माओवादी जनयुद्ध

माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो जुन तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकार बीच बि.सं.

2 २०५२ साल देखि २०६३ सम्म चलेको थियो। युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो।

माओवादी जनयुद्ध
माओवादी जनयुद्ध
मालेमावाद र प्रचण्ड पथ जिन्दावाद लेखिएको एक भित्ताचित्र
मिति२०५२ फागुन १ – २०६३ मङ्सिर ५
(१० वर्ष, ९ महिना, १ हप्ता र १ दिन)
स्थान
परिणाम

विस्तृत शान्ति सम्झौता

योद्धा

नेपाल नेपाल अधिराज्य
(नेपाल सरकार)

समर्थक:
चीन चीन
पाकिस्तान पाकिस्तान
बेल्जियम बेल्जियम
संयुक्त अधिराज्य संयुक्त अधिराज्य
संयुक्त राज्य अमेरिका अमेरिका
भारत भारत

माओवादी जनयुद्ध नेकपा माओवादी

समर्थक:
माओवादी जनयुद्ध भारत कम्युनिस्ट पार्टी (माओवादी)
माओवादी जनयुद्ध श्रीलङ्का कम्युनिस्ट पार्टी (माओवादी)
सेनापतिहरू
नेपाल नेपालको राजा:
वीरेन्द्र वीर विक्रम शाह (२०२८–५८)
ज्ञानेन्द्र वीर विक्रम शाह (२०५८–६५)
नेपाल नेपालको प्रधानमन्त्री:
शेरबहादुर देउवा (२०५२–५३; २०५८–५९; २०६१–६१)
लोकेन्द्रबहादुर चन्द (२०५३–५४; २०५८–६०)
सूर्य बहादुर थापा (२०५४–५५; २०६०–६१)
गिरिजाप्रसाद कोइराला (२०४८–५१; २०५५–५६; २०५६–५८)
कृष्णप्रसाद भट्टराई (२०५६–५६)
नेपाल नेपालको प्रधानसेनापति:
धर्मपालवरसिँह थापा (२०५२–५६)
प्रज्वल शम्शेर जबरा (२०५६–२०५८)
प्यारजङ्ग थापा (२०५८–६३)
रूक्माङ्गद कटवाल (२०६३–६६)
नेपाल प्रहरी महानिरीक्षक:
मोतिलाल बोहरा (४९–५३)
अच्युतकृष्ण खरेल (२०५३–५३; २०५४–५७)
ध्रुवबहादुर प्रधान (२०५३–५४)
प्रदीप शम्शेर राणा (२०५७–५८)
श्याम भक्त थापा (२९५८–६३ )
ओम विक्रम राणा (२०६३–६५)
माओवादी जनयुद्ध प्रचण्ड
(पुष्पकमल दाहाल)
माओवादी जनयुद्ध बाबुराम भट्टराई (लालध्वज)
माओवादी जनयुद्ध मोहन वैद्य (किरण)
माओवादी जनयुद्ध नन्दकिशोर पुन
(पासाङ)
माओवादी जनयुद्ध रामबहादुर थापा
(बादल)
माओवादी जनयुद्ध नेत्रविक्रम चन्द
(विप्लव)
शक्ति
९५,००० ५०,०००
मृत्यु र क्षति
४,५०० मृत्यु ८,२०० मृत्यु (छापामार)
समग्रमा १७,८०० को मृत्यु
१,३०० बेपत्ता

विद्रोह नेकपा-माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देशका साथ यसको सुरुवात गरेको थियो। वि.सं.२०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो। यो द्वन्द्वलाई मृत्युदण्ड, नरसंहार, अपहरण र अन्य युद्ध सम्बन्धित अपराध र मानवता विरुद्धका कार्यहरूले प्रतिनिधित्व गरेको छ। उक्त विद्रोहको परिणामस्वरूप नागरिक, विद्रोही, सेना र प्रहरी लगायतका १७,००० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो र अधिकांश रूपमा हजारौँ ग्रामीण भूभागका मानिसहरूको आन्तरिक विस्थापन भएको थियो। बेपत्ता पारिएका मानिसहरूका लागि बेपत्ता छानबिन र सत्य निरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बनेका थिए। सत्य निरूपण तथा मेलमिलाप आयोगमा यस सम्बन्धित ६४,००० उजुरीहरू दर्ता भएका थिए जस मध्ये झन्डै ४,००० को मात्रै प्रारम्भिक अनुसन्धानको काम सम्पन्न भएको बताइएको छ। बेपत्ता आयोग अन्तर्गत परेका ३,००० भन्दा बढी उजुरीहरूमा पनि छानबिन भइरहेको बताइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्रका अनुसार, मृतकहरू मध्ये १,६६५ महिला हुन्।

