कावासोती नगरपालिका

कावासोती नेपालको गण्डकी प्रदेशमा पर्ने नवलपुर जिल्लामा अवस्थित एक नगरपालिका हो । कावासोती बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा कावासोती, शिबमन्दिर, पिठौली र अग्यौली गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । कावासोती नगरपालिकामा १४,१०४ घरधुरि छन । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कावासोती पनि नगरपालिका बनेको हो ।

कावासोती नगरपालिका
कावासोती नगरपालीका
कावासोती नगरपालीका
उपनाम: 
काहाहोसाथी
देशकावासोती नगरपालिका नेपाल
प्रदेशGandaki Province
जिल्लानवलपुर जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • प्रकारस्थानिय सरकार
 • नगरप्रमुखविष्णु प्रसाद भुषाल
 • उप नगरप्रमुखफूल कुमारी थनेत
क्षेत्रफल
 • जम्मा११४ किमी (४४ वर्ग माइल)
उन्नतांश
१८० मिटर (५९० फिट)
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा६२४२१
 • घनत्व५५०/किमी (१४००/वर्ग माइल)
 source website of office
भाषा
 • आधिकारीकनेपाली
 • स्थानिय भाषानेपाली, गुरुङ्ग, मगर, थारू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोष्टल कोड
५६३००
क्षेत्रीय सङ्केत+९७७-७८
वेबसाइटOfficial Website


कावासोती नगरपालीकाले नवलपुर क्षेत्रको प्रशासनिक सदरमुकामको रूपमा कार्य गर्दै आएको छ। पहिले नवलपरासी जिल्लाको पूर्वी भेग (अहिले नवलपुर जिल्ला)का जनतालागि सम्पूर्ण प्रशासनिक कार्यहरू प्रशासनद्वारा, मालपोत, जिल्ला ट्राफीक प्रहरी कार्यालय, र्इत्यादीले गर्दै आएको छन्। बढ्दो जनसङ्ख्या र विकास निर्माणका कार्यहरूले यो शहर छिटोछिटो अघि बढ्दै आर्इरहेको छ। ब्यापार ब्यवसाय, शिक्षा, स्वास्थ्य सुविधा लगायत विषयवस्तु यस क्षेत्रको पहुचको स्तर अर्थात् गुणस्तरीय जीवन दर्शाउँछ।


यो शहर, नवलपुर जिल्लाको मुटुमा रहेको एक सुन्दर शहर हो। यसलाई हरीयाली शहर भनेर पनि चिनिन्छ, यसको लगभग ६० प्रतिशत जमिन जंगलले ढाकेको छ, जसले गर्दा यहाँका मानिसहरू स्वस्थानबाट स्वच्छ हावा, पानी तथा आवस्यक स्टफ प्राप्त गर्दछन्। यसको पूर्वी तथा दक्षीणी सिमानामा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ।

जनसङ्ख्या

कावासोती, शिबमन्दिर, पिठौली, अग्यौली र कुमारवर्ती गाविसहरूलाई मिलाएर कावासोती नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०७८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर कावासोती नगरपालिकाको जनसङ्ख्या ८६,८२१ रहेको छ ।
मानिसहरू यो शहरमा लगातार बसाईसराई गरेर भित्रदै छन्। खासगरी उत्तरी पहाडी भेगका मानिसहरू विगतका ३०-४० वर्षदेखी ठूलो संख्यामा बसाईसराई गरेर आइरहेका छन्।
कावासोती नगरपालीकाको आधिकारीक वेवसाईट अनुसार निम्नलिखीत जनसङ्ख्या छः
पुरूष: ४०,५२३
महिला: ४६,२९८
जम्मा: ८६,८२१, वार्षिक जनसङ्ख्या वृद्धिदर: ३.१७
जम्मा परिवार संख्या: २२,१६६ ,जनघनत्व : ८०१ ,साक्षरता दर: ८४.७० (पु: ९०.६० , म: ७९.६६)
जम्मा जमीन: ११४ वर्ग कि.मि.
वडा संख्या: १७

सिमाना

पूर्व: देवचुली नगरपालिकाचितवन राष्ट्रिय निकुञ्ज
पश्चिम: मध्यबिन्दु नगरपालिका
उत्तर: धौवादी गा.वि.स.
दक्षिण: चितवन राष्ट्रिय निकुञ्जनारायणी नदी

मुख्य जातजाती

ब्राम्हण, क्षेत्री, थारू, मगर, तामाङ, नेवार, कुमाल, गुरूङ्ग, बोटे, मुसहर, कामी, दमाई, र्इत्यादी।

