शेर्पा जाति: Sherpa People

शेर्पा जाति (शेर्पा भाषा: ཤར་པའི་མི་རིགས།, वयली: shar pa'i mi rigs) नेपालका उच्च हिमाली क्षेत्र र तिब्बतमा बासोबास गर्ने जातिगत समूह हुन्। तिब्बती भाषामा शर्वा अथवा शर्पा को मतलब पूर्वी निवासी भनेको हो जुन शब्द सम्भोट लिपिमा लेखिएका शेर्पा इतिहासहरूमा (शेर्पा भाषा: ཤར་པ།, वयली: shar pa) भए पनि देवनागरी र अंग्रेजी लिपिमा शेर्पा भनेर लेख्ने गरिएको छ। शेर्पाहरू पूर्वी तिब्बतबाट १८ देखि १९ शताब्दीको  बीचमा आफ्नो ठाउँ छाडी नेपालको पूर्वी क्षेत्र सोलुखुम्बु जिल्लामा बसाइँ सरेर आएको भन्ने कुरो शेर्पाहरूको इतिहास र संस्कृति नामक पुस्तकमा उल्लिखित छ। धेरैजस्तो शेर्पाहरू नेपालको पूर्वी भागमा बस्छन्, तर कोही रोल्वालिङ्ग उपत्यका तथा हेलम्बुसम्म पनि बसेको पाइन्छ। पङ्पोछे नेपालका शेर्पाहरूको सबैभन्दा पुरानो गाउँ हो। शेर्पा भाषा भोट-बर्मेली भाषा परिवारको दक्षिणी हाँगो मानिन्छ। यो भाषा तिब्बती भाषासँग लगभग मिल्दोजुल्दो छ तर बोल्ने शैलीले निकै फरक पनि देखिन्छ।

ཤར་པའི་མི་རིགས།
शेर्पा जाति
जम्मा जनसङ्ख्या
२७६,७००
भाषाहरू
शेर्पा, नेपाली भाषा, तिब्बती
धर्महरू
तिब्बती बौद्ध धर्म, ञिङमा
सम्बन्धित जातीय समूह
तिब्बती, जिरेल, योल्मो

इतिहास

शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर 
शेर्पा घर

शेर्पाको इतिहास अनुसार सन् १८०० तिर तिब्बतको पूर्वी क्षेत्र खाम सलमोगङबाट ठाउँ छाडी खुम्बु क्षेत्रमा पुगेको र त्यसको २३ सालपछि सोलुमा झरेको भनी उल्लेख गरेको छ। त्यसपछि सोलु र खुम्बुबाट बिस्तारै नेपालको विभिन्न भू-भागमा वसोवास गर्दै आएको तथ्यहरू प्रमाणित रहेका पाइन्छ। विशेष गरी हिमाली क्षेत्रलाई आफ्नो बसोबास थलोको रूपमा मनपराई हिमाली भू-भागमा बसोबास गरेका शेर्पा जातिहरू चिन र तिब्बतसँग जोडिएको भू-भागमा बसोबास गरेको हुदाँ शेर्पा जातिलाई अन्य जातिका मानिसहरूले तिब्बती वा भोटबासी (भोटे) भन्ने प्रचलन पनि रहेको छ।

शेर्पाको नामकरण

शेर्पा भाषा र व्याकरणको आधारमा कुरा गर्द “शर” भनेको पूर्व दिशा र ”पा“ स्वामित्व बोधक शब्द हुनले ཤར་པ། shar pa, शर्पा भनेको पूर्व दिशामा बस्ने पूर्वेली अथवा पूर्वी निबासी भन्ने शाब्दिक अर्थ हुन्छ। यस अर्थमा व्याकरणको दृष्टिकोणले कुनै त्रुटी नभएको र मौखिक बोलीचालीमा पनि सरल र सजिलो तथा उपयुक्त भएकोले शेर्पासँग सम्बन्धित सम्भोट लिपिमा लेखेको लेखहरूमा सबैले एकमतमा शर्पा लेखेको पाए पनि अंग्रेजी र देवनागरी लिपिमा शर्पालाई शेर्पा भनि व्यापकरूपमा अशुद्ध लेखेको देखिन्छ।

शेर्पाहरूका मूल थर र उपथर

शेर्पा समाजको इतिहासकार खनपो सङग्यस् तन्जीन (१९२४-१९९०) ले लेख्नु भएको ब्रहमदण्ड नामक शेर्पा इतिहास र वंशावली तथा Snowlight of Everest मा उल्लेख गरिएको अनुसार शेर्पा जातिको मूलथर र उपथर निम्न प्रकारका छन्। 

རུས་ཆེན། मूल थर རུས་ཆུང་། उपथर
ཤར་སྐད། Wylie नेपाली
མི་ཉག་པ།

mi-nyag-pa

मिञग्प

གྲགས་ཐོག། grags-mtho टकथोग
འགོ་ལེགས། 'go-legs गोलेग्
པི་གནས་ས། pe-gnas-sa पिनासा
ཡུལ་གོང་མ། yul-gong-ma युल गोङ्मा
མགར་རྗ། mgar-rdza गरजा
བླ་མ།

la-ma लामा

སེར་པ། ser-pa सेरपा
དགོན་པ། dgon-pa गोन्पा
ཐིམ་མི།

thim-mi

थिम्मि

ས་ལ་ཀ sa-la-ka सालाका
སྒོ་བར་མ། sgo-bar-ma गोबरमा
ཁམས་པ་ཅེ། khams-pa-ce खम्पाचे
ལྕགས་པ།

lcags-pa

च्यापा/च्याग्पा

ལྷུག་པ། lhug-pa ल्हुग्पा
རྣག་པོ། nag-po नाग्पो

यस विषय बारे संशोधन कार्य जारी रहेको छ...

