बैङ्क

बैङ्क (मराठी:बँक) एक वित्तीय संस्था हो, जहाँ जनताको धनराशी जम्मा गरिने तथा जनतालाई ऋण दिने गरिन्छ । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैङ्कवाट ब्याज लिने हेतुले बैङ्कमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैङ्कमा जम्मा गरेको धनराशी पुर्व र्निधारित बैङ्किङ नियम पुरा गरी निकाल्न र पुन: राख्न पनि सक्दछन् साथै कसैलाइ कर्जा आवश्यक परेको खण्डमा आवश्यक प्रकृया पुरा गरी ऋण लिन सक्दछन् । सामान्यतया मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुनबमोजिम संगठित संस्थालाइ बैङ्क भनिन्छ । प्रयोगात्मक नेपाली शब्दकोश २०६१ मा चाहेको बेला झिक्न पाउने गरी राखिदिने ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्थालाइ बैङ्क भनिएको छ ।

बैङ्क
नेपालको केन्द्रिय बैङ्कको भवन
बैङ्क
जर्मनीमा अवस्थित फ्रायांक फुर्ट एम बैङ्क

बैङ्कको आवश्यकता

बैङ्क 
1970
  • आर्थिक शोषणबाट जनतालाई मुक्ती दिलाउन
  • उद्ध्योगधन्दा एबम ब्यापारको विकास गर्न
  • आर्थिक विकास गर्न
  • बहुमुल्य बस्तु एबम धनको सुरक्षा प्रदान गर्न
  • कोशको स्ठानान्तरण गर्न
  • रोजगार एबम सीपमुलक ब्यवसायको सृजना गर्न
  • बचत गर्ने बानिको विकास गर्न
  • अर्थब्यबस्थाको मौद्रिकीकरण गर्न
  • कृषि एबम् पिछडिएको क्षेत्रको विकास गर्न
  • समग्र रूपमा आर्थिक सन्तुलन कायम गर्न
  • बिदेशी मुद्राको बिनियम एबम नियन्त्रण गर्न
  • मुद्राको ब्यबस्थापन एबम कर्जामा नियन्त्रण र मुल्यमा स्थिरता कायम गर्न
  • साखको सृजना, पुँजीको व्यवस्थापन तथा पुँजी परिचालन गर्न

नेपालमा बैङ्कको बर्गीकरण

बैङ्क तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४७ बमोजिम सोही ऐनको दफा ३७. बैंक तथा वित्तीय संस्थाको वर्गीकरणः मा "क" "ख" "ग" "घ" बर्गका बैङ्क तथा बित्तिय संस्था को ब्यबस्था गरिएको छ । राष्ट्र बैङ्क को निर्देशन बमोजिम तपसिल अनुसार बर्गीकरण गरिएको छ ।

                                     आबस्यक न्युनतम चुक्ता पुँजी 
बर्ग बैङ्क राष्ट्रिय स्तर क्षेत्रीय स्तर ४-१० जिल्ला १-३ जिल्ला कैफियत
"क" वाणिज्य बैङ्क रु ८०० करोड
"ख" विकास बैङ्क रु २५० करोड रु ३० करोड रु ३० करोड काठमाडौँ जिल्ला समेत
रु २० करोड रु १० करोड
"ग" बित्त कम्पनी रु ८० करोड रु ३० करोड काठमाडौँ जिल्ला समेत
रु २० करोड रु १० करोड
"घ" लघु बित्त विकास बैङ्क रु १० करोड (रु ६० करोड €) रु ६ करोड रु २ करोड रु १ करोड

