जीवनी

जीवनी भनेको कुनै व्यक्तिको जीवनलाई छर्लङ्ग पार्ने गरी लेखिएको क्रमबद्ध लेख हो । जीवनी मानिसले जीवनभरि गरेका कामकुराहरूको अभिलेख हो । साहित्यकै अङ्ग मानिने जीवनीलाई जीवन चरित्र वा जीवन चरित पनि भनिन्छ । जीवनीमा विशेष व्यक्तिको जीवनमा घटेका घटनाहरू तथा चरित्र, पेस आदि महत्त्वपूर्ण अंशहरू टिपेर उसले समाजमा दिएको योगदान लेखी त्यसको मूल्याङ्कन पनि समावेश गरिएको हुन्छ । राष्ट्र र मानव समाजकै उन्नतिका लागि महत्त्वपूर्ण देन दिने विशिष्ट व्यक्तिको जीवनी लेखिन्छ वा पढिन्छ ।

जीवनीले व्यक्तिको समग्र प्रामाणिक चिनारी दिने भएकाले जीवनी लेखकले सम्बन्धित व्यक्तिसित सम्बन्ध राख्ने विभिन्न सामग्रीहरू उपयोग गरेको हुन्छ । जीवनी लेख्ता दैनिकी, चिठी, अभिलेख, उसका साथीहरूको संस्मरण, उसका बारेका पुस्तकहरू, फोटा तथा तस्वीर र अन्तर्वार्ताबाट उससम्बन्धी आफूले प्राप्त गरेको ज्ञान आवश्यक पर्दछन् । यहाँ लेखिने जीवनी भनेको पनि महत्त्वपूर्ण व्यक्तिको जीवनी नै हो, जसका लागि आवश्यक बुँदा टिपोट गरिएको हुन्छ ।

जीवनीमा शङ्कास्पद अनुमान र अतिकाल्पनिक उडन्ते कुराहरू तथा तथ्य नै बिग्रने गरी भवनमा बगेर गरिएका अतिशयोक्तिपूर्ण मूल्याङ्कन औचित्य भने रहँदैन । व्यक्तिलाई आकाशमा पुर्याउन प्रयोग गरिने अनावश्यक विशेषणहरूले पनि जीवनीलाई खल्लो बनाउँछन् । यसमा त प्रमाणित सत्य कुरा प्रस्तुत गरी सौन्दर्यपूर्ण भाषामा वस्तुपरक विश्लेषण गर्नुपर्दछ ।र जस्तो

जीवनी लेख्ने तरिका

  • दिइएका बुँदाहरूलाई विभिन्न उपशीर्षकहरूमा बाँड्नुपर्छ, जस्तै :
    • बाल्यकाल,
    • पारिवारिक जीवन,
    • प्रमुख कार्य,
    • योगदानको वर्णन,
    • पाएको भए पुरस्कार, सम्मान र
    • निष्कर्षात्मक मूल्याङ्कन ।
  • उपयुक्त शीर्षक दिएर जीवनी लेख्न सुरु गर्नुपर्छ ।
  • घटनाहरूलाई क्रमबद्ध रूपमा संयोजन गरी उपशीर्षक अनुसार फरकफरक अनुच्छेदमा लेख्तै जानुपर्छ तर कहिलेकाहीँ जन्म र बाल्यकाल पछाडि लेख्न पनि सकिन्छ ।
  • भाषामा सरलता र मिठास हुनुपर्छ ।
  • अनावश्यक ठट्टा, काल्पनिक सन्दर्भ वा अफबाहका कुराहरू समावेश गर्नुहुँदैन ।
  • तयार परेको जीवनीलाई भाषिक शुद्धताका साथ साफी लेखन गर्नुपर्दछ ।

