प्रतिनिधि सभा निर्वाचन, २०७४

प्रतिनिधिसभा निर्वाचन नेपालको संसदको तल्लो सदन प्रतिनिधि सभाको २७५ सदस्य चयनका लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा सम्पन्न भएको थियोे। यो निर्वाचन सँगै देशको सात प्रदेशहरूको प्रादेशिक सभा गठन गर्न पहिलो पटक प्रादेशिक निर्वाचन पनि सम्पन्न गरिएको थियो। यस निर्वाचनबाट निर्वाचित सांसदहरूले देशको प्रधानमन्त्रीको चयन गर्ने व्यवस्था रहेको छ। देशको प्रधानमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले बहुसङ्ख्यक सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ। निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ रहेकोमा निर्वाचनमा भाग लिने मतदाताको सङ्ख्या १,०५,८७,५२१ (६८.६३)% रहेको थियो।

प्रतिनिधि सभा निर्वाचन, २०७४
प्रतिनिधि सभा निर्वाचन, २०७४
← २०७० १० मङ्सिर
२१ मङ्सिर २०७४
२०७९ →
दर्तावाल मतदाता१५,४२७,७३१
कुल मतदान१०,५८७,५२१ (६८.६३%) ह्रास ९.७१ प्रतिशत मत
  पहिलो दल दोस्रो दल तेस्रो दल
  प्रतिनिधि सभा निर्वाचन, २०७४ प्रतिनिधि सभा निर्वाचन, २०७४ प्रतिनिधि सभा निर्वाचन, २०७४
नेता खड्गप्रसाद ओली शेरबहादुर देउवा पुष्पकमल दाहाल
दल नेकपा (एमाले) नेपाली कांग्रेस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
शीर्ष नेता घोषित वि.सं २०७१ २०७२ फागुन २४ वि.सं २०५६
नेताको सिट झापा ५ डडेल्धुरा १ चितवन ३
अघिल्लो निर्वाचन १७५ १९६ ८०
प्राप्त सिट १२१ ६३ ५३
सिट परिवर्तन ह्रास५४ ह्रास१३३ ह्रास२७
जम्मा मत ३,१७३,४९४ ३,१२८,३८९ १,३०३,७२१
प्रतिशत ३३.२५% ३२.७८% १३.६६%
उछाल वृद्धि९.५९ प्रतिशत मत वृद्धि७.२३ प्रतिशत मत ह्रास१.५५ प्रतिशत मत

  चौथौ दल पाचौँ दल
  प्रतिनिधि सभा निर्वाचन, २०७४ प्रतिनिधि सभा निर्वाचन, २०७४
नेता महन्थ ठाकुर उपेन्द्र यादव
दल राजपाने ससफोने
शीर्ष नेता घोषित २०७४ वैशाख ८ २०७२ असार ३०
नेताको सिट महोत्तरी ३ सप्तरी २
अघिल्लो निर्वाचन
प्राप्त सिट १७ १६
सिट परिवर्तन नयाँ दल नयाँ दल
जम्मा मत ४७२,२५४ ४७०,२०१
प्रतिशत ४.९५% ४.९३%
उछाल नयाँ दल नयाँ दल

प्रतिनिधि सभा निर्वाचन, २०७४
निर्वाचन क्षेत्र अनुसार नतिजा

अघिल्लो निर्वाचनमा निर्वाचित प्रधानमन्त्री

शेरबहादुर देउवा
नेपाली काङ्ग्रेस

निर्वाचित प्रधानमन्त्री

खड्गप्रसाद ओली
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)

पृष्ठभूमि

सन् २००२ को मे महिनामा प्रतिनिधि सभाको नयाँ निर्वाचन गराउनका लागि पूर्व राजा ज्ञानेन्द्र शाहको सल्लाहमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् १९९९ मा निर्वाचित भएका पछिल्लो प्रतिनिधि सभालाई भङ्ग गरेका थिए। जारी ससस्त्र संघर्ष का कारण निर्वाचन हुन नसक्दा अन्ततः राजा ज्ञानेन्द्रले चार प्रधानमन्त्रीहरूलाई केही वर्षको अन्तरमा खारेज गरेर सन् २००५ फेब्रुअरीमा शाही सत्ता कब्जा गरे। सन् २००६ को जनआन्दोलन पछि राजाले पूर्व प्रतिनिधि सभालाई बहाल गरे। सन् २००७ जनवरी १५ मा अन्त्तरिम व्यवस्थापिका संसदको स्थापना गरिएको थियो। अन्त्तरिम व्यवस्थापिका संसदमा सात दलको गठबन्धन र नेपाली कम्युनिस्ट पार्टी (माओवादी) बीच भएको समझौता अनुसार नियुक्त गरिएका सदस्यहरू सामेल थिए।

