नेपालको सर्वोच्च अदालत

सर्वोच्च अदालत नेपालको न्यायपालिकाको सबैभन्दा माथिल्लो तहको अदालत हो। सर्वोच्च अदालतमा नेपालको प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० जनासम्म अन्य न्यायाधीशहरू रहने व्यवस्था छ। २०७२ को संविधान जारी हुनुअघिसम्म कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था थियो। मौजुदा संविधानमा कुनै पनि तहका अदालतमा अस्थायी न्यायाधीशको व्यवस्था राखिएको छैन। सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदाअवधि ६ वर्षको हुन्छ। नेपालको वर्तमान प्रधान न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ हुन्।

नेपालको सर्वोच्च अदालत
नेपालको सर्वोच्च अदालत
सर्वोच्च अदालतको भवन
२७°४१′४९″N ८५°१९′१९″E / २७.६९७°N ८५.३२२°E / 27.697; 85.322 ८५°१९′१९″E / २७.६९७°N ८५.३२२°E / 27.697; 85.322
स्थापित२०१३ जेठ ८
स्थानराम शाह पथ, काठमाडौँ, नेपाल
निर्देशाङ्क२७°४१′४९″N ८५°१९′१९″E / २७.६९७°N ८५.३२२°E / 27.697; 85.322 ८५°१९′१९″E / २७.६९७°N ८५.३२२°E / 27.697; 85.322
संरचना विधिसंवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त
द्वारा स्वीकृतनेपालको संविधान
न्यायाधीशको कार्यकाल अवधि६५ वर्षको उमेर
न्यायाधीश सङ्ख्या१ जना प्रधान न्यायाधीस + २० जना स्थायी न्यायाधीश
वेबसाइटआधिकारिक वेबसाइट
प्रधान न्यायाधीश
वर्तमानविश्वम्भरप्रसाद श्रेष्ठ
देखि४ भदौ २०८०
नेपालको सर्वोच्च अदालत
नेपालको सर्वोच्च अदालत

प्रधानन्यायाधीश र न्यायाधीशहरूको नियुक्ति

महामहिम राष्ट्रपतिबाट संवैधानिक परिषद्को सिफारिसमा नेपालको प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायायाधीशहरूको नियुक्ति गरिने व्यवस्था छ। कुनै निश्चित अवधिको लागि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्ति गर्नु परेमा राष्ट्रपतिको अनुमति प्राप्त गरी न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले नियुक्ति गर्न सक्ने व्यवस्था छ।

जनशक्ति

सर्वोच्च अदालतमा कार्यरत जनशक्ति तर्फ आर्थिक वर्ष २०६२ को अन्तमा प्रधान न्यायाधीशका अतिरिक्त अन्य १७ जना न्यायाधीशहरू कार्यरत थिए। कर्मचारी तर्फ विभिन्न दर्जाका जम्मा ३३२ जना कर्मचारीहरू कार्यरत थिए। यसका अतिरिक्त केही कर्मचारी काजमा थिए।

न्यायिक कार्य

सर्वोच्च अदालतले आफूलाई प्राप्त विभिन्न क्षेत्राधिकार अन्तर्गत न्यायिक कार्य सम्पन्न गरी आएको छ। यस आर्थिक वर्षा विभिन्न क्षेत्राधिकार अन्तर्गत सम्पादन गरेको न्यायिक कार्यलाई निम्नानुसार उल्लेख गरिएको छ:

साधारण अधिकारक्षेत्र

सर्वोच्च अदालतको साधारण अधिकार क्षेत्र अन्तर्गत निम्न क्षेत्राधिकारहरू पर्दछन् :

  1. शुरु मुद्दा हेर्ने
  2. पुनरावेदन सुन्ने
  3. पुनरावलोकन गर्ने
  4. मुद्दा दोहोऱ्याइ हेर्ने
  5. साधक जाँच्ने
  6. निवेदन प्रतिवेदन सुन्ने

असाधारण अधिकारक्षेत्र

सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत निम्नानुसारका क्षेत्राधिकारहरू पर्दछन् :

  1. न्यायिक पुनरावलोकनको क्षेत्राधिकार
  2. रिट क्षेत्राधिकार
  3. सार्वजानिक सरोकारको विवाद हेर्ने

सन्दर्भ सामग्रीहरू

सम्पर्क ठेगाना

सर्वोच्च अदालत
रामशाह पथ नेपाल
ईमेल ठेगाना : Email: [email protected]

आधिकारीक वेबसाइट

यो पनि हेर्नुहोस्

Tags:

नेपालको सर्वोच्च अदालत प्रधानन्यायाधीश र न्यायाधीशहरूको नियुक्तिनेपालको सर्वोच्च अदालत जनशक्तिनेपालको सर्वोच्च अदालत न्यायिक कार्यनेपालको सर्वोच्च अदालत सन्दर्भ सामग्रीहरूनेपालको सर्वोच्च अदालत आधिकारीक वेबसाइटनेपालको सर्वोच्च अदालत यो पनि हेर्नुहोस्नेपालको सर्वोच्च अदालतनेपालको प्रधानन्यायाधीशन्यायपालिकान्यायाधीशन्यायालय

🔥 Trending searches on Wiki नेपाली:

नजिरराणा शासननेपाल ए क्रिकेट टिमअम्लपित्तहिन्दु पञ्चाङ्गनेपालमा शिक्षा१२ वैशाखशङ्कराचार्यनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)कूटनीतिआयुर्वेदहिमाली प्रदेशगढीमाईपिनाससिक्किमसिन्धुपाल्चोक जिल्लामहालेखा नियन्त्रकको कार्यालयगणतन्त्रसंयुक्त अरब इमिरेट्सछुवाछुतचार धामयुट्युबराम शाहमस्कोअरनिकोस्वर्गद्वारीसंस्कृतनेवार जातिहात्तीपाइले रोगकुपोषणकाभ्रेपलान्चोक जिल्लाआविष्कारकहरूको सूचीगाउँपालिकानेपाली साहित्यको इतिहासम्याग्दी जिल्लालियोनेल मेसीउदयपुर जिल्लारामेछाप जिल्लाअल्पविकसित देशपूर्वीय दर्शन१८औँ सार्क शिखर सम्मेलनबागेश्वरी मन्दिर, नेपालगन्ज४२ सालको पर्वढुङ्गे युगगोरखापत्रबागलुङ जिल्लामुख्य पृष्ठकृषिनेपाल अधिराज्यसूचनामानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)फिफास्याङ्जा जिल्लापनौती नगरपालिकाबङ्गलादेशदसैँलिम्बू जातिनगर कार्यपालिकागोत्रभुईँचालोझलकमान गन्धर्वनेपालमा मौलिक हक र कर्तव्यनन्दकिशोर पुनगणितप्रभुराम शर्माजाभाअरिङ्गालप्रतिनिधि सभा (नेपाल)जनशक्तिनेपालको पत्रकारिताको इतिहासनेपालका दलित वर्गमा पर्ने थरहरूसूचना प्रविधिवित्तीय विवरणहरूथारू जाति🡆 More