अर्थशास्त्र अर्थ अथवा आर्थिक कारोबार सम्बन्धीको शिक्षा दिने एक विषय (शास्त्र) हो । अर्थशास्त्रको अङ्ग्रेजी समानान्तर शब्द इकोनोमिक्स हो । यो ग्रीक शब्द ओइकोनोमियाबाट बनेको छ । जसको अर्थ हुन्छ– घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु । तर सन् १७७६ मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन् । वेल्थ अफ् नेशन्स पुस्तकका रचनाकार एडम स्मिथले अर्थशास्त्रलाई राज्यको सम्पत्ति बढाउने तरीका खोजी गर्ने शास्त्र भनेका हुन् । पछि विद्वान्हरूले यस विषयलाई विभिन्न नाम दिने प्रयास गरे । तर पनि अठारौ“ शताब्दीभर यस विषयको नाम राजनीतिक अर्थशास्त्र नै रह्यो । उन्नाइसौँ शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्र नामले यस विषयको सम्पूर्ण क्षेत्र समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको पनि अध्ययन गरिन्छ तर यस्ता कुराहरूको राजनीतिसंग बहुधा कुनै सम्बन्ध हुँदैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र भन्नु उचित ठाने । यसरी वेल्थ अफ् नेशन्सदेखि सोशल इकोनोमिक्ससम्म विविध नामले सम्बोधित गरिएको यस विषयलाई बीसौ शताब्दीमा इकोनोमिक्स अर्थात् अर्थशास्त्र भन्ने प्रचलन भयो । यद्यपि इकोनोमिक्स नामलाई प्रचलन गराउने श्रेय नवशास्त्रीय अर्थशास्त्री प्रोफेसर मार्शललाई जान्छ तर उनी आफैंले भने राजनीतिक अर्थशास्त्र र अर्थशास्त्र दुवैलाई पर्यायवाची मानेका छन् ।
शोध अनुसन्धानको प्रारम्भिक कार्य शोध प्रस्ताव प्रस्तुत गर्नु हो । यात्रा सुरु गर्नेले यात्राको संभावित विवरण तयार गरे जस्तै हो शोध प्रस्ताव । यो प्रस्ताव तोकिएको निकायले विधिवत् स्वीकृत गरेपछि मात्र शोध अनुसन्धानको वास्तविक कार्य सुरु हुन्छ । त्यसैले शोधको प्रारम्भिक बिन्दु शोध प्रस्ताव हो भन्न सकिन्छ । त्यसका विभिन्न भागहरू आपसमा अन्तर्सम्बन्धित हुन्छन् । शोध प्रस्ताव तयार गर्दा शोध समस्याको संक्षिप्त परिचय, सम्भावित शोध समस्याको संक्षिप्त कथन, शोधका सम्भावित उद्देश्य, प्राक्कल्पना, पूर्वकार्यको संक्षिप्त समीक्षा, शोध विधि, शोधकार्यको औचित्य वा महत्त्व, शोध सीमाहरु, लागत, र समयावधि उल्लेख गर्न सकिन्छ । हुनत, शैक्षिक शोधमा समयावधि र लागत शीर्षक आवश्यक हुँदैन तर सरकारी, गैर सरकारी अनुसन्धान र लघु अनुसन्धानहरूमा भने यसलाई अनिवार्यतः उल्लेख गर्नु पर्ने प्रावधान हुन्छ ।
यी सबै विषय वस्तुलाई केवल तीन भागमा विभाजन गर्न सकिन्छ–
निम्नलिखित कुराहरू समावेश गर्नु पर्छ
सन्दर्भ ग्रन्थ सूची यस भागको महत्त्वपूर्ण सामग्री हो । यस बाहेक परिशिष्ट, अनुक्रमणिका, चित्र वा अन्य सामग्री पनि राख्न सकिन्छ ।
त्रि.वि.वि. अर्थशास्त्र विभागको शोध प्रस्तावमा निम्नलिखित पांच मुख्य विषय वस्तु स्पष्ट गरिएको हुनु पर्छ–
