डाँफे

डाँफे नेपालमा पाइने एक चरा हो । यो नेपालको राष्ट्रिय पंक्षी हो, जबकि यो उत्तराखण्डमा डाँफे नामले नै चिनिन्छ र त्यहाँको प्रान्तीय पंक्षी पनि हो। हालमा नयाँ प्रकारको डाँफे पक्षीको प्रजातिको पहिचान अरुणाचल प्रदेशमा भएको छ। खोजीको लागि सर्वेक्षण चलिरहेको छ, यद्यपि मानिएको छ कि यो स्क्लेटर मोनालको उपजाति हो अथवा संभावित छ कि यो एउटा नया प्रजाति हो तर यो अहिले पुष्टी हुनु बाकी नै छ। यो हिमाल मोनालको उपजाति हो भन्ने अहिले सम्म कुनै पुष्टी हुनेको अतो पतो छैन। तर पनि, एक अध्ययनले पश्चिमोत्तर भारतको नर हिमाली मोनालमा सेतो पुच्छरको कमी देखाएको छ जुन कि अन्य हिमाली मोनालमा पाइन्छ र छातीमा धेरै हरियो देखिन्छ जसले गर्दा लाग्छ कि यो दोस्रो कुनै उपजाति हो।

डाँफे
डाँफे
डाँफेको भाले
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
Galliformes
कुल:
Phasianidae
उपकुल:
Phasianinae
वंश:
मुनाल
प्रजाति:
L. impejanus
वैज्ञानिक नाम
Lophophorus impejanus
(जोन लेथन, १७९०)

परिचय

७० सेन्टिमिटरसम्म लामो डाँफेको भालेको वजन २ हजार ३ सय ८० ग्राम तथा पोथीको वजन २ हजार १ सय ५० ग्रामसम्म हुन्छ। डाँफे विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्न रुचाउँछ। यसले लालीगुराँस तथा मालिङ्गो भएको जङ्गलमा कीराफटयाग्रा, बाँसको तामा, कलिलो मुना खान रुचाउँछ। यसले माटोमै अन्डा पार्छ र बच्चा कोरल्छ। डाँफे नेपाल लगायत भारत, बर्मा, तिब्बत तथा अफगानिस्तानका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ।

बानी व्यवहार

डाँफे हिमरेखा क्षेत्रमा बस्न रुचाउने खालको पंक्षी हो। यस डाँफे पंक्षीलाई बढी लजालु र काँतर स्वभावका भएको चराका रूपमा समेत लिन सकिन्छ। डाँफेलाई आफू भन्दा ठूलो बलियो तथा अन्य हिन्स्रक चराहरूले तथा अन्य जनावरहरूले जिस्काउने र लखेट् गर्दछन्। यसरी तिनीहरूबाट बच्न एवम् जोगिनका लागि भाग्ने क्रममा ठोक्किएर डाँफेको अकालमा मृत्यु समेत हुने गर्दछ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

डाँफे परिचयडाँफे बानी व्यवहारडाँफे सन्दर्भ सामग्रीहरूडाँफे बाह्य कडीहरूडाँफे

🔥 Trending searches on Wiki नेपाली:

कुँवर इन्द्रजीत सिंहसाम्यवादचार्वाक दर्शनस्वर्णिम वाग्लेमार्क्सवादजिल्ला सभाअष्ट चिरञ्जीवीविकिमिडिया कमन्सश्रीलङ्कामदन पुरस्कारखाद्य संरक्षणसन्दीप लामिछानेघोराही उपमहानगरपालिकास्वयम्भूनाथभीमबहादुर रावलराई जातिवराहक्षेत्रराजनीतिभीमसेन थापाबाइबलपाठ्यक्रमचितवन राष्ट्रिय निकुञ्जभरतपुर महानगरपालिकाब्रह्माण्डरामेछाप जिल्लानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)धर्मभक्त माथेमाधनगढी उपमहानगरपालिकाराणा वंशहनुमान ढोकानेपालसमूहन्यायपालिकाहिन्दु धर्मखड्गप्रसाद ओलीलुभुसमावेशीकरणजाजरकोट जिल्लारुपन्देही जिल्लासंविधानमधेश प्रदेश सभाकृषिराजतन्त्रवीरेन्द्रनगर नगरपालिकाभारोपेली भाषा परिवारमगर भाषाबुटवल उपमहानगरपालिकासात सालको क्रान्तिप्रदेश सभा निर्वाचन, २०७९सन्दुक रुइतइन्डियन प्रिमियर लिगनविकरणीय उर्जासुदूरपश्चिम प्रदेशशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)किराँत धर्मडाङ जिल्लालाली गुराँसशेर्पा जातिभारद्वाज ऋषिमहिनावारीनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८खनिजदेवघाट धाममारी अँतवानेतआइएसबिएननेपाल प्रजा परिषद्आमा (वि.सं. २०२१ चलचित्र)काठमाडौँ जिल्लाब्राह्मणजयपृथ्वीबहादुर सिंहइन्डोनेसियाराउटे जातिकिम्बुखेल🡆 More