इन्स्टाग्राम

इन्स्टाग्राम एक अमेरिकी तस्वीर तथा श्रव्य दृश्य साझेदारी गर्ने एक सामाजिक सञ्जाल सेवा हो जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ। यसलाई केभिन सिस्ट्रोम र माइक क्रेइगरद्वारा संयुक्त रूपमा निर्माण गरिएको थियो। यसलाई सन् २०१० मा आइओएस मार्फत सुरु गरिएको थियो। एन्ड्रोइड उपकरणहरूको लागि यसको आधिकारिक संस्करण अप्रिल २०१२ मा जारी गरिएको थियो भने नोभेम्बर २०१२ मा सीमित सुविधाहरू भएको यसको वेबसाइटलाई जारी गरिएको थियो। १५ जुन २०१४ मा फायर सञ्चालन प्रणालीमा यसको आधिकारिक अनुप्रयोग र सन् २०२६ मा विन्डोज १० ट्याबलेट र कम्प्युटरहरूको लागि यसको अनुप्रयोग जारी गरिएको थियो। अनुप्रयोगले प्रयोगकर्ताहरूलाई तस्वीर र श्रव्य दृश्यहरू उर्ध्वभरण गर्न अनुमति दिन्छ जसलाई छनोटको साथ सम्पादन गर्न र चिनो र स्थान जानकारीको साथ सङ्गठित गर्न सकिन्छ। प्रकाशित सामग्रीहरू सार्वजनिक रूपमा वा पूर्व अनुमोदित अनुयायीहरूसँग साझेदारी गर्न सकिन्छ। प्रयोगकर्ताहरूले चिनो र स्थानहरू मार्फत अन्य प्रयोगकर्ताहरूको सामग्री खोल्न सक्दछन् र अति लोकप्रिय सामग्रीहरू अवलोकन गर्न पनि सक्छन्। प्रयोगकर्ताहरूले तस्वीर मनपराउन सक्दछन् र उनीहरूको सामग्री थप्नको लागि अन्य प्रयोगकर्ताहरूलाई अनुसरण गर्न सक्दछन्।

इन्स्टाग्राम
इन्स्टाग्राम
इन्स्टाग्राम
मूल सम्पादक(हरू)केभिन सिस्ट्रोम, माइक क्राइगर
निर्माणकर्ता (हरू)फेसबुक निगम
मौलिक संस्करणअक्टोबर ६, २०१०; १३ वर्ष पहिले (२०१०-१०-06)
ढाँचा:Infobox software/stacked
सञ्चालन प्रणालीआइओएस, एन्ड्रोइड, फायर सञ्चालन प्रणाली
आकार१२३.८ मेगाबाइट (आइओएस)
४०.७६ मेगाबाइट (एन्ड्रोइड)
उपलब्ध भाषाहरू३२ भाषाहरू
अनुमति पत्रप्रयोगका सर्तहरू का साथ स्वामित्व सफ्टवेयर
अलेक्सा क्रमNegative increase १६ (विश्वव्यापी, जनवरी २०३०)
वेबसाइटआधिकारिक वेबसाइट

सुरुवाती अवस्थामा, इन्स्टाग्रामका मूल सामग्रीहरूलाई केवल एक वर्ग (१:१) दृष्टि अनुपात र ६४० पिक्सेल गुणस्तरको साथ आइफोनको प्रदर्शन चौडाइसँग मिलाउनको लागि अनुमति दिएर पहिचान गरिएको थियो। सन् २०१५ यी बाधाहरूलाई सरल पारिएको थियो, जसमा यसले ६४०बाट १०८० मा आफ्नो पिक्सेल गुणस्तर वृद्धि गरेको थियो। यसले सन्देश सुविधाहरू पनि थप गरेको थियो। जारी गरिएका एकल सामग्रीहरू बहु तस्वीर वा श्रव्य दृश्यहरू पनि यसले आफ्नो सेवामा समावेश गरेको थियो। यसको प्रमुख प्रतिस्पर्धी स्न्यापच्याटको समान यसले "कथाहरू" पनि थप गरेको थियो जसले प्रयोगकर्ताहरूलाई प्रत्येक सार्वजनिक सामग्रीको साथ अनुक्रमिक सामग्रीमा तस्वीर र श्रव्य दृश्य साझेदारी गर्न अनुमति दिन्छ जसमा प्रत्येक सार्वजनिक सामग्रीहरू २४ घण्टाको लागि अन्य प्रयोगकर्ताहरूद्वारा पहुँच योग्य बनाइएको छ। जनवरी २०१९ सम्म, कथाहरू सुविधालाई दैनिक रूपमा ५० करोड प्रयोगकर्ताहरूद्वारा प्रयोग गरिन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अनलाइन भिडियो मञ्चमेटा

🔥 Trending searches on Wiki नेपाली:

ब्याडमिन्टनसंयुक्त अरब इमिरेट्सफेसबुकलोकगीतनेपालको पहिलो संविधान सभाफिफाप्रतिलिपि अधिकारकतारवर्षा ऋतुसामन्तवादनेपाली कांग्रेसशिरुवा पर्वधरहराविराट कोहलीशुक्रग्रहनगरपालिकाकुरिलोबझाङ जिल्लाराष्ट्रिय स्वतन्त्र पार्टीराणा वंशद्रौपदी मुर्मुपोखरा महानगरपालिकासुनक्व्होलासोथार गाउँपालिकानेपालको उपराष्ट्रपतिरुद्राक्षकथापरिवार नियोजननेपालको शिक्षा मन्त्रीहरूभौतिक विज्ञानओलाङ्चुङ गोलावार्षिक प्रतिवेदनव्रतबन्धप्रजनन (पुनरुत्पादन)इन्टरनेटक्षत्रीमूल्य अभिवृद्धि करडाँफेमारुनी नाचसमाजवादभीमनिधि तिवारीनेपालको लोकतन्त्र दिवसअक्षांशनेपाल सम्वत्दैलेख जिल्लानेपालको राष्ट्रपतिपशुपतिनाथ मन्दिरसभ्यतामानिससती प्रथादासप्रथादुधसूचनाकेकी अधिकारीमुनामदनसिन्धुलीगढीजोस बट्लरसमाजनेपाली शब्दकोशसामाजिक सञ्जालनेपाल रेडक्रस सोसाइटीमकैवीरेन्द्रनगर नगरपालिकागोरखापत्रलाली गुराँसविकिदिगो विकासका लक्ष्यहरूस्थानीय कार्यपालिकानेपालको संस्कृतिमानव अधिकारमष्टो देवतानेपालै नरहेसंस्कृतमाटोमहानगरपालिकाजयपृथ्वीबहादुर सिंहराष्ट्रिय वाणिज्य बैंकनेपाली सेनाका गणहरु🡆 More