ब्राह्मण शब्दको प्रयोग निम्नलिखित तीन अर्थमा भएको छ-
भगवान् बुद्धले छन्– उनले भनेका छन्, भिक्षुहरु हो, कुनै मानिस जन्मको आधारमा ब्राह्मण हुन सक्दैन । उसले ब्राह्मणचित कर्तव्य गरे मात्र ब्राह्मण हुन सक्छ । जटाले, गोत्रले वा जन्मले कोही ब्राह्मण हुँदैन, जसका सत्य छ, जसमा धर्म छ, र जो पवित्र छ, त्यो मात्र ब्राह्मण हुन्छ । लगभग यस्तै कुरा महावीर जैनले पनि भनेका छन् । बुद्ध धर्मको प्रचार गर्ने पहिचा पांच भिक्षु ब्राह्मण परिवारबाट सम्बन्ध राख्थे भन्ने कुरा बौद्ध साहित्यमा उल्लेख छ । उनीहरू पनि बुद्ध जस्तै सत्यको खोजीमा गृहत्याग गरेका व्यक्ति थिए ।
वर्तमान समयमा ब्राह्मणलाई जाति भनिन्छ तर यसको उत्पत्ति वर्ण हो अर्थात् ब्राह्मण वर्ण हो जाति होइन । यसको उत्पत्तिको आधार ऋग्वेद पुरुष सूक्तमा उल्लेख छ । तर पुरुषसूक्तमा वर्ण शब्दको प्रयोगगरिएको छैन । जनकलाल शर्माका अनुसार,वैदिक साहित्यमा वर्ण रंगको अर्थमा प्रयुक्त, भएको छ । पौरस्त्य दर्शनमा मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबैकुराहरूलाई चार चारवर्गमा विभाजन गर्ने परम्परा जताततै देख्न पाइन्छ । यो वर्गीकरण र विभाजन अध्ययनको दृष्टिले गरिएको हो भन्ने विद्वानहरूको भनाई छ । वर्ण विभाजनको आधार ऋग्वेद पुरुष सूक्तमा उल्लेख छ ।
नीति ग्रन्थहरूको अध्ययनबाट के स्पष्ट हुन्छ भने सुरुमा केवल एक वर्ण थियो । संस्कार नलिने असवर्ण र संस्कार लिने सवर्ण । यसरी क्रमशः ब्राह्मणबाट, क्षत्रिय, र वैश्य वर्ण बने । म्याक्समुलर का अनुसार ब्रह्मचर्य आश्रम सबैलाई अनिवार्य थियो । जसले ब्रह्मचर्याश्रम पूरा नगरी अन्य आश्रममा गए तिनीहरु परित्यक्त भए । तीनवटै वर्णका यी परित्यक्तहरू व्रात्य कहलाइए । निश्चित यज्ञकर्म गरे पछि भने उनीहरू आआफ्नो वर्णमा फर्कन पाउँथे । म्याक्समुलरले के कुरा पनि स्पष्ट गरेका छन् भने यी व्रात्यहरू अनार्य हुन् भन्ने कुरा बारम्बार दोहोर्याएको छ तर यसको पुष्टि कसैले गरेको छैन । यो नाम ब्राह्मण युगमा त्यस वर्गलाई दिइएको हो जुन आर्य त थिए तर वर्णानुसारको प्रथम कर्तव्य ब्रह्मचर्य आश्रम पालन गरेनन् । यी कर्तव्यच्युतहरूलाई नै वर्णच्युत गराइएको थियो । तर सबैले निश्चित प्रक्रिया पूरा गरेपछि आआफ्नो वर्णमा पुनः फर्कन पाउने व्यवस्था थियो । कुनै कुनै स्थानमा वर्णच्युतहरुलाई पाँचौं वर्णको रुपमा समेत उल्लेख गरिएको छ ।
ब्राह्मण समाजको इतिहास प्राचीन भारतवर्षको वैदिक धर्मबाट आरम्भ हुन्छ। "मनु-स्मॄति" का अनुसार आर्यवर्त वैदिक व्यक्तिहरूको भूमि हो। ब्राह्मण व्यवहारको मुख्य स्रोत वेद हो। ब्राह्मणहरूका सबै सम्प्रदाय वेदबाट प्रेरणा लिन्छन्। पारम्परिक मान्यता अनुसार यो विश्वास छ कि वेद अपौरुषेय (कुनै पनि मानव/देवताले नलेखेको) तथा अनादि हो। वेदलाई श्रुति मानिन्छ (श्रवण हेतु, जो मौखिक परम्पराको द्योतक हो)। धार्मिक तथा सांस्कॄतिक रीतिहरू एवं व्यवहारमा विविधताहरूको कारण, ब्राह्मण समाज विभिन्न उपजातिहरूमा विभाजित छ। सूत्र काल मा, लगभग १००० ई.पू देखि २०० ई.