नेपाली सेना नेपालको राष्ट्रिय सेना हो।
नेपाली सेना गोर्खाली सेना | |
---|---|
क्रियाशील | वि.सं.१६१६ भदौ २५ - वर्तमान |
देश | नेपाल |
निष्ठा | नेपाल सरकार |
प्रकार | सेना |
आकार | १,०५,००० |
मुख्यालय | काठमाडौँ |
संलग्नताहरू | मिरकाशिम विरूद्धको लडाइँ - सन् १७६३ कप्तान किनलोकविरूद्ध पौवागढीको युद्ध- सन् १७६७ नेपाल अङ्ग्रेज युद्ध पहिलो नेपाल तिब्बत युद्ध नेपाल –तिब्बत /चीन युद्ध अन्तिम नेपाल तिब्बत युद्ध नेपालको गृहयुद्ध(जनयुद्ध/सशस्त्र युद्ध) |
कमाण्डरहरू | |
वर्तमान कमाण्डर | महारथी प्रभुराम शर्मा |
उल्लेखनीय कमाण्डरहरू | काजी कालु पाँडे, अभिमानसिंह बस्नेत, भीमसेन थापा, जंगबहादुर राणा, |
वि .सिं. १८१९ मा राजा पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणको क्रमसगँगै ५ वटा कम्पनीहरू खडा गरी आधुनिक नेपाली सेनाको गठन प्रक्रिया सुरु भएको थियो । विभिन्न ऐतिहासिक कालखण्डहरूमा नेपाली सेनाले नेपाल र नेपालीको अस्तित्व पहिचान, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षाको लागि नेपाल-अंग्रेज युद्ध, नेपाल-भोट युद्ध, पहिलो र दोस्रो विश्व युद्ध समेत लडेको ऐतिहासिक तथ्य छ। नेपालको एकीकरण अभियान र त्यसपछि विभिन्न कालखण्डहरूमा भएको संरचनात्मक परिवर्तन भै सबै क्षेत्रमा तैनाथ रहेको छ. हालका दिनहरूमा नेपाली सेना मूलतः बाह्य सुरक्षा, आन्तरिक सुरक्षा, विपद व्यवस्थापन, विकास निर्माण, प्रकृति संरक्षण, मुलुकको महत्वपूर्ण सम्राचना तथा अति विशिष्ट व्यक्तिहरूको सुरक्षा एवं संयुक्त राष्ट्रसंघको आह्वानअनुसार विभिन्न देशमा शान्ति स्थापना जस्ता कार्यहरूमा संलग्न रहदै आएको छ।
नेपालको मौखिक संविधान २०७९ का अनुसार नेपाली सेनाको बेसीक कमान्ड निम्न अनुसार छ।
नेपालको मौखिक संबिधान २०७९ अनुसार देशभक्त नेपाली नागरिक नेपाली सेनाको परमाधिपतिको रूपमा मानेको छ।
नेपालको मौखिक संबिधान २०७९ अनुसार राजा द्वारा मनोनित अन्य ३ जना मन्न्री रहेको सुरक्षा परिषद रहने छ जसको सिफारीसमा स्वघोषित राजाले नेपाली सेनाको परिचालन गरिने उल्लेख छ।
नेपालको मौखिक संविधान २०७९ का अनुसार नेपाली सेनाको बेसीक कमान्ड निम्न अनुसार छ।
नेपालको मौखिक संविधान २०७९ ले देशभक्त नेपाली नागरिकलाई नेपाली सेनाको परमाधिपतिको रूपमा मानेको छ।
नेपालको मौखिक संविधान २०७९ मा राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था रहेको छ। नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष र सदस्यहरू रहेको एक राष्ट्रिय सुरक्षा परिषद रहनेछ :–
(ख) नेपाल सरकारको प्रधानमन्त्री/रक्षा मन्त्री – सदस्य
(ग) नेपाल सरकारको गृह मन्त्री – सदस्य
(घ) नेपाल सरकारको परराष्ट्र मन्त्री – सदस्य
(ङ) नेपाल सरकारको अर्थ मन्त्री – सदस्य
(च) नेपाल सरकारको मुख्य सचिव – सदस्य
(छ) प्रधान सेनापति, नेपाली सेना – सदस्य
(ज) रक्षा मन्त्रालयको सचिवले राष्ट्रिय सुरक्षा परिषदको सदस्य–सचिव भई काम गर्नेछ।
