धतुरो

धतुरो सोलानेसी (Solanaceae) परिवारमा वर्गीकरण गरिएको बहुवर्षीय पोथ्रा हो। धतुरोलाई धेरैले नशालु वनस्पतिका रूपमा मात्र बुझेको पाइन्छ तर आयुर्वेदमा यसलाई एउटा अति गुणकारी औषधि मानिएको छ। पूर्वीय(भारतीय) संस्कृतिमा यसलाई भगवान शिवको प्रीय नशाको रूपमा पनि लिइएको पाइन्छ | संस्कृतमा त यसको नाम नै शिवशेखर भनिन्छ |

धतुरो
धतुरो
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फुल फुल्ने
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Asterids
गण:
Solanales
कुल:
Solanaceae
वंश:
Datura
प्रजाति:
D. stramonium
वैज्ञानिक नाम
Datura stramonium
L.
पर्याय
  • Datura inermis Juss. ex Jacq.
  • Datura stramonium var. chalybea W. D. J. Koch, nom. illeg.
  • Datura stramonium var. tatula (L.) Torr.
  • Datura tatula L

प्राचीन विष विज्ञान- 'अगदतन्त्र'मा धतुरोलाई उपविष भनिएको छ। विष जत्तिकै खतरनाक नभए पनि विष जस्तै काम गर्ने क्षमता भएकाले धतुरोलाई उपविष भनिएको हो। आयुर्वेदमा धतुरोलाई शुद्ध गरी गुणकारी औषधिमा परिणत गरिन्छ। सुतशेखर रस, धतुराक्षार, कनक आसव, त्रिभुक्नकीर्ति रस, प्रलापान्तक रस, कनकसुन्दर रस, उन्माद गजाङकुश रस र ग्रन्धिशोध निवारिका वर्तिकाजस्ता आयुर्वेदिक औषधि धतुरोबाटै तयार पारिन्छ।

प्राकृतिक रूपमा धतुरोको बीऊ विषालु हुन्छ। यसको बीऊ खाएको आधा घण्टापछि शरीरमा नकारात्मक लक्षण उत्पन्न हुनथाल्छ। जस्तो कि शरीर तात्ने अनि मानिस बोल्नै नसक्ने हुन्छ। आँखा, मुख सबै रातो हुनथाल्छ र एउटै सामानलाई पनि दुईवटा देख्दछ। बरबराउने, कपडा लुछ्ने, उफ्रने, दौड्नेसम्मका पागलपन सवार हुनथाल्छ। यदि चौबीस घण्टाभित्र उपचार गरिएन भने त यसले मान्छेलाई मृत्युको मुखमा नै पुर्‍याइदिन्छ। धतुरोको यस्तो दुष्प्रभाव तब उत्पन्न हुन्छ जब यसको सयभन्दा बढी बीऊ सेवन गरिएको होस्। अर्थात् सयभन्दा अधिक बीऊको सेवन धतुरोको घातक मात्रा हो।

औषधीय गुण र महत्त्वहरू

ज्यानै लिने क्षमता भएको धतुरोको बीऊलाई जब एउटा पोकामा राखेर गाईको दूधमा चार घण्टासम्म ममः पकाएझैँ बफाइन्छ र तातोपानीले धोइन्छ तब त्यो शुद्ध हुन्छ। यसरी शुद्ध गरिएको बीऊले विष होइन अब औषधिको काम गर्न थाल्छ। शुद्ध भइसकेपछि धतुरोको बीऊलाई धूलो पारेर चूर्ण बनाइन्छ।

