कञ्चनपुर जिल्ला

कञ्चनपुर जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। यो जिल्ला नेपालको तराई प्रदेशमा पर्दछ। कञ्चनपुर जिल्लाको प्रमुख आर्थिक र व्यापारिक क्षेत्र महेन्द्रनगर हो।

कञ्चनपुर जिल्ला
भीमदत्त नगरपालिकामा मदन चौक
भीमदत्त नगरपालिकामा मदन चौक
कञ्चनपुर जिल्लाको स्थानको अवस्थिति
कञ्चनपुर जिल्लाको स्थान
निर्देशाङ्क: २८°५०′उ॰ ८०°२०′पू॰ / २८.८३३°N ८०.३३३°E / 28.833; 80.333 ८०°२०′पू॰ / २८.८३३°N ८०.३३३°E / 28.833; 80.333
देशकञ्चनपुर जिल्ला नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
स्थापितसन् १८६०
सदरमुकामभीमदत्त नगरपालिका
सरकार
 • प्रकारसमन्वय समिति
 • अङ्गजीविस, कञ्चनपुर
 • प्रमुखदुर्गादत्त बोहरा
 • उप-प्रमुखराम कुमारी राना
क्षेत्रफल
 • जम्मा१,६१० किमी (६२० वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा४५१,२४८
 • घनत्व२८०/किमी (७३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेप्रस)
मुख्य भाषा (हरू)डोटेली (३७.९%), थारु (२५.४%), नेपाली (१६.१%), बैतडेली (५.२%), अन्य (१५.४%)
प्रमुख राजमार्गहरूमहेन्द्र राजमार्ग
वेबसाइटआधिकारिक वेबसाइट

इतिहास

पहिले नेपालको बाइसे चौबिसे राज्य रहेको बखत यो जिल्ला डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो। ऐतिहासिक पृष्ठभूमि हेर्दा इस्वी सन् १८१४ देखि १८१६ सम्म अङ्ग्रेजसँग भएको युद्ध पछि गरिएको सन्धिबाट कालीपारी पश्चिमको सम्पूर्ण भू-भाग ब्रिटिस इन्डियामा गाभिएको पाइन्छ। प्रधानमन्त्री श्री ३ जङ्गको समयमा कञ्चनपुर नयाँ मुलुकको रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो। सन् १८६० को सन्धि पछि मात्र यो क्षेत्र अर्थात कैलाली, कञ्चनपुर, बाँकेबर्दिया नयाँ मुलुकको रूपमा नेपालको अङ्ग भएको हो।

नेपालको अङ्ग बनेपछि कैलाली र कञ्चनपुर (कैलाली र कंचनपुर) छुट्टै जिल्ला बन्न पुगेका हुन। कञ्चनपुर जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम हाल श्रीपुर गाविसको बेलौरी बजारमा रहेको र सोही बेलौरीको कञ्चनपुर नामक गाउँबाट कञ्चनपुर जिल्लाको नामाकरण हुन गएको हो भन्ने केही इतिहासकारहरूको भनाई रहेको।

भूगोल

जिल्लाको जम्मा क्षॆत्रफल १,६१,७४१ हेक्टरमध्ये ५९,५३२ हेक्टर (३७%) खेतीयोग्य तथा ८८,२०० हेक्टर (५५%) वन-जङ्गल र खोला नालाले ओगटेको अन्य १४,००९ हेक्टर (८%) छ। भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईमैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ। जलवायुको दृष्टिकोणले चुरे पर्वतीय शृङ्खलाबाहेक अन्य क्षेत्रमा उष्ण तथा उपोष्ण खालको हावापानी पाइन्छ र तापक्रम औसत अधिकतम ४३ डिग्री सेन्टिग्रेड र औसत न्यूनतम ३० डिग्री सेन्टिग्रेडसम्म पुग्न जान्छ। औसत तापक्रम ३०.५० डिग्री सेन्टिग्रेड रहेको पाइन्छ। औसत वर्षा वार्षिक १७७१.५ मिलि लिटर रेकर्ड गरिएको छ। यहाँको जलवायुमा प्रचूर मात्रामा आर्द्रता पाइन्छ जुन सरदर ७१.१६% रेकर्ड गरिएको छ। ८८,२०० हेक्टर वनक्षेत्रमध्ये आरक्षक्षेत्र ३०,५०० हेक्टर (३५%)रहेको छ। जिल्लाको चुरे तथा भावर क्षेत्रबाहेक अन्य क्षेत्र खेतीयोग्य छ। जिल्लाभित्र जल निकासको हिसावले प्रमुख नदी प्रणालीको रूपमा महाकाली, चौधर, दोधा र मोहना नदीप्रणालीहरू रहेका छन्। राजनीतिक विभाजनको आधारमा हाल जिल्लालाई ३ निर्वाचन क्षेत्रहरू ७ नगरपालिका र २ गाउँपालिकाहरूमा विभाजन गरिएको छ।