पू , सम्म वैदिक अङ्गीकरणका आधारमा, ब्राह्मण विभिन्न शाखाहरूमा बाँढिन लागे। प्रतिष्ठित विद्वानहरूको नेतॄत्वमा, एकै वेदका विभिन्न नामहरूमा पृथक-पृथक शाखाहरू बन्न लागे। यी प्रतिष्ठित ऋषिहरूका शिक्षाहरूलाई सूत्र भनिन्छ। प्रत्येक वेदका अफ्नै सूत्र छन्। सामाजिक, नैतिक तथा शास्त्रानुकूल नियमहरूका सूत्रहरूलाई धर्म सूत्र भनिन्छ। आनुष्ठानिकहरूलाई श्रौत सूत्र तथा घरेलु विधिशास्त्रहरूको व्याख्या गर्नेलाई गृह सूत्र भनिन्छ। सूत्र सामान्यतया पद्य वा मिश्रित गद्य-पद्यमा लिखिएका छन्। विश्वकै सर्वप्राचीन ग्रन्थ ऋग्वेदानुसार सर्वोच्चशिखर हिमालयका काखमा आश्रम बनाई बसेका आत्रेय ऋषिका छोरा अर्चनानस हिमालयबाट भारतको गोमति नदितटवर्ति भूभागका शासक रथवीतिको निमन्त्रणामा उनको राज्यमा गएर राजगुरु भएर बसेका, उनकोछोरा श्यावाश्वले रथवीतिकै छोरी विवाह गरी राजपाठगरेका, उनकै सन्तान कोही राजवंशी, कोही ब्राह्मण भएका र पछि लाहोर प्रान्त हुदै उत्तराञ्चलका बदरीखण्डका आस-पास क्षेत्रबाट नेपाल पसेका कुराका आधारमा हेर्दा नेपाल-भारतको सीमाबाट यता उता बसाईं सर्ने क्रम प्राचीन भएको कुरा विज्ञहरू बताउछन् ।
नेपालमा ब्राह्मण जातिको उल्लेख्य बसोबास रहेको छ। नेपालको इतिहास अनुसार भारतको विभिन्न ठाउँहरू भारतको उत्तराखण्डको पिथौरागढ, कुमाउ, बनारस आदि ठाउँहरूबाट ब्राह्मणहरू (बाहुन)को नेपाल प्रवेश भएको थियो। त्यसकारणले ब्राह्मण(बाहुन) समाजमा आ-आफ्ना पुर्खौली ठाउँको नाम जोडेर बोलाउने चलन छ। भारतमा मुगलहरूको आक्रमण हुन थालेपछि ब्राह्मणको नेपाल प्रवेश हुन थालेको हो। नेपालको सामाजिक विभाजनको विकास तथा भारतको सामाजिक विभाजनमा केही मौलिक अन्रहरु छन् भन्ने कुरा डोरबहादुर बिष्टले व्याख्या गरेका छन् ।
ब्राह्मण शास्त्रज्ञहरूमा प्रमुख अंगिरा, अपस्तम्भ, अत्रि, बॄहस्पति, बौधायन, दक्ष, गौतम, हरित, कात्यायन, लिखित, मनु, पाराशर, समवर्त, शंख, शत्तप, ऊषानस, वशिष्ठ, विष्णु, व्यास, यज्ञवल्क्य तथा यम ऋषि हुन। यी एक्काईस् ऋषि स्मॄतिहरूका रचयिता थिए। स्मॄतिहरूमा सबभन्दा प्राचीन अपस्तम्भ, बौधायन, गौतम तथा वशिष्ठ छन्। ऐतिहासिक युगका महानतम दार्शनिक आदि शंकराचार्य दक्षिण भारतको नामपुद्री ब्राह्मण परिवारका हुन भनिन्छ ।यदी बुझ्नु भएन भने +9779803211756मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सक्नु हुन्छ वा [email protected] मा मेल गर्न सक्नुहुन्छ ।
निम्न श्लोकानुसार ब्राह्मणका ६ कर्तव्य यस प्रकार छन्।
अध्यापनम् अध्ययनम् यज्ञम् यज्ञानम् तथा।
अध्यापनम् अध्ययनम् यज्ञम् यज्ञानम् तथा।
दानम् प्रतिग्रहम् चैव ब्राह्मणानामकल्पयात ।
दानम् प्रतिग्रहम् चैव ब्राह्मणानामकल्पयात॥
शिक्षण, अध्ययन, यज्ञ गर्ने, यज्ञ गराउने, दान लीने तथा दान दिने ब्राह्मणका ६ कर्तव्य भनिएको छ।
अन्य वर्णमा जस्तै ब्राह्मण वर्णमा गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, सीमन्तोनयन, जन्मानुष्ठान, नामकरण (न्वारन), निष्क्रमण, अन्नप्रासन, चुडाकर्म, कर्णवेध, उपनयन अर्थात यज्ञोपवित (व्रतवंध), वेदारम्भ, केशान्त अथवा गोदान, तथास्नान, समवर्तनम् वा विवाह, अन्त्येष्टि आदी सबै संस्कारहरू विधिपूर्वक सम्पन्न गराउने रहेको देखिन्छ। समय बित्दै जाँदा केही संस्कार गाभिने र थपिने भएको पनि देख्न सकिन्छ ।
