राष्ट्रिय सङ्ग्रहालय, छाउनी

राष्ट्रिय सङ्ग्रहालय नेपालको एउटा पुरानो सङ्ग्रहालय हो । यस सङ्ग्रहालयमा हामी प्राचिन हातहतियार, वस्त्र, सिक्का तथा प्राचिन राजाका उपहारहरू अवलोकन गर्न सक्छौं । यस सङ्ग्रहालयमा विशेष गरी ३ वटा भवन रहेका छन् । जुद्ध कारीगरी कलाशाला, बुद्ध कारीगरी कलाशाला र मुख्य भवन (ऐतिहासिक सङ्ग्रहालय भवन) ।

राष्ट्रिय सङ्ग्रहालय
राष्ट्रिय सङ्ग्रहालय, छाउनी
स्थापित१९२८
स्थानछाउनी ,काठमाडौँ,राष्ट्रिय सङ्ग्रहालय, छाउनी नेपाल
प्रकारसङ्ग्रहालय
वेबसाइटwww.nationalmuseum.gov.np
राष्ट्रिय सङ्ग्रहालय, छाउनी
Nepal National Museum

इतिहास

राष्ट्रिय सङ्ग्रहालय नेपालको पहिलो सङ्ग्रहालय हो । यो सङ्ग्रहालय १९२८ सालमा हतियार सङ्ग्रहालयको रूपमा प्रधानमन्त्री भिमसेन थापाद्वारा आफ्नो निवासमा स्थापना गरिएको थियो । राष्ट्रिय सङ्ग्रहालय १९३८ सम्म सर्वसाधारणहरूको पहुँचमा थिएन, यो सङ्ग्रहालय केवल राणा प्रधानमन्त्री, परिवारजन तथा राणाहरूका पाहुनाले मात्र अवलोकन गर्न पाउँथे । यो सङ्ग्रहालय १९३८ सालको डिसेम्बर महिनामा सर्वसाधारणहरूको लागि खुल्ला गरियो । त्यहीबेलादेखि यसलाई छाउनी सिलखाना र नेपाल सङ्ग्रहालय भनेर नामाकरण गरियो । सन् १९४२ मा प्रधानमन्त्री जुद्द शमशेरले नेपाल सङ्ग्रहालयमा कलाको लागि एउटा भवनको निमार्ण गरे । त्यो भवनको नाम जुद्ध जातीय कलाशाला राखे । सन् १९६७ सालमा नेपाल सङ्ग्रहालयलाई नेपाल राष्ट्रिय सङ्ग्रहालय भनेर नामाकरण गरियो ।

स्थल

यो सङ्ग्रहालय स्वयम्भूनाथ मन्दिर नजिकै रहेको छ । सङ्ग्रहालयको मुख्यद्वारबाट प्रवेश गर्दा देब्रेपट्टि कलाशाला रहेको छ जसमा मूर्ति, हस्तकला तथा चित्रहरू प्रदर्शित गरिएको छ । मुख्यद्वारको अगाडिपट्टि रहेको भवनलाई बुद्ध कलाशाला भनिन्छ जसमा बौद्धधर्मसम्बन्धि कुराहरू राखिएको छ । मुख्यद्वारको दाहिनेपट्टि प्राकृतिक सङ्ग्रहालय रहेको छ ।

राष्ट्रिय सङ्ग्रहालय, छाउनी 
National Musuem Road, Kathmandu, Nepal

अवलोकन समय

यो सङ्ग्रहालय बाह्रै महिना अवलोकन गर्न सकिन्छ । गर्मी महिनामा बिहान १०:३० बजेदेखि बेलुकी ४:३० बजे सम्म, सोमबार बिहान १०:३० देखि दिउँसो ३:३० सम्म, जाडो महिनामा बिहान १०:३० देखि ३:३० सम्म अवलोकन गर्न सकिन्छ । यो सङ्ग्रहालय शनिबार तथा सरकारी बिदाका दिनहरूमा बन्द रहन्छ ।

जुद्ध कारीगरी कलाशाला

यस कलाशालामा विशेष गरी धातु, काठ तथा ढुङ्गाबाट बनेका बुट्टाका आकृतिहरू अवलोकन गर्न सक्छौं । त्यहाँ रहेका आकृतिहरू मध्ये दास्रो शताब्दिको लिच्छवी राजा जयवर्माको आकृतिलाई प्रतिष्ठित मानिन्छ । यस कलाशालामा लस एन्जलसमा बसोबास गर्ने एक कारीगरी संकलकबाट चोरी भएका मूर्ति अवलोकन गर्न सक्छौं । ती मूर्तिहरू फर्पिङ्गबाट चोरिएको १२औं शताब्दीको विणाधारिणी सरस्वती, भिन्छे बहालबाट चोरिएको ९ औँ शताब्दीको बुद्ध, पनौतीको त्रिबेणी घाटबाट चोरिएको १४ शताब्दीको सूर्य र हयुमत टोल काठमाडौँबाट चोरिएको १० औँ शताब्दीको गरुडाशन विष्णु हुन् ।

