बर्दिया जिल्ला

बर्दिया नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला हो। यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँँकी भाग (३१.२७%) चुरे पर्वत पर्दछ। पहिले आदिवासी थारुहरूको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा वाह्य जिल्लाहरूबाट बसाई सराई गरी आउनेको भिडले गर्दा जातीय विविधता रहेको छ।

बर्दिया जिल्ला
बर्दिया राष्ट्रिय निकुञ्ज
लुम्बिनी प्रदेशमा बर्दियाको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा बर्दियाको (गाढा पहेँलो) स्थान
देशबर्दिया जिल्ला नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामगुलरिया नगरपालिका
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, बर्दिया
जनसङ्ख्या
 • जम्मा४६०८३१
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली भाषा

नामाकरण

यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्ये केही यस प्रकार छन -

  • स्थानीय थारुभाषामा गाई गोरुलाई वलिबर्द भनिने र यहाँका गाई गोरु राम्रा मोटाघाटा र बलिया हुनेहुँदा यो ठाउँलाई वलिबर्द भनिएकोमा पछि अपभ्रंस भई बर्दिया भएको र यसै आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ। ऐश्वर्य र समृद्धिका प्रतिकका रूपमा रहेको गोरुलाई संस्कृत भाषामा पनि वलिबर्द नै भनिन्छ।
  • पदनाह गाविसमा वारवर्दिया भन्ने गाँउ छ पहिले यसै ठाउँमा हरिहर राजाको दरबार थियो। बारबर्दियामा खेतिको लागि उन्नत जमीन भएको कारण बाहिरवाट बसाई सराई गरी यसै ठाउँमा आउन थाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ।
  • थारु भाषामा गाईगोरु पाल्नेलाई वर्दवा भनिन्छ। वर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरण क्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दवाहरू धेरै बसोबास गर्ने भएकाले पछि वर्दवाबाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ

प्रशासनिक विभाजन

जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये ६ नगरपालिका र २ गाउँपालिका छन्।

बर्दिया जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
गुलरिया नगरपालिका १२ गुलरिया ६६,६७९
राजापुर नगरपालिका १० राजापुर ६९,८७३
मधुवन नगरपालिका मधुवन २६,४३१
ठाकुरबाबा नगरपालिका सैनवार ५७,२०५
बाँसगढी नगरपालिका बाँसगढी ५५,८७५
बारबर्दिया नगरपालिका ११ जयनगर ६८,०१२
बढैयाताल गाउँपालिका मैनापाेखर ५२,०५६
गेरुवा गाउँपालिका पथरैया ४०,६५४

सन्दर्भ सामग्रीहरू

Tags:

उत्तर प्रदेशकैलाली जिल्लानेपालबाँके जिल्लालुम्बिनी प्रदेशसल्यान जिल्लासुर्खेत जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

सगरमाथानेपालका प्रदेशहरूअस्ट्रेलियामुक्तकनेपालको प्रधानमन्त्रीवीर अस्पतालसतिदेवीनामकरण संस्कारथारू जातिसहरीकरणनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूमहिला सशक्तिकरणपोखरा महानगरपालिकाकृष्ण जन्माष्टमीबाइसे राज्यहरूफुटबल खेलनेत्रविक्रम चन्दशक्तिपीठलाली गुराँससदर चिडियाखाना, नेपालनेपालमा भएका सडकहरूको सूचीआम सञ्चारराणाकालीन सरकारी कार्यालयहरूरानी पोखरीखड्कादाइजोबेगनास तालसुनगाभामुख्य पृष्ठविकिपिडियाक्षयरोगपुँवर खड्काझोर झरनापूर्वीय दर्शनइस्लाम धर्मबागलुङ जिल्लाबज्रयोगिनी मन्दिरत्रिवेणीजङ्गबहादुर राणाकार्कीपृथ्वीनारायण शाहवसन्त (कविता)हिमाचल प्रदेशयममखमली (फूल)यौन तथा प्रजनन स्वास्थ्य अधिकारसंयुक्त अधिराज्यबझाङ जिल्लाविकिमिडिया कमन्सकुलदेवतासमाजनेपालको अर्थतन्त्रसञ्चारनेपाल-चीन सम्बन्धभ्रष्टाचारहनुमाननेपालको संस्कृतिनेपालका गाउँपालिकाहरूबसाइँ सराईसरकारत्रिभुवन विश्वविद्यालयचन्द्र शमशेर जङ्गबहादुर राणानेपालका प्राकृतिक सम्पदाहरूको सूचीभुईँचालोमाओवादी जनयुद्धइसाई धर्मगोलभेडाउदित नारायण झापहाडी प्रदेश (नेपाल)अष्टाङ्गयोगबालश्रमरणउद्दीमशाहीसामन्तवादमदन भण्डारी राजमार्गनिबन्धशनि ग्रह (ज्योतिषशास्त्र)🡆 More