प्रशासनिक विभाजन

कञ्चनपुर जिल्लालाई ७ नगरपालिका र २ गाउँपालिकामा विभाजन गरिएको छ।

कञ्चनपुर जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
भीमदत्त नगरपालिका १९ महेन्द्रनगर १०४,५९९
पुनर्वास नगरपालिका ११ पुनर्वास ५३,६३३
बेदकोट नगरपालिका १० सिसैया ४९,४७९
महाकाली नगरपालिका १० दोधारा चाँदनी ३९,२५३
शुक्लाफाँटा नगरपालिका १२ झलारी पिपलाडी ४६,८३४
बेलौरी नगरपालिका १० बेलौरी ५३,५४४
कृष्णपुर नगरपालिका कृष्णपुर ५६,६४३
बेलडाँडी गाउँपालिका बेलडाँडी २१,९४९
लालझाडी गाउँपालिका शंकरपुर २२,५६९

सन्दर्भ सामग्रीहरू

Tags:

कञ्चनपुर जिल्ला इतिहासकञ्चनपुर जिल्ला भूगोलकञ्चनपुर जिल्ला प्रशासनिक विभाजनकञ्चनपुर जिल्ला सन्दर्भ सामग्रीहरूकञ्चनपुर जिल्लाजिल्लानेपालभीमदत्त नगरपालिकासुदूरपश्चिम प्रदेश

🔥 Trending searches on Wiki नेपाली:

लैङ्गिक पहिचानअन्तिम संस्कारदासप्रथाकोदोपरिवर्तनीय लागतत्रिभुवन विश्वविद्यालयमष्टो देवताहर्साअन्नप्राशन संस्कारकिशोरावस्थाभलिबलदुर्गानेपालका मल्ल राजाहरूको सूचीगणितनेपाल टेलिकमघोराही उपमहानगरपालिकाबाजुरा जिल्लानेपालका प्रदेशहरूऋतुविश्वकोशचाँगुनारायण मन्दिरपत्रकारितामनोविज्ञानबझाङ १ (निर्वाचन क्षेत्र)कोहलपुर नगरपालिकाशरद ऋतुनेपालको संस्कृतिइन्टरनेटरत्ननगर नगरपालिकाआकाशनेपालका राजावर्ण विन्यासमेटासमाजआन्ध्र महासागरविकिनेपालका राजाहरूको सूचीउच्च अदालतजङ्गबहादुर राणाजलविद्युतकोशी टप्पु वन्यजन्तु आरक्षगरिबीगणतन्त्रबाल विवाहकपिलवस्तु जिल्लानेपालको कानूनी इतिहासराष्ट्रिय पहिचानआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूसौर्यमण्डलइलाम जिल्लाजनकपुरधाम उपमहानगरपालिकाधर्मभक्त माथेमामन्त्रशहिदगेटलागत निर्धारणव्यवस्थापिकानेपालका झरनाहरूको सूचीनेपाली परम्परागत नापका इकाईकालिका मन्दिर, बागलुङसुर्खेत जिल्लासङ्गठनस्वयम्भूनाथनेपालसरकारविदुर नगरपालिकाभिरिङ्गीचूडामणि रेग्मीनेपाल खुला विश्वविद्यालयनेपाल टेलिभिजनपुम्दिकोटग्रीष्म ऋतुरामवरण यादवभ्रष्टाचारसल्यान जिल्लानेपालमा हिन्दु धर्म🡆 More