विराटनगर महानगरपालिका

विराटनगर (पूर्व नाम: गोग्राहा, नेपालगगञ्ज, चन्द्रगञ्ज) नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने मोरङ जिल्लामा रहेको प्रादेशिक राजधानी, जिल्ला सदरमुकाम र एक महानगरपालिका हो। मोरङ जिल्लाको पहिलो महानगरपालिका रहेको यो नगरको नामकरण विराट राजाको नामबाट भएको हो। नेपालको सबैभन्दा ठूलो औद्योगिक नगरको उपनामले परिचित विराटनगरको स्थापना वि.सं.

१९७१ सालमा गोग्राहा बजारको रूपमा भएको थियो। नेपालको जनगणना २०७८ अनुसार विराटनगरको जनसङ्ख्या २,४३,९२७ रहेको छ जसले यो नगरलाई नेपालको छैठौं ठुलो सहर बनाएको छ। यो सहर मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ। यो नगर तथा यसको छिमेकी क्षेत्रमा ठूलो सङ्ख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन्। विराटनगर एक पारवहन तथा वाणिज्य केन्द्र पनि हो। यहाँबाट भारत तथा तेस्रो मुलुकसँग व्यापारिक वस्तुहरू आयात निर्यात गर्ने गरिन्छ।

विराटनगर
गोग्राहा
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिका
'शीर्षदेखि मुनितर्फ': विराटनगर प्रवेशद्वार, विराटनगर औद्यौगिक क्षेत्र, विराटनगर बजार क्षेत्र, विराटनगर आँखा अस्पताल नजिकै रहेको हरित क्षेत्र
उपनामहरू: 
नेपालको औद्यौगिक नगर
विराटनगर is located in कोशी प्रदेश
विराटनगर
विराटनगर
कोशी प्रदेशमा विराटनगरको स्थान
विराटनगर is located in नेपाल
विराटनगर
विराटनगर
विराटनगर (नेपाल)
निर्देशाङ्क: २६°२७′१५″उ॰ ८७°१६′४७″पू॰ / २६.४५४१७°N ८७.२७९७२°E / 26.45417; 87.27972
राष्ट्रविराटनगर महानगरपालिका नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापनावि.सं. १९७१
नगरपालिकावि.सं. २००८
उपमहानगरपालिकावि.सं. २०५२ माघ १८
महानगरपालिकावि.सं. २०७४ जेठ १८
संस्थापकगुञ्जमान मल्ल र जितबहादुर खत्री (गोग्राहा बजार)
वडा सङ्ख्या१९
सरकार
 • प्रकारनगर कार्यपालिका
 • अङ्गविराटनगर महानगर कार्यपालिका
 • नगर प्रमुखनागेश कोइराला (नेपाली कांग्रेस)
 • नगर उप प्रमुखशिल्पा कार्की (नेकपा-एमाले)
 • प्रमुख प्रशासकीय अधिकृतविष्णु प्रसाद कोइराला
क्षेत्रफल
 • जम्मा७७ किमी (३० वर्ग माइल)
उन्नतांश
८० मिटर (२६० फिट)
जनसङ्ख्या
 (विसं २०७८)
 • जम्मा२४३९२७
 • क्रम६औँ (नेपाल)
पहिलो (कोशी प्रदेश)
 • घनत्व३२००/किमी (८२००/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकनेपाली
 • स्थानीय भाषामैथिली, राजवंशी, थारु, बज्जिका, भोजपुरी, मारवाडी, लिम्बु, राई, उर्दु, हिन्दी
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
५६६१३
क्षेत्रीय सङ्केत०२१
वेबसाइटbiratnagarmun.gov.np

नामाकरण

यो शहरमा पौराणिक कालका विराट राजाको दरवार भएको विश्वास गरिन्छ। बिराट राजाको नामबाट नै विराटनगर रहेको विश्वास गरिएको छ । विराटनगरबाट काठमाडौँ तथा नेपालका अन्य शहरहरू हवाई तथा सडक यातायातबाट जोडिएको छ। विराटनगर विमानस्थलबाट पूर्वी नेपालका धेरै पहाडी दुर्गम स्थानहरू सम्म हवाई सम्पर्क छ । वि.सं. १९७० सम्म यस ठाउँलाई गोग्राहा भनिन्थ्यो । केशर शम्सेर ज.ब.रा.ले आफ्नो मोरङ दौडाहाको समयमा भेडियारीमा पाइएको विराट राजाको दरवारका भग्नावशेषलाई दृष्टिगत गरी गोग्राहाबाट वि सं १९७६ मा विराटनगर नामाकरण गरेका हुन् । बडाहाकिम जीत बहादुर खत्रीले सम्बत १९७१ मा रंगेलीबाट विराटनगरमा जिल्ला सदरमुकाम (तत्कालिन गौडा) सारेपछि विराटनगरले शहरको रूप लिन थालेको हो। यसलाई विकसित पार्न शिवप्रताप शम्शेर थापाले पनि भूमिका निर्वाह गर्नुभएको थियो। वि.सं. १९६८ मा विराटनगरको दक्षिणी सिमाना जोगवनीसम्म भारतीय रेल्वे सेवा सञ्चालन हुन थाल्यो । त्यसपछि कृष्ण प्रसाद कोईराला, सुब्बा गुन्जमान, डिट्ठठा कृष्णराज, हनुमानदास, सुब्बा कालिदास, सुबेदार अनन्तरामको विशेष योगदानले १९७२ मा सदरमुकाम विराटनगर सरेको हो । स्थानीय तह निर्वाचन २०७४ अनुसार २०७४ आषाढ १४ गते सम्पन्न निर्वाचनबाट नगर कार्य समिति गठन भएको छ ।