जीवनी लेखनको नमुना

बुँदाहरूका आधारमा लेखिएको मोतिराम भट्टको सङ्क्षिप्त जीवनी
बुँदाहरू
  • युवाकवि, मोतिराम भट्ट
  • वि.सं. १९२३ भाद्र कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा जन्म
  • पिता, माता दयाराम भट्ट र रिपुमर्दिनी देवी
  • ६ वर्षको उमेरमा आमासँग बनारस प्रस्थान
  • बनारसमा संस्कृत र फारसी भाषाको अध्ययन
  • त्यहाँ गायन र वाद्यवादन सिकेका
  • वि.सं. १९३७ मा नेपाल आई विवाह गरेका
  • १९३८ मा फेरि बनारस गई अङ्ग्रेजी पढ्न सुरु गरेका
  • नेपालीमा गजल र समस्यापूर्ति कविताको आरम्भकर्ता
  • नेपालमा भारतजीवन नामक प्रेस स्थापना
  • भानुभक्तीय रामायणको बालकाण्डको प्रकाशन
  • गोरखा भारत जीवन नामक नेपाली भाषाको पत्रिका प्रकाशन
  • बनारस र काठमाडौँमा मोती मण्डलीको स्थापना
  • कवि, गजलकार, नाटककार, जीवनीकार, समालोचक, पत्रकार, खोजकर्ता आदि बहुमुखी व्यक्तित्व
  • भाषाप्रेमी, देशप्रेमी, सौन्दर्यका प्रसिद्ध कवि, अग्रजको सम्मान गर्ने
  • प्रमुख कृतिहरू - 'प्रह्लाद भक्तिकथा', 'पीकदूत', 'उषाचरित्र', 'प्रियदर्शिका नाटिका', 'शकुन्तला', 'भानुभक्त आचार्यको जीवनचरित्र'
  • वि.सं. १९५३ मा मृत्यु
युवाकवि मोतिराम भट्ट

नेपाली साहित्यका क्षेत्रमा युवाकविका नामले चिनिने मोतिराम भट्टको जन्म वि.सं. १९२३ कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा भएको थियो । उनका बुबाको नाम दयाराम भट्ट तथा आमाको नाम रिपुमर्दिनी देवी थियो ।

मोतिराम भट्ट छ वर्षकै कालिको उमेरमा आमासँग बनारस गए । उनी बनारसमै बसी संस्कृतफारसी भाषाको अध्ययनमा लागे । त्यहाँ उनलाई गायन तथा वाद्यवादन सिक्ने अवसर समेत प्राप्त भयो । त्यसपछि नेपाल फर्केर उनले वि.सं. १९३७ मा विवाह गरे । विवाह गरेको एक वर्षभित्रै वि.सं. १९३८ सालमा पुनः बनारस गई अङ्ग्रेजी पढ्न थाले । यसरि विभिन्न क्षेत्रमा उनको अध्ययनको काम अघि बढ्यो ।

मोतिराम भट्टले नेपाली साहित्यको विकासका लागि धेरै पक्षबाट सिर्जनात्मक कामहरू आरम्भ गरे । उनले नेपाली काव्यजगतमा गजल र समस्यापूर्ति कविता सुरु गरे भने अरूलाई लेखनतर्फ आकर्षित पनि गरे । स्वदेशबाटै पुस्तक प्रकाशन सम्भव होस् भन्ने अभिप्राय राखी उनले नेपालमा भारतजीवन नामक प्रेस स्थापना गरेर आदिकवि भानुभक्तको रामायणको 'बालकाण्ड' छपाए । त्यसै सिलसिलामा उनले 'गोरखा भारत जीवन' भन्ने नेपाली भाषाको पहिलो पत्रिका समेत चलाएर नयाँ परम्परा भित्र्याए । उनले कविहरूलाई भेला पारेर कविता सुन्ने र प्रेरणा दिने उद्देश्य राखेर बनारस र काठमाडौँमा मोती मण्डली नामको कविहरूको समूह स्थापना गरी एउटा जोसिलो साहित्यिक वातावरण खादा गरे । उनले 'पीकदूत' जस्तो उत्कृष्ट काव्य, 'शकुन्तला' नाटक, 'भानुभक्त आचार्यको जीवनचरित्र' शीर्षकको जीवनी तथा समालोचना लेखेका छन् । यीबाहेक उनका अन्य कृतिहरूमा 'प्रह्लाद भक्तिकथा', 'उषाचरित्र', 'गजेन्द्रमोक्ष', 'प्रियदर्शिका नाटिका' आदि पर्दछन् ।