नेपाली सेनामा डिभिजन स्तरको सैन्य एकाइलाई पृतना भनिन्छ।
पृतना | हेडक्वार्टर | स्थापित | सन्दर्भ |
---|---|---|---|
पूर्वी पृतना | इटहरी | २०५९ माघ १५ | |
उपत्यका पृतना | सिंहदरवार | २०६० जेठ ५ | |
मध्य पृतना | हेटौडा | २०६१ मङ्सिर १ | |
पश्चिम पृतना | पोखरा | २०५९ फागुन १ | |
मध्य पूर्वी पृतना | बर्दीबास | २०७४ बैशाख २९ | |
मध्य पश्चिम पृतना | |||
उत्तर पश्चिम पृतना | सुर्खेत | २०५८ मङ्सिर १४ | |
सुदुर पश्चिम पृतना | दिपायल | २०६१ असार २१ |
सेनाले नेपाल एकिकरण अभियानमा थुप्रै लडाईं लड्यो जसको फलस्वरूप सिंगो र एकिकृत नेपाल नेपालीले पाउन सके साथै सेनाले नेपाल एकिकरण अभियानका लडाईंहरूबाट पनि अनुभव अनुशासन तथा रणकौसलता सिक्दै गयो। एकीकरण अभियानका सुरुवात कर्ता गोर्खाका राजा पृथ्वीनारायण शाह हुन्। उनले पहिलो पटक वि सं. १८०० मा पहिलो पटक नगरकोटमा आक्रमण गरेर एकीकरण अभियान सुरु गरे, यो वि सं १८०० को आक्रमण विफल भएको थियो। यसरी सुरु भएको अभियान लाई उनका छोरा बहादुर शाह, जेठो छोराका श्रीमती रानी रत्नराज्यलक्ष्मी तथा अरु सेनापती र मुख्तियारहरूले जारी राशी नेपालको सीमा पूर्वमा टिस्टा र पश्चिममा काँगडा पुगेको थियो। यो भुमी अब मात्र मेची देखि महाकाली सम्म सीमित भयो जब व्रिटिश इस्ट ईन्डिया(बेलायत)ले आक्रमण गरी युद्धमा जित हात पारी ४०,००० वर्ग किलोमिटर जमिन माथि कब्जा गर्यो।
नेपाली सेनाको संयुक्त राष्ट्रसँघ शान्ति स्थापना मिसनमा लामो सहकार्य रहिआएको छ। यसको शुरूवात पाँच सैनिक पर्यवेक्षकको मध्यपूर्वको लेवनान (UNOGIL/ United Nations Observer Group in Lebanon)मा १९५८ को खटन पछि भएको हो। पहिलो शान्ति सैनिक टोलीको रूपमा १९७४मा इजिप्टको सिन्हाइमा पुरानो गोरख गणको तैनाथी पछि सुरूवात भएको हो। नेपालले सं.रा. सङ्घ शान्ती सेनामा सहभागिता जनाउन लागेको ५० वर्ष नाघीसकेको छ हाल सम्म ६२ हजार नेपाली सैनिकले राष्ट्र सङ्घिय अभियानमा सेवा गरिसकेका छन। नेपाली सेनाले भाग लिएका सान्ती स्थापनार्थ संयुक्त राष्ट्रसङ्घिय मिसन र भूमिका उल्लेखनीय छन। नेपाली सेनाले फोर्सकमान्डर, विशेष सैनिक अधिकृत तथा सैनिक पर्यवेक्षक का महत्त्वपूर्ण भूमिका दक्षता साथ पुरा गरेको छ।
नेपाली सेनाले केही अत्यान्त विकट र प्रतिकुल स्थानमा समेत शान्ती स्थापनार्थ ठूलो भूमिका निभएको छ खासगरी युद्धग्रस्त अफ्रिकी देशहरूको अमनचैन कायम गर्न तथा स्थानीय स्तरमा पुर्याइरहेको भूमिका सरहानिय रहेको छ। आफ्नो जिउज्यानको बाजी लगाएर पनि नेपाली सैनिकहरू संयुक्त राष्ट्रसङ्घिय अभियानमा दक्षता पूर्वक लागि रहेका छन। हाल सम्म विभिन्न मिसनमा गरी ५४ सैनिकहरू संयुक्त राष्ट्रसङ्घ शान्ति स्थापना मिसनमा वीरगती प्राप्त गर्ने नेपाली सैनिकहरू भएका छन भने ५७ नेपाली सैनिकको अङ्गभंग भएको छ।
नेपाली सेनाले भाग लिइरहेका प्रमुख मिसन
