समाजशास्त्र

समाजशास्त्र मानव समाजको अध्ययन हो। यो सामाजिक विज्ञान (सामान्य रूपमा जसको यो पर्यायवाची हो)को एक शाखा हो, जो मानवीय सामाजिक संरचना र गतिविधि सँग सम्बन्धित जानकारीको परिष्कृत गर्ने र त्यसले विकास गर्नको लागी, अनुभवजन्य विवेचन र विवेचनात्मक विश्लेषण को विभिन्न पद्धतिहरू लाई उपयोग गर्दछ, प्रायजसो जसको ध्येय सामाजिक कल्याणको अनुसरणमा यस्तो ज्ञानलाई लागू गर्नु हुन्छ।। मानिसको अन्तरसम्वन्ध र अन्तराक्रियाको अध्ययन गर्ने विषयलाई समाजशास्त्र भनिन्छ । जसको मुख्य उद्देश्य समाजमा व्यक्तिका व्यवहारको वैज्ञानिक तरिकाले अध्ययन गरी व्यक्ति र समाजका बीचको सम्बन्ध वन हो । मानव समाज र सामाजिक अन्तरक्रियाको वैज्ञानिक अध्ययन गर्ने विषय समाजशास्त्र हो । जसले समाजका ब्यक्ति र उनीहरूका क्रियाकलाप के कसरी एक अर्काप्रति अन्तरसम्वन्धित र अन्तरक्रियी छन भन्ने तथ्यको अध्ययन गर्दछ । यसैले समाजशास्त्रले समाजले कसरी ब्यक्तिलाई प्रभाव पार्दछ र व्यक्तिले । समाजलाई कसरी प्रभाव पार्दछ भन्ने तहसम्मको सम्बन्धको अध्ययन गदछ । । परिवार , शैक्षिक , आर्थिक , धार्मिक , राजनैतिक , कानुनी जस्ता संस्थाहरूमा व्यक्तिको सम्वन्ध र व्यवहारको अध्ययन गर्ने विषय समाजशास्त्र हो । यसले समाजशास्त्रले हामीलाई आँफु , आफ्नो समाज र आफ्नो सामाजिक वातावरण वुझ्न सिकाउछ । समाजमा व्यक्तिका व्यवहारहरु किन र कसरी हुँदा रहेछन । भनेर समाजको जटिल संरचनामा व्यक्तिका सम्वन्ध र व्यवहारहरु परिवार । समुदाय राज्य र विश्व तहमा अन्तरसम्वन्धत गरेर बुझ्न सिकाउने विषय नै समाजशास्त्र हो । व्यक्ति र समाजको वहुआयानिक पक्षको अध्ययन यस विषयमा गरिन्छ । यसबाट जटिल परिवर्तित समाजको अध्ययन हुनसक्छ । समाजशास्त्र शब्द यसको विकासको दृष्टिले हेर्दा अंग्रेजी भाषाको ' Sociology ' जुन ल्याटिन भाषाको ' Societus ' र ग्रीकभाषाको ' Logos 'बाट बनेको देखिन्छ । जसको पूरा अर्थ हो ' Societus ' को अर्थ Society र Logos को अर्थ ' Science ' वा ' Study ' भन्ने बुझिन्छ । यसैले समाजको अध्ययन गर्ने । | विज्ञानका रूपमा समाजशास्त्रलाई शाब्दिक अर्थ दिन खोजेको स्पष्ट हुन्छ । यसबाट के पनि अर्थ लगाउन सकिन्छ भने ' समाज ' भन्ने अवधारणा व्यापक छ । । यहि व्यापकताको अध्ययन गर्ने विषय समाजशास्त्र हो । सामाजिक सम्बन्ध , । अन्तरक्रिया प्रक्रिया र परिवर्तनका बारेमा अध्ययन गर्ने विषय नै समाजशास्त्र । हो । यसैले समाजको समग्र पक्षको अध्ययन गर्ने विषय नै समाजशास्त्र हो भन्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू

Tags:

मानवसमाजसामाजिक विज्ञान

🔥 Trending searches on Wiki नेपाली:

क्रिकेटदिगो विकासका लक्ष्यहरूकोत पर्वमानव शरीरका अङ्गहरूको सूचीललितपुर जिल्लासमाचारनेपालका संवैधानिक निकायहरूनुवाकोट जिल्लामन्दिरआन्तरिक राजस्व विभाग (नेपाल)चितवन जिल्लासमुद्र विज्ञानसुशील कोइरालाइन्द्रबहादुर राईकुपोषणराष्ट्रिय सभा (नेपाल)मदन भण्डारी राजमार्गउदयपुर जिल्लाकपिलवस्तु जिल्लाविदुर नगरपालिकापानीसुशासननेपालको सर्वोच्च अदालतएकसिङ्गे गैँडाप्रभुराम शर्मानेपाल राष्ट्र बैङ्कमानव संसाधन व्यवस्थापनरुसग्रहमन्दाक्रान्ता छन्दसहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रश्रेष्ठसार्वजनिक सेवा प्रवाहधर्म निरपेक्षताबाइबलनैतिक दृष्टान्तआइएसबिएनआँकनेपालको इतिहासपुनर्जागरणमल्ल वंशखप्तड बाबालुम्बिनी प्रदेशसीतापहिलो विश्वयुद्धमौलिक जरोकिलो पार्टीलिम्बू जातिनेपाली भाषाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीव्रतबन्धसगरमाथाआगन्तुक शब्दबेरोजगारीमारी अँतवानेतराष्ट्रिय सङ्ग्रहालय, छाउनीनेपालका विश्वविद्यालयहरूको सूचीवेब खोज संयन्त्रइजरायल–हमास युद्ध, सन् २०२३दैवज्ञराज न्यौपानेजैविक विविधतासल्यान जिल्लानेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालका दलित वर्गमा पर्ने थरहरूगोरखापत्रचतराधामनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)राणा शासनएड्सच्याटजिपिटीनेपालमा शिक्षावेदान्तदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमुख्यमन्त्री (नेपाल)रुपन्देही जिल्ला🡆 More