नेपालका राजाहरूको सूची

नेपालका राजा वि.सं १८२५ देखि २०६५ साल सम्म नेपालको शाहवंशका शासनहरू थिए। अर्थात् शाहवंशीय राजा नेपाल अधिराज्यको राष्ट्रप्रमुख थिए। नेपालका राजा शाह वंशका प्रमुख समेत थिए भने नेपालको पहिलो संविधानसभाले २०६५ जेठ १५ गतेका दिन २४० वर्षे लामो शाहवंशीय राजतन्त्रको अन्त्य गरेको थियो। नेपाल अधिराज्य विधिवत एक निरपेक्ष राजतन्त्रात्मक हिन्दु राज्य थियो। तथापि, १९०३ देखि सम्म सात सालको क्रान्ति, सम्म देश जहानीया राणा शासनको नियन्त्रणमा रहेको थियो। ४६ सालको जनआन्दोलन पछि देशमा नयाँ संविधान लागू गरिएको थियो र देश संवैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो।

पृथ्वीनारायण शाहको चित्र
गीर्वाणयुद्ध विक्रम शाहको चित्र
राजा त्रिभुवनको तस्वीर
राजा महेन्द्रको तस्वीर
राजा वीरेन्द्रको तस्वीर
राजा ज्ञानेन्द्रको तस्वीर
बायाँ देखि दायाँ सम्म, माथि देखि तल: (क) पृथ्वीनारायण शाह, जसले नेपालको नेपालको एकीकरण गरेका थिए; (ख) गीर्वाणयुद्ध विक्रम शाह, जसको पालामा नेपाल अङ्ग्रेज युद्ध भएको थियो भने नेपाल सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य भएको थियो; (ग) त्रिभुवन वीर विक्रम शाह, जसले राणा शासनको अन्त्य गरेका थिए र शक्तिमा आएका थिए; (घ) महेन्द्र, जसले निर्दलीय पञ्चायतको सुरुवात गरेका; (ङ) वीरेन्द्र, जसले देशलाई संवैधानिक राजतन्त्र बनाएका थिए; (च) ज्ञानेन्द्र, जो नेपालका अन्तिम राजा थिए।

श्री ५ बडामहराजधिराज पृथ्वीनारायण शाह आफ्नो बुबा नरभुपाल शाहको मृत्यु पछि १८०० मा, गोरखा राज्यको सिंहासनमा विराजमान भएका थिए। उनले १८०१ मा नुवाकोट माथि आक्रमण गरि एकीकरणको सुरु गरे र १८२५ मा इन्द्रजात्रामा कान्तिपुरमा विजय गरेपछि आधुनिक नेपालको स्थापना गरेका थिए जसले वर्तमान देश नेपालको एकीकरण प्रक्रिया सुरू गरेको थियो। ३१ वर्ष भन्दा बढीको शासन पछि उनको मृत्यु १८३१ माघ १ मा भएको थियो। आफ्नो शासनको अन्तमा उनले नुवाकोट, मकवानपुर र काठमाडौँ उपत्यकाका विजयी हासिल गरेका थिए। पृथ्वीनारायण शाहको मृत्युपछि उनका छोरा प्रतापसिंह शाह राजाको रूपमा नियुक्त भएका थिए। १८३४ मा, २६ वर्षको उमेरमा उनको अकाल मृत्यु भएको थियो। सोही दिन उनका जेष्ठ छोरा, रणबहादुर शाह राजा बने, आफ्नी आमा रानी राजेन्द्रलक्ष्मी र पछि उनका काका बहादुर शाह उनका प्रतिनिधि बनेका थिए। पछि रणबहादुरले सिंहासन छोडे र उनका छोरा गीर्वाणयुद्ध विक्रम शाहलाई नेपालको राजाको रुपमा राज्याभिषेक गराएका थिए। गीर्वाणको शासनकालमा नेपाल अङ्ग्रेज युद्ध भयो जुन १८७२ मङ्सिर १९ मा सुगौली सन्धिमा हस्ताक्षर गरेपछि समाप्त भएको थियो, जसको परिणामस्वरूप नेपालले आफ्नो क्षेत्रको एक तिहाई भूभाग गुमाउन पुगेको थियो। १८७३ मङ्सिर ७ मा राजाको मृत्यु भएको थियो त्यसको १२ दिन पछि गीर्वाणयुद्धको रानीको रहस्यमय म्रुत्यु भयो। तीन वर्षका बालक राजेन्द्र विक्रम शाह राजा बने र उनको संरक्षक उनका सौतेनी हजुरआमा रानी ललिता त्रिपुरा सुन्दरी देवी र प्रधानमन्त्री भीमसेन थापा भएका थिए।