विराटनगरको इतिहास

भूगोल

यो ठाउँ समुद्र सतह भन्दा ७० मिटर (२२९ फिट) माथि अवस्थित रहेको छ ।विराटनगरमा सिंगिया खोला(नदी) बग्ने गर्छ।विराटनगरमा केहि साना तलाउहरु पनि रहेका छन्।

राजनीतिक विभाजन

विराटनगरमा राजनीतिक क्षेत्रको लामो इतिहास छ । विराटनगरले नेपाललाई ४ प्रधानमन्त्री दिएको छ । नेपाली कांग्रेसको निकै लामो इतिहास छ । बिपी कोइराला देखि गिरिजाप्रसाद कोइराला सबैले आफ्नो राजनीतिक दौड यही देखि प्रारम्भ गरेका थिए । अहिले पनि विराटनगरमा नेपाली कांग्रेसकै सरकारले छ र बलियो पकड छ। अन्य पार्टीहरु पनि यहाँ छन् जस्तै नेकपा, राप्रपा, जसपा आदि।

जनसङ्ख्या

नेपालको सम्बत २०६८ को जनगणना अनुसार विराटनगरको जनसङ्ख्या २,६१,१२५ रहेको छ । जसमा पुरुष ५३% र महिला ४७% छन् । यस शहरमा नेपालका प्राय: सबै जातजातिका मानिसहरू बसोबास गर्दछन् । तर विराटनगरको पहिलो जातिको रूपमा विराट राजवंशी जातिलाई चिनिन्छ । वि.सं.२०५८ को जनसङ्ख्या अनुसार विराटनगरको जनसङ्ख्या करीब २ लाख देखाइएको छ । नेपालमा भौगोलिक रूपमा विराटनगर तराईको गर्मी क्षेत्र भएपनि जनघनत्व तीब्र रहेको छ । यो नेपालको चौथो ठूलो शहर पनि हो ।

संस्कृती

विराटनगर नेपालमा पुर्वको सास्कृतिक केन्द्र भन्न सकिन्छ । यहाँ बर्षेनी हुँने राधाकृष्ण रथ यात्रा दक्षीण एशीयाकै दोश्रो ठुलो रथयात्रा मानिन्छ, जस्मा सहभागी हुँन छीमेकी राष्ट्र इन्डियाबाट समेत श्रद्धालु अाउँने गरेका छन ।

शैक्षिक केन्द्र

विराटनगरलाई पूर्वाञ्चलको शैक्षिक केन्द्रको रूपमा पनि लिने गरिन्छ। अरनिको +२ कलेज विज्ञान विधामा र मेरिल्यान्ड कलेज व्यवस्थापन विधामा राष्ट्रिय उत्कृष्ट पदक पाउने कलेजहरू हुन्। बाल कल्याण विद्या मन्दिर (बिकेभीएम) र सगरमाथा उच्च माध्यमिक विद्यालय माध्यमिक स्तरको उत्कृष्ट विद्यालयमा गणन हुन्छ।

विराटनगरका विभिन्न कलेज तथा विद्यालयहरू:

  • अरनिको +२ कलेज
  • कलेज अफ बिजनेस एण्ड सोसल स्टडिज (कोबास)
  • मेरिल्यान्ड कलेज
  • शिक्षादीप कलेज
  • ग्रीनल्यान्ड कलेज
  • अर्किड कलेज
  • भानु मेमोरियल कलेज
  • आदर्श मा.वि. तिनपैनी- वि.सं. १९९५, विराटनगरको पहिलो स्कुल
  • गोग्राहा उ.मा.वि.
  • सिटी कलेज
  • लर्ड बुद्ध कलेज
  • विराट साइन्स क्याम्पस, पहिलो साइन्स क्याम्पस
  • सगरमाथा उच्च माध्यमिक विद्यालय
  • बाल कल्याण विद्या मन्दिर (बिकेभीएम)
  • एभरेष्ट बोर्डिङ्ग स्कुल
  • दिल्ली पब्लिक स्कुल
  • सेन्ट जोसेफ स्कुल
  • एजेलिया बोर्डिङ्ग स्कुल
  • बुढानिलकण्ठ बोर्डिङ्ग स्कुल
  • ईडेन नेशनल बोर्डिङ्ग स्कुल
  • डन बस्को (निलगिरी)
  • पोखरिया मा.वि.
  • नमुना विद्या मन्दिर
  • बाल बाटिका स्कुल
  • डिएभी स्कुल
  • महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस


सामुदायिक विद्यालयहरूमा सर्वोत्तम रहेको ।

  • जेम्स इन्टरनेशनल स्कुल

आर्थिक वातावरण

वास्तबमा भन्नुपर्दा विराटनगर नेपालको महत्त्वपूर्ण औद्योगिक स्थल हो र नेपालको पहिलो औद्योगिक नगरी पनि हो जहाँ नेपालको पहिलो उद्योग विराटनगर जुट मिल सन्चालनमा आएको थियो। क्रमस रघुपति जुट मिल, असोक टेक्सटाइल जस्ता उधोग यहाँ खोलिएका थिए । हाल यहाँ लगभग ५०० वटा उद्योगहरू संचालनमा छन् ।

खेलकुद

विराटनगरमा फुटबल खेल अत्यन्तै रुचाइन्छ। यहाँ एउटा राष्ट्रिय स्तरको रंगशाला सहिद रंगशालामा खेलकुदका गतिविधि हुन्छ ।वर्षेनि यस रंगशालामा जिल्लाभरिका विद्यालयको खेलकुद प्रतियोगिता हुनेगर्छ जुन अत्यन्त लोकप्रिय छ।

धार्मिकस्थलहरू

विराटनगर महानगरपालिका 
सन् २००७ मा विराटनगरको महेन्द्र चोकमा अवस्थित सालिक जुन भत्किसकेको छ

विराटनगरमा धेरै धार्मिक स्थलहरू छन् । ती मध्ये विराटनगर मेनरोडमा रहेको सत्यनारायण मन्दिर, विराटेश्वर शिवमन्दिर, कालीमन्दिर, सन्सारी माई स्थान प्रमुख छन् । डिहवार थान र ब्रहम्स्थानको मन्दिर हाल विराटनगर १२ थानगाछी, बखरी

चित्र दिर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

विराटनगर महानगरपालिका नामाकरणविराटनगर महानगरपालिका भूगोलविराटनगर महानगरपालिका राजनीतिक विभाजनविराटनगर महानगरपालिका जनसङ्ख्याविराटनगर महानगरपालिका संस्कृतीविराटनगर महानगरपालिका शैक्षिक केन्द्रविराटनगर महानगरपालिका आर्थिक वातावरणविराटनगर महानगरपालिका खेलकुदविराटनगर महानगरपालिका धार्मिकस्थलहरूविराटनगर महानगरपालिका चित्र दिर्घाविराटनगर महानगरपालिका सन्दर्भ सामग्रीहरूविराटनगर महानगरपालिका बाह्य कडीहरूविराटनगर महानगरपालिका यो पनि हेर्नुहोस्विराटनगर महानगरपालिकाकोशी प्रदेशनेपालबाह्रौँ राष्ट्रिय जनगणना २०७८मोरङ जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

नेपालका प्रमुख नदीहरूको सूचीस्थिर लागतसोह्र श्राद्धमाधवप्रसाद घिमिरे (साहित्यकार)ग्रहटिमुरनेपाल सशस्त्र प्रहरी बलरानीमहलशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालमा भएका सडकहरूको सूचीमहेन्द्र वीरविक्रम शाहजाजरकोट जिल्लानेपाल रेडक्रस सोसाइटीसंविधान सभा निर्वाचन, २०६४शिक्षाइन्टरनेटगोत्रसगरमाथाअन्टार्क्टिकाएसियायुट्युबनेपालमा भूकम्पको इतिहासथाइरोइडसौर्यमण्डलजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीदुर्गादर्शननेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मुडुला कार्कीहावापानीजिमेलकलियुगडोल्पा जिल्लाक्षेत्रप्रताप अधिकारीइलाम २ (निर्वाचन क्षेत्र)अलौ पर्वसूर्यभानुभक्त आचार्यपिनासनेपाली विकिपिडियाजनकपुरधाम उपमहानगरपालिकाकालु पाँडेलैङ्गिक पहिचाननेपालका जिल्लाहरूआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूभूपरिवेष्ठित राष्ट्रसम्भोगराउटे जातिदेवनागरी सङ्ख्या पद्धतिविश्व बैङ्कघरेलु हिंसाइलाम जिल्लापुतलीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)अङ्कनेपालको अन्तरिम संविधान २०६३विकासशील देशशब्दकोशनन्दकिशोर पुननेपाल सरकारमन्दाक्रान्ता छन्दजाजरकोट भूकम्प, २०८०गुरुङ जातिखड्गप्रसाद ओलीमधेश प्रदेशआन्तरिक राजस्व विभाग (नेपाल)कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)नेपालका राजानिबन्धलागत निर्धारणआन्ध्र महासागरअन्नप्राशन संस्कार🡆 More