युवाकवि मोतिराम भट्टले छोटो आयु पाए तापनि उनको नेपाली भाषा र साहित्य प्रतिको प्रेम र आफूभन्दा अग्रजको सम्मान गर्ने बानि हाम्रा लागि निकै महत्त्वपूर्ण प्रेरणाका स्रोत हुन् । उनले साहित्यका क्षेत्रमा कवि, गजलकार, नाटककार, जीवनीकार, समालोचक, पत्रकार तथा खोजकर्ताको रूपमा सफलतापूर्वक काम गरेका छन् । यस्ता बहुमुखी प्रतिभा भत्ताको मृत्यु वि.सं. १९५३ सालमा तीस वर्षकै युवा कालमा भएको थियो ।

सन्दर्भ सामग्री

  • बराल, प्रा. डा. कृष्णहरि; एटम, प्रा. डा. नेत्र, सरल माध्यमिक व्याकरण (अभिव्यक्ति र अभ्यास) (नेपालीमा), स्वयम्भू, काठमाडौँ: तलेजु प्रकाशन, आइएसबिएन 978-9937-535-46-5 
  • बराल, प्रा. डा. कृष्णहरि; एटम, प्रा. डा. नेत्र, तलेजु नेपाली व्याकरण (अभिव्यक्ति र अभ्यास) (नेपालीमा), स्वयम्भू, काठमाडौँ: तलेजु प्रकाशन, आइएसबिएन 978-99933-45-46-6 

बाह्य कडी

Tags:

जीवनी लेख्ने तरिकाजीवनी लेखनको नमुनाजीवनी सन्दर्भ सामग्रीजीवनी बाह्य कडीजीवनी

🔥 Trending searches on Wiki नेपाली:

नेपालमा मौलिक हक र कर्तव्यछन्दमानव विकास सूचकाङ्कचाँगुनारायण मन्दिरएकोद्दिष्ट श्राद्धस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (नेपाल)नेपाल अधिराज्यसूर्यविद्युतशारीरिक व्यायामबैजनाथ गाउँपालिकाविसं २०७२ को महाभूकम्पआगोमुक्तिनाथभूमध्यरेखानेपालको पत्रकारिताको इतिहासनेपालका उपत्यकाहरूछुवाछुतकाठमाडौँ उपत्यकाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नेपालका नगरपालिकाहरूगुगलडढेलोनौमती बाजामुख्यमन्त्री (नेपाल)नेपालका झरनाहरूको सूचीनेपालमा दूरसञ्चार सेवानमस्तेनगर कार्यपालिकाउपमहानगरपालिकामुडुला कार्कीलैङ्गिक पहिचाननेपाल प्रहरीअग्नीप्रसाद सापकोटामुनामदन (चलचित्र)काठमाडौँ जिल्लानेपालको उपराष्ट्रपतिनेपालको सर्वोच्च अदालतक्रोकस सिटी हलमा आक्रमणनेपालमा भएका सडकहरूको सूचीरामेछाप जिल्लानेपालका सहिदहरूनेपालका विश्वविद्यालयहरूको सूचीहिमालयकाँक्रे विहारचीनललितपुर जिल्लानेपाल आयल निगम लिमिटेडरातो मच्छिन्द्रनाथको रथयात्राभ्याम्पायरराणा वंशनेपालको झन्डापोखरा महानगरपालिकाखोटाङ जिल्लामहर्जनहात्तीनेपालमा कृषिभुईँचालोनेपालका मन्त्रिपरिषद्हरूकुलदेवताचितवन राष्ट्रिय निकुञ्जराष्ट्रिय प्रजातन्त्र पार्टीपुम्दिकोटनेपालका संवैधानिक निकायहरूलोकतन्त्ररस (काव्य शास्त्र)कालु पाँडेओखलढुङ्गा जिल्लाबीमासिद्धिचरण श्रेष्ठशहिदगेटललितपुर महानगरपालिकाकान्तिपुर दैनिककपिलवस्तु जिल्लासूचनालुभुविदुर नगरपालिका🡆 More