शेर्पा भाषा र लिपि

आफ्नो भावना वा विचारलाई सजिलोसँग छिटोछरितो व्यक्त गर्न भाषाको प्रयोग गर्दछन्। त्यसैले मानिस र भाषाको बीचमा अभिन्न सम्बन्ध रहेको छ। भाषा मानिसको विचार व्यत्त गर्ने महत्त्वपूर्ण सञ्चार प्रणाली अथवा साधन हो। कुनै पनि समुदाय वा वर्ग विशेषका पहिचान गर्नु भाषाको महत्त्वपूर्ण भूमिका हुन्छ। भाषा र संस्कृति विना जातित्वको पहिचान हुन सक्दैन। शेर्पा समुदायमा एक अर्का बीच आफ्नो विचार व्यक्त गर्ने आफ्नो अलगै भाषा रहेको छ, जसलाई हामी शेर्पा भाषा भन्ने गर्दछौँ।

त्यसैले शेर्पाहरूको पनि आफ्नो छुट्टै भाषा विकास भएको छ। यो भाषाको शुद्ध उच्चारण गर्नु सक्ने लिपि भनेको सम्भोट लिपि हो।  जुन प्रकारले संस्कृत, पाली, हिन्दी, नेपाली, भोजपुरी आदि भाषाहरूमा देवनागरी लिपिको प्रयोग गरिन्छ। त्यसै गरी तिब्बती, शेर्पा, लद्दाखी, भुटानी, भोटे आदिका भाषाहरूमा सम्भोट लिपिको प्रयोग गर्ने गर्दछ।

शेर्पाहरूको धर्म

शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर 
थाङ्मद् देछेन छोस्खोर लिङ् गोन्पा

नेपालको लुम्बिनीमा जन्मनु भएका क्षेत्री पुत्र सिद्धार्थ गौतमले बुद्धात्त्व प्राप्त पश्चात् भारतको धेरै ठाउँमा उपदेश दिनुभएकले भारतमा बौद्ध धर्मको विकास भएको थियो। तत् पश्चात् कालान्तरमा यस धर्मको विकास र लोकप्रियताले चीन, तिब्बत, जापान र मंगोलिया लगायत एसियाका धेरै मुलुकहरूमा व्यापक स्थान पायो। त्यसै क्रममा हिमाली क्षेत्र तिब्बतमा सर्वप्रथम धर्मराज स्रोङ्चन गम्पो (जन्मकाल १५५७ ई.) को राज्यकालमा बौद्ध धर्मको प्रवेश भएको थियो र विशेषतः (१७६३ ई.मा) नालन्दाबाट शान्तरक्षितको तिब्बत

आगमन पश्चात् यसले अझ व्यापक रूप लिएको थियो। उहाँलाई तिब्बतमा बौद्धधर्मको प्रचारार्थ स्वयं राजाले आमन्त्रण गर्नुभएको थियो। त्यसपछि पनि विभिन्न कालक्रममा तिब्बती राजाहरूको अनुरोधमा बौद्ध धर्मको प्रचार–प्रसार तथा बुद्धवचन एवं अन्य बौद्ध धर्म–दर्शन शास्त्रहरू तिब्बती भाषामा अनुवाद गर्ने हेतुले भारतवर्षबाट उल्लेख्य रूपमा प्रकाण्ड बौद्ध विद्वान् एवं पण्डितहरूको तिब्बतमा आवागमनक्रम जारी रहेको थियो। तिब्बतमा प्रारम्भिक बौद्ध धर्मको विकासको दृष्टिले खान्लोबछोस-सुम अर्थात् महोपाध्याय शान्तरक्षित, आचार्य पद्मसम्भव र धर्म राजा ठ्रीस्रोङ देउचनलाई प्रमुख पात्रको रूपमा लिईन्छ।

यानको दृष्टिले तिब्बती बौद्ध परम्परा महायान अन्तर्गत पर्दछ। किनकि बौद्ध धर्मको प्रचारक्रममा भारतका दक्षिणी प्रदेशहरूमा हीनयानको अधिकतम प्रचार भएको थियो भने उत्तरी प्रदेशहरू जस्तै तिब्बत, चीन, कोरिया, मंगोलिया एवं जापानमा महायान बौद्धधर्मको व्यापक प्रचार प्रसार भएको थियो। त्यसपछि तिब्बतमा महायान बौद्ध धर्मको विकासक्रममा ञिङमा, कग्र्युद, साक्य, गेलुग सहित चार महायान तिब्बती बौद्ध परम्पराहरूको विकास भएको थियो। जसलाई तिब्बतमा बौद्धधर्मको चरम विकासको रूपमा लिन सकिन्छ। ती मध्ये ञिङमा परम्परालाई तिब्बतकै प्राचीनतम बौद्ध दर्शन परम्पराको रूपमा मानिन्छ।

