खडक बहादुर सिंह

खड्गबहादुर सिंह नेपालका पूर्वमन्त्री हुन् । यिनी २०१७ पुष १ मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए। पंचायत सरकारले डोटी तथा वर्तमान कैलाली अलाड़ जन्मथलो भएका शौनक गोत्रीय, सूर्यवंशी समैजी कुलदेवता मान्ने मन्त्री खडक बहादुर सिंहको पालामा २०२१ सालमा कैलालीमा र २०२४ सालमा कन्चनपुरमा जग्गा नापी गरेको थियो | जग्गा नापी मार्फत जसले जति जोत खन गरेर जग्गा बनाएको थियो, त्यो उसैको नाममा दर्ता गरिदियो | यस पछि कैलाली र कन्चनपुरका जग्गा धनि पुर्जा भएका नागरिक बनेका हुन् | कैलाली कन्चनपुरमा जग्गा नापी गराउँने पन्च मन्त्री खडक बहादुर सिंहले टिकापुर पार्कको व्यवस्था गरेका थिए |कैलाली टिकापुर क्षेत्रको विकासको योजना र बस्ति बसाउने कार्य पनि यिनैबाट भएको हो |

खडक बहादुर सिंह
चर्चित टिकापुरपार्क स्थल कैलाली

यी पन्च मन्त्री, राजा महेन्द्र र पंचायतका निकै बफादार मानिन्थे | यिनको रचनाको पन्च गीत यस्तो थियो |

  • गाउँपन्च ,जिल्लापन्च, अञ्चलपन्च अनि |
  • राष्ट्रिय पंचायत हो चार तहले बनि ||
  • गाउँ घरको विकास होला भन्ने सबै जानी |
  • सरकारपनि खडाभयो पन्चमध्ये छानी ||
  • आहाकति दरिलो ,अहाकति हरिलो पन्चैकोसरकार |
  • ए बैनी ढुंगाफुटाल, हो दाजु फरुवा उचाल, मेची महाकाली मुलबाटो निकाल ||
  • यो बाटोले पिरतीको मूलफुटाउला, छरिएका नेपालीको भेट गराउला |
  • इलामको कान्छा तन्नेरीले,बैतडीको कोइ कान्छीको मन उडाउला ||
  • ए बैनी ढुंगाफुटाल, ओ दाजु फरुवाउचाल... यो उनको जनजागरणको गीत थियो |

कैलाली र कंचनपुरमा जग्गा नाप नक्साको इतिहास बि.स १९९० साल भन्दा पहिले जिम्मावाल, बिर्ता, तप्पा र रैकर भनेर भोगचलन हुने गरेको जग्गा बि.स १९९० र २०१३ सालमा दुई पटक कैलालीमा मौजा नापी गरेर यहाँ देखि त्यहाँ सम्मन खोला नाला स्थानलाई सिमाना मानेर विभिन्न व्यक्तिलाई मौजा दिईएको थियो | १९९० को मौजा नापीको खासै आधार नभेटिए पनि २०१३ को मौजा नापीका केही नापनक्सा भएका आधार कैलालीमा भेटिन्छन् | बि.स २०२१ सालमा कैलालीमा जग्गाको नापनक्सा गरेर भोग चलन गर्नेको नाममा जग्गा हालिएको हो | भने कन्चनपुरमा मौजा नापी भएको थिएन् | कन्चनपुरमा बि.स २०२४ सालबाट जग्गा नापनक्सा गरेर भोगचलन गर्नेको नाममा जग्गा हालिएको हो | यसै समयबाट कैलाली कन्चनपुरका किसानहरु जग्गा धनि बनेका हुन् | त्यो समयमा मालपोत र नापी कार्यालय राजस्वसँग सम्बन्धित भएकोले अर्थमन्त्रालय अन्तर्गत राखिएको थियो | राणा राज्यकालमा कैलाली जिल्लाको वोगटान तप्पाको जिम्दारी खड्क बहादुर सिहको परिवारले चौधराई गरेको कारण चौधरी थर लेखेर चलाएको थियो । कैलाली जिल्ला श्रीपुर गाउँ विकास समिति अन्तरगतको जोनापुर गाउँमा खड्क बहादुर सिहको परिवारको बसोबास छ । खड्क बहादुर सिहका ३ दाजु भाइहरू जेठा पदम बहादुर सिह, माईला खड्क बहादुर सिह र कान्छा जंग बहादुर सिह हुँन् । कान्छा जंग बहादुर सिहका पुत्र पवन सिह छन् । राणा शासन विरोधी नारा लगाउने खड्क बहादुर सिहको भूमिका २०१५ साल भन्दा पहिले क्रान्तीकारी भावनाले प्रभावित थियो । पर्जापरिषद पार्टीको नजिक रहेर उनले राणा विरोधी पर्चा पम्पलेट बाँड्ने काम गरेका थिए । खडक बहादुर सिहका बाबुको स्वर्गारोहण भएपछि उनकी महातारीको हातमा घरको जिम्मेवारी आयो । परम्परागत मान्यता अनुसार विवाहित ठकुरी महिलाले अधेका रहनु पर्दथ्यो । यही अधेका रहने संस्कारमा हुर्केको यस परिवारको जग्गा जमिनको मालपोत बुझाउनमा उनकी महातारीबाट ढिलाई हुँन् जाँदा यिनको जिम्दारी खोसियो । यिनका जस्तै अन्यको पनि समयमा मालपोत बुझाउन सकेनन भनेर जिम्दारी खोसिएको थियो । यसको विरुद्धमा काठमाण्डौमा खड्क बहादुर सिहले दिउसै लालटीन बालेर लालटीन जुलुस गरेका थिए । आँधीहुरी चलेको अवस्थामा धेरै चराहरु मर्दछन् भन्ने संन्देश दिने हुरीको चरा नामक किताव पनि खड्क बहादुर सिहले लेखेका थिए । पञ्चायतकालीन राज्यसत्ताको पूर्व संन्ध्यामा सुदूरपश्चिमकै हस्तीको रूपमा परिचित व्यक्तित्व मध्ये खड्क बहादुर सिंह पनि एक हुँन् । टिकापुर टाउन प्लान र विकासमा तत्कालीन भूमिसूधार मन्त्री बनेका खड्क बहादुर सिहको भूमिका ठूलो थियो । पारिवारीक रूपमा कैलाली पण्डौनी मल्ल खान्दानका पंचायतकालका माननिय मोहनराज मल्लकी दिदि खड्क बहादुर सिहकी ठकुरानी थिईन् । खड्क बहादुर सिहका चार छोरीहरु मध्ये सपना नामकी छोरी धवल शम्शेर राणाकी भाउजु हुनुहुन्छ। डोटी रैका राजाका वंशज मल्ल, शाह र शाहीसँग खड्क बहादुर सिहपरिवारको वैवाहिक सम्बन्ध छ । यस सिह परिवारबाट विनोद प्रकाश सिह प्रमूख जिल्ला अधिकारी छन् भने अशोक सिह नेपाल प्रहरीमा डि.एस.पी छन् । गजेन्द्र बहादुर सिह राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य छन् । सामाजिक रूपमा लाल बहादुर सिह ,रोज बहादुर सिह र टेक बहादुर सिह यस परिवारका चर्चित व्यक्तित्वहरु हुँन् । समाज विकास र स्थानीय स्तरमा यिनको भूमिका ठूलो छ।

सन्दर्भ सामग्रीहरू

Tags:

कैलाली जिल्लाशौनकसमैजी

🔥 Trending searches on Wiki नेपाली:

नौमती बाजागणतन्त्रसूचना प्रविधिसगरमाथाबन्दी प्रत्यक्षीकरणनेपाल रेडक्रस सोसाइटीनेपालका प्रदेशहरूनेपालको जनआन्दोलन २०४६अरुणा लामाअंशुवर्मासरस्वतीदेउवागायत्री मन्त्रसुगौली सन्धिसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूसमावेशीकरणढोरपाटन शिकार आरक्षशार्दूलविक्रीडित छन्दनेपालमा मौलिक हक र कर्तव्यन्यायिक समितिछाउपडीनेपालइलाम २ (निर्वाचन क्षेत्र)दैवज्ञराज न्यौपानेतेन्जिङनोर्गे शेर्पानेपालका राजाहरूको सूचीविवाह संस्कारकारकनवलपरासी जिल्लासहिदनेपाल स्काउटखस जातिरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोरसुवा जिल्लाशिरुवा पर्वजङ्गलदुधनेपालका राष्ट्रिय चिह्नहरूक्षत्रीनेपालको प्रशासनिक विभाजनप्रजातन्त्र दिवसअन्तर्राष्ट्रिय तिथि रेखागणेशक्व्होलासोथार गाउँपालिकाब्लगफिफा विश्वकपब्रह्माण्डनेपाली व्याकरणसिस्नोनेवार जातिखड्काराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)विनोद चौधरीआगन्तुक शब्ददिगो विकासमगर जातिधरान उपमहानगरपालिकासिन्धु घाटीको सभ्यताआसियानपरिवार नियोजनव्रतबन्धरञ्जिता श्रेष्ठरुद्राक्षसर्लाही जिल्लाइटालीधर्म निरपेक्षतादोहोरो लेखा प्रणालीपानीमहिला विरुद्धका हिंसाउत्प्रेरणालखन थापा मगरअनुराधा कोइराला२०२२ फिफा विश्वकपदाइजो🡆 More