सिंहदरबार

सिंहदरबार नेपालका प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी कार्यालयहरू भएको परिसर हो। यो काठमाडौँको मध्य भागमा अवस्थित छ। यहाँ नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन्।

सिंहदरबार
सिंहदरबार
सिंहदरबारको मुख्य प्रवेशमार्ग
सामान्य विवरण
वास्तुकलाको ढाँचायुरोपेली शैली
सहरकाठमाडौँ
राष्ट्रनेपाल
ग्राहकनेपाल सरकार
प्राविधिक विवरण
बनावटईँट र गिलेवा
योजना तथा निर्माण
वास्तुकारकुमार नरसिंह राणा, किशोर नरसिंह राणा

इतिहास

सिंहदरबार 
सिंहदरवार प्रमुख भवन

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३ मा बनाउन लगाएका थिए। यसको निर्माण कार्य सुरू भएको एक वर्ष भित्र नै पूरा भएको थियो। निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको एसिया भरिको सबैभन्दा ठुलो दरवार थियो। यसको निर्माणमा त्यस बेलाको पच्चीस लाख रूपैयाँ खर्च भएको थियो।

२००७ सालमा राणा शासनको अन्त्य भए पछि सिंहदरवारमा नेपाल सरकारको कार्यालय राखियो। त्यतिबेला यो दरवारमा प्रधानमन्त्रीको कार्यालय देखि लिएर सम्पूर्ण मन्त्रालयहरू अवस्थित थिए।

२०३० सालमा यहाँ ठुलो आगलागि भएको थियो। त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो। त्यस आगलागि पछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारियो। हाल सिंहदरबार परिसरमा थुप्रै नयाँ भवनहरू बनेका छन्।

वास्तुकला तथा शृङ्गार

यो भवन युरोपेली शैलीमा बनेको छ। चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरू शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए। बत्ती तथा अन्य शृङ्गारका वस्तुहरू युरोपबाट मगाईएको थियो।

सिंहदरबार विद्रोह

आगलागि

२५ असार २०३० मा सिंहदरबारमा आगलागि भयो र सबै ध्वस्त भयो। नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवनमा आगलागि हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठुलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए। 'विद्युत् सर्ट' भएर आगलागि भएको बताइएको थियो। यस घटना पछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले "आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको" भनेर राजीनामा दिए।

सरकारी कार्यालयहरू

सिंहदरबारमा रहेका महत्वपूर्ण कार्यालयहरू यस प्रकार छन्।

मन्त्रालयहरू

विभागहरू

अन्य सरकारी कार्यालयहरू

सुरक्षा व्यवस्था

सिंहदरबार 
सिंहदरवारको मुख्य प्रवेशद्वार

यो नेपालको सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालय भएकाले यसको सुक्षामा नेपाली सेनाको एक गण खटाईएको छ।

सम्बन्धित लेखहरू

बाह्य कडीहरू

नेपाली टाइम्समा सिंहदरबारको एक चित्रकारको जीवन कथा

Tags:

सिंहदरबार इतिहाससिंहदरबार सरकारी कार्यालयहरूसिंहदरबार सुरक्षा व्यवस्थासिंहदरबार सम्बन्धित लेखहरूसिंहदरबार बाह्य कडीहरूसिंहदरबारकाठमाडौँ (स्पष्टता)कार्यालयनेपालप्रधानमन्त्री

🔥 Trending searches on Wiki नेपाली:

महासागरमदन भण्डारीनेपालको अर्थतन्त्रआँकनेपालमा धर्मग्रहविज्ञापनदेशराष्ट्रिय गौरवका आयोजनानेपालका हिमालहरूको सूचीशेरबहादुर देउवाबैतडी जिल्लारौतहट जिल्लापश्चिम रुकुम जिल्लाबागमती नदीसर्लाही जिल्लानेपालमा शिक्षासामन्तवादनेपाली कांग्रेसदेउकी प्रथाअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालहात्तीकमला नदीपोखरा उपत्यकाकञ्चनपुर जिल्लावेदान्तपूर्वी रुकुम जिल्लाशिक्षाश्रेष्ठराम राज पन्तभक्तपुर दरबार क्षेत्रफेसबुकसिन्धु घाटीको सभ्यतासगरमाथा राष्ट्रिय निकुञ्जकालु पाँडेसंयुक्त राष्ट्रसदर चिडियाखाना, नेपालप्राथमिक उपचारदादुराजनसाङ्ख्यिकीय लाभांशबराह अवतारजनमत सङ्ग्रह, २०३७इतिहासभारोपेली भाषा परिवारनेपालको झन्डाआम सञ्चारचीनअन्तिम संस्कारअर्थशास्त्रविकिपिडियाजाजरकोट भूकम्प, २०८०नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थारामवरण यादवभूगोलकतार एयरवेजत्रिपिटकनेपालमा भएका सडकहरूको सूचीगौरा पर्वमाओवादी जनयुद्धआँखाइटहरी उपमहानगरपालिकाबैङ्कनेपालका संरक्षित क्षेत्रहरूको सूचीपानीवडानेपालमा दूरसञ्चार सेवासल्यान जिल्लाविलियम अलेक्जेन्डरपुष्पकमल दाहालन्यायिक समितिकोदोबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासबैजनीहिमाली प्रदेश (नेपाल)🡆 More