सोही महायानी ञिङमा परम्परा नै शेर्पा समुदायहरूको प्राचीन तथा आदर्श धर्म हो। यसैमा शेर्पा समुदायहरूका सम्पूर्ण संस्कृति र जीवनशैलीहरू आधारित छन्। आज पनि बहुसंख्यक शेर्पाहरू ञिङमा परम्परालाई आफ्नो आस्था–भक्तिको केन्द्र मान्दछन् भने कग्युद, सक्या र गेलुग परम्परामा आस्था राख्नेहरू पनि रहेका छन्। त्यसै कारण शेर्पा समुदायहरूले प्राचीनकालदेखि नै बौद्ध धर्मको अनुसरण गर्दै आएको देखिन्छ।

शेर्पाहरूको मूल थलो सोलुखुम्बु क्षेत्रमा सर्वप्रथम लामा साङ्वा दोर्जेले ञिङमा परम्पराको शुरुवात गर्नुभएको थियो । खुम्बु क्षेत्रको पाङवोचे भन्ने ठाउँमा पाल्रिवोे नामक गोन्पाको निर्माण गरेर उहाँले यस परम्पराको प्रारम्भिक स्थापना गर्नु भएको बुझिन्छ। उक्त गोन्पालाई स्थानीयबासीहरूले सबैभन्दा पुरानो गोन्पाको रूपमा लिने गर्दछन्।

शेर्पा इतिहासहरूमा उल्लेख गरे अनुसार लामा साङवा दोर्जे का महिल भाइ राल्वा दोर्जे र कान्छा भाइ खेन्पा दोर्जेले पनि क्रमशः थामे र रिमीज्युङ भन्ने गाउँमा ञिङमा गोन्पा स्थापना गरी बौद्ध धर्म र दर्शनको व्यापक प्रचार–प्रसार गर्नुभएको थियो। यस क्रममा सोलुखुम्बु क्षेत्रमा कैयौँ बौद्ध गोन्पाहरू निर्माण भइसकेका छन्। यी गोन्पाहरूमा शेर्पाहरूले दैनिक पूजापाठ र धार्मिक गतिविधि लगायत वार्षिक रूपमा मनाइने विशेष बौद्ध उत्सव र अन्य सांस्कृतिक कार्यक्रमहरू पनि सम्पन्न गर्दै आएका छन्।

अधिकांश गोन्पाहरूमा बौद्ध धर्म र दर्शन विषयक शिक्षाहरूको गहन अध्ययन–अध्यापन समेत हुँदै आएकोले गोन्पाहरूलाई एउटा सामुहिक आस्थाको केन्द्र मात्र नभएर समग्र बौद्ध शिक्षाको केन्द्र एवं विद्यापीठको रूपमा पनि मान्न सकिन्छ। बौद्धधर्म र शिक्षालाई प्रचार गर्ने क्रममा प्राचीनकालीन शेर्पाहरूले बौद्ध गोन्पा निर्माणको अतिरिक्त तथागत बुद्धको विविध चैत्य निर्माण, षडाक्षरी मन्त्र (ॐ मणि पद्मे हूँ) युक्त ढुङ्गामानेको स्थापना, विभिन्न चट्टानहरूमा विविध बौद्ध मन्त्रहरूको अंकन, अग्ला डाँडाहरूमा धारणीमन्त्रयुक्त मणि, हत्तेमणि (मणि लकखोर) द्वारा सुसज्जित द्वार (कनिङ) र खोला नालाहरूमा जलमाने (मणि छुखोर) जस्ता त्रिरत्नका काय, वाक् र चित्तका प्रतीकात्मक आधार–अधिष्ठानहरू समेत निर्माण गरेका छन्।

साथै शेर्पाहरू विश्वशान्तिको कामना र परहितको भावनापूर्वक उच्च पहाड–पर्वत, गहिरो नदीनाला, घन वनजंगल र रमणीय तथा एकान्त स्थलहरूमा विश्वशान्ति, आरोग्य एवं अनेकन रक्षामन्त्रयुक्त पञ्चरंगी ध्वजा–पताका (लुङता) हरू लगाउने गर्दछन्। पाप शोधन र पुण्यार्जनको रूपमा गोरेटो बाटो खन्ने, भोकोनांगोलाई यथा शक्य भोजनदान र वस्त्रदान गर्ने, खोलानालाहरूमा पुल निर्माण गर्ने, दिनको अन्तमा आफुले गरेका पापहरूको शुद्धि अर्थ षडाक्षरी मन्त्रोच्चरण गर्दै माला जप्ने र दिनको आरम्भमा सम्पूर्ण कार्यहरू कुशलमूलक भइ पवित्र जलार्पण (योनछब) गरी नमन गर्ने गर्दछन्। यी सबै आचरणहरूलाई शेर्पाहरूले प्राचीनकालदेखि नै दैनिक चर्याको रूपमा सम्पन्न गर्दै आएका छन्, जुन बौद्ध धर्मका विशुद्ध आचारपक्षहरू हुन्।

बौद्ध शासनधर शेर्पा महापुरुषहरू:

खुम्बु क्षेत्रको बौद्ध शासनधर

  • བླ་མ་བུདྡྷའི་མཚན་ཅན། लामा बुद्ध छन्चन
  • བླ་མ་གསང་བ་རྡོ་རྗེ། लामा सङ्व दोर्जे
  • བླ་མ་རོལ་པའི་རྡོ་རྗེ། लामा रोल्पयी दोर्जे
  • བླ་མ་མཁྱེན་པ་རྡོ་རྗེ། लामा ख्येन्पा दोर्जे
  • སྐྱ་རོག་བསྟན་འཛིན་གྲགས་པའམ། རོལ་པ་རྡོ་རྗེ། क्यरोग तन्जीन ड्रग्पा / रोल्प दोर्जे
  • དཔལ་ཐིམ་མི་བཟང་པོའམ་ཕཊ྄་ཆེན། पल थिम्मि जङ्पो / फ़ट् छेन
  • འཇམ་དབྱངས་ཆོས་ཀྱི་རིག་འཛིན་ནམ་སྐྱབས་མགོན་འབྲེལ་ཚད་དོན་ལྡན། जम्याङ छोस्क्यी रिग्जीन
  • ཐང་བླ་སྤྲུལ་སྐུ་ངག་དབང་རྡོ་རྗེ། थाङ्ला टुल्कु ङग्वाङ दोर्जे
  • ཐང་བླ་ངག་དབང་ཚེ་རིང་དོན་གྲུབ། थाङ्ला ङग्वाङ छेरीङ दोन्ड्रुब
  • ཐང་སྨད་རིན་པོ་ཆེ་ངག་དབང་བཤད་སྒྲུབ་བསྟན་པའི་རྒྱལ་མཚན། थाङमद् रिन्पोछे ङग्वाङ शद्ड्रुब तान्पयी ग्याल्छन
  • ལ་ཕུག་རྡོ་བླ་མ་ཀུན་བཟང་ཡེ་ཤེས། लफुगदो लामा कुन्जङ येशे
  • བླ་མ་དགུ་ལོའམ་ངག་དབང་ནོར་བུ་བཟང་པོ། लामा गुलो / ङग्वाङ नोर्बु जङ्पो
  • ངག་དབང་བསྟན་འཛིན་བཟང་པོ། ङग्वाङ तन्जीन जङ्पो
  • སྐྱ་རོག་བླ་མ་ཨོ་རྒྱན་བསྟན་འཛིན། क्यरोग लामा ओर्ग्यन तन्जीन
  • སྐྱ་རོག་བླ་མ་བསྟན་འཛིན། क्यरोग लामा तन्जीन
  • ཆར་འོག་བླ་མ་སྐུ་ཞབས་མང་ཐོས། छरवोग लामा कुशाब मङ्थोस्
  • བླ་མ་ངག་དབང། लामा ङग्वाङ
  • དཀའ་ཆེན་ཨང་ཉི་མ། काछेन अङ ञिमा
  • རིག་འཛིན་ཀུན་བཟང་འཕྲིན་ལས་རྒྱ་མཚོ། रिग्जीन कुन्जङ ठ्रीन्लास ग्याछो
  • རྟོགས་ལྡན་ངག་དབང་ཚུལ་ཁྲིམས། तोग्दन ङग्वाङ छुल्ठ्रीम्स
  • དགེ་སློང་ངག་དབང་མཆོག་གྲུབ། गेलोङ ङग्वाङ छोग्ड्रुब
  • ཨ་ནི་རབ་བྱུང་མ། अनि रब्ज्युङमा
  • ཨ་ནི་ངག་དབང་པདྨ། अनि ङग्वाङ पद्म
  • सोलु क्षेत्रको बौद्ध शासनधर

  • བླ་མ་སྒྲུབ་པའམ་བསོད་ནམས་ཆོས་དར། लामा ड्रुब्प / सोद्नम छोस्दर
  • བླ་མ་སངས་རྒྱས་བསྟན་པ། लामा सङग्यास तन्पा  
  • ངག་དབང་ཡོན་ཏན་རྒྱ་མཚོ། ङग्वाङ योन्तन ग्याम्छो
  • ངག་དབང་ཆོས་འཕེལ་རྒྱ་མཚོ། ङग्वाङ छोस्फेल ग्याछो
  • བླ་མ་བསྟན་འཛིན་རང་གྲོལ། लामा तन्जीन रङड्रोल
  • བླ་མ་སངས་རྒྱས་བསྟན་འཛིན། लामा सङग्यास तन्जीन
  • མཁན་པོ་བྱང་ཆུབ་ཚུལ་ཁྲིམས། खनपो ज्यङछुव छुलठ्रिमस् 
  • མཁན་པོ་ངག་དབང་འོད་ཟེར། खनपो ङग्वाङ वोदसेर
  • खुम्बु क्षेत्रमा अवस्थित शेर्पा गोन्पाहरू

    शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर 
    तेंग्पोछे गोन्पा १९८६, फोटोग्राफर टोम फ्रोस्ट
    • पङ्पोछे पलरिवो गोन्पा
    • थाङ्मद् देछेन छोस्खोर लिङ गोन्पा
    • रिमद्शुङ् पद्म छोस्लिङ् गोन्पा
    • लुग ल्हाक्याब गोन गोन्पा
    • क्यरोग सङ्ङ्ग छोस्लिङ गोन्पा
    • खुम्बु देछेन छोस्लिङ् गोन्पा
    • नाग्पोछे सङ्ङ्ग थेग्छोग देछेन लिङ गोन्पा
    • तेङ्पोछे दोङ्ङ्ग थेग्छोग छोस्लिङ गोन्पा
    • लफुग्दो थरलिङ गोन्पा
    • फुर्चे ड्रग्रि छोस्लिङ गोन्पा
    • छाम्खङ् दोङ्ङ्ग छोस्जोङ
    • देवोछे चुन्गोन शेरब् लिङ
    • खारी गदन् तन्फेल लिङ गोन्पा