बर्ग अनुसारका बैङ्कहरूको काम,कर्तब्य र अधिकारहरु

"क" बर्गका बैङ्कको काम,कर्तब्य र अधिकारहरु

  1. ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
  2. राष्ट्र बैङ्कले तोकेबमोजिम कर्जा दिने ।
  3. प्रचलित कानुनको अधिनमा रही बिदेशी बिनिमय कारोबार गर्ने ।
  4. हायर पर्चेज, हाउजिङ, हाइपोथिकेशन, लिजिङ तथा सेवा ब्यबसायको लागि कर्जा दिने ।
  5. राष्ट्र बैङ्कको निर्देशनको अधिनमा रही मर्चेन्ट बैङ्किङ कारोबार गर्ने ।
  6. अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहबित्तियकरणको आधारमा धितो बिभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुत्त रूपमा कजाृ दिने दिलाउने ब्यबस्था गर्ने ।
  7. आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसंग आवश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेश्रो ब्यत्तिको जेथा जमानत लिने ।
  8. स्वदेशी वा बिदेशी बैङ्क वा बित्तिय संस्थाको जमानतमा कर्जा दिने ।
  9. प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुत्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
  10. राष्ट्र बैङ्कको निर्देशनको अधिनमा रही टेलिफोन, टेलेक्स, फ्याक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा अन्य त्यस्तै प्रकारका बिद्धुतिय उपकरण वा साधनको माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने, रकमान्तरण गर्ने ।
  11. राष्ट्र बैङ्कको निर्देशनको अधिनमा रही क्रेडिटकार्ड, डेविटकार्ड, चार्जकार्ड लगायत अन्य बित्तिय उपकरणहरू जारी गर्ने, स्वीकार गर्ने र सो सम्बन्धी कार्य गर्ने एजेण्ट नियुत्त गर्ने
  12. एटिएम र क्यास डिस्पेन्सिङ मेशिनको माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने र कर्जा दिने ।
  13. आफुले पत्याएको ब्यत्तिलाइ अधिबिकर्ष कर्जा दिने ।
  14. आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
  15. राष्ट्र बैङ्कले तोकेको शर्तमा राष्ट्र बैङ्कको एजेण्ट भइ नेपाल सरकारको तर्फबाट सरकारी कारोबार लगायत अन्य कारोबार गर्ने ।
  16. नेपाल राज्यभित्रमा वा बिदेशमा विनिमयपत्र, चेक वा अन्य बित्तिय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चाँदी, शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश तथा प्रतिज्ञापत्र, डिबेन्चर, बण्ड आदिको ब्याज असुलउपर गर्ने ।
  17. ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज नेपाल राज्यभित्र वा बिदेशमा समेत पठाउने ।
  18. नेपाल सरकार वा राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र खरीदबिक्री गर्ने वा सकार गर्ने ।
  19. सेफ डिपोजिट भल्टको ब्यबस्था गर्ने ।
  20. राष्ट्र बैङ्कले तोकिदिएको शर्तमा वासलात बाहिरको काम गर्ने ।
  21. विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागि ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैङ्कले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
  22. आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैङ्क वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
  23. अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबाट आआफ्नो ग्राहकलाइ कर्जा उपलब्ध गराउन जमानी गर्ने ।
  24. राष्ट्र बैङ्कले तोकिदिएको सीमाभित्र रही शेयर, डिबेन्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य बित्तिय उपकरणको माध्यमबाट पुजी परिचालन गर्ने ।
  25. आवश्यकता अनुसार राष्ट्र बैङ्कबाट पुनकर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिनेदिने ।
  26. परियोजना स्थापना, सन्चालन र मुल्याङ्कन सम्बन्धी अध्ययन, अनुगमन, सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने ।
  27. परियोजनाको प्रबर्धनका लागि नेपाल सरकार वा अन्य स्वदेशी वा बिदेशी निकायबाट प्राप्त भएको रकम कर्जाको रूपमा प्रवाह गर्ने वा कर्जाको ब्यवस्थापन गर्ने ।
  28. कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिदा वा निजसंग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागि आवश्यक शर्त गराउने ।
  29. आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
  30. समितिले बनाएको विनियमको अधिनमा रही कर्जा अपलेखन गर्ने ।
  31. आफ्नो जायजेथाको उचित प्रबन्ध वा बिक्री गर्ने ।
  32. राष्ट्र बैङ्कले तोकेको अन्य कार्य गर्ने ।

