सार्की अर्थात् चर्मकार एक शील्पी समुदाय हो जस्लाइ पछिल्लो समयमा प्रचलीत गराइएको विभाजन 'दलित' अन्तर्गत पनि राख्ने गरीएको छ । यो समूह बृहत खस समुदायकै एक विभाजन हो । पेशागत दक्षता र शील्प ज्ञानको अाधारमा प्राप्त उपाधि चर्मकार (बोलीचालीमा छोट्टीँदै जाँदा चमार) भएपनि कालान्तरको प्रचलनले अहिले प्रचलित सार्की शब्द प्रयावाची बन्न पुगेको छ। बीभीन्न एतिहासीक एवं साशकीय घटनाक्रमले सार्की शब्द स्थापीत हुँन पुगेको भन्ने तर्कहरु छन । यद्यपी अाज पनि कोही अाफ्नो पुर्खैली पेशा अन्तर्गत छाला प्रशोधन गरेर कच्चा पदार्थ बनाइ बीभीन्न सामग्री उत्पादान गर्ने शील्पी समुदाय भए उक्त पेशाकारीतालइ सम्बोधन गर्ने सही पेशेवर शब्दावली चर्मकार नै हुन्छ ।
'सार्की' शब्द प्रचलनको इतिहासबारे तीन तर्कहरु रहेको पाइन्छ । एउटा होः पश्चिमबाट पूर्वतिर हिड्दै जाँदा आज भन्दा ५००० वर्ष अघि नेपालको पश्चिमी भेग जहाँ हुम्ला जुम्ला वा कर्णाली छ आर्य खस को रूपमा लामो समय व्यतित गरेको पाइन्छ पछि गएर त्यही आर्य खसबाट एउटा समूह जो जुम्लाको संरक भन्ने ठाउँबाट नेपालको पूर्वतिर लाग्ने क्रममा संरक - संरक भन्दा भन्दै संारक अपभ्रंश हुदै पछि सारर्क र सार्की समुदाय (जात) मा परिणत हुनपुग्यो भने यिनीहरूले छालाको पेसा अपनाएको पाइन्छ । अर्को किम्वदन्ति अनुसार: शाहवंशीय शासनकालमा यिनीहरूले शासनसत्तामा हुदाहुदै यिनीहरूबाट केहि तुच्छ राज्यलाई नसुहाउने गतिविधि र व्यावहार गरेको कारणले पछि यिनिहरूलाई शाहबाट सार्की जातमा तल झारेर बोलाएको भन्ने पाइन्छ । त्यस्तै अर्को: राजा जयस्थिति मल्लले सन् १३६० देखि १३९५ सम्म पटकपटक राज्य सञ्चालन गरेको झन्डै आठ सय वर्ष पुरानो इतिहास छ । त्यसै क्रममा राजा जयस्थिति मल्ल राजगद्दीमा सवार हुने बेलामा उनलाई लगाउने जुत्ता आवश्यक पर्यो । त्यो कसले बनाउन सक्छ भने बहस सुरु भयो । एकजनाले भनेछ, महाराज त्यो काम मैले गर्न सक्छु । राजा खुसी भई हुकुम भयो, गरेर ल्याऊ । त्यो व्यक्ति खुसी भएर केही दिनको मेहनत लगाएर जुत्ता बनाएर ल्यायो । उसले राजालाई देखाउँदै भन्यो- महाराज, मैले हजुरको मर्जी र आदेशअनुसार जुत्ता बनाएर ल्याएँ । अनि राजाले हेरर लगाए, एकदम ठीक भयो । स्याबासी पनि पायो। तर दुर्भाग्य, राजा राजगद्दीमा आसीन भएको बेला त्यहाँ नजिकै जुत्ता राख्ने ठाउँ थियो । दरबारमा पालेको एउटा कुकुरले त्यो जुत्ता च्यातिदियो । कारण थियो, जुत्ता छालाको, कुकुरलाई छाला मन पर्ने, त्यो कुरा दरबारका भारदारहरूले राजालाई सुनाए । त्यसपछि राजाले जुत्ता बनाउनेलाई बोलाएर हप्काउँदै भने-तैंले के यस्तो जुत्ता बनाएको जुन कुकुरले राख्दै राख्दैन ? त्यसपछि राजाले उनलाई कहिल्यै पनि भेट्न चाहेनन् । एक दिन राजसमारोहमा त्यो जुत्ता बनाउनेलाई देखेपछि हुकुम दिए, यसलाई यहाँ आउन नदेऊ, टाढा राख । पछि गएर त्यसले एक समुदाय (जात) को रूप लियो । जो पछि गएर सार्की जात भनेर चिनिन पुग्यो । यसरी सार्की जात रहन गएको इतिहास पाइन्छ ।
सार्की नेपाल भारत र भुटानमा मध्यस्थरिय तरिकाले जीवन यापन गरिराख्या एउटा जाति हो जसलाई मिजार,चर्मकार र भुल जातिको उपनामले पनि चिनिन्छ। लामो समय राज्यबाट दबिएर बाँचेको जाति - जसले पढ्न नपाउने , जग्गा जमिन राख्न नपाउने र माथिल्लो जातिको सेवा गरेर बिताउनुपर्ने जातिको रूपमा रहेको यो जाति विसं १९१० को जंगबहादुरको मुलुकी एेनमा आएर झन पीडामा परेको पाइन्छ । यो जातीले छोएको माथिल्लो जातकाले खान नहुने , छोई हालेमा छोइछिटो हाल्नु पर्ने र माथिल्लो जातको सेवा गर्नुपर्ने बाध्यकारी नियम बनाइएको थियो । अछुतको सवैभन्दा माथिल्लो जात - विशिष्ट जातिहरूको सूचीमा कोड नम्बर ०१ मा राखेको भएतापनि शिक्षा र आर्थिक हिसाबमा पहाडे अरु जाति भन्दा मध्ययस्तरको अार्थिक अवस्था छ र भुमिमा पनि अन्य जाती भन्दा पछाडि छ ।सार्की जाति नेपालको कुल जनसङ्ख्याको १.४१% रहेको छ जुन झण्डै ४ लाख जति जनसङ्ख्या हुन आउछ । नेपाल ,भारत र भुटान गरी झन्डै ५ लाख छन् । सार्की जातिको सबैभन्दा ठूलो बस्ती गोरखा , बाग्लुङ , धादिङ हो जहाँ १०,००० भन्दा धेरै आवदि रहेको छ भने सबैभन्दा कम जनसंख्या रसुवामा छ । शिक्षामा यो जात - कुल साक्षरता प्रतिशत ५८ प्रतिशत रहेको छ भने औसत आयु ६० वर्ष रहेको छ यो जाति भूमिहीन ३ देखि ५ % मात्र रहेका छन् ।
चर्मकार परम्परागत धार्मीक समुदाय हो र जस्का संस्कारहरु प्राचीनतम सनातन परम्परामा अाधारीत छन । नेपालका सनातनीहरुले मान्ने चाडबाड रितिरिवाज नै मनाउंछन् । तर, समयको परिवर्तनसँगै र शिक्षाको विस्तार अनि गरिबीको कारणले छुवाछूतबाट मुक्त हुने आशाले कोहीकोहीले क्रिश्चियन सम्प्रदायमा प्रवेश गरेको पाइन्छ। सम्पूर्ण हिन्दुले मान्ने चाडपर्व नै यिनीहरूको आफ्नो चाडपर्व हो भने कुल देउता आफ्नो जातीय वा थर र वंशको हिसाबले पुज्ने र मान्ने गर्दछन्।
*भाषा*:- खस आर्यले बोल्ने नेपाली भाषा नै उनीहरूको आफ्नो मातृभाषा हो।
*भेषभुषा*:- खसआर्यबाट छुटेर जात अलग भए पनि उनीहरूको भेषभुषा अलग छैन। यिनीहरूको आफ्नो पोशाक भने कै आर्य समुदायको कमीज सुरुवाल र चोलो फरिया हो भने अहिले पश्चिमी संस्कृतिको प्रभावले पनि विभिन्न पोसाकको सुरुवात गरेको पाइन्छ। अहिले अाधुनिक कपडा नै लगाउछन्
चर्मकारको पेसा छालाबाट निर्माण हुने सामग्रीको उत्पादन हो । जस्तै:जुत्ता -चप्पल, पेटी, झोला, मादल, ड्याङ्रग्रो,दमाहा,ट्यम्को, मुढा आदि तर अहिले आएर यिनीहरूको पेसामा परिवर्तन आएको छ । अाफ्नो पुर्खौली पेसा बाहेक अधिकाँस सार्की समुदाय कृषि पेसामा पनि अाबध्द बध्द छन्। कोही सरकारी जागिर,कोहि कृषि र अाजकाल धेरै सार्की समुदाय वैदेशिक रोजगारमा पनि समावेश भएको पाइन्छ ।
चर्मकार शील्प पेशाका केही उत्पादनहरूः
*सार्कीजात भित्र रहेका विभिन्न थरहरू यसप्रकार छन् ।*
१) अच्छामी ( अछामी ) २)आचार्य
३ ) अधिकारी ४) उप्रेती ५) उपरकोटी ६) कमार ७) कालो ( काला )८)कुल्चियार ९) कोईराला १०) कोल्हाल ११) खड्की १२ खतिवडा १३) खरिबोटे १४) खिंलुङे १५) गिरि १६) गैरे १७) गैरीपिपल १८) गौतम ( गोतामे ) १९) गोथे २०)घिमिरे २१) घिताङग् २२) चमार २३) चन्द २४) चर्मकार २५) चुडाल २६) चुहान २७) छन्तेल। २८) छतकुली २९) छर्माकी ३०) छिनाल ३१) टोटलाङग्ी ३२) ठगुन्ना ३३) ठकुरी ३४) डाले ३५) तोलाङ्गी ३६) तोलागीसुयल ३७) तोसाली ३८) थपलिया ३९) थाक ४०) थापा ४१) दराई ( ढराई ) ४२) दाहाल ४३) दावे ४४) दुलाल ४५) देउला ४६);देउलापाती ४७) घमेल ४८) शाही ४९) धौलाकोटी ५०) नघाली ५१) नगरकोटी ५२) नेपाल ५३) नेपाली ५४) न्यौपाने ५५) परली ५६) पहाडी ५७) परली ५७) पिपलबोटे ५८) पूर्कोटी ( पुरकोटी , परकोटी ) ५९) पुलामी ६०) पोखरेल ६१) पौडेल ६२)वनजाडे ६३) वमरेल (वग्रेल,वङरेल ) ६४) बसेल ( बत्याल - बत्स्याल ) ६५) वयलकोटी ( वैलकोटी,वलकोटी) ६६) वस्ताकोटी ६७) बह्रमशाखा ६८) बाह्रघरे ६९) बिसुङ्के, बिशुन्खें ( बिशुंन्के, बिमुन्खे ) ७०) बुढाथोकी ७१) बोहरा ७२) बोगटी ७३)भिपाल ७४) भूल ७५) भुर्तेल ७६) मगर ७७) मंग्राती - मगराती ( आठथाले, काला, खिलिङ्गे, दूध,धुर, बाह्रथाने ) ७८) मजाकोटी ७९) मरासिनी ८०) महरा ८१) मालवुल ८२) मिजार ( मिझार ) ८३) मुदेल ( मुङदेल ) ८४) मुहल ८५) मोटे ८६) रम्तेल(रमतेल ) ८७) रामजाली ८८) राठाले ८९) राठोर - राठौर ९०) रिमाल ९१) रूचाल ९२) रैकाल ९३) रोइला ९४) रोक्का ( रोका - रोकाया) ९५) रोक्काशाही ९६) लम्जेल ( लमजेल, लोम्जेल ) ९७) लम्साल ( लमसाल) ९८) सत्याल ९९) कार्की १००) सापकोटा १०१) सामत १०२) सि.