    सोलु क्षेत्रमा अवस्थित शेर्पा गोन्पाहरू

    शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर 
    ट्राशी थोङ्मोन लिङ गोन्पा, जुन्बेसी
    • ट्राशी थोङ्मोन लिङ गोन्पा 
    • चीवाङ् ज्यङ्छुब छोस्लिङ गोन्पा
    • जासा सम्तन् लिङ गोन्पा
    • फुग्मोछे कर्म छोस्लिङ् गोन्पा
    • सेरलोग शदड्रुब सुङड्रेललिङ गोन्पा  
    • ड्रग्शिङ्तोग शद्ड्रुब थर्लिंग गोन्पा
    • साकार गोन्पा

    रामेछाप जिल्लामा अवस्थित शेर्पा गोन्पाहरू

    • थोथोङ་ थोङड्रोल सम्तन् छोस्लिङ गोन्पा
    • सेल्वा ज्यङ्छुब छोस्लिङ गोन्पा

    दोलखा जिल्लामा अवस्थित शेर्पा गोन्पाहरू

    • सोग्दोद सम्तन छोस्लिङ गोन्पा

    शेर्पा संस्कृति

    परपूर्वकालदेखि शेर्पाहरू बौद्ध धर्ममा आस्था र विश्वास राख्ने भएकोले जुन सुकै सामाजिक कार्य गर्दा अहिंसा र प्रतीत्यसमुद्पादको सिद्धान्तमा रहेर सम्पूर्ण कार्यहरू सु–सम्पन्न गर्ने गर्दछन्। त्यसैले शेर्पा समुदायको समाज मैत्री र करुणा आदि भावनाले परिपूर्ण भएको समाज हो। यो समाज हिंसा, अधर्म, अनैतिक जस्ता कार्यहरूबाट टाढा रहेको छ। शेर्पाहरूको आफ्नै वेष–भुषा, नाच–गान, खान–पान रहेका छन् भने घरको वनावट शैलीदेखि लिएर घरको भित्र बाहिरको रङ्ग रोगन, मुर्ति काल, चित्र काल आदि अन्य समुदयको भन्दा केही फरक रहेका छन्। शेर्पाहरूले मन्ने मुख्य चाडपर्व शाक्यमुनि बुद्धसँग सम्बन्धित बुद्ध जयन्ती, धर्मचक्र प्रर्वतन, सागा दावा, देवातरण महोत्सव –(ल्हबब् दुसछेन) र आचार्य पद्मसम्भवसँग सम्बन्धित, कृष्ण पक्षको दशमी पूजा, (छेस्चु) र शुक्ल पक्षको दशमी (ञेरङ) को साथै मणि रिल्डुब, ञ्युङनास (मौन व्रत) डुम्ची (ड्रुबछोद्) लोसार आदि रहेका छन्।

    वार्षिक चाडपर्व

    • ལོ་གསར། लोसार
    • ཡུལ་བསང་། युल्सङ्
    • སྟོན་པའི་འཁྲུངས་སྐར། बुद्ध जयन्ती
    • སྨྱུང་གནས། ञ्युङनास
    • བསྐང་གསོལ། कङ्सोल
    • དབྱར་མཆོད། यारछोद्
    • མ་ཎི་རིལ་སྒྲུབ། मणि रिल्ड्रुब
    • དྲུག་པ་ཚེས་བཞི། ड्रुगप छेजी
    • སྒྲུབ་མཆོད། ड्रुबछोद्
    • ལྷ་བབ་དུས་ཆེན། ल्हबब् दुसछेन
    • ས་ག་ཟླ་བ། सागा दावा

    खुम्बु र सोलु क्षेत्रमा रहेको महत्त्वपूर्ण शेर्पा चाडपर्वहरू

    • पङ्पोछे ड्रुब्छोद्
    • खुम्शुङ् ड्रुब्छोद्  
    • थाङ्मद् ड्रुब्छोद्  
    • नाग्पोछे ड्रुब्छोद्  
    • क्यरोग छोग्छेन्
    • पङ्पोछे मणि रिल्ड्रुब्
    • ट्राशी थोङ्मोन लिङ् गोन्पाको ड्रुब्छोद्
    • चीवाङ् ज्यङ्छुब् छोस्लिङ् गोन्पाको मणि रिल्ड्रुब्
    • ञ्युङनास
    • लोसार
    • फग्-ञिङ
    • यारछङ अथवा यारछोद्

    जन्म सम्बन्धित संस्कार

    शेर्पा समुदायमा नवजात शिशुको जन्मलाई खुसीयालीको रूपमा लिइन्छ। बच्चाजन्मेको तीन देखि सात दिन भित्र राम्रो साईत हेराई लामा पुरोहीत बोलाई नयाँ बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरीन्छ। बच्चाको नामाकरण साधरणतया शेर्पा भाषाका बारहरूको नामको आधारमा गरीन्छ जस्तो ञिमा, दावा, मिग्मार, ल्हग्पा, फुर्बु, पासाङ र पेन्पा। यसले गर्दा बहुसंख्यक शेर्पा पुरुष र नारीको नाम आपसमा मिल्छ। न्वारन गरिने बच्चाको अघिल्लो दाज्यु वा दिदीको अल्पायुमा मृत्यु भएको रहेछ भने सो बच्चाको नाम शेर्पा नामसँग नमिल्ने गरी राखने चलन छ जस्तै कामी, सार्की, दमाई आदि। नानीको न्वारानमा आफ्ना नातागोताहरू, साथीहरू र छिमेकीहरू जम्मागरि भोज खुवाउने चलन छ। नानीको न्वारानमा आएकाहरूले पनि नानीको लागि कोसेली वा खाम्मा केही रकम राखी बच्चाको हातमा दिई मुख हेर्ने र बच्चा तथा बच्चाको आमा बाबुलाई खता लगाई दिने चलन छ। शेर्पा समाजमा जन्म दिन मनाउने चलन छैन। गाउँघर तिर न्वारान गर्दा लामो रुखको बिरुवा ल्याई सो मा ध्वजा टाँगी छोरा भए घरको मुल ढोकाको दायाँ तिर र छोरी भए बायाँतिर गाडने चलन छ, यसलाई गोतर भनिन्छ।