बुद्ध कारीगरी कलाशाला

बुद्ध कारीगरी कलाशालामा बुद्धसम्बन्धि चित्रकला, मूर्ति तथा बौद्ध संस्कृति झल्कने सामग्रीहरू देख्नसक्छौं । यस कलाशालालाई अझ उत्कृष्ट ढङ्गबाट प्रस्तुत गर्न यस कलाशालालाई तीन भागमा विभाजन गरिएको छ तराई, काठमाडौँ उपत्यका तथा उत्तर हिमाल । तराई भागमा बुद्धको जन्मस्थल, चैत्य सम्बन्धी तस्वीर तथा काठमाडौँ उपत्यकामा बुद्धको आकृती वोधिसत्व तामामा कुंदिएका देख्नसक्छौं । उत्तर हिमाली भागमा हामीले तिब्बती बौद्धमार्गकोबारेमा धेरै विकसित संस्कृतिहरू देख्न सक्छौं । थान्का चित्र, तिब्बती धार्मिक वस्तुहरू तथा १९औं शताब्दीको मन्जुश्रीको चित्र यस कलाशालाका उत्कृष्ट सामग्रीहरू हुन् ।

ऐतिहासिक सङ्ग्रहालय

ऐतिहासिक सङ्ग्रहालयको भवन प्रधानमन्त्री भिमसेन थापाले १८औ शताब्दीमा निर्माण गरेका थिए । यस भवनमा नेपालमा पाइने विभिन्न प्रजातिका जनावर, चरा, किराफट्याङ्ग्रासम्बन्धि सामग्रीहरू राखिएका छन् । यहाँ बाघ, चितुवा, रातो पाण्डा, गैंडा तथा ह्वेलका हड्डी अवलोकन गर्न सक्छौं । यस भवनको अर्को विशेषता भनेको यहाँ रहेका सैन्य विभाग हो । जस अन्तर्गत हामी पुराना तथा नयाँ हातहतियार देख्न सक्छौं । यस भवनमा सन् १७९२मा भएको पहिलो नेपाल तिब्बत युद्धको क्रममा जफत गरिएका टोप, श्रीपेच, थोमसन सवमसिन गन, वीरगन सङ्ग्रह गरिएको छ । यस भवनमा नेपोलियन ३ द्वारा दिइएको तरवार तथा बाघ शिकारलाई शाही खेलका रूपमा लिएर बनाइएका चित्रकला अर्का मुख्य आर्कषण रहेका छन् ।

सन्दर्भ सामग्री

Tags:

राष्ट्रिय सङ्ग्रहालय, छाउनी इतिहासराष्ट्रिय सङ्ग्रहालय, छाउनी स्थलराष्ट्रिय सङ्ग्रहालय, छाउनी अवलोकन समयराष्ट्रिय सङ्ग्रहालय, छाउनी जुद्ध कारीगरी कलाशालाराष्ट्रिय सङ्ग्रहालय, छाउनी बुद्ध कारीगरी कलाशालाराष्ट्रिय सङ्ग्रहालय, छाउनी ऐतिहासिक सङ्ग्रहालयराष्ट्रिय सङ्ग्रहालय, छाउनी सन्दर्भ सामग्रीराष्ट्रिय सङ्ग्रहालय, छाउनीसङ्ग्रहालय

🔥 Trending searches on Wiki नेपाली:

लियोनेल मेसीकर्मचारी सञ्चय कोषपारिजात फूललैङ्गिकतानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८वसन्तरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोलिच्छवि राज्यविज्ञानप्रदेश सभा (नेपाल)कर्णाली पुलहिन्दु पञ्चाङ्गभण्डारीटिमुरज्ञानेन्द्र वीरविक्रम शाहजयस्थिति मल्लजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीमहागुरु फाल्गुनन्दहुलाकी राजमार्गसम्पूर्ण गुणस्तर व्यवस्थापनघरपालुवानेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानेपाली साहित्यको इतिहासदलितमिथुन राशिक्रिस्टियानो रोनाल्डोभावनानेपाल सरकारकुशल मल्लदाइजोबुढाथोकीॐ नमः शिवायबालश्रममाओ त्सेतुङदालचिनीमायाटिकटकसिमसारछिन्नमस्ता भगवतीमहाभारतकिराँत जातिसङ्गठनमाटोमनकामना मन्दिररामायणनेपालको संस्कृतिजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीऊर्जानीतिशास्त्रछठवैज्ञानिकआसियानविसं २०७२ को महाभूकम्पविशाल नेपालनेपालका सहिदहरूहेमा मालिनीपूर्वी रुकुम जिल्लाजनसङ्ख्या वृद्धिपुरापाषाण कालविवाह पञ्चमीधादिङ जिल्लाइलाम २ (निर्वाचन क्षेत्र)मानव विकास चरणनेपाली चलचित्रउत्प्रेषणहृदयचन्द्रसिंह प्रधानपूँजीवादस्वर्गद्वारीकालु पाँडेसाल (वृक्ष)दोधारा चाँदनी पुलसंस्कृतफिफाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)🡆 More