के. १०३) सिरौते १०४) श्रिपाली १०५) श्रिवास्तप १०६) सिंह १०७) सुर्खेती १०८) सुयल १०९) सुराना ११०) सेजवाल १११) सेठी ११२) सेतो ११३) सेही ११४) संग्राम ११५) सगपाल ११६)हमाल ११७) हिताङ्ग ११८) हेजुवाल ११८) क्षत्रेल ११९) क्षत्रपाल १२०) क्षत्रयाल १२१) दानकोटी (दानकुटी/दान्कुटी)
१ )लेखक तथा समाज संस्कृत राजनीतिक विश्लेषक:- विश्वभक्त दुलाल ( आहुती )
२) राजनीतिककर्मी, मन्त्री तथा राष्ट्रिय दलित सङ्घका अध्यक्ष तथा पूर्व मन्त्री :- गोल्छे सार्की
३) राजनीतिककर्मी मन्त्री तथा दाङ दलित सङ्घ अध्यक्ष :- खड्क बहादुर बस्याल ( सार्की )
४) पूर्वसांसद तथा खेलकुद राज्यमन्त्री :- गोपी बहादुर अछामी( सार्की )
५) राजनीतिक तथा सांसदहरु निवर्तमान र वर्तमान नामवली :-
(क) परशुराम रम्तेल
(ख) तेजबहादुर मिजार
( ग) नन्दसिंह सार्की
(घ) विमला नेपाली
(ङ) अञ्जना बिशंखे
(च)पार्वती विशंखे
(छ) शिवकुमारी गोतामे नगरकोटी सार्की
६) संगीत तथा गायन क्षेत्रमा
क) इन्द्रजित मिजार
ख) बाबु बोगटी
ग) बिमोचना लम्जेल
घ) रमिला लम्जेल
ङ) चेतन गोतामे (लोक गायक)
च) चन्दन लम्जेल (संगितकार)
छ) रबिना बसेल (बाल गायिका )
ज) बिमल उपरकोटी ( खेवाछाली सुलभ) (रचनाकार)
७) फिल्म क्षेत्रमा
क) अर्जुन रम्तेल (लेखक )
ख) बिरबल रम्तेल (निर्माता )
ग) विनिता रम्तेल (हिरोइन )
घ) बाबू बोगटी (हिरो)
ङ) कल्पना लम्जेल (हेयर स्टालिस्ट )
च) सोम म्रगाती ( मेकवाप म्यान )
८) सिरियलमा
क) राजेन्द्र नेपाली ( लट्टे )
ख) वेगम नेपाली (भटभटे माइलो)
ग) नन्दसिंह बस्याल (काइली )
घ) सन्तोष ब्यालकोटी( यान्त्र कलाकार तथा ढुवानी)
ङ) गणेश अच्छामी ( मेकअप म्यान तथा श्रङ्गार )
९ ) संघसस्था तथा अध्यक्षहरु :-
क ) गोरा नेपाली (समावेशी दृष्टि अध्यक्ष )
ख) नन्दसिह बस्याल ( सिस्टर इन नेपाल अध्यक्ष
१० )पत्रकारहरू :-
क) हरि बहादुर लम्जेल
ख) भुक्तमान लम्जेल
ग) सन्तोष कुमार सार्की
११ ) क्रिकेटर
क ) भिम सार्की
१२) न्यायाधीश
क) मा. देश बहादुर सार्की (उच्च अदालत)
१३) विश्वविद्यालयका प्राध्यापक डा. रूद्रबहादुर चर्मकार (अंग्रेजी, त्रिभुवन विश्वविद्यालय/अधिवक्ता)
*लेखक - खोजकर्ता तथा कलेक्टर :-* कुमार लम्जेल
रतुवामाई - ८ दाम्राभिट्टा मोरङ्ग ( नेपाल ).
This article uses material from the Wikipedia नेपाली article सार्की जाति, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.