स्थानीय व्यवस्थापिका

स्थानीय व्यवस्थापिका अन्तर्गत गाउँपालिकामा गाउँ सभा र नगरपालिकामा नगर सभा गठन हुन्छ । संविधानको भाग १८ मा स्थानीय व्यवस्थापिका सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार स्थानीय तहको व्यवस्थापकीय अधिकार गाउँसभा र नगरसभामा निहित छ । गाउँसभामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चार जना सदस्य रहने छन् । यसबाहेक गाउँसभाबाट निर्वाचित दुईजना दलित वा अल्पसंख्यक (गाउँ कार्यपालिकाका सदस्य) रहन्छन् । यो हिसाबमा नौ वटा वडा भएको गाउँपालिकामा ४९ जनाको गाउँसभा हुनेछ ।

नगरसभामा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरू रहने छन् । यसबाहेक दलित वा अल्पसंख्यकबाट तीनजना (नगर कार्यपालिकाका सदस्य) नगरसभाले निर्वाचित गर्छ । संविधानले ९ वडा भएका नगरपालिकामा ५० र ३५ वडा भए १५४ जना सदस्य रहने नगरसभाको व्यवस्था भएको छ ।

संविधानको भाग १८ स्थानीय व्यवस्थापिका

धारा (२२१) स्थानीय तहको व्यवस्थापिकीय अधिकार

(१) संविधानको अधीनमा रही स्थानीय तहको व्यवस्थापिकीय अधिकार गाउँ सभा र नगर सभामा निहित रहनेछ ।
(२) गाउँ सभा र नगर सभाको व्यवस्थापिकीय अधिकार अनुसूची–८ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ ।

धारा (२२२) गाउँ सभाको गठन

(१) प्रत्येक गाउँपालिकामा एक गाउँ सभा रहनेछ ।
(२) संविधानको धारा २२२ को उपधारा (१) बमोजिमको गाउँ सभामा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१५ को उपधारा (४) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गाउँ कार्यपालिकाका सदस्य रहनेछन् ।
(३) उपधारा (१) बमोजिम गठन हुने गाउँ सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ ।
(४) सङ्घीय कानुन बमोजिम गाउँपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र चारजना सदस्यहरू रहेको वडा समिति गठन हुनेछ । त्यस्तो वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुनेछ ।
(५) अठार वर्ष उमेर पूरा भएको गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई सङ्घीय कानुनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ ।
(६) देहायको योग्यता भएको व्यक्ति गाउँ सभाको सदस्यको पदमा उम्मेदवार हुन योग्य हुनेछ ।

      (क) नेपाली नागरिक,
      (ख) एक्काइस वर्ष उमेर पूरा भएको,
      (ग) गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, र
      (घ) कुनै कानुनले अयोग्य नभएको।

(७) गाउँ सभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुनेछ ।

धारा (२२३) नगर सभाको गठन

(१) प्रत्येक नगरपालिकामा एक नगर सभा रहनेछ ।
(२) उपधारा (१) बमोजिमको नगर सभामा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१६ को उपधारा (४) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित नगर कार्यपालिकाका सदस्य रहनेछन् ।
(३) उपधारा (१) बमोजिम गठन हुने नगर सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ ।
(४) सङ्घीय कानुन बमोजिम नगरपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र चारजना सदस्यहरू रहेको वडा समिति गठन हुनेछ । त्यस्तो वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुनेछ ।
(५) अठार वर्ष उमेर पूरा भएको नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई सङ्घीय कानुन बमोजिम मतदान गर्ने अधिकार हुनेछ ।
(६) देहायको योग्यता भएको व्यक्ति नगर सभाको सदस्यको पदमा उम्मेदवार हुन योग्य हुनेछ ।–

      (क) नेपाली नागरिक,
      (ख) एक्काइस वर्ष उमेर पूरा भएको,
      (ग) नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, र
      (घ) कुनै कानुनले अयोग्य नभएको।

(७) नगर सभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुनेछ ।

धारा (२२४) गाउँ सभा र नगर सभाको अध्यक्ष र उपाध्यक्ष

गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिकाको प्रमुख र उपप्रमुखले क्रमशः गाउँ सभा र नगर सभाको पदेन अध्यक्ष र उपाध्यक्ष भई कार्य सम्पादन गर्नेछ ।

धारा (२२५) गाउँ सभा र नगर सभाको कार्यकाल

गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ । त्यस्तो कार्यकाल समाप्त भएको छ महीनाभित्र अर्को गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नु पर्नेछ ।

धारा (२२६) कानुन बनाउन सक्ने

(१) गाउँ सभा र नगर सभाले अनुसूची–८ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लिखित विषयमा आवश्यक कानुन बनाउन सक्नेछ ।
(२) उपधारा (१) बमोजिम कानुन बनाउने प्रक्रिया प्रदेश कानुन बमोजिम हुनेछ ।

धारा (२२७) गाउँ सभा र नगर सभा सम्बन्धी अन्य व्यवस्था

गाउँ सभा र नगर सभाको सञ्चालन, बैठकको कार्यविधि, समिति गठन, सदस्यको पद रिक्त हुने अवस्था, गाउँ सभा र नगर सभाका सदस्यले पाउने सुविधा, गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानुन बमोजिम हुनेछ ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

स्थानीय व्यवस्थापिका संविधानको भाग १८ [३][४]स्थानीय व्यवस्थापिका सन्दर्भ सामग्रीहरूस्थानीय व्यवस्थापिका यो पनि हेर्नुहोस्स्थानीय व्यवस्थापिकाअध्यक्षउपाध्यक्षगाउँ कार्यपालिकागाउँ सभागाउँपालिकानगर सभानगरपालिकानेपालको संविधान २०७२वडाध्यक्ष

🔥 Trending searches on Wiki नेपाली:

नेपाली साहित्यको इतिहाससाम्यवादनेपालका नगरपालिकाहरूभुँडीफोर गरुडजलवायु परिवर्तनतेह्रथुम जिल्लाशाह वंशडिल्लीबजार कारागारनेपालका राजाहरूको सूचीउखान-टुक्कासाबित्रा भण्डारीछाब्दिबराही मन्दिरअङ्ग्रेजी भाषाकालिकोट जिल्लानेपालका तालहरूको सूचीस्वयम्भूनाथराणा - काङ्ग्रेस मन्त्रिमण्डलकैलाली जिल्लानेपालको जनआन्दोलन २०६३खत्रीदोहोरो लेखा प्रणालीउत्तोलकस्याङ्जा जिल्लाकविताकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)गगन थापाराष्ट्रिय पहिचानदुर्गादादुराफुटबल खेलभारद्वाज गोत्रइलाम नगरपालिकानेपालका मल्ल राजाहरूको सूचीनेपाली शब्दकोशदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रवासलातसुकरातसेतो गरुडलक्ष्मीनेपाली भाषाकपिलवस्तु जिल्लाक्रोकस सिटी हलमा आक्रमणचापागाईंबाजुरा जिल्लागढीमाईनेपालमा महिला अधिकारसमासभारतबङ्गलादेशराजनीतिमगर भाषाज्ञानेन्द्र वीरविक्रम शाहनेपालका परम्परागत बाजाहरूको सूचीदोलखा जिल्लानेपाल अङ्ग्रेज युद्धगनोरियामहिनाभगांकुरविसं २०७२ को महाभूकम्पसिद्धिचरण श्रