भक्तपुर दरबार क्षेत्र

भक्तपुर दरबार क्षेत्र (नेवारी: ख्वप लायकू) भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो। समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्दछ। भक्तपुर दरबार क्षेत्र भक्तपुर नगरपालिका वा 'ख्वो पा'मा अवस्थित छ। यो दरबार क्षेत्र राजधानी काठमाडौँबाट १३ किलोमिटर पूर्वमा रहेको छ। यो दरबार परिसरमा चारवटा छुट्टै क्षेत्र (दरबार क्षेत्र, टौमधी क्षेत्र, दत्तात्रेय क्षेत्र र पोटरी क्षेत्र) रहेको भएता पनि यसलाई अनौपचारिक रूपमा भक्तपुर दरबार क्षेत्र भन्ने गरिएको छ। यो काठमाडौँ उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमा सबैभन्दा बढी मानिसहरूद्वारा अवलोकन गरिने दरबार क्षेत्र हो।

काठमाडौँ उपत्यका
भक्तपुर दरबार क्षेत्र
युनेस्को विश्व सम्पदा क्षेत्र
भक्तपुर दरबार क्षेत्र
पचपन्नझ्याले दरबार
स्थाननेपाल
मापदण्डसांस्कृतिक: iii, iv, vi
सन्दर्भ121
सूचीकृत1979 (? अज्ञात सत्र)
विस्तारसन् २००६
सङ्कटग्रस्तसन् २००३- सन् २००७
क्षेत्रफल१६७.३७ हेक्टर
मध्यवर्ती क्षेत्र७०.२९ हेक्टर
निर्देशाङ्क२७°४२′१४″N ८५°१८′३२″E / २७.७०४°N ८५.३०९°E / 27.704; 85.309
भक्तपुर दरबार क्षेत्र is located in नेपाल
भक्तपुर दरबार क्षेत्र
नेपालको नक्सामा स्थान

इतिहास

भक्तपुर दरबार क्षेत्र ऐतिहासिक दृष्टिकोणबाट मात्र नभएर साँस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि समेत महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ। प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए।

मुख्य आकर्षणहरू

पचपन्नझ्याले दरबार

पचपन्नझ्याले दरबार (नेवारी: ङेङापा झ्यः लायकू)को निर्माण राजा भूपतीन्द्र मल्लले आफ्नो शासनकालमा सुरु गरेका थिए भने उक्त दरबारको निर्माण सम्पन्न उनको छोरा रणजीत मल्लको शासनकालमा नेपाल सम्वत् ८२८ (विक्रम सम्वत् १७६५) मा भएको थियो।

वत्सल्य देवी मन्दिर

भक्तपुर दरबार क्षेत्रमा रहेको अर्को ऐतिहासिक सम्पदा वत्सल्य देवी मन्दिर हो। ढुङ्गाको उत्कृष्ट कलाकृति रहेको यस मन्दिरको मुख्य देवीको रूपमा वत्सलय देवी रहेकी छिन्। यो मन्दिर आफ्नो चाँदीको ठूलो घण्टीको लागि लोकप्रिय र प्रसिद्ध रहेको छ। स्थानीय वासीको अनुसार यस मन्दिरको ठूलो घण्टी बजाएपछि परिसर क्षेत्रमा रहेका कुकुरहरू भुँक्ने र कराउने गर्दछन्। सन् १७३७ मा मल्ल राजा रणजीत मल्लद्वारा यो विशाल घण्टीलाई मन्दिरमा स्थापना गरिएको थियो र दैनिक निषेधाज्ञाको सूचना दिनको लागि यो घण्टीलाई बजाइने गरिएको थियो। यो घण्टीलाई प्रत्येक दिन बिहान तलेजु भगवतीको पूजा गर्दा बजाइने गरिन्छ।

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

भक्तपुर दरबार क्षेत्र इतिहासभक्तपुर दरबार क्षेत्र मुख्य आकर्षणहरूभक्तपुर दरबार क्षेत्र चित्र दीर्घाभक्तपुर दरबार क्षेत्र सन्दर्भ सामग्रीहरूभक्तपुर दरबार क्षेत्र बाह्य कडीहरूभक्तपुर दरबार क्षेत्रकाठमाडौँकाठमाडौँ उपत्यकानेवारी भाषाभक्तपुर जिल्लाभक्तपुर नगरपालिकाविश्व सम्पदा क्षेत्र

🔥 Trending searches on Wiki नेपाली:

अर्थजङ्गलदेवकुमारी थापासमाजशास्त्रदैलेख जिल्लाविद्युतीय अपराधत्रिभुवन विश्वविद्यालयमायाचेकदलितसमयगाउँ विकास समिति (नेपाल)महान्यायाधिवक्ताको कार्यालयउत्प्रेरणानेपालको जनआन्दोलन २०४६न्यायपालिकाअङ्ग्रेजी भाषाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)टिमुरजीवनीजीव विज्ञानझोला (चलचित्र)प्रतिनिधि सभा निर्वाचन, २०७९काभ्रेपलान्चोक जिल्लासंयुक्त राष्ट्र सुरक्षा परिषद्जिल्ला समन्वय समितिनेपालको संविधान २०७२अर्थ मन्त्रालय (नेपाल)सामाजिक सञ्जालमहेन्द्र सिंह धोनीसेयरकलासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूसप्तकोशी नदीमष्टो देवताभलिबललिङ्गजाजरकोट जिल्लाहनुमानस्थानीय कार्यपालिकावनस्पतिगण्डकी प्रदेश सभाकिशोरावस्थानक्साफ्रान्सेली राज्यक्रान्तिव्रतबन्धपरराष्ट्र मन्त्रालय (नेपाल)अष्ट चिरञ्जीवीआसियानऊर्जाजानकी मन्दिरअफ्रिकी सङ्घनेपाल स्टक एक्सचेन्जनेपाली परम्परागत नापका इकाईपहिलो विश्वयुद्धमगर जातिपृथ्वीको वायुमण्डलनारायणगोपाल गुरूवाचार्यसिंहदरबारलाङटाङ राष्ट्रिय निकुञ्जनेपाल सरकारसंविधान सभाविद्युतीय ब्याट्रीसौर्यमण्डलअनुसन्धानभक्ति थापालमजुङ जिल्लापूर्वीय चिन्तन परम्पराअमरसिंह थापाबाइबलपिनाससुगौली सन्धिअमेरिकी कालो भालुशाह वंशसगरमाथासमानुपातिक प्रतिनिधित्व प्रणालीचाडपर्व🡆 More