१९०३ भदौ ३१ का कोत पर्व घटेको थियो। घटना पछि जङ्गबहादुर राणा सत्तामा आएका थिए र उनले देशको शासन सत्तामा नियन्त्रण कायम गरेका थिए भने उनले एक शताब्दी भन्दा बढी समयसम्म देशमाथि शासन गर्ने राणा वंशको सुरुवात गरेका थिए। अर्को वर्ष, राजेन्द्र विक्रम शाहलाई जङ्गबहादुरले भक्तपुर दरबारमा कैद गरेका थिए र उनका छोरा सुरेन्द्र विक्रम शाह सिंहासनमा विराजमान भएका थिए। उनको शक्ति सीमित थियो। उनको जेठो छोरा, त्रैल‍ोक्यको मृत्युको तीन वर्ष पश्चात् उनको मृत्यु १९३८ मा भएको थियो। त्यस पश्चात्, सुरेन्द्रका नाति पृथ्वी वीर विक्रम शाह नेपालको राजा भएका थिए तर हजुरबुबाजस्तै उनीसँग सिमित शक्तिहरू थिए। पृथ्वी वीर विक्रम शाहको मृत्यु ३६ वर्षको उमेरमा भएको थियो र उनका पाँच वर्षीय छोरा त्रिभुवन उनको उत्तराधिकारी भएका थिए। राणालाई शासन सत्ताबाट हटाउने उद्देश्यका साथ २००७ मा, त्रिभुवन भारतीय राजदूतावासमा निर्वासन भएका थिए। यसको प्रतिउत्तरमा, त्रिभुवनका नाति ज्ञानेन्द्रलाई राणा सरकारले नेपालको नयाँ राजाको रूपमा नियुक्त गरेको थियो। दिल्ली सम्झौता अनुसार सात सालको क्रान्ति पश्चात्, राणा शासनको अन्त्य भएको थियो र पुन: त्रिभुवन नेपालको राजामा नियुक्त भएका थिए। त्रिभुवनको निधन पश्चात्, महेन्द्र २०११ मा, नेपालको राजा बनेका थिए। २०१७ मा, उनले निर्दलीय राजनीतिक प्रणाली, पञ्चायतको सुरुवात गरेका थिए।४६ सालको जनआन्दोलन पश्चात्, पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो।

२०२८ माघमा हृदयघातबाट राजा महेन्द्रको निधन भएपछि उनका पुत्र युवराजा विरेन्द्र राजा भए। २०५८ जेठ १९ मा, राजा वीरेन्द्रको वंश नाश हुने गरि शाही परिवारमा एक दरबार हत्याकाण्ड घटेको थियो। यस घटनामा युवराज दीपेन्द्रको हात रहेको बताइन्छ। दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली प्रहार गरि हत्या गरेको र पछि आफैँलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएको थियो। दरबार हत्याकाण्ड पश्चात्, दीपेन्द्र कोमामा हुँदा उनलाई राजा घोषित गरिएको थियो। राजा घोषित भएको तीन दिन पश्चात् उनको निधन भएको थियो। त्यस पछि उनका काका, ज्ञानेन्द्र नेपालको राजामा नियुक्त भएका थिए। राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा, निर्वाचित सरकार भङ्ग गरी सत्ता आफ्नो हातमा लिएका थिए। यसको विरुद्धमा, जनआन्दोलन २०६३ भएको थियो जसले २४० वर्षे लामो राजतन्त्रको अन्त्य गरेको थियो भने नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको थियो।

