रेजी: Double Entry System of Book-Keeping System) हो ।
साधारण अर्थमा लेखा भन्नाले प्रचलित कानुन, ऐन नियम, नीति, कार्यक्रम तथा निर्णय, आदेश तथा मापदण्ड समेतलाई आधार मानी कारोबारको यथार्थ विवरण देखिने गरी राखिने अभिलेख वा खाता भन्ने बुझिन्छ।
लेखापरीक्षण ऐन, २०४८ अनुसार – कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई जनाउँदछ।
आर्थिक कारोबारको लेखाङ्कन गर्ने, अभिलेख राख्ने र त्यसको नतिजा एवं यथार्थ आर्थिक स्थिति देखाउन अपनाइने व्यवस्थित कार्यविधिलाई लेखा प्रणाली वा स्रेस्ता प्रणाली भनिन्छ।
लेखा विभिन्न प्रतिवेदनहरू तयार गर्न आवश्यक पर्ने अभिलेखाङ्कन सम्बन्धी क्रियाकलाप नै लेखा प्रणाली हो।
सरकारी लेखा भन्नाले राजस्व सङ्कलन गर्ने, खर्च गर्ने र त्यसको अभिलेख राख्ने सबै प्रक्रिया तथा त्यसको परिमाणको सन्दर्भमा फाँटवारी तयार गर्ने कामलाई जनाउँछ।। सरकारी लेखा प्रणालीलाई सरकारको कार्यसञ्चालन गर्ने औजार तथा सरकारको आम्दानी र खर्चको सम्बन्धमा
लेखाका आधारभूत सर्वमान्य सिद्धान्त (Generally Accepted Accounting Principles) का अनुसार लेखा प्रणालीका सिद्धान्तहरू निम्नानुसार रहेका छन्।
कारोबारलाई लेखाङ्कन गर्ने समयको आधारमा लेखा प्रणालीलाई दुई भागमा बाँडिएको छ।
यस लेखा प्रणालीमा कारोबार जहिलेसुकै भएपनि वा हुने भए तापनि नगद भुक्तानी वा प्राप्तिको अवस्थामा वा नगद सरहको प्राप्ति वा भुक्तानीको अवस्थामा मात्र लेखाङ्कन गर्ने र अभिलेख राख्ने, प्रतिवेदन गर्ने कार्य गरिन्छ।
आम्दानीलाई नगद प्राप्त भएपछि आम्दानी जनाइन्छ भने खर्चको हकमा वास्तविक भुक्तानी भएपछि मात्र खर्चको रूपमा लेखाङ्कन गरिन्छ।
यस लेखा प्रणालीमा भुक्तानी दिन बाँकी खर्चहरू, अग्रिम भुक्तानीहरू, प्राप्त हुन बाँकी आम्दानीहरू र अग्रिम रूपमा प्राप्त आम्दानीलाई लेखाङ्कन गरिँदैन।
==प्रोदभावी लेखा प्रणाली==accural base accounting
नगद प्राप्ति वा भुक्तानी जुनसुकै समयमा भए तापनि कारोबार भएको समयमा नै लेखाङ्कन गर्ने पद्धतिलाई प्रोदभावी लेखा प्रणाली भनिन्छ।
प्रोदभावीको आधारमा लेखाङ्कन गर्दा कुनै निश्चित दिन वा अवधिको वित्तीय स्थितिमा असर पार्ने सम्पूर्ण कारोबार समाहित गरिन्छ। साथै यस प्रणालीमा एक निश्चित अवधिमा भएको आम्दानी जुन नगद प्राप्त भएको छैन वा खर्चहरू जुन नगद भुक्तानी गरिएको छैन, सोको पनि लेखाङ्कन गरिन्छ।
यो प्रणाली अलि प्राविधिक भएकाले यसैको विशेष ज्ञान नभइकन यसका आधारमा लेखा राख्न सकिदैँन।