आर्य मूल अन्तर्गत पर्ने पूजा-आजा, समाज सेवा र शिक्षा आर्जनमा रुची राख्ने ब्राह्मण जातिलाई नेपाली भाषाको जन जिब्रो शैलीमा बाहुन भनिन्छ र नेपाल भाषा मा जुजु-बाजे (राजा बाजे) वा द्य: ब्राह्मण (देव ब्राह्मण) भनिन्छ। हिन्दू धर्म ग्रन्थहरूमा समाज सञ्चालनका निम्ति चार वर्णहरूमा विभाजन गरी ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र वर्णहरूको सृजना गरिएको हो भनी उल्लेख गरिएको छ र ब्राह्मणको अपभ्रंश भई नेपालीहरूमा बाहुन शव्द प्रचलित भएको हो। नेपाली बाहुनहरू खस जाती (भारतको कस्मीर देखि भुटान सम्मको हिमालयको दक्षिणी पाखोमा बस्ने जाती का हाँगा हुन्। यो जाती नेपाल लगायत तत्कालीन विशाल नेपालका भूभागहरू हाल भारतमा पर्ने उत्तराखण्ड, हिमाचल प्रदेश, दार्जीलिङ, कालिम्पोङ, सिक्किम का साथै भुटान, बर्मा तथा भारतका अन्य भूभाग तथा विश्वका विभिन्न ठाउँका निवासी छन। नेपाल मा मूलत ३ भिन्न आर्य-हिन्दू समाज मा ब्राह्मण को उपस्थिती पाईन्छ - पहाडे/खस, नेवार, मैथिल ।
यस्क मुनिको निरुक्त शास्त्रका अनुसार - ब्रह्म जानाति ब्राह्मण:—ब्राह्मण त्यो हो जो ब्रह्म (अन्तिम सत्य, ईश्वर या परमज्ञान) लाई जान्दछ। अतः ब्राह्मणको अर्थ- "ईश्वर ज्ञाता" । तर हिन्दू समाजमा एतिहासिक स्थिति यो छ कि पारम्परिक पूजारी तथा पण्डित नै ब्राह्मण हुन्छन्।
किन्तु आजकल धेरै ब्राह्मणहरू धर्म-निरपेक्ष व्यवसाय गर्छन् तथा उनीहरूको धार्मिक परम्परा उनीहरूको जीवनबाट लुप्त हुदैं गईरहेको छ। यद्यपि नेपाली जनसङ्ख्यामा ब्राह्मणहरूको प्रतिशत कम छ, तथापि धर्म, संस्कृति, कला, शिक्षा, ज्ञान-विज्ञान तथा उद्यमका क्षेत्रमा यीनीहरूको योगदान अपरिमित छ। नेपाललाई राष्ट्रको रूपमा निर्माण, एकीकरण, आधुनिकीकरण र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बनाउन यस वर्गले अन्य समुदायसंग मिलेर महत्त्वपूण योगदान गरेको छ ।
उदाहरणका लागि भाषा र व्याकरणको क्षेत्रमा राममणि आदी, कुललचन्द्र गौतम, साहित्यको क्षेत्रमा लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौड्याल, इतिहासको क्षेत्रमा नयराज पन्त, बाबु राम आचार्य, बालचन्द्र शर्मा, आदर्शको रूपमा सन्त नेता कृष्ण प्रसाद भट्टराई, समाज सुधारको क्षेत्रमा योगमाया, पंं नारायण प्रसाद पोखरले, संगीतमा नरराज ढकाल, शिक्षामा शंकरदेव पन्त, राजनीतिमा बी पी कोइराला, मनमोहन अधिकारी, दर्शनको क्षेत्रमा मीन प्रसाद नेपाल, घनश्याम मरासिनी, खप्तड बाबा, चूडानाथ भट्टराय, प्रशासनिक शैक्षिक क्षेत्रमा बद्रीनाथ भट्टराई आङ्सराङ्गे रोशन भट्टराई झापाली सरदार यदुनाथ खनालको योगदान इतिहासमा अंकित भइसकेको छ ।
पहाडे/खस, नेवार, मैथिल तिनै प्रकार का ब्राह्मण हरूको थरहरू यस प्रकार भेटिन्छन्।
खस बाहुन(ब्राह्मण)
मैथिल वैदिक ब्राह्मण
https://www.bestwishesimage.com वेब्याक मेसिन अभिलेखिकरण २०२१-०२-१५ मिति
This article uses material from the Wikipedia नेपाली article ब्राह्मण, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.