अन्त्तरिम व्यवस्थापिका संसदले नेपालको पहिलो संविधान सभाको निर्वाचन गराएको थियो जसको मुख्य उद्देश्य देशको नयाँ संविधान बनाउनु थियो। निर्धारित समयसीमा भित्र पहिलो संविधान सभामा निर्वाचित सदस्यहरूको असफलताले गर्दा संविधान बन्न सकेन जसले गर्दा नेपालको दोस्रो संविधान सभाको निर्वाचन भएको थियो जसले सन् २०१५ सेप्टेम्बर २० मा नेपालको संविधान २०७२ लाई मञ्जुरी दियो। संविधानको घोषणा लगत्तै, दोस्रो संविधान सभालाई एकात्मक व्यवस्थापिका संसदमा परिवर्तित गरेको थियो। दोस्रो संविधान सभाको कार्यकाल २१ जनवरी २०१८ सम्म वा प्रतिनिधि सभाको निर्वाचनको लागि नामाङ्कन दिने अन्तिम दिनसम्म तोकिएको थियो। यस प्रावधान अनुसार, व्यवस्थापिका संसदको कार्यकाल सन् २०१७ अक्टोबरमा १४ मा सकिएको छ।

सर्वोच्च अदालतको पूर्व न्यायधिश कमल नारायण दासको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोगको स्थापना गरियो जसलाई सन् २०१३ को निर्वाचनमा भएको २४० निर्वाचन क्षेत्रलाई घटाएर १६५ निर्वाचन क्षेत्र कायम गर्नु थियो। आयोगले सन् २०१७ अगस्ट २० मा आफ्नो प्रतिवेदन सरकार समक्ष प्रस्तुत गरेको थियो। यस आयोगद्वारा निर्धारित निर्वाचन क्षेत्रहरू नेपालको संविधान २०७२ अनुसार आगामी २० वर्षसम्म परिवर्तन गर्न सकिने छैन।

आयोजन

खर्च सीमा

प्रतिनिधिसभा निर्वाचनको लागि एक उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको हो। यस अन्तर्गत उम्मेदवारले सवारीसाधन प्रयोग गर्नका लागि ५ लाख, प्रचारप्रसार सामग्रीको लागि १ लाख, ढुवानीका लागि ७५ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि ८ लाख, अन्य प्रचार प्रसार/ छापा तथा विद्युतीय माध्यमको लागि १ लाख, कार्यलय सञ्चालनका लागि ५ लाख, प्रतिनिधि परिचालनका लागि २ लाख तथा विविध खर्चका लागि १ लाख २२ हजार तोकेको छ।

निर्वाचन कार्यक्रम

वि.सं. २०७४ भदौ १५ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मङ्सिर १० र मङ्सिर २१ गते हुने गरी दुई चरणमा गर्ने निर्णय गरेको हो। पहिलो चरण अन्तर्गत ३२ हिमाली जिल्लामा निर्वाचन हुनेछ भने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन सम्पन्न गरिने निर्णय आयोगले गरेको हो।

निर्वाचन प्रणाली

प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ। प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन्। सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।

चर्चित उम्मेदवारहरू

गगन थापा,

राजनीतिक दल र गठबन्धन

वाम गठबन्धन

नेकपा एमाले, नेकपा माओवादी केन्द्रनयाँ शक्ति पार्टी एकता गरी बाम गठबन्धनको गठन गरेको हो। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको निर्वाचन सिट सुनिश्चित नभएपछि वहाँले गठबन्धन त्याग गर्नुभएको थियो।नेकपा मालेराष्ट्रिय जनमोर्चा समेत यस गठबन्धन प्रवेश गरी केही निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो।

रानजीतिक दल उम्मेदवारी जित
नेकपा (एमाले) १०३ ८०
नेकपा माओवादी केन्द्र ५९ ३६
नेकपा माले ५९
राष्ट्रिय जनमोर्चा ८९

लोकतान्त्रिक गठबन्धन

मतदाता र जम्मा मतदान

प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत निर्वाचन आयोग, नेपालको तथ्याङ्क अनुसार तयार पारिएको विवरण यस प्रकार रहेको छ।

  पहिलो चरणको निर्वाचन
  दोस्रो चरणको निर्वाचन

क्र. सं. जिल्ला पुरुष उम्मेदवार पुरुष मतदाता पुरुष मत खसेको महिला उम्मेदवार महिला मतदाता महिला मत खसेको कूल उम्मेदवार कूल मतदाता कूल मत खसेको कूल सिट सङ्ख्या
कोशी प्रदेश
ताप्लेजुङ ४१,३७४ २७,२३३ ३७,०३७ २४,६३४ ७८,४११ ५१,८६७
पाँचथर ६४,७९२ ३८,७३५ ६०,४३० ३९,२०० १,२५,२२२ ७७,९३५
धनकुटा ५१,९३८ ५३,२६१ १,०५,१९९
तेह्रथुम १० ३३,५३७ ३३,२०४ ११ ६६,७४१
सङ्खुवासभा ११ ५३,६९७ ३४,३५० ५१,३६४ ३४,७८८ ११ १,०५,०६१ ६९,१३८
भोजपुर ५८,३६२ ३३,१०७ ५५,५३४ ३३,१०७ १,१३,८९६ ६६,२१५
सोलुखुम्बु ३५,१३८ २०,१७६ ३४,२८४ २१,२०९ ६९,४२२ ४१,३८५
ओखलढुङ्गा ५०,९९५ ३१,८६२ ५१,२६७ ३४,१६६ १,०२,२६३ ६६,०२८
खोटाङ ६४,५७८ ३५,०७५ ६०,५९९ ३६,१२६ १० १,२५,१७८ ७१,२०१
१० इलाम १८ १,०४,६९३ ९९,३५५ १८ २,०४,०५०
११ उदयपुर १८ ९८,०२३ ९५,८८९ १९ १,९३,९१३
१२ सुनसरी ४९ २,३६,७६६ २,३७,५३४ ५३ ४,७४,३००
१३ झापा ५५ २,८८,८६७ २,९६,३५२ ५७ ५,८५,२२८
१४ मोरङ ५८ ३,२६,००६ ३,१८,७७७ ६१ ६,४४,७८५
कूल २७३ १५,०८,७६६ १४ १४,८४,८८७ २८८ २९,९३,६५३ २८
मधेश प्रदेश
  • पहिलो चरण: मङ्सिर १०, २०७४