पृष्ठभूमि र सुरुवाती चरण

२०४६ सालमा, निर्दलीय पञ्चायती शासनको अन्त्य हुँदै बहुदलीय व्यवस्था आएको थियो। तात्कालिक समयको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र यसको वैधानिक मञ्च संयुक्त जनमोर्चा र अन्य सङ्गठनहरूले राजतन्त्रको विरुद्धमा विभिन्न कार्यक्रमहरू गर्दै आएका थिए। सशस्त्र द्वन्द्वको माध्यमबाट राजतन्त्रको अन्त्य गर्नु र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देशका साथ जनयुद्धको घोषणा २०५२ साल फागुन १ गते भएको थियो। विद्रोह सुरु गर्नु अगाडि, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग राख्दै जनयुद्धको सङ्खघोष गरिएको थियो। रोल्पा, रुकुम लगायतका पहाडी जिल्लाहरूमा आधार इलाका बनाएको माओवादीले देशव्यापी रूपमा विभिन्न स्थानमा रहेका प्रहरी चौकी र सरकार संयन्त्रहरूमा आक्रमण गरेको थियो। जनयुद्धको प्रभाव देशव्यापी रूपमा पर्न गएको थियो जसका कारण तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले दमनको रणनीति लिएर अगाडि बढेको थियो। युद्धरत नेताहरूको टाउकाको मुल्य समेत निर्धारण गरिएको थियो।

शसस्त्र संघर्षको समयरेखा

२०५२ साल

  • २०५२ माघ २२ गते तत्कालिन नेकपा samyukta jana morcha nepal ko तर्फबाट बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र पेश
  • फागुन १ गते शशस्त्र युद्ध सुरु

२०५३ साल

  • पुष १९ - रामेछाप बेथान चौकी आक्रमण

२०५४ साल

२०५५ साल

  • फागुन २१- एमाले रुकुम सांसद यदु गौतमको हत्या

२०५६ साल

  • पुष १९- जुम्ला प्रहरी चौकी आक्रमण

२०५७ साल

  • ९ असोज - डोल्पा सदरमुकाम दुनै आक्रमण

२०५८ साल

  • २०५८ जेठ १९ नारायणहिटी दरवार हत्याकाण्डमा राजा बीरेन्द्र सहितको हत्या
  • २०५८ असार २८ - रोल्पाको होलेरी पुलिस चौकीमा आक्रमण, १ को मृत्यु ५९ प्रहरी माओवादी नियन्त्रणमा
  • साउन १० - युद्धरत दुवै पक्षबाट यु्द्धबिराम घोषणा
  • २०५८ मंसीर ७ - युद्धबिराम भङ्ग, दाङको घोराहीमा नेपाली सेनाको व्यारेकमा माओवादी द्वारा आक्रमण गरी धेरै हात हतियार कब्जा
  • २०५८ मंसीर देशभर संकटकाल लागू भएको घोषणा
  • २०५८ फागुन ४ गतेको राति  : अछाम सदसरमुकाम मंगलसेनमा भीषण आक्रमण / मंगलसेन दरबार ध्वस्त

२०५९ साल

२०६० साल

२०६१ साल

  • साउन १७ - पत्रकार डेकेन्द्र थापाको माओवादी द्वारा दैलेखमा हत्या
  • माघ १९ - राजा ज्ञानेन्द्रबाट देउवा सरकार बर्खास्त गरी शासन सत्ता हातमा लिइयो। राजाकै अध्यक्षतामा मन्त्रीमण्डल गठन
  • संसदवादी राजनीतिक दलहरूको आन्दोलन सुरू
  • चैत २५-२६- खाराको दोस्रो लडाइँ

२०६२ साल

  • बाँदरमुडे घटना २०६२ जेठ २३ - चितवनको माडी स्थित बाँदरमुडे भन्ने ठाउँमा सर्वसाधारण चढेको यात्रुबस माओवादीले थापेको विद्यूतीय धरापमा परी ४१ जना सर्वसाधारणको मृत्यु।
  • २०६२ मंसिर - दिल्लीमा ७ पार्टी र माओवादी बीच १२ बुँदे समझदारी माओवादी शसस्त्र युद्ध रोकेर शान्तिपूर्ण आन्दोलनमा आउन सहमत
  • २ माघ - थानकोट पुलिस चौकी आक्रमण
  • २३ चैत्र - सर्लाही मलंगवा आक्रमण- सेनाको हेलिकोप्टर ध्वस्त
  • २४ चैत्र - दोस्रो जनआन्दोलन सुरू

२०६३ साल

  • शान्तिपूर्ण जनआन्दोलन २ मा माओवादी सहभागी
  • चैत्र ८ राजा ज्ञानेन्द्रबाट शाही घोषणा आन्दोलन झन् तीब्र
  • चैत्र ११ राजा ज्ञानेन्द्रबाट संसद पुनर्स्थापित भएको घोषणा लोकतन्त्र हासिल
  • विस्तृत शान्ति सम्झौता
  • प्रचण्ड भूमिगत जीवनबाट सार्वजनिक

२०६४ साल

२०६५ साल

  • माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार गठन

२०७० साल

२०७२ साल

असफलताको कारणहरू

फौजी बाटोमा असफल

प्रहरीलाई सजिलै जितेका माओवादीले सेनालाई हराउन सकेनन् ।

आधार इलाका नबन्नु

माओवादीले गाउँ देखि जिल्ला र केन्द्र तहसम्मको जनसरकार बनाई जनसत्ता र जनअदालत चलाए पनि ती मुलतः प्रतीकात्मक र अस्थायी प्रकृतिका थिए। उनीहरूले मुलुकको ८० प्रतिशत भूभाग कब्जा गरेको दाबी गरेपनी ती क्रान्ति कालीन चीनमा माओले बनाएजस्तो आधार इलाका थिएनन् ।

