यौन स्पर्श

हाम्रा अङ्गहरूमध्ये कतिपय विशेष रूपमा यौन संवेदनशील हुन्छन्। त्यसको स्पर्शबाटै हामीले यौनसुख प्राप्त गर्छौं । कुनै अङ्गबाट हल्का किसिमको यौन उत्तेजना प्राप्त हुन्छ भने कुनै अङ्गबाट तीव्र किसिमको। आँखाका परेला, आँखी भुइँ, कनपट्टी, कुम, हत्केला, कपालजस्ता अङ्गको कोमल स्पर्शले हल्का किसिमको यौन उत्तेजना पैदा गर्छ। यौनाङ्ग त्यसमा पनि पुरुषमा अग्रचर्म टाँसिएको भाग, लिङ्ग मुन्डको घेरा अनि महिलामा भगांकुर, स्तन, भगक्षेत्र अनि दुवैको हकमा गुदद्वार वरिपरिको भाग अति नै यौन संवेदनशील हुन्छन्। स्पर्श गर्ने तरिका विभिन्न किसिमको हुन सक्छ। टाँसिएर बस्नु, अँगालो हाल्नुदेखि मालिस, हल्का स्पर्श, सुमसुम्याई, हल्का पिटाइ, दबाब, कोटयाउनु, कन्याउनु, हल्का टोक्नु, चाट्नु, चुस्नु, काउकुती लगाउनु जस्ता कुराले स्पर्शको विविधतालाई देखाउँछ। प्वाँख वा अन्य रेशमी कपडाको प्रयोग सबैले यौन स्पर्शलाई अर्को तहसम्म लान मद्दत गर्छ। यौनसम्पर्कका बेला पनि उत्तेजनाको स्तर बढाउन कतिपय व्यक्तिले आफैंलाई नै स्पर्श गर्छन्। हस्तमैथुन पनि स्पर्श हो। यसै सन्दर्भमा गहिरिएर विचार गर्नुहोस् त, यौनसम्पर्क भनेको पनि स्पर्श नै हो। यहाँ एक व्यक्तिको यौनाङ्गको अर्को व्यक्तिको यौनाङ्गसँग विशेष रूपमा गरिएको स्पर्श हो। एचआईभीको महामारी संसारमा बढेपछि नसर्ने किसिमको सुरक्षित यौन क्रियाकलापलाई प्रयोग गर्न उत्प्रेरित गरियो। यसै क्रममा सन् ८०को दशकमा अङ्ग्रेजीमा outercourse भनिने शब्दको प्रयोग हुन थाल्यो, जसलाई बाह्य यौन सम्पर्क भन्न सकिन्छ। शरीरबाट निस्कने विभिन्न तरल पदार्थको प्रत्यक्ष सम्पर्कमा नआइने भएकाले सामान्यतः यसलाई एचआईभी तथा कतिपय यौनरोगबाट बच्न सकिने हुनाले सुरक्षित यौन क्रियाकलपाको वर्गमा राखिएको पाइन्छ। यस्तो यौन क्रियाकलाप गर्दा गर्भ रहनबाट पनि बच्न सकिन्छ। यस्ता यौन क्रियाकलाप गर्दा केही अपवाद पनि छन् भन्ने कुरा बिर्सनु हुँदैन।

यौन स्पर्श
यौन स्पर्श

विपरित वा समान लिङ्गका व्यक्तिहरूले एकआपसमा आफ्ना यौन अङ्गहरूलाई बाहिरैतिर हल्का स्पर्श, घर्षण वा यौनाङ्ग नै रगड्ने गरेर यौन आनन्द प्राप्त गर्न सक्छन्।

यो पनि हेर्नुहोस्

गर्भाधान

सन्दर्भ सामग्री

बाह्य सूत्र

Tags:

🔥 Trending searches on Wiki नेपाली:

वीर अस्पतालसीतारेबिजपरालको आगो (कथा)बागमती प्रदेशभाषाविज्ञानसुवासचन्द्र नेम्वाङसुगौली सन्धिसङ्गठनकालोनेपाली विकिपिडियाजगेडाइसाई धर्मराउत (थर)नेपाल वित्तीय प्रतिवेदन मानहरूकोदोमदन पुरस्कारनेपालका स्थानीय तहहरूवैदेशिक रोजगारइलाम नगरपालिकामन्दिरसार्वभौमसत्ताबाँके राष्ट्रिय निकुञ्जदाङ जिल्लासंयुक्त राष्ट्रसङ्घका महासचिवरेखा थापालगानीलैङ्गिक समानतारेडियो नेपालनिखिल उप्रेतीजनसाङ्ख्यिकीय लाभांशक्यूआर कोडविनोद चौधरीगौतम बुद्धकास्की जिल्लाबाँके जिल्लानेपालको सर्वोच्च अदालतसामुहिक लगानी कोषदरबार हत्याकाण्डनेपालको कानूनी इतिहासदोलखा जिल्लानेपालको परराष्ट्र सम्बन्धअर्थ मन्त्रालय (नेपाल)मनरा शिसवा नगरपालिकालमजुङ जिल्लादुबईरुपन्देही जिल्लामाओवादी जनयुद्धमेटानेपालको प्रथम राष्ट्रिय जनगणना, १९६८नेपाल कानुन व्यवसायी परिषद्नेपालका राजनीतिक दलहरूको सूचीनाटकयुनेस्कोक्षेत्रप्रताप अधिकारीनयाँ वर्षनेपालको सैन्य दर्जाभक्तपुर नगरपालिकाआर्यचितवन राष्ट्रिय निकुञ्जमुद्रा स्फितीराष्ट्रिय स्वतन्त्र पार्टीसुनसौर्यमण्डलराशि-चक्रगोपालप्रसाद रिमालच्याटजिपिटीकाठमाडौँनेपाली राष्ट्रिय क्रिकेट टोलीसमबाहु त्रिभुज🡆 More