नतिजाहरू

प्रत्यक्ष निर्वाचन प्रणाली- नतिजा

८० ३६ २३ ११ १०
एमाले माओवादी केन्द्र नेपाली काङ्ग्रेस राजपा ससफो अन्य
पार्टी नेकपा (एमाले) माओवादी केन्द्र काङ्ग्रेस राष्ट्रिय जनता पार्टी सङ्घीय समाजवादी फोरम अन्य
नेता खड्गप्रसाद ओली प्रचण्ड शेरबहादुर देउवा महन्थ ठाकुर उपेन्द्र यादव -
प्रतिनिधि सभा निर्वाचन, २०७४  प्रतिनिधि सभा निर्वाचन, २०७४  प्रतिनिधि सभा निर्वाचन, २०७४  प्रतिनिधि सभा निर्वाचन, २०७४ 
सिट ८० (४९%) ३६ (२२%) २३ (१४%) ११ (७%) १० (६%) ५ (२%)
८० / १६५
३६ / १६५
२३ / १६५
११ / १६५
१० / १६५
५ / १६५

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

प्रतिनिधि सभा निर्वाचन, २०७४ पृष्ठभूमिप्रतिनिधि सभा निर्वाचन, २०७४ आयोजनप्रतिनिधि सभा निर्वाचन, २०७४ निर्वाचन प्रणालीप्रतिनिधि सभा निर्वाचन, २०७४ चर्चित उम्मेदवारहरूप्रतिनिधि सभा निर्वाचन, २०७४ राजनीतिक दल र गठबन्धनप्रतिनिधि सभा निर्वाचन, २०७४ मतदाता र जम्मा मतदानप्रतिनिधि सभा निर्वाचन, २०७४ नतिजाहरूप्रतिनिधि सभा निर्वाचन, २०७४ यो पनि हेर्नुहोस्प्रतिनिधि सभा निर्वाचन, २०७४ सन्दर्भ सामग्रीहरूप्रतिनिधि सभा निर्वाचन, २०७४नेपालनेपालको सङ्घीय संसदप्रतिनिधि सभा (नेपाल)प्रदेश सभा निर्वाचन, २०७४

🔥 Trending searches on Wiki नेपाली:

नेपालको इतिहासराजतन्त्रगतिदेउकी प्रथादैवज्ञराज न्यौपानेनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)दराजहोलीडिजिटल साक्षरतामानव संसाधन व्यवस्थापनमहेन्द्र राजमार्गकारककार्यसम्पादन मूल्याङ्कननेपालको निसानछापसमाजशास्त्रनाताह्रस्व दीर्घ नियमरामनेपाल लेखामान बोर्डज्ञानेन्द्र वीरविक्रम शाहव्यवस्थापिकाभिमाद नगरपालिकापरिकल्पनाशिक्षाभीमनिधि तिवारीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीविद्यार्थीअन्नपूर्ण हिमालसालकफियोसूर्यपब्लिक कम्पनीसङ्घीयतास्त्री स्खलनसिन्धुपाल्चोक जिल्लानदीको आधारमा नेपालको विभाजनजनशक्तिकौशिक गोत्रनेपालका राजागाउँपालिकामधेश प्रदेशविराटनगर महानगरपालिकाइलाम नगरपालिकागुगलपरिवारनेपालमा धर्मअवलोकनकान्तिपुर दैनिकमधेश प्रदेश सभाश्रेष्ठआँखाएनसेलनोबेल पुरस्कारखड्गप्रसाद ओलीलागु पदार्थबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासवत्स गोत्रनेपालको भौगोलिक अवस्थाक्रोकस सिटी हलमा आक्रमणरुपन्देही जिल्लासङ्गठनसङ्खुवासभा जिल्लानेपालका मल्ल राजाहरूको सूचीसहरीकरणवसुधैव कुटुम्बकम्शार्दूलविक्रीडित छन्दहनुमानऔद्योगिक क्रान्तिनेपालका विमानस्थलहरूको सूचीनजिरझलकमान गन्धर्वकूटनीतिनेपाली शब्दकोश🡆 More