    शेर्पा हरूको धार्मिक परम्परा अनुसार नाम राख्ने तरिका

    प्राय शेर्पाजातिले नाम राख्दा जन्मेको बार र तिथिबाट राखेको पईन्छन्। जस्तैः आइतबारको दिन जन्मिएका नानीको नामलाई ञिमा, सोमबारमा जन्मिएका लाई दावा, त्यसैगरी मंगलबारदेखि शनिबार सम्ममा जन्मेकोहरूलाई क्रमसः मिगमार, ल्हग्पा, फुर्बु, पासाङ, पेन्पा भनि रखिन्ने चलन ज्यादै प्रचलित रहेको देखिन्छ, र ञिमा दावा, पासाङ ञिमा, मिगमार दावा, पासाङ दावा, ञिमा फुर्बु, पासाङ ल्हग्पा आदि दुइवटा बारको संयोजकबाट नाम रखिन्ने प्रथ पनि उतिकै चल्तीमा रहे पनि एकादशीका दिन जन्मेकोलाई "छेचिग", पंचमीमा जन्मेकोलाई "ङती", पुर्णिमाको लाई "चोङ छेरिङ" आदि तिथिबाट राख्ने चल्ती भने एकदमै कम्ती रहेको देखिन्छ। धार्मिक ग्रन्थहरूमा रहेका पारिभाषिक शब्द छ प्रज्ञापारमित: ज्यीन्पा, छुलठ्रीम, जोदपा, चोनड्रु, सम्तन, शेरब् इत्यादिबाट पनि बालकको नाम राखेको प्रसस्तै भेटिन्छन्।

    यस विषय बारे सम्पादन र संशोधन कार्य जारी रहेको छ...

    शेर्पा जातिको विवाह संस्कार

    शेर्पाहरूको महत्त्वपूर्ण संस्कारहरू मध्ये विवाह संस्कार पनि एक हो। यस जातिमा मागी विवाहको बढी प्रभाव रहने भएता पनि प्रेम विवाहको पनि छिटफुट चलन छ। आफ्नो मौलिक परम्परा अनुसार प्रायः विवाहित छोरीको सन्तान माइता मै हुर्कने पुरानो चलन भएकोले होला शेर्पा समुदायमा मामाको महत्त्व निकै उच्च पाइन्छ। मामाको छोरालाई पनि मामा र नाती(मामाको छोराको छोरा)लाई समेत मामा नै भन्ने र मामाको छोरीलाई क्ष्यामा अर्थात आमा समान मान्ने प्रचलन छ। यसरी आमा पट्टी सात पुस्ता सम्म पनि सम्दी लगाउन हुन्न र (मिल्दैन) भन्ने मान्यता अद्यावाधी विद्यामान छ। भने बुबा पट्टी त झन् हुने कुरै छैन।

    त्यस्तै विवाहिक विविध थर "रु" हरूको आधारमा कुटुम्भ र स्वाँगेभाई छुट्टयाउने विशेषता यो समुदायको विवाहवारीमा अर्को संवेदनशील तथा अति महत्त्वपूर्ण पक्ष मानिन्छ। जस्तै “लामा र च्यावा” थर हुनेको त्यो बाहेक अन्य जुनसुकै “रु” सँग विहेवारी चल्छ भने “पिनाशा, गर्जा, गोले, टाक्तोक, खापा” आदि प्रकारको “रु” हरू बीच एक–आपासमा स्वाँगेभाई अर्थात विवाह नचल्ने र “सलाका, गोपर्मा, खम्बचे” आदि बीच समेत चेली माइती अर्थात विहेवारी नचल्ने कठोर परम्परागत नीति भएकाले पनि यो जातिको विवाह संस्कार अलि जटिल र रोचक मानिन्छ। गाँउबाट शहर र शहरबाट प्रदेश बसाँइ सरेर जाने क्रममा सामान्य परिवर्तन हुन थाले पनि मूलभूतरूपमा सात पुस्ते मान्यता “रु” र ड्रिछ्याङ(सोधानी, लोङछ्यङ(माँगिनी), देम्छ्यङ (छिन्फानी) र पेछ्यङ(छुटानी)  लगायतका विधि आदिलाई विधिवतरूपमा पूरा गर्नै पर्ने मान्यता रहेको पाइन्छ।

    मृत्यु सम्बन्धित संस्कार

    शेर्पा समुदायमा मृत्यु संस्कार बौद्धधर्म ञिङमा सम्प्रदायको कर्मकाण्ड अनुसार सम्पन्न गरीन्छ।