"ख" बर्गका बैङ्कको काम,कर्तब्य र अधिकारहरु

  1. राष्ट्र बैङ्कले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
  2. हाइपोथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
  3. प्रचलित कानुन तथा राष्ट्र बैङ्कको अधिनमा रही बिदेशी बिनिमय कारोबार गर्ने ।
  4. अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहबित्तियकरणको आधारमा धितो बिभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुत्त रूपमा कजाृ दिने दिलाउने ब्यबस्था गर्ने ।
  5. आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसंग आवश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेश्रो ब्यत्तिको जेथा जमानत लिने ।
  6. एटिएम र क्यास डिस्पेन्सिङ मेशिनको माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने र कर्जा दिने ।
  7. प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुत्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
  8. राष्ट्र बैङ्कको निर्देशनको अधिनमा रही टेलिफोन, टेलेक्स, फ्याक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा अन्य त्यस्तै प्रकारका बिद्धुतिय उपकरण वा साधनको माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने, रकमान्तरण गर्ने ।
  9. आफुले पत्याएको ब्यत्तिलाइ अधिबिकर्ष कर्जा दिने ।
  10. आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
  11. राष्ट्र बैङ्कले तोकेको शर्तको अधिनमा रही प्रतितपत्र निष्काशन तथा स्वीकार गर्ने ।
  12. नेपाल राज्यभित्रमा वा बिदेशमा विनिमयपत्र, चेक वा अन्य बित्तिय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चाँदी, शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश तथा प्रतिज्ञापत्र, डिबेन्चर, बण्ड आदिको ब्याज असुलउपर गर्ने ।
  13. ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज उठाइ दिने ।
  14. नेपाल सरकार वा राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र खरीदबिक्री गर्ने वा सकार गर्ने ।
  15. सेफ डिपोजिट भल्टको ब्यबस्था गर्ने ।
  16. राष्ट्र बैङ्कले तोकिदिएको शर्तमा वासलात बाहिरको काम गर्ने ।
  17. विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागि ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैङ्कले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
  18. आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैङ्क वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
  19. अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबाट आफ्नो ग्राहकलाइ कर्जा उपलब्ध गराउन जमानी गर्ने ।
  20. राष्ट्र बैङ्कले तोकिदिएको सीमाभित्र रही शेयर, डिबेन्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य बित्तिय उपकरणको माध्यमबाट पुजी परिचालन गर्ने ।
  21. आवश्यकता अनुसार राष्ट्र बैङ्कबाट पुनकर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिनेदिने ।
  22. परियोजना स्थापना, सन्चालन र मुल्याङ्कन सम्बन्धी अध्ययन, अनुगमन, सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने ।
  23. परियोजनाको प्रबर्धनका लागि नेपाल सरकार वा अन्य स्वदेशी वा बिदेशी निकायबाट प्राप्त भएको रकम कर्जाको रूपमा प्रवाह गर्ने वा कर्जाको ब्यवस्थापन गर्ने ।
  24. कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिदा वा निजसंग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागि आवश्यक शर्त गराउने ।
  25. आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
  26. कुनैपनि ब्यत्ति फर्म कम्पनी वा संस्थालाइ सवारी साधन मेशिन औजार उपकरण घरायसी टिकाउ समान वा त्यस्तै अन्य चल सम्पतिको लागि किस्तावन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।
  27. जग्गा विकास
  28. समितिले बनाएको विनियमको अधिनमा रही कर्जा अपलेखन गर्ने ।
  29. आफ्नो जायजेथाको उचित प्रबन्ध वा बिक्री गर्ने ।
  30. राष्ट्र बैङ्कले तोकेको अन्य कार्य गर्ने ।

"ग" बर्गका बैङ्कको काम,कर्तब्य र अधिकारहरु

  1. राष्ट्र बैङ्कले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
  2. हाइपोथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
  3. मर्चेन्ट बैङ्किङ कारोबार गर्ने ।
  4. अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहबित्तियकरणको आधारमा धितो बिभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुत्त रूपमा कर्जा दिने दिलाउने ब्यबस्था गर्ने ।
  5. बैङ्क वा बित्तिय संस्थाको जमानतमा कर्जा दिने ।
  6. आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
  7. आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
  8. आफ्नो जायजेथाको उचित प्रबन्ध गर्ने , बिक्री गर्ने वा बहालमा दिने ।
  9. प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुत्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
  10. भारतीय रुपैया खरीद बिक्री गर्ने ।
  11. विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागि ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैङ्कले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
  12. आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैङ्क वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
  13. कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिदा वा निजसंग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागि आवश्यक शर्त गराउने ।
  14. कुनैपनि ब्यत्ति फर्म कम्पनी वा संस्थालाइ सवारी साधन मेशिन औजार उपकरण घरायसी टिकाउ समान वा त्यस्तै अन्य चल सम्पतिको लागि किस्तावन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।
  15. जग्गा विकास
  16. ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज उठाइ दिने ।
  17. आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसंग आवश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेश्रो ब्यत्तिको जेथा जमानत लिने ।
  18. राष्ट्र बैङ्कले तोकेको अन्य कार्य गर्ने ।