नेपालीमा भनिने अर्थशास्त्र र अङ्ग्रेजीको इकानोमिक्समा थोरै अन्तर छ । नेपाली विषय अर्थशास्त्र संस्कृत अर्थशास्त्रबाट व्युत्पन्न हो । यस शब्दको पहिलो प्रयोग कौटल्यले गरेका हुन् । अमरकोशमा अर्थ शब्दका १३ वटा पर्यायवाची दिइएको छ– द्रव्य (बहुमूल्य पदार्थ), वित्त (आय स्रोत), स्वापतेय (व्यक्तिगत धन), रिक्थ (उत्तराधिकारमा पाएको धन), ऋक्थ (प्रभाव), धन (आर्थिक वस्तु), वसु (मूल्यवान्, असल), हिरण्य (सुन र सुनले बनेको), द्रविण (बल, सार), द्युम्न (आभा, कीर्ति, उत्साह), अर्थ (तात्पर्य), रा (शान, शौकत), विभव (सम्पन्नता) । तर आधुनिक अर्थशास्त्र विषय यति विस्तृत छैन । यो निम्नलिखित चार कुरामा आधारित छ–
संक्षेपमा, अर्थशास्त्र एक सामाजिक विज्ञान हो जस अन्तर्गत वस्तु तथा सेवाहरूको उत्पादन, वितरण तथा उपभोग, देशको आर्थिक विकास र मानिसको आर्थिक कल्याणबारेको अध्ययन गरिन्छ। हुनत, अर्थशास्त्र एक आधुनिक विषयको रूपमा चिनिन्छ, तर कौटिल्य, शुक्र आदि प्राच्य विचारकहरूले अर्थशास्त्र विषयलाई परिभाषित गरेका छन् । यसबाट के स्पष्ट हुन्छ भने यो विषय प्राचीनकालमा पनि विकसित थियो तर त्यसको स्वरुप भने प्राचीनकालमा केही फरक थियो । प्राचीन चिन्तकहरूमध्ये अरिस्टोटलको समकालीन विचारक कौटिल्यले अर्थशास्त्र नाम गरेको विशाल ग्रन्थ नै रचना गरेका छन् । उनले आफ्नो ग्रन्थमा अर्थशास्त्रका दुई जना प्राचीन आचार्य शुक्र र बृहस्पतिको उल्लेख गरेका छन् ।
कौटिलीय अर्थशास्त्रमा ‘मनुष्याणां वृत्तिरर्थः भनेर मानिसहरूको वृत्तिलाई पनि अर्थ भनिएको छ । कौटिलीय परिभाषामा प्रयोग गरिएको शब्द पालनले केवल रक्षा भन्ने अर्थ व्यक्त गर्दैन यसको अर्थ होे सतत वृद्धि । यसका साथै ‘मनुष्यवती भूमिरित्यर्थः भनेर श्रमको उत्पादकतालाई आर्थिक सम्पन्नताको बलियो आधार मानिएको छ । श्रमको उत्पादकतामा वृद्धि हुनु भनेको एकातिर उत्पादनको स्तरमा वृद्धि हुनु हो भने अर्कोतिर स्वयं श्रमिकको आयमा पनि वृद्धि हुनु हो ।
कौटिलीय अर्थशास्त्रमा प्रयोग गरिएको ‘अर्थशास्त्र शब्दलाई फरक फरक अनुवाद गरेको पाइन्छ । डी डी कोशाम्बीले साइन्स अफ् मेटेरियल गेन , ए एल बैशमले अ ट्रीटाइज अन् पोलिटी , जी पी सिंहले अ साइन्स अफ् पोलिटि , रङ्गराजनले साइन्स अफ् वेल्थ एन्ड वेलफेयर, रोजर बोशेले साइन्स अफ् पोलिटिकल इकोनोमी, हेनरिक जिम्मरले यूनिवर्सल लज् अन् पोलिटिक्स, इकोनोमिक्स, डिप्लोमेसी एन्ड वार अनुवाद गरेका छन् । आर पी काङ्लेले साइन्स अफ् पोलिटिक्स तथा अर्थशास्त्री अमत्र्य सेनले इन्स्ट्रक्शन्स अन् मेटेरियल प्रोस्पेरिटी भनी अनुवाद गरेका छन् । यस सम्बन्धमा अर्थशास्त्रीहरू सेन र बसुले के भनेका छन् भने अंग्रेजी इकोनोमिक्सको संस्कृत रुपान्तर अर्थशास्त्र हुनसक्छ तर संस्कृत अर्थशास्त्रको अंग्रेजी रुपान्तर इकोनोमिक्स हुन सक्दैन किनभने संस्कृत अर्थशास्त्र शब्दको क्षेत्र, विषय वस्तु र इतिहास यूरोपियन अर्थशास्त्रीहरूको परिकल्पनाभन्दा निकै विस्तृत र प्राचीन छ । अर्थशास्त्री बोकाडेका अनुसार, आर्थिक विचारधाराको इतिहासमा कौटिलीय र शुक्रकृत परिभाषा सबभन्दा पुराना र प्रथम दुइ परिभाषाहरू हुन् । कौटिलीय परिभाषा अर्थशास्त्रको मौलिक स्वरूपमा केही फरक भए तापनि त्यस बेला दिइएका अर्थशास्त्रका जुन परिभाषा छन् तिनीहरु आधुनिक अर्थशास्त्र विषय अनुरुप छन् । कौटिल्यले तन्त्रयुक्ति अध्यायमा अर्थशास्त्रलाई यसप्रकार परिभाषित गरेका छन्– मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति ।
अर्थ– मानिसहरूको वृत्ति–जीविकालाई अर्थ भनिन्छ । मानिसहरू भएको भूमि पनि अर्थ हो । यस्तो वृत्तिको आधार भूमिलाई प्राप्त गर्ने र त्यसको पालनका उपायहरू निरुपण गर्ने शास्त्र नै अर्थशास्त्र हो ।
यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन्–
शुक्रनीति ग्रन्थमा अर्थशास्त्र विषयलाई यस प्रकार परिभाषित गरिएको छ श्रुतिस्मृत्यविरोधेन राजवृत्तादिशासनम् ।
सुयुक्त्यार्थार्जनं यत्र ह्यर्थशास्त्रं तदुच्यते ।।
अर्थ– वेद र स्मृतिले बताएका नियमहरू अन्तर्गत रही राजकाजको सञ्चालन र उत्कृष्ट विधिले धन आर्जन गर्ने कुरा जुन शास्त्रमा अध्ययन गरिन्छ त्यो नै अर्थशास्त्र हो ।
यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन् :-
यस प्रकार शुक्रको परिभाषाले युक्तिपूर्वक आदर्शतम उत्पादन गर्न जोड दिएको छ ।
अर्थशास्त्र विषयका परिभााषाहरूलाई सर्वप्रथम फ्रेजरले वर्गीकरण गरेका हुन् । रबिन्सले परिभाषाको आधुनिकीकरण गरे पछि परिभाषाहरूलाई तीन भागमा विभाजन गर्ने प्रचलन सुरु भयो– १. धनसम्बन्धी परिभाषा– एडम स्मिथ र उनका समर्थक २. भौतिक कल्याण सम्बन्धी परिभाषा– अलफ्रेड मार्शल र उनका समर्थक ३. दुर्लभता सम्बन्धी परिभाषा– लियोनल चाल्र्स रबिन्स र उनका समर्थक
एडम स्मिथ (सन् १७२३–१७९०) र उनका अनुयायीहरु- जे बी से, एफ ए वाकर, जे एस मिल इत्यादिले अर्थशास्त्रलाई धनको विज्ञान मानेका छन् । स्मिथका प्रसिद्ध अनुयायी एवं आफ्नो युगका एक महान् शास्त्रीय (क्लासीकल) अर्थशास्त्री जे एस मिलले अर्थशास्त्रलाई यसरी परिभाषित गरेका छन्– अर्थशास्त्रले धनको प्रकृति तथा त्यसको उत्पादन र वितरणका नियमहरू, जसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ती सबै कारणहरूका प्रभावहरू पनि समावेश छ । यसबाट मनुष्य जाति वा कुनै मानव समाजको समृद्धिमा वृद्धि वा कमीको अध्ययन गर्दछ ।
मार्शल(सन् १८४२–१९२४)को परिभाषालाई आधुनिक परिभाषा भनिन्छ । मार्शलले अर्थशास्त्रलाई यसरी परिभाषित गरेका छन्– ‘राजनीतिक अर्थव्यवस्था वा अर्थशास्त्र सामान्य जीवनका व्यावसायिक क्रियाकलापको अध्ययन हो । यसले व्यक्ति र मानव समाजका क्रियाकलापको त्यस भागको विश्लेषण गर्दछ, जुन भौतिक कल्याणका साधनको प्राप्ति र त्यसको उपयोगस“ग घनिष्ठरूपमा सम्बद्ध छ । पीगू, क्यानन, पेन्सन इत्यादिले यस परिभाषाको समर्थन गरेका छन् । आज पनि आदर्शवादी अर्थशास्त्रका समर्थकहरूले यस परिभाषालाई उचित ठान्दछन् । मार्शलको परिभाषाका विशेषता यस प्रकार छन्–
