कुँवर इन्द्रजीत सिंह

के.आई.

सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह (जन्म:वि.सं. १९६३) नेपाली क्रान्तिकारी तथा विद्रोही नेता हुन्। सिंह नेपालका २० औं प्रधानमन्त्री थिए। यिनी होमियोप्याथी सम्बन्धी डाक्टर थिए। उनी सात सालको क्रान्तिमा मुक्तिसेनाको पश्चिम तर्फको कमाण्डर थिए। उनले दिल्ली सम्झौता लाई मान्न स्वीकार गरेनन् र शसस्त्र आन्दोलन जारी राखे।

कुँवर इन्द्रजीत सिंह (के आई सिंह)
कुँवर इन्द्रजीत सिंह
२० औँ प्रधानमन्त्री (नेपाल)
कार्यकाल
२०१४ श्रावण ११ – २०१४ कार्तिक २९
एकाधिपतिराजा महेन्द्र
पूर्वाधिकारीटंकप्रसाद आचार्य
उतराधिकारीसुवर्ण सम्शेर राणा
राजसभा स्थायी समितिका सभापति
एकाधिपतिराजा महेन्द्र
पूर्वाधिकारीप्रथम
उतराधिकारीऋषिकेश शाह
व्यक्तिगत विवरण
जन्मवि.सं. १९६३
डोटी
मृत्युथाइल्याण्डको बैङ्कक
राजनीतिक दलयुनाइटेड डेमोक्रेटिक पार्टी

कलेज जीवन

डोटीमा वि. सं. १९६३ मा जन्मिएका कुँवर इन्द्रजित सिंह सानै छँदा परिवारसँगै बर्मा पुगेका थिए । उनले त्यहीँ विद्यालयबाट शिक्षा हासिल गरे । बर्मामै उनले आयुर्वेद सम्बन्धी अध्ययन गरेका थिए ।

चिकित्सक वा विद्यावारिधि नगरेको भए पनि औषधिमूलो गर्ने भएकाले डाक्टर भनिएको थियो । उनले त्यही आधारमा आफ्नो नाम डा.के.आई. सिंह लेख्न थाले ।

२००७ सालको क्रान्ति

क्रान्ति सुरु भए लगत्तै २९ कार्तिक वि. सं. २००७ मा सिंहको तर्फबाट बडाहाकिम कार्यलयमाथि पहिलो पटक आक्रमण भयो । चार घण्टा चलेको लडाइँमा सिंहको फौजले गोश्वारा (बडाहाकिम कार्यलय) बाहेक भैरहवाका अरू सबै कार्यलय माथी नियन्त्रण जमायो । तीन दिनपछि सरकारी फौजले २ मंसिर वि. सं. २००७ (१७ नोभेम्बर १९५०) मा केआई सिंहको अखडामाथि धावा बोल्यो । तर सिंह माथी सरकारी फौजले विजय हासिल गर्न सकेन । ठूलो क्षतिका साथ सरकारी सेना आफै फिर्ता हुनुपर्‍यो । भोलिपल्टै सिंहले फेरि आक्रमण गरे । यसपटक उनले अदालत र कारागार त कब्जामा लिए तर बडाहाकिम कार्यलय माथि कब्जा जमाउने धोको पूरा भएन ।

क्रान्तिपछि

२००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रिय रहेका यिनी दिल्ली सम्झौता धोका हो भनी आन्दोलन रोक्न तयार थिएनन्।

पछि त्यही निहूँमा आन्दोलन गरेपछि यिनी पक्राउ गरेर काठमाडौंं ल्याइएका थिए। प्रखर स्वभावका यिनलाई त्यसबेला सिंहदरवार भित्र रहेको बिजुली गारतको नियन्त्रणमा कैद गरिएको थियो।। प्रजातान्त्रिक सरकारमा पनि मोहन शमशेर नै प्रधानमन्त्री हुने भएपछि असन्तुष्ट बनेका कमान्डर केआई सिंह नै सिंहदरबार विद्रोहमा जोडिए।

सिंहदरबार विद्रोह

उनीहरूले हतियार बुझाउन मानेनन् र सशस्त्र हमला जारी नै राखे। उनलाई भैरहवामा समातियो र सिंहदरबारमा कैद गरिएको थियो। काठमाडौं ल्याइएका सिंह रक्षा दलमा परिणत भएको मुक्ति सेनाको सहयोग ८ माघ ०९ मा विद्रोह गरी मुक्त भए। त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरेर बिद्रोह गरे। सिंहदरवार बाहिर रहेको सेना र भित्र रहेको विद्रोही सेनाबीच गोली हानाहान भयो। अन्त्यमा दूत मार्फत यिनले आफूलाई सुरक्षित काठमाडौंं उपत्यका बाहिर जान दिने भए विद्रोह छोड्ने बताएपछि सोही अनुसार यिनलाई छोडियो।

त्यसपछि यिनी झण्डै १ वर्ष चीन सरकारको शरणमा गएर बसे।

स्वदेश फिर्ती

२०१२ भाद्र २७ गते उनले आत्मसमर्पण गरी माफी मागेकाले राजा महेन्द्रले उनको आरोपहरु खारेज गरी माफी बक्से ।

प्रधानमन्त्री

पछि नेपाल फर्केपछि २०१४ सालमा यिनी राजाद्वारा प्रधानमन्त्री बनाइए। यिनको मन्त्रिपरिषदमा शिक्षा मन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा थिए ।

कडा स्वभावका यिनले त्यसबेला सचिव लगायत विभिन्न कर्मचारीहरूलाई हातपातसम्म गरेका थिए।

अत्यन्तै उद्दण्ड स्वभावका देखिएकाले यिनको सरकार ३ महिनासम्म पनि टिक्न सकेन। पछि यिनलाई हटाएर सुवर्ण सम्शेर राणाको नेतृत्त्वमा सरकार गठन भयो।

मन्त्रिमण्डल

बहिर्गमन

यिनको राजा महेन्द्रलाई वि. सं. २००७ साल अघि बाबु-बाजे जस्तै थपनाका राजा बनाई प्राइममिनिस्टर भएर सर्वेसर्वा हुने योजना थियो तर जनरल नर शमशेरले भोलिपल्टै नारायणहिटी गए र राजालाई बेलिबिस्तार लगाए। सबै कुरा सुनिसकेपछि राजा महेन्द्रले भने, 'बदमास पो रहेछ, तिमी धन्दा नमान, म ओखती गर्छु (हेमन्तशमशेर राणा, जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी, पृ ८८–९२) ।'

त्यत्तिकैमा कार्तिक २९ को दिन प्रधानमन्त्री सिंहलाई दरबारमा बोलाइयो । कुनै अप्रिय अवस्था सिर्जना होला भनेर दरबार भित्रका सेनालाई सतर्क राखियो । दरबारभित्रका कर्मचारीलाई कार्यलय बाहिर ननिस्किन आदेश दिइयो । त्यत्तिकैमा सिंह नारायणहिटी राजदरबार पुगे र राजा महेन्द्रसँग केही बेर 'वान-टु-वान टक' गरेर फर्किए । लगत्तै राजाले केआई सिंह नेतृत्वको मन्त्रिमण्डल विघटन गरेको समाचार सार्वजनिक भयो (माथेमा, पृ. २६९) ।

पञ्चायती राजनीति

यिनी पञ्चायती व्यवस्थामा पनि सांसदसम्म भएका थिए।

राजसभा स्थायी समितिका सभापति

कुँवर इन्द्रजीत सिंह प्रथम राजसभा स्थायी समितिका सभापति हुन्। सरकारले सिंहलाई राजसभा स्थायी समितिको सभापतिमा नियुक्त गर्यो तर उनी सपथ ग्रहणमा गएनन् ।

मृत्यु

यिनको सन् १९८२ मा घाँटीको क्यान्सरको उपचार गर्दागर्दै थाइल्याण्डको बैङ्ककमा निधन भएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

कुँवर इन्द्रजीत सिंह कलेज जीवनकुँवर इन्द्रजीत सिंह २००७ सालको क्रान्तिकुँवर इन्द्रजीत सिंह सिंहदरबार विद्रोहकुँवर इन्द्रजीत सिंह स्वदेश फिर्तीकुँवर इन्द्रजीत सिंह प्रधानमन्त्रीकुँवर इन्द्रजीत सिंह पञ्चायती राजनीतिकुँवर इन्द्रजीत सिंह राजसभा स्थायी समितिका सभापतिकुँवर इन्द्रजीत सिंह मृत्युकुँवर इन्द्रजीत सिंह सन्दर्भ सामग्रीहरूकुँवर इन्द्रजीत सिंह बाह्य कडीहरूकुँवर इन्द्रजीत सिंहदिल्ली सम्झौतानेपाली कांग्रेसको मुक्ति सेनासात सालको क्रान्ति

🔥 Trending searches on Wiki नेपाली:

आम सञ्चारनेपाली सेनापूँजीवादनागरिक समाजसाउदी अरबबारा जिल्लाकोशी प्रदेशगणितबौद्धिक सम्पत्तिस्थानीय तह निर्वाचन, २०७४नेपालको प्रमाणिक समयभिमाद नगरपालिकाचितवन जिल्लासङ्गीतपृथ्वी राजमार्गधनगढी उपमहानगरपालिकास्वयम्भूनाथभीमसेन थापावेबसाइटकुरिलोगर्भपतनकृष्ण जन्माष्टमीबुढासुब्बा मन्दिरजगदम्बाश्री पुरस्कारव्यासकार्यालयनेपालको नवौँ राष्ट्रिय जनगणना, २०४८फेवातालदुधमहाभारतभरतपुर महानगरपालिकाव्यवस्थापनसेतो गुम्बाउत्प्रेरणाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीपरिवर्तनीय लागतसिन्धुली जिल्लासुनसरी जिल्लाविष्णुइन्टरनेटनेपालका प्रमुख नदीहरूको सूचीहिमाली प्रदेश (नेपाल)विश्वेश्वरप्रसाद कोइरालास्याङ्जा जिल्लादार्जिलिङ चियामुख्य पृष्ठअनुसन्धानबैङ्कनेपाल राष्ट्रिय विकास परिषदमूल्य अभिवृद्धि करअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालकोरा जन्मदरमोतीराम भट्टगोरखा राज्यविराटनगर महानगरपालिकागेहेन्द्र शमशेर जङ्गबहादुर राणाचूडाकर्म संस्कारनेपालको इतिहासमलेसियानेपालको सङ्घीय संसदनेपालकृषि तथा वन विज्ञान विश्वविद्यालयपहिलो विश्वयुद्धजितेन्द्र मुखियाढोरपाटन शिकार आरक्षप्रजनन स्वास्थ्यमहर्जनरोल्पा जिल्लानेपालको पञ्चवर्षीय योजनाबलभद्र कुँवरकर्णाली नदीसिन्धु घाटीको सभ्यताअङ्क🡆 More