अन्तर्राष्ट्रिय समर्थनको अभाव

माओवादीले अपेक्षित अन्तर्राष्ट्रिय समर्थन पाउन सकेनन् । क्रान्ति सफल पार्न भारत चीन जस्ता छिमेकी वा अमेरिका जस्तो महशक्तिको समर्थन चहिन्थ्यो। जुन प्राप्त भएन। २००१ सेप्टेम्बर ११ को अल कायदा आक्रमण पछि त विश्व परिदृश्य बदलियो। आतंकवाद विरुद्ध अन्तर्राष्ट्रिय अभियान चलाउने अमेरिकी विदेश नीतिको असर माओवादीमा पनि पर्यो। चीनले माओवादीलाई "सरकार विरोधी तत्त्व"को संज्ञा दिदै यस मामिलामा आफूलाई सदैव असंलग्न राख्यो। भारतीय खुफिया "र" को केही सहयोग मिले पनि भारतीय संस्थापनले औपचारिक समर्थन गरेन।

जनताको प्रतिकार

२०६१ मङ्सिर मा दैलेखको दुल्लुमा आम जनताले अभियानकै रूपमा माओवादीको प्रतिकार गरे। लगत्तै नौमुलेमा गाउँलेले माओवादी नेता खड्गबहादुर विक सहित २०० जति माओवादी कार्यकर्तालाई समातेर प्रशासनमा बुझाइदिए।
२०६२ जेठ २३ मा चितवनको माडीमा माओवादीको विद्युतीय धरापमा परेर एउटा यात्रु बसका ३९ जना निर्दोष नागरिक मारिए। त्यो घटनाले माओवादी नेतृत्वलाई थप रक्षात्मक र हतोत्साहित बनायो ।

अपराधिक र अराजक प्रवृति

माओवादीको सङ्गठन र छापामार बढे पनि अपराधिक र अराजक प्रवृतिले बढावा पायो। यो यति झाँगियो कि माओवादी नेतृत्वले थाम्नै नसक्ने अवस्था आयो।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

माओवादी जनयुद्ध पृष्ठभूमि र सुरुवाती चरणमाओवादी जनयुद्ध शसस्त्र संघर्षको समयरेखामाओवादी जनयुद्ध असफलताको कारणहरूमाओवादी जनयुद्ध सन्दर्भ सामग्रीमाओवादी जनयुद्ध बाह्य कडीहरूमाओवादी जनयुद्धनेपालनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

🔥 Trending searches on Wiki नेपाली:

पारिजात (साहित्यकार)सदर चिडियाखाना, नेपालनेपालका प्रधान सेनापतिहरूविश्वकर्मा जातिडेउडा गीतपाब्लो पिकासोकैलाली जिल्लाइन्द्रजात्राइलाम नगरपालिकाफौजदारी कानुनदराजराजेश हमालदोलखा भीमसेननैतिक दृष्टान्तकालिञ्चोक भगवतीनेपालको अन्तरिम संविधान २०६३ढुङ्गे युगअमेरिकी क्रान्तिकारी युद्धलिम्बू जातिपरिवारनेपालका राजनीतिक दलहरूको सूचीयोगमाया न्यौपानेकोशी प्रदेशबागमती प्रदेशनेपाल कानुन व्यवसायी परिषद्कोशी टप्पु वन्यजन्तु आरक्षसतिदेवीभारतजापाननेपाली चलचित्रस्याङ्जा जिल्लाप्रजनन स्वास्थ्यनेपालका हिमालहरूको सूचीसमानुपातिक प्रतिनिधित्व प्रणालीपृथ्वीनारायण शाहरसायन शास्त्रनेपालमा रहेका विभिन्न देशका दूतावासहरूसमासहलेसी महादेवदमाई जातिखनिजहिमाली प्रदेश (नेपाल)दुबईखस जातिशब्दकोशभारतीय संविधाननेपालका प्रमुख नदीहरूको सूचीऋग्वेदचेपाङ जातिबुलबुले तालसोलुखुम्बु जिल्लावार्षिक प्रतिवेदनदोधारा चाँदनी पुलफाकफोकथुम गाउँपालिकाचापागाईंगर्भावस्थाराम मन्दिर, अयोध्याताप्लेजुङ जिल्लास्थानीय तह निर्वाचन, २०७९ग्रहटिकटकलागु पदार्थबैङ्कसिख साम्राज्यबारा जिल्लासहकारीगगन थापादेशान्तरमुख्य पृष्ठजनमत सङ्ग्रह, २०३७प्रतिनिधि सभा निर्वाचन, २०७४मुद्रा स्फितीश्रेष्ठतत्समगुरुङ जातिनेपालमा मौलिक हक र कर्तव्य🡆 More