चार्ल्स लियोनेल रबिन्स (सन् १८९८–१९८४) ले दिएको परिभाषालाई अर्थशास्त्रको आधुनिक परिभाषा मानिन्छ । यस अनुसार– अर्थशास्त्र त्यो विज्ञान हो जसमा अनन्त आवश्यकता र वैकल्पिक प्रयोग हुने दुर्लभ साधन बीच मानवीय व्यवहारको अध्ययन गरिन्छ । मिल्टन फ्राइडम्यान, स्टोनियर, हेग, स्टिगलर आदि वास्तविक अर्थशास्त्रका समर्थक अनेक आधुनिक अर्थशास्त्रीहरूले रबिनसको परिभाषालाई समर्थन गरेका छन् । रबिन्सको परिभाषाका विशेषता यस प्रकार छन्–
आधुनिक समयमा अर्थशास्त्रीहरूले परिभाषा सम्बन्धी विवाद गर्दैनन् । किनभने यस विषयको विषयवस्तु ज्यादै विस्तृत भइसकेको छ । नयां नयां क्षेत्रहरूको प्रवेशले गर्दा आज अर्थशास्त्रलाई परिभाषित गर्नु अनावश्यक मानिन्छ । रबिन्सलाई परिभाषाको अन्तिम विवादको रूपमा स्याम्युएल्सन (सन् १९१५–२००९) ले पनि स्वीकार गरेका छन् । अहिले अर्थशास्त्र, शिक्षा, चिकित्सा, प्राकृतिक विज्ञान, इञ्जिनीयरिङ्ग लगायतका विषयहरूमा समेत अध्ययन अध्यापन गरिन्छ ।
सामान्यतया अर्थशात्रका मुख्य विषयवस्तुहरू निम्न प्रकार रहेकाछन् ।
आर्थिक विचारको इतिहास अध्ययन गर्नेहरूले यस विषयलाई पूर्वीय अर्थशास्त्र, पाश्चात्य अर्थशास्त्र, वणिककादी अर्थशास्त्र, प्रकृतिवादी अर्थशास्त्र, क्लासिकल शास्त्रीय अर्थशास्त्र, नवक्लासिकल अर्थशास्त्र, उपयोगितावादी अर्थशास्त्र, गणितीय अर्थशास्त्र, संस्थानिक अर्थशास्त्र, समाजवादी अर्थशास्त्र आदि अनेक भागमा विभाजन गर्छन् । तर प्रसिद्ध अर्थशास्त्री रैगनार फ्रिश (सन् १९६९) ले नै सर्वप्रथम यस विषयलाई माइक्रो र म्याक्रो दुई भागमा विभाजन गरेका हुन् भौतिक विज्ञानको यो शब्दावली अर्थशास्त्रमा ज्यादै लोकप्रिय बनेको छ–
माइक्रो अर्थशास्त्रलाई व्यष्टि अर्थशास्त्र वा सूक्ष्म अर्थशास्त्र भनिन्छ । व्यष्टिको अर्थ हुन्छ सबभन्दा सानो पूर्ण एकाई । त्यसर्थ जुन अर्थशास्त्रमा व्यष्टि आर्थिक चलराशि जस्तै व्यक्तिगत उपभोक्ताको व्यवहार, व्यक्तिगत फर्मको व्यवहार र यससंग सम्बन्धित समस्याहरूको अध्ययन गरिन्छ । यसमा वस्तु तथा साधनहरूको मूल्य निर्धारण गरिने भएकोले यसलाई मूल्य सिद्धान्त वा फर्मको सिद्धान्त पनि भनिन्छ ।
माइक्रो अर्थशास्त्रको विषय वस्तु
१. वस्तु मूल्य निर्धारण
२. साधनको मूल्य निर्धारण
३. आर्थिक कल्याण
म्याक्रो अर्थशास्त्रलाई समष्टि अर्थशास्त्र वा वृहद अर्थशास्त्र भनिन्छ । समष्टिको अर्थ हुन्छ व्यष्टि संरचनाहरूको योगको रूपमा निर्मित एक वृहद संरचना । त्यसर्थ म्याक्रो अर्थशास्त्रमा समष्टि चलराशिहरू तथा तिनीहरुका व्यवहारको अध्ययन गरिन्छ । समष्टि चलराशिमा अर्थव्यवस्थाको कुल माग, कुल पूर्ति, कुल उपभोग, कुल लगानी, सरकारी खर्च, आयात र निर्यातसंग सम्बन्धित विषयहरू पर्दछन् । समष्टि अर्थशास्त्रमा मुख्यतः कुनै देशको आय, उतपदन वा रोजगारको निर्धारणको बारेमा अध्ययन गरिने भएकोल यसलाई आय सिद्धान्त वा रोजगार सिद्धान्त पनि भनिन्छ । म्याक्रो अर्थशास्त्रको विषय वस्तु
१. आय र रोजगार निर्धारण
२. मूल्य स्तरको सिद्धान्त
३. आर्थिक वृद्धिको सिद्धान्त
This article uses material from the Wikipedia नेपाली article अर्थशास्त्र, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.