पत्रकारिता

पत्रकारिता भन्नाले सत्य तथ्य घट्नाहरूमा आधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । आजको युग विज्ञानको युग हो । विश्वमा घटेका हरेक घट्नाको जानकारी र विवरण तुरुन्तै विश्वको सबै कुनामा पुगिन्छ । संसारको माध्यमबाट पत्रकारको जनाकारीले नै सबै सामु पुर्‍याउन सकिन्छ । पत्रकारिता राज्यको चाैथाे महत्त्वपुर्ण अङ्ग हो । यसलाई राज्यको चौथो अंगको रूपमा राखिएको छ । याे दुई धारकाे तरवार हाे ।

नेपालमा पत्रकारिता

राष्ट्रको सञ्चार नीति र स्रोत बाँडफाँट योजनाको उचित संयन्त्रको अभावमा पत्रकारिता शिक्षा हासिल गरेको जनशक्तिलाई प्रयोग गर्न सकिएको छैन । सरकारले मन्त्रालयहरू, विभाग एवं अन्य कार्यालयमा प्रवक्ता र सूचना अधिकारी राख्ने परिपाटी सुरु गर्दा पत्रकारितामा उच्च शिक्षा हासिल गरेको धेरैले रोजगारी पाउन सक्छन् । सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहनेका लागि न्यूनतम योग्यता निर्धारण गरेर एवं प्रवेश परीक्षामा उत्तीर्ण हुने उम्मेदवारलाई मात्र यस क्षेत्रमा काम गर्ने व्यवस्था गर्न सकिन्छ । तल्लो स्तरदेखि उच्च शिक्षासम्म सैद्धान्तिक भाग र प्रयोगात्मक भागलाई बराबर बनाइनु पर्छ । हालसम्म नेपालको पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यक्रममा सैद्धान्तिक पक्षलाई बढी जोड दिइएको छ । सिद्धान्त र व्यावहारिक ज्ञानलाई सन्तुलित गर्नसक्ने व्यक्ति नै कुशल पत्रकार बन्न सक्छ ।

नेपालमा पत्रकारिता शिक्षा

विश्वविद्यालयको शिक्षा सकिनासाथ समाचार कक्षमा खरो उत्रनेसक्ने जनशक्तिको माग हाम्रा सञ्चार माध्यमहरूले गर्ने भएकाले विश्वविद्यालयले पनि त्यस्तो आवश्यकतालाई परिपूर्ति गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ । भाषा अभिव्यक्तिको माध्यम हो । पत्रकारमा भाषा खेलाउने क्षमता चाहिन्छ । जसका लागि विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चारका अतिरिक्त भाषा विषय अङ्ग्रेजी वा नेपाली एउटा अनिवार्य लिने व्यवस्था गर्न सकिन्छ । स्नातक तहमा पत्रकारिता पढ्न चाहनेलाई प्रवेश परीक्षा अनिवार्य गर्नुपर्छ । स्नातकोत्तर तहमा प्रवेश परीक्षाका साथै अनुभवीलाई मात्र विशेषज्ञ बन्न व्यवस्था गर्नुपर्छ । यदि पत्रकार, सञ्चारकर्मीमा कम्तीमा एउटा राष्ट्र भाषा, अर्को अन्तर्राष्ट्रिय भाषा र स्थानीय भाषाको ज्ञान भएमा उत्तम हुन्छ । नेपालका विश्वविद्यालयहरूमा अहिलेसम्म सञ्चारका प्रायः सबै विधाहरूमा सामान्य ज्ञान दिने हिसाबको पाठ्यक्रम छ । विशेषज्ञ बनाउने क्षेत्र निर्धारण गरिएको छैन । स्नातकोत्तर तहमा सञ्चारका विविध विषयमा जस्तै प्रसारण पत्रकारितामा स्नातकोत्तर, विकास सञ्चार, प्रेस कानुन, विज्ञापन, जनसम्पर्क, फोटोग्राफी, अनलाइन पत्रकारिता, छापा पत्रकारिता आदिमा विज्ञ बनाउने पाठ्यक्रम निर्माण गरी अध्ययन अध्यापनको सुरु गर्न सकिन्छ । अहिले स्कुल, उच्च माध्यमिक तह, स्नातक तह, स्नातकोत्तर तहका पाठ्यक्रमबीच समन्वय र सन्तुलनको अभाव छ यसतर्फ पाठ्यक्रम निर्माताहरूको ध्यान जान जरुरी छ ।

सन्दर्भ सामग्री

थप अध्ययन

बाह्य सूत्र

Tags:

पत्रकारिता नेपालमा पत्रकारिता नेपालमा शिक्षापत्रकारिता थप अध्ययनपत्रकारिता बाह्य सूत्रपत्रकारिता

🔥 Trending searches on Wiki नेपाली:

नेपालमा पर्यटननेपालमा मौलिक हक र कर्तव्यविश्वकोशऔद्योगिक क्रान्तिआम सञ्चारकालिका मन्दिर, बागलुङनेपालमा खेलकुदचूडामणि रेग्मीम्याग्दी जिल्लाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनबिल बैंकमहिनानेवार जातिसामुदायिक वनखस जातिनेपाल राष्ट्रिय विकास परिषदबुद्ध धर्मसमाजवर्षा ऋतुब्लगशहिदगेटकुम्भ मेलाहनुमान जयन्तीक्रिकेटस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (नेपाल)महावीर पुननेपालमा महिलाको अवस्थाविकिमिडिया नेपालको विधानभूमध्यरेखापरेवाइस्लाम धर्मदरबार हाई स्कुलरातो मच्छिन्द्रनाथको रथयात्राकमला नदीविराट कोहलीअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालपूर्वीय दर्शनगोरखालीहृदयचन्द्रसिंह प्रधानखड्गप्रसाद ओलीअर्थशास्त्रदार्जिलिङगोरखापत्रदोधारा चाँदनी पुलबागमती प्रदेश सभासुशील कोइरालासामाजिक विज्ञानअन्तिम संस्कारहेपाटाइटिस बीधतुरोअनुष्टुप छन्दबीमाबझाङ जिल्लानिर्वाचननेपालका तालहरूको सूचीवसन्तनेपाल सशस्त्र प्रहरी बलशिक्षालागतउखुबैङ्कशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)सिन्जा उपत्यकाविदुर नगरपालिकाशाह वंशभरतपुर महानगरपालिकाकेकी अधिकारीशार्दूलविक्रीडित छन्दसार्की जातिनेपालका प्रधानमन्त्रीहरूको सूचीवर्णझलकमान गन्धर्वनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालकम्प्युटरभारतीय संविधानको आठौँ अनुसूचीभुल्ने पो हो की ?विद्युतीय अपराधइन्टरनेट🡆 More