    मूल निवास क्षेत्र

    पहिले शेर्पाहरू नेपालको पूर्वी क्षेत्र सोलुखुम्बुमा रहन्दै आएको वर्तमान समयमा वसाई सराईको कारणले गर्दा ताप्लेजुङ, संखुवासभा, इलाम, तेह्रथुम, ओखलढुङ्ग, खोटङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौं, नुवाकोट, महोत्तरी, चितवन, मुगु, हुम्ला जिल्लाहरूमा शेर्पाहरूको मुख्य बसोबास गर्ने क्षेत्रको रूपमा चिनिन्छ। हाल नेपालको अधिकांस जिल्लामा शेर्पाहरू बसोबास गर्दै आएको छन् भने भारतको दार्जेलिंग, सिक्किम, मणिपुर, आसाम र पश्चिम बङ्गाल त्यस्तै गरी तिब्बत, भूटान तथा यूरोप र अमेरिकामा पनि शेर्पाहरू बसोबास गर्दै आएको पाईन्छ।

    शेर्पा विद्वान

    यस विषय बारे सम्पादन र संशोधन कार्य जारी रहेको छ...

    शेर्पा कलाकार

    शेर्पा कलाकारहरूको कला अझै पनि आफैमा सिमित रहेको छ। हाल सम्म बिबिन्न कलाकारहरूले गीतहरू गाएको भएपनि दिर्घकालीन पक्षलाइ अगाल्न नसकेको देखिन्छ । गायक कबि तथा पहिलो शेर्पा गजलकारका रूपमा लाक्पा शेर्पा समर्पित विविध सामाजिक सञ्जाल तथा पत्र पत्रीका लगायतमा बिगत देखी नै चर्चामा रहेको पाइएको छ । लाक्पा नेपालको ताप्लेजूङ जिल्लाको साबा गा बि स मा जन्मेर कर्म क्षेत्र सुदूरपश्चिम क्षेत्र धनगडी कैलाली बसोबास गर्दछन । आफ्नो जन्म ठाऊबाट टाढा भएपनि आफ्नो भाषा कला सस्कृति जोगाऊन निरन्तर लागि परेका छन । ऊनले आफ्नै युट्युब च्यानल तथा बेबसाइट बनाएर शेर्पा जातिको सस्कृति सरक्षणमा लागि परेका छन ।

    प्रसिद्ध आरोही

    शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर 
    सगरमाथा शिखर आरोहण गर्ने विश्वको पहिलो व्यक्ति तेन्जिङ नोर्गे शेर्पा
    शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर 
    सगरमाथा शिखर आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हमो
    कीर्तिमानको विवरण किर्तिमान व्यक्तिको नाम राष्ट्र आरोहणको समय सन्दर्भ
    धेरै संख्यामा सगरमाथाको शिखर आरोहण गर्ने व्यक्ति २१ चोटि अप शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल May 11, 2011
    फुर्बा ट्राशी शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल May 19, 2013
    सबैभन्दा ज्यादा सगरमाथा आरोहण गर्ने महिला ७ चोटि ल्हग्पा शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल
    धेरैजसो पूरक अक्सिजन विना सगरमाथाको शिखर आरोहण गर्ने व्यक्ति १० चोटि आङ रिता शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल May 23, 1996
    एडमण्ड हिल्लरी सँग विश्वमै पहिलो चोटि सगरमाथाको शिखर आरोहण सफलता भएको व्यक्ति १ चोटि तन्जीन नोरग्यास शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल May 29, 1953
    पहिलो चोटि सगरमाथाको शिखर आरोहण गर्ने नेपाली महिला  १ चोटि पासाङ ल्हमो शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 22 April 1993
    पहिलोपटक दुई चोटि सगरमाथा आरोहण गर्ने व्यक्ति १ चोटि ङगवाङ गोन्पो शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 1963, 1965
    पहिलोपटक तीन चोटि सगरमाथा आरोहण गर्ने व्यक्ति ३ चोटि सुन्दरे शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 1982
    पहिलोपटक तीन चोटि सगरमाथा आरोहण गर्ने महिला ३ चोटि ल्हग्पा शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 2003
    पहिलोपटक चार चोटि सगरमाथा आरोहण गर्ने व्यक्ति ४ चोटि सुन्दरे शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 1985
    पहिलोपटक चार चोटि सगरमाथा आरोहण गर्ने महिला ४ चोटि ल्हग्पा शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 2004
    पहिलोपटक पाँच चोटि सगरमाथा आरोहण गर्ने व्यक्ति ५ चोटि सुन्दरे शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 1988
    पहिलोपटक पाँच चोटि सगरमाथा आरोहण गर्ने महिला ५ चोटि ल्हग्पा शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 2005
    पहिलोपटक छ चोटि सगरमाथा आरोहण गर्ने व्यक्ति ६ चोटि आङ रिता शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 1990
    पहिलोपटक छ चोटि सगरमाथा आरोहण गर्ने महिला ६ चोटि ल्हग्पा शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 2006
    पहिलोपटक सात चोटि सगरमाथा आरोहण गर्ने व्यक्ति ७ चोटि आङ रिता शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 1992
    पहिलोपटक सात चोटि सगरमाथा आरोहण गर्ने महिला ७ चोटि ल्हग्पा शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 2016
    पहिलोपटक आठ चोटि सगरमाथा आरोहण गर्ने व्यक्ति ८ चोटि आङ रिता शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 1993
    पहिलोपटक नौ चोटि सगरमाथा आरोहण गर्ने व्यक्ति ९ चोटि आङ रिता शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 1995
    पहिलोपटक दश चोटि सगरमाथा आरोहण गर्ने व्यक्ति १० चोटि आङ रिता शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 1996
    पहिलोपटक एघार चोटि सगरमाथा आरोहण गर्ने व्यक्ति ११ चोटि अप शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल 2000
    सगरमाथाको दक्षिणी आधार शिविरबाट पूरक अक्सिजन साथ सबैभन्दा छिटो आरोहण गर्ने व्यक्ति ८ घण्टा १० मिनेटमा  पेन्पा दोर्जे शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल May 21, 2004
    सगरमाथाको दक्षिणी आधार शिविरबाट पूरक अक्सिजन विना सबैभन्दा छिटो आरोहण गर्ने व्यक्ति २० घण्टा २४ मिनेटमा काजी शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल October 17, 1998
    सगरमाथाको शिखरमा सबैभन्दा ज्यादा बस्ने व्यक्ति २१ घण्टा सम्म बाबु छेरिङ शेर्पा शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल May 6, 1999
    सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने स्त्री १५ वर्षको उमेरमा मिङ किपा शेर्पा (मिग्मार क्यिद्पा) शेर्पा जाति: इतिहास, शेर्पाको नामकरण, शेर्पाहरूका मूल थर र उपथर  नेपाल May 24, 2003