प्रत्येक आर्थिक कारोबारको दोहोरो प्रभाव पर्ने गरी लेखा अभिलेख तयार गर्ने पद्धतिलाई दोहोरो लेखा प्रणाली भनिन्छ। दोहोरो लेखा प्रणालीको आधारभूत मान्यता कारोबारको दोहोरो प्रभाव र सोको समुचित अभिलेख हो । विस्तारित रूपमा भन्दा प्रत्येक कारोबारले पारेका दुई पक्षीय प्रभावलाई नै देखाउने गरी कारोबारको लेखा राखिनु पर्दछ भन्ने मान्यता बोकेको लेखा प्रणाली नै दोहोरो लेखा प्रणाली हो ।
सन् १४९४ मा इटलीका Luca Pacioli ले Accounting of Venice मा यस प्रणालीको व्याख्या गरेका छन् । त्यसैले उनलाई लेखा प्रणालीका पिता भनिन्छ । दोहोरो लेखा प्रणालीमा कारोबारले परेको एक पक्षीय प्रभावलाई डेबिट गरिन्छ भने अर्को पक्षीय प्रभावलाई क्रेडिट गरिन्छ । यस प्रकार कुनै पनि अभिलेखमा डेविट बराबर क्रेडिट हुन्छ । यसप्रकार यस प्रणालीमा भएका त्रुटिहरू पत्ता लगाउने आफ्नै किसिमको विधि पनि विकास भएको छ । त्यसैले यस प्रणालीलाई पूर्ण र भरपर्दो प्रणाली मानिन्छ ।
१. दोहोरो स्रेस्ता प्रणालीको सिद्धान्तमा आधारित हुनुपर्दछ।
२. सरकारी लेखा प्रणालीले सम्बन्धित निकायको आर्थिक कारोबार तथा आर्थिक स्थिति स्पष्ट देखाउने हुनुपर्दछ।
३.लेखा प्रणाली प्रचलित ऐन, नियम अनुसार लेखा राख्न सक्ने खालको हुनुपर्दछ।
४.विभिन्न कानुनद्वारा स्थापना गरिएको कोषको व्यवस्थापन उचित तवरले गर्न सक्ने लेखा प्रणाली हुनुपर्ने।
५.स्थिर सम्पत्तिको मूल्याङ्कन परल मोलको आधारमा हुनुपर्दछ, ह्रासकट्टी गर्नुपर्दैन।
नेपाल सरकारको स्रेस्ता प्रणाली नगदमा आधारित छ। सरकारी लेखा प्रणालीले राजस्व, विनियोजन, धरौटी आदिको लेखा तथा सोको आवधिक प्रतिवेदनहरूमा एकै प्रकारका शीर्षक, उपशीर्षक कायम गर्नुपर्दछ। यसबाट लेखाङ्कन तथा प्रतिवेदनमा एकरूपता आई समन्वय, अनुगमन तथा नियन्त्रण गर्न सजिलो पर्दछ।
नेपाल सरकारको वर्तमान स्रेस्ता प्रणाली, जसलाई नयाँ स्रेस्ता प्रणाली भनेर चिनिन्छ, वि.सं. २०१८ साल चैत्र २ गते तत्कालीन राजा श्री ५ महेन्द्रबाट लालमोहर लागेपछि सुरु भएको हो ।
आ.व. ०२४/२५ सम्म नेपालभर क्रमिक रूपमा लागू भएको ।
दोहोरो स्रेस्ता प्रणालीमा आधारित, नगदमा आधारित लेखा प्रणाली भएकोले आधुनिक र वैज्ञानिक स्रेस्ता प्रणाली मानिएको छ ।
सार्वजनिक कोष व्यवस्थापनका लागि नेपालमा लागू गरिएको नयाँ प्रणाली हो । नगद प्रवाह व्यवस्थापन, वित्तीय सूचना प्रणालीको गुणस्तर र कोष व्यवस्थापनमा देखिएका जटिलता र अस्पष्टता न्यूनीकरण गर्न यो प्रणाली लागू गरिएको हो । उद्देश्यहरू:
लेखा परीक्षण भन्नाले हिसाबकिताबको जाँच गर्ने काम हो । लेखाको जाँच र त्यसको आधारमा गरिने मूल्याङ्कन तथा विश्लेषणसमेत लेखापरीक्षण अन्तर्गत पर्दछन् । कार्य: नियमकानुन बमोजिम खर्च गरेनगरेको हेर्ने, तथ्य प्रदर्शन गर्ने, समालोचना गर्ने र भविष्यमा सुधार गर्न सुझाव दिने उद्देश्य: आर्थिक कारोबारको परीक्षण गरी हिनामिना र त्रुटिहरू औंल्याउनु, नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारिता तथा औचित्यताको परीक्षण गर्नु
नियमितताको सिद्धान्त मितव्ययिताको सिद्धान्त कार्यदक्षताको सिद्धान्त प्रभावकारिताको सिद्धान्त औचित्यताको सिद्धान्त स्वतन्त्रता र स्वायत्तताको सिद्धान्त निष्पक्षताको सिद्धान्त गोपनीयताको सिद्धान्त सक्षमताको सिद्धान्त उचित सतर्कताको सिद्धान्त
बजेट अनुसारको खर्च भिडान गर्ने, राजस्व तथा खर्चसँग संलग्न आधारभूत प्रमाणको जाँच गर्ने, मितव्ययिता तथा कार्यदक्षताको जाँच गरी प्रतिवेदन दिने कार्य
महत्त्व: सरकारी क्रियाकलाप प्रति जनविश्वास सिर्जना गर्न, सार्वजनिक जवाफदेहिता र पारदर्शिता प्रवर्द्धन गर्न, सार्वजनिक स्रोत परिचालनमा मितव्ययिता ल्याउन, सार्वजनिक निकायको कार्यदक्षता र प्रभावकारिता बढाउन, प्रचलित कानुनको पालना गराउन, आर्थिक स्थितिको यथार्थ चित्रण गर्न
सङ्गठन भित्रबाटै व्यवस्थापक प्रति उत्तरदायी रहेर सङ्गठनको आर्थिक नियन्त्रण प्रणाली र लेखापालनको बारेमा व्यवस्थापकलाई प्रतिवेदन गर्ने लेखापरीक्षण नै आन्तरिक लेखा परीक्षण हो भने सार्वजनिक जवाफदेहिता निर्वाहका लागि स्वतन्त्र र शक्तिशाली निकायबाट गरिने लेखापरीक्षण अन्तिम लेखापरीक्षण हो ।
नेपाल सरकारको आन्तरिक लेखापरीक्षण महालेखा नियन्त्रक कार्यालयद्वारा गरिन्छ भने अन्तिम लेखापरीक्षण गर्ने निकाय महालेखा परीक्षक हो ।
प्रचलित नियम कानुनको अधीनमा रही आर्थिक प्रणाली र कारोबार सञ्चालन भएको छ छैन भनी जाँच गर्नु – नियमितताको लेखापरीक्षण हो भने मानवीय, वित्तीय, भौतिक तथा अन्य साधनको दक्षतापूर्वक उपयोग भए नभएको मूल्याङ्कन गर्नु कार्यमूलक लेखापरीक्षण हो । नियमितताको लेखापरीक्षण प्रक्रियामुखी हुन्छ भने कार्यमूलक लेखापरीक्षण नतिजामुखी हुन्छ ।
संवैधानिक अङ्गको रूपमा
प्रशासनिक खर्च लगायत सबै खर्च सञ्चित कोषमाथि व्ययभार हुने
कर्मचारी प्रशासनमा स्वायत्तता, विशेषज्ञ आवश्यक पर्ने
सार्वजनिक लेखामा निर्बाध पहुँच
सार्वजनिक लेखाको ढाँचा र प्रणाली व्यवस्थामा अनिवार्य रूपमा महालेखा परीक्षकको पूर्वस्वीकृति आवश्यक पर्ने
आफ्नो प्रतिवेदन राष्ट्र प्रमुखमा पेस पर्ने वार्षिक प्रतिवेदन अनिवार्य रूपमा र अन्य आवश्यक परेको समयमा
This article uses material from the Wikipedia नेपाली article लेखा प्रणाली, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.