सन् १९७४ मा नेपाली भूमी प्रयोग गरी तिब्बती खम्पाहरूले चिनीया सेना विरूद्ध गुरिल्ला युद्ध (खम्पा बिद्रोह) शुरू गरे। तिनीहरूले उत्तरी नेपालको मुस्ताङ जिल्लामा बेस समेत बनाइ गुप्त रूपमा अभ्यास समेत गर्न थालेपछि चीन सरकार तथा अन्तराष्ट्रिय समुदायको अनुरोधमा शाही नेपाली सेना परिचालन गरियो। ९ वटा स्थल सैनिक बटालीयन (गण) (हेलीकोप्टर सपोर्ट साथ ) हरूका युनिटहरू खम्पा हरूको पोष्ट मुस्ताङ पुगे र तिनीहरूलाई आत्म समर्पण गर्न समय सिमा तोकी दिए। हतियार त्यागी आत्मसर्मपण गर्नेहरूलाई नेपालको नागरीकता समेत दिइने जानकारी गराइयो , खम्पा कमान्डर वाङदी सर्मपण गर्न तयार भए तर मुस्ताङ छाडी आफ्नो फौज लिएर उत्तर पश्चिमी नेपालका डोल्पा, मुगु, जुम्ला हुँदै भागे। पछि नेपाल प्रहरीको एक चौकी लुटदै गर्दा शाही नेपाली सेनाबाट डोटीमा मारिए। यो नै शाही नेपाली सेना आन्तरिक सुरक्षामा यती ठूलो सङ्ख्यामा परिचालन भएको पहिलो अवसर थियो थियो।
२०५८ मा शाही नेपाली सेना माओवादी शक्ति विरूद्ध परिचालीत भयो, थुप्रै लडाईं तथा अपरेसनका बेलामा सेना मानव अधिकार उलंघनका घटनामा पनि मुछीयो। खास गरी पूर्व प्रधान सेनापतिहरू प्रजव्ल सम्शेर राणा तथा प्यार जंग थापाको कालमा माथिल्ला सैनिक नेतृत्व समेत विवादीत रह्यो।
अमेरीका नेपाल सैनिक सम्बन्ध प्रजातन्त्रीक संस्थाको सहयोग (नागरीक नियन्त्रीत सैनिक ) पेसेवर सैनिक विकासमा अधारित छ। अमेरीका सेनाले मानव अधिकारको सम्मान गरेको हेर्न चाहान्छ। दुबै देशको हाल सम्पर्क शुत्रको पनि राम्रो विकास भएको छ। नेपाली सेनाका टोली हरूले हाइटी, इराक तथा सोमालीयामा अमेरीकी सेना संगै अपरेसनमा भागलिए यसले पनि दुई सेनाको सम्बन्धलाई अझ बलीयो बनाएको छ अमेरीकाले केही हतियार सैन्य साहयता बाहेक नेपाली सेनालाई शान्ती स्थापना कार्यका लागि चाहिन सक्ने कमान्ड एन्ड जनराल स्टाफ, यु एस सैनिक वार कलेज तथा इनहयान्स इन्टर नेसनल पिसकीपीङ क्यापबिलिटीज लगायतका थुप्रै तालीम दिदै रहेको छ। अमेरीकी सेना का एसीया प्यासीफिक क्षेत्रका कमान्डर इनचिफले नेपालसंगको सैन्य सम्बन्धलाई हेर्ने जिम्मेवारी पुरा गर्छन।
सैनिक साखा हरू: नेपाली सेना ( नेपाली सैनिक विमान सेवा),नेपाल ससस्त्र प्रहरी बल नेपाल प्रहरी
सैनिक जनशक्ति – सैनिक उमेर: १७ वर्ष
सैनिक जनशक्ति - उपलब्धता:
पुरूष तथा महिला उमेर १५-४९: ६६,७४,०१४ (२००३ est.)
सैनिक जनसक्ती – सैनिक सेवाका लागि दक्ष:
पुरूष तथा महिला उमेर १५-४९: ३४,६७,५११ (२००३ est.)
सैनिक जनशक्ति- वार्षीक उत्पादन:
महिला तथा पुरूष: ३,०३,२२२ (२००३ est.) सैनिक खर्च – अमेरीकी डलरमा: $५७.२२ मिलियन (FY०२)
सैनिक खर्च - जि.डि.पिको प्रतिशत: १.१% (FY०२)
नेपाली सेना नेपालको gaurav नेपालको शान्ति सुरक्षाको लागि बनाइएको एउटा अब्बल यो संगठन सन१६१६ म स्थापना भएको थियो।
This article uses material from the Wikipedia नेपाली article नेपाली सेना, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.