राजाहरूको सूची

क्र.सं चित्र राजा
(जन्म–मृत्यु)
कार्यकाल वंश विवरण
शासनको सुरुवात शासनको अन्त्य अवधि
नेपालका राजाहरूको सूची  पृथ्वीनारायण शाह
(१७७९ – १८३१)
१८२५ असोज १३ १८३१ माघ १ ६ वर्ष, १०८ दिन शाह गोरखा राज्यका राजा
नेपालका राजाहरूको सूची  प्रतापसिंह शाह
(१८०८–१९३४)
१८३१ माघ १ १८३४ मंसिर ६ २ वर्ष, ३१० दिन शाह पृथ्वीनारायण शाहका छोरा
नेपालका राजाहरूको सूची  रणबहादुर शाह
(१८३२–१८६३)
१८३४ मंसिर ६ १८५५ फागुन २८
(पदत्याग)
२१ वर्ष, १११ दिन शाह प्रतापसिंह शाहका छोरा
गीर्वाणयुद्ध विक्रम शाह
(१८५४–१८७३)
१८५५ फागुन २८ १८७३ मंसिर ७ १७ वर्ष, २५७ दिन शाह रणबहादुर शाहका छोरा
नेपालका राजाहरूको सूची  राजेन्द्र विक्रम शाह
(१८७०–१९३८)
१८७३ मंसिर ७ १९०४ बैशाख ३१
(पदत्याग)
३० वर्ष, १७३ दिन शाह गीर्वाणयुद्ध विक्रम शाहका छोरा
नेपालका राजाहरूको सूची  सुरेन्द्र विक्रम शाह
(१८८६–१९३८)
१९०४ बैशाख ३१ १९३८ जेष्ठ ६ ३४ वर्ष, ५ दिन शाह राजेन्द्र वीर विक्रम शाहका छोरा
नेपालका राजाहरूको सूची  पृथ्वी वीर विक्रम शाह
(१९३२–१९६८)
१९३८ जेष्ठ ६ १९६८ मङ्सिर २६ ३० वर्ष, २०८ दिन शाह सुरेन्द्र वीर विक्रम शाहका नाति
नेपालका राजाहरूको सूची  त्रिभुवन वीर विक्रम शाह
(१९६३–२०११)
१९६८ मंसिर २६ २००७ कार्तिक २२
(निर्वासन)
३८ वर्ष, ३३१ दिन शाह पृथ्वी वीर विक्रम शाहका छोरा
नेपालका राजाहरूको सूची  ज्ञानेन्द्र वीर विक्रम शाह
(२००४–)
२००७ कार्तिक २२ २००७ पुष २३
(बर्खास्त)
६१ दिन शाह त्रिभुवन वीर विक्रम शाहका नाति
(८) नेपालका राजाहरूको सूची  त्रिभुवन वीर विक्रम शाह
(१९६३–२०११)
२००७ पुष २३ २०११ फागुन ३० ४ वर्ष, ६५ दिन शाह पृथ्वी वीर विक्रम शाहका छोरा
१० नेपालका राजाहरूको सूची  महेन्द्र वीर विक्रम शाह
(१९७७–२०२८)
२०११ चैत १ २०२८ माघ १७ १६ वर्ष, ३२३ दिन शाह त्रिभुवन वीर विक्रम शाहका छोरा
११ नेपालका राजाहरूको सूची  वीरेन्द्र वीर बिक्रम शाह
(२००२–२०५८)
२०२८ माघ १७ २०५८ जेठ १९
(हत्या)
२९ वर्ष, १२१ दिन शाह महेन्द्र वीर विक्रम शाहका छोरा
१२ नेपालका राजाहरूको सूची  दीपेन्द्र वीर विक्रम शाह
(२०२८–२०५८)
२०५८ जेठ १९ २०५८ जेठ २२
(दरबार हत्याकाण्ड'जेठ १९ मै हत्या भएको)
३ दिन शाह वीरेन्द्र वीर विक्रम शाहका छोरा
(९) नेपालका राजाहरूको सूची  ज्ञानेन्द्र वीर विक्रम शाह
(२००४–)
२०५८ जेठ २२ २०६५ जेठ १५
(हटाइएको)
६ वर्ष, ३५९ दिन शाह महेन्द्र वीर विक्रम शाहका छोरा

टिप्पणी

सन्दर्भ सामग्रीहरू

Tags:

नेपाल अधिराज्यनेपालको जनआन्दोलन २०४६राष्ट्रप्रमुखसात सालको क्रान्ति

🔥 Trending searches on Wiki नेपाली:

नारायण प्रसाद पोखरेलसैजननेपालका कूटनीतिक नियोगहरूको सूचीशैव सम्प्रदायनेपालको एकीकरणन्युटनको गतिका नियमहरूनेपाल सम्वत्मदन भण्डारी राजमार्गरुपन्देही जिल्लाअमेरिकी क्रान्तिकारी युद्धदर्शनटेलेनर पाकिस्ताननेपाली ध्वनिविज्ञानरामायणभन्ज्याङनेपाल वित्तीय प्रतिवेदन मानहरूनेपालको पहिलो संविधान सभानेपाली चलचित्रहरूको सूचीइन्द्रेणीपञ्चैबाजाहिमालय शमशेर जङ्गबहादुर राणाराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)गाउँ विकास समिति (नेपाल)सुवासचन्द्र नेम्वाङसेतो गरुडअङ्ग्रेजी भाषाप्रकृतिस्या वंशआगन्तुकनेपाल अङ्ग्रेज युद्धदोस्रो विश्व युद्धरामकृष्ण शर्मानेपाली सेनावैदेशिक रोजगारनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुधनवज्र वज्राचार्यपशुपतिनाथ मन्दिरमहासागरधादिङ जिल्लानेपालका प्रदेशहरूडिल्लीबजार कारागारबाइसे राज्यहरूआगन्तुक शब्दयोनीमार्गनेपालका स्थानीय तहहरूकोदोसर्लाही जिल्लाबिस्केट जात्राजगेडानेपाली चलचित्रडिजिटल वस्तु पहिचाननेपालका राष्ट्रिय निकुञ्जहरूइन्डियन प्रिमियर लिगदक्षिणकाली नगरपालिकालिम्बू जातिअमरसिंह थापानेपालका उर्जा केन्द्रहरूको सूचीबाल्यावस्थाअष्ट चिरञ्जीवीसंविधान सभा निर्वाचन, २०६४लुम्बिनी प्रदेश सभानेपालको पञ्चवर्षीय योजनासमयनुवाकोट जिल्लाआन्तरिक नियन्त्रण प्रणालीदोहोरो लेखा प्रणालीमादी गाउँपालिकाअष्टाङ्गयोगनेपालमा शिक्षाअफ्रिकानेपालका विश्वविद्यालयहरूको सूचीमुस्ताङ जिल्लागरिबीसयौँ थुङ्गा फूलका हामीकर्णाली पुल🡆 More