  • अङ्ग दुखेमा
    पेट वा अन्य भित्री अङ्ग दुखेमा र छातीको रोगमा यसको सेवनले फाइदा गर्छ।
  • ओछ्यानमै मुत्ने समस्यामा
    ठूलो हुँदै गरेका बच्चाहरू यदि अझै ओछ्यानमै मुत्छन् भने तिनीहरूलाई पनि यो चूर्ण खुवाउन सकिन्छ। औषधिको रूपमा लाभ लिन यो चूर्ण पचासदेखि सय मिलिग्राम बिहान र बेलुका सेवन गर्नुपर्ने हुन्छ।
  • कपालबाट जुम्रा र लिखा भगाउन
    धतुरोको पात विषालु हुँदैन। कपालबाट जुम्रा र लिखा भगाउन धतुरोको पातबाट निकालिएको रस लगाउन सकिन्छ।
  • छालाको रोग
    छालाको रोग भएको ठाउँमा यसको लेप प्रयोग गर्न सकिन्छ। आयुर्वेदिक औषधि निर्माताहरू धतुरोको पातलाई विशेष तरिकाले धूलो पारेर चूर्ण बनाउँछन्।
  • कपाल झर्ने र चायाँ पर्ने समस्यामा
    धतुरोको काँडेदार फलबाट निकालिएको रसले कपाल झर्ने र चायाँ पर्ने समस्या हटाउन मद्दत गर्छ। मानसिक स्वास्थ्य सन्तुलित राख्ने गुण धतुरोमा हुन्छ। त्यसैले वैद्य र कविराजहरू मस्तिष्कसम्बन्धी रोग निको पार्न धतुरोको प्रयोग गर्छन्।

सदुपयोग गर्न जान्नेले विषलाई पनि अमृत बनाउँछ। नजान्नेले अमृतलाई नै विष बनाइदिन्छ। धतुरोको सम्बन्धमा पनि यो कुरा लागू हुन्छ। मानव कल्याणका लागि धतुरोको उपयोग गर्ने हाम्रा प्राचीन ज्ञानको प्रशंसा अचेल विदेशमा समेत हुन थालेको छ।

चित्र दिर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

धतुरो औषधीय गुण र महत्त्वहरूधतुरो चित्र दिर्घाधतुरो यो पनि हेर्नुहोस्धतुरो सन्दर्भ सामग्रीहरूधतुरो बाह्य कडीहरूधतुरो

🔥 Trending searches on Wiki नेपाली:

सिंहदरबारसुसाङ्ख्यमधुमेहथारू जातिहिन्दु धर्मअरनिकोजल उत्पन्न प्रकोप नियन्त्रण विभागनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीन्यायपालिकानेपालको झन्डाभित्री मधेशरेखा थापाइन्स्टाग्रामअन्नप्राशन संस्कारस्नातक तहकोशी प्रदेशभीमसेन थापामदन पुरस्कारपाल्पा जिल्लामहिनावारीव्यवस्थापनभाषानारायणगोपाल गुरूवाचार्यसेभिया फुटबल क्लबनेपाली साहित्यको इतिहासलागु पदार्थवीरेन्द्र वीरविक्रम शाहनयाँ पत्रिका दैनिककानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)गौतम बुद्धपूर्वी रुकुम जिल्लादोलखा जिल्लासङ्खुवासभा जिल्लामेटानेपाल अधिराज्यको संविधान २०१५नामनागरिक उन्मुक्ति पार्टीराष्ट्रिय सभा (नेपाल)उद्योगनेपालको राष्ट्रपतिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)तिलिचो तालसन्नी लियोनहिमालयअम्ल वर्षाअक्षांशमकैदलितनागरिकमहागुरु फाल्गुनन्दभिरिङ्गीनेपालमहानगरपालिकाओशोef52iपञ्चशीलविप्रेषणबझाङ जिल्लाबागमती नदीघोडाघोडी तालनवलपरासी जिल्लाबाल अधिकारनेपालको सङ्घीय संसदमहान्यायाधिवक्ताको कार्यालयउत्प्रेरणायौन स्पर्शविज्ञापनहिमाली प्रदेशमेन्छयायेम गाउँपालिकाबूढानीलकण्ठ मन्दिरनेपालको उपराष्ट्रपतिनेपालको भूगोलसत्यमोहन जोशीझोला (चलचित्र)मोरङ जिल्लाप्रविधिनेपालको चलचित्रको इतिहास🡆 More