    यस विषय बारे सम्पादन र संशोधन कार्य जारी रहेको छ...

    सन्दर्भ सामग्रीहरू

    बाह्य कडीहरू

    khojiweb.wordpress.com Kailalijobs.wordpress.com

    यो पनि हेर्नुहोस

    Tags:

    शेर्पा जाति इतिहासशेर्पा जाति शेर्पाको नामकरणशेर्पा जाति शेर्पाहरूका मूल थर र उपथरशेर्पा जाति शेर्पा भाषा र लिपिशेर्पा जाति शेर्पाहरूको धर्मशेर्पा जाति बौद्ध शासनधर शेर्पा महापुरुषहरू:शेर्पा जाति खुम्बु क्षेत्रमा अवस्थित शेर्पा गोन्पाहरूशेर्पा जाति सोलु क्षेत्रमा अवस्थित शेर्पा गोन्पाहरूशेर्पा जाति रामेछाप जिल्लामा अवस्थित शेर्पा गोन्पाहरूशेर्पा जाति दोलखा जिल्लामा अवस्थित शेर्पा गोन्पाहरूशेर्पा जाति शेर्पा संस्कृतिशेर्पा जाति वार्षिक चाडपर्वशेर्पा जाति खुम्बु र सोलु क्षेत्रमा रहेको महत्त्वपूर्ण शेर्पा चाडपर्वहरूशेर्पा जाति जन्म सम्बन्धित संस्कारशेर्पा जाति को विवाह संस्कारशेर्पा जाति मृत्यु सम्बन्धित संस्कारशेर्पा जाति मूल निवास क्षेत्रशेर्पा जाति शेर्पा विद्वानशेर्पा जाति शेर्पा कलाकारशेर्पा जाति प्रसिद्ध आरोहीशेर्पा जाति सन्दर्भ सामग्रीहरूशेर्पा जाति बाह्य कडीहरूशेर्पा जाति यो पनि हेर्नुहोसशेर्पा जाति

    🔥 Trending searches on Wiki नेपाली:

    गिरिजाप्रसाद कोइरालाबडिमालिकादेशान्तरनेपालको शिक्षा मन्त्रीहरूअक्षांशनेपालका जातिहरूनेपाल टेलिभिजनहिमाली प्रदेश (नेपाल)लिम्बू जातिचेकगौरीशङ्कर हिमालबाल विवाहवैज्ञानिकभानुभक्त आचार्यविप्रेषणवेब्याक मेसिनशिक्षक सेवा आयोग (नेपाल)सत्यमोहन जोशीनेपालका राष्ट्रिय निकुञ्जहरूनाताधवल शम्शेर राणानेपाल अङ्ग्रेज युद्धफ्लोरेन्स नाइटिङ्गेलबागमती प्रदेश सभामहालङ्गुर हिमशृङ्खलाखाद्य सुरक्षाछुवाछुतकोलेस्टेरोलनेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८साबित्रा भण्डारीअर्घाखाँची जिल्लारगतसंविधानसूर्यत्रिभुवन विश्वविद्यालयभक्ति थापानेवारी भाषामाध्यमिक विद्यालयअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालविकिमिडिया कमन्सहृदयघातहुलाक टिकटमुनामदनआइतवारउत्तर आधुनिकतावादराष्ट्रिय प्रजातन्त्र पार्टीविनिमयदरचाणक्य नीतिकौशिक गोत्रबद्री पङ्गेनीनेपालका प्रदेशहरूदाइजो प्रथादक्षिणी ध्रुवमिथिलाजैविक विविधतारामबुटवल उपमहानगरपालिकाश्रीमद्भगवद गीताज्ञानेन्द्र वीरविक्रम शाहमाइक्रोसफ्ट एक्सलसमानुपातिक प्रतिनिधित्व प्रणालीसंकटा मन्दिर, काठमाडौँगुगल अनुवादखनिजवेदान्तकार्यपालिकानेपालको प्रशासनिक विभाजनइन्द्रावती नदी, नेपालबहादुर शाहमौलाकालिका मन्दिरगणतन्त्र दिवस (नेपाल)विक्सनरीअश्लील चलचित्रसुनिल नारायणकेसरबाजुरा जिल्लाचौहाननेपालको प्रधानन्यायाधीश🡆 More