धर्म

मुख्यः हिन्दु अन्यः बौद्ध, ख्रिष्टीयन (र्इसाई), मुस्लीम, र्इत्यादी।

मुख्य स्थानहरू

  1. कावासोती बजार
  2. थाना चोक
  3. ईन्द्र चोक
  4. सभापति चोक
  5. पुरानो कावासोती बजार
  6. डण्डा बजार
  7. विष्णुनगर
  8. हसौरा
  9. साँढ
  10. त्रिभुवन टार
  11. अग्यौली
  12. थकाली चोक
  13. मगरकोट
  14. पिठौली

पेशा

पेशा प्रतिशत पेशा प्रतिशत
कृषी ५७% ब्यापार १४.९४%
नोकरी १९.८३% मज्दुरी २.७८%
उद्योग ५.१७% अन्य ०.२८%

सुचना माध्यम

यहाँको स्थानीय कला संकृती तथा ब्यापार लगायतका कुराहरू प्रचारप्रसार गर्न तथा ताजा राष्ट्रिय तथा स्थानीय समाचार प्रसारणकालागि यहाँ, केही रेडियो तथा टेलिभिजन स्थापना भएका छन्।

रेडियोहरू

  1. रेडियो मध्यविन्दु एफ्.एम् - १०१ मेघाहर्ज,
  2. रेडियो नवलपुर - १०४.७ मेघाहर्ज
  3. रेडियो सामर्थ्य - ९२.१ मेघाहर्ज र
  4. रेडियो कावासोती - १०२.0 मेघाहर्ज

स्थानीय टेलिभिजनहरू

  1. देवचुली टेलिभिजन,
  2. मुकुन्दशेन टेलिभिजन (MTV) र
  3. बुद्ध दर्शन टि.भि.
= स्थानिय डिजिटल मिडिया कम्पनीहरू ======
  1. एन. सन्चार मिडिया प्रा.ली. Nsanchar Online News
  2. इन्टिग्रेटेड मिडिया कम्पनी
  3. सायरा मिडिया
  4. वेस्ट मिडिया

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

कावासोती नगरपालिका जनसङ्ख्याकावासोती नगरपालिका सिमानाकावासोती नगरपालिका मुख्य जातजातीकावासोती नगरपालिका धर्मकावासोती नगरपालिका मुख्य स्थानहरूकावासोती नगरपालिका पेशा[५]कावासोती नगरपालिका सुचना माध्यमकावासोती नगरपालिका सन्दर्भ सामग्रीहरूकावासोती नगरपालिका बाह्य कडीहरूकावासोती नगरपालिका यो पनि हेर्नुहोस्कावासोती नगरपालिकाअग्यौलीगण्डकी प्रदेशनगरपालिकानवलपरासी (बर्दघाट सुस्ता पूर्व)नेपालपिठौली

🔥 Trending searches on Wiki नेपाली:

नेपाली सेनाबाइसे राज्यहरूजीवनजनावरविकिमिडिया नेपालको विधानश्रेष्ठमल्ल वंशनेपालका सर्वोच्च आठ हिमालअन्तर्राष्ट्रिय नारी दिवसनेपालको राष्ट्रपतिकालिकोट जिल्लानामनम्रता श्रेष्ठतारा तालनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)अरिजीत सिंहमारुनी नाचफौजदारी कानुनसार्क शिखर सम्मेलनको सूचीअर्थशास्त्रअरनिकोगोरखा दरबारमूल्य अभिवृद्धि करकर्जानेपालको सर्वोच्च अदालतइलाम २ (निर्वाचन क्षेत्र)ब्वाँसोमानव संसाधन व्यवस्थापनझमक घिमिरेबालकृष्ण समसहरीकरणॐ मणि पद्मे हूँशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जपारिजात (साहित्यकार)ऐँसेलुपहाडी प्रदेश (नेपाल)नेपालमा पर्यटनजाजरकोट जिल्लादोधारा चाँदनी पुलशिरुवा पर्वकान्तिपुर दैनिकपूँजीवादमानिसनेपाल राष्ट्रिय विकास परिषदजुद्ध शमशेर जङ्गबहादुर राणाराजनीतितिहाररवि लामिछानेफेवातालअष्ट चिरञ्जीवीनेपालमा कृषिबालीनेपालको चलचित्रको इतिहासमहिनावारीमहाकाली नदीदैवज्ञराज न्यौपानेराउटे जातिकपिलवस्तु जिल्लाबैतडी जिल्लाराणा वंशबौद्धिक सम्पत्तिसिन्धु गङ्गा मैदानमाध्यमिक विद्यालयनेपालमा महिला अधिकारपशुपतिनाथ मन्दिरहिन्द महासागरकुमाख गाउँपालिकानेपालको अर्थतन्त्रविक्रम सम्वत्महासागरविधिशास्त्ररेशमलाल चौधरीलियोनेल मेसीनेपालको जनआन्दोलन २०४६🡆 More