"घ" बर्गका बैङ्कको काम, कर्तब्य र अधिकारहरु

  1. राष्ट्र बैङ्कले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
  2. तोकिएबमोजिम कर्जा प्रदान गर्ने ।
  3. राष्ट्र बैङ्कले तोकिदिएको अबधिसम्म नियमित बचत गरी तोकेको बचत कायम राखेका समुह वा समुहका सदस्यलाइ लघु ब्यबसाय सन्चालन गर्न कुनै चल अचल सम्पति सुरक्षण वा जमानत लिइ वा नलिइ लघु कर्जा दिने ।
  4. इजाजतपत्र प्राप्त संस्था वा स्वदेशी तथा बिदेशी संघसंस्था आदिबाट ऋण वा अनुदान प्राप्त गर्ने र त्यस्तो ऋण वा अनुदान लघु कर्जा बितरणमा वा सो कार्यलाइ प्रभावकारी बनाउने कार्यमा प्रयोग गर्ने । कुनै संघसंस्था आदिबाट ऋण वा अनुदान लिनु अघि राष्ट्र बैङ्कको स्वीकर्ति आवश्यक छ ।
  5. लघुकर्जा उपलब्ध गराउनु अगाडि जुन कार्यको लागि कर्जा माग भएको हो सो को मुल्यांकन र सम्भाव्यता पहिचान गर्नु पर्दछ ।
  6. न्युन आय भएका ब्यत्तिको आर्थिक स्थितीमा सुधार हुने खालका लघु ब्यबसाय गर्ने ।
  7. लघु ब्यबसाय सम्बन्धमा गोष्ठी सञ्चालन गर्ने, परियोजना तर्जुमा प्रशिक्षण दिने, सहयोग गर्ने, प्राबिधिक ज्ञान दिलाउने र आवश्यकताअनुसार प्राविधिक सहयोग जुटाउने ।
  8. लघु कर्जा परिचालन सम्बन्धमा समुहलाइ आवश्यक सेवा प्रदान गर्ने ।
  9. लघुकर्जा समयमा असुलउपर गर्नेतर्फ आवश्यक कारबाही गर्ने ।
  10. लघुकर्जाको उचित उपयोग भए नभएको सम्बन्धमा अनुगमन गर्ने र उचित प्रयोग नदेखिएमा आवश्यक निर्देशन दिने ।
  11. आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैङ्क वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
  12. आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने तथा जायजेथाको उचित प्रबन्ध गर्ने ।

बैङ्कले प्रदान गर्ने सेवाहरू

  • निक्षेप स्वीकार गर्ने
  • कर्जा प्रदान गर्ने
  • बिदेशी मुद्राको बिनिमय
  • सेफ्टी भल्ट
  • लकर प्रणाली
  • बैङ्क अधिबिकर्ष
  • बिप्रेषण
  • बैङ्क जमानत
  • कार्यसम्पादन जमानत
  • ब्यापारी बैङ्किङ सुविधा
  • अभिकर्ता सेवा
  • सुचना
  • वाणिज्य नोट खरीद गर्ने
  • बित्तिय परामर्श

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

Tags:

बैङ्क को आवश्यकताबैङ्क नेपालमा को बर्गीकरणबैङ्क ले प्रदान गर्ने सेवाहरूबैङ्क यो पनि हेर्नुहोस्बैङ्क बाह्य कडीहरूबैङ्ककर्जा

🔥 Trending searches on Wiki नेपाली:

नेपालका दलित वर्गमा पर्ने थरहरूवनस्पतिघरेलु हिंसाजनता समाजवादी पार्टी, नेपालअनुराधा कोइरालाइतिहासअमरसिंह थापाजनक शिक्षा सामग्री केन्द्रक्षेत्रफलमृगौलाकर्णाली प्रदेशमुक्तिनाथआँखानेपालका हिमालहरूको सूचीनगरपालिकासिन्धु घाटीको सभ्यतानेपाली साहित्यको इतिहासबसाइँ सराईदाइजो प्रथानेपालमा भएका सडकहरूको सूचीनेकपा (एमाले)को १०औँ महाधिवेशनभूपि शेरचननेपालको जनआन्दोलन २०६३महिला सशक्तिकरणगोपालप्रसाद रिमालकिशोरावस्थाछिन्नमस्ता भगवतीप्रविधिबज्रयोगिनी मन्दिरओखलढुङ्गा जिल्लाआन्तरिक राजस्व विभाग (नेपाल)शीतयुद्धसल्यान जिल्लासाम्यवादसंयुक्त राज्य अमेरिकास्थानीय कार्यपालिकासङ्घीयताफ्लोरेन्स नाइटिङ्गेलवीरेन्द्र वीरविक्रम शाहदेवकुमारी थापाभूमध्यरेखारङमुनामदनमोतीराम भट्टमहानगरपालिकाबंगलामुखी मन्दिरमनोविज्ञाननेपालका राजाहरूको सूचीकानूनरामसार क्षेत्रनेपाली भाषाबागमती प्रदेश सभामहागुरु फाल्गुनन्दइलाम २ (निर्वाचन क्षेत्र)मुख्य पृष्ठमिथिलाआगन्तुकवासुदेव त्रिपाठीसंसदीय व्यवस्थाअधिवक्ताएकीकृत शत्रु जीव व्यवस्थापननोबेल पुरस्कारनेपाली साहित्यकरारराजनीतिक दलयलम्बरदाङ जिल्लानेपालमा खो-खो खेलउपभोक्तापर्सा राष्ट्रिय निकुञ्जफिफाशिरीषको फूलनेपालका गाउँपालिकाहरूआगन्तुक शब्दसुकरातसवारी दुर्घटनानेपालका राष्ट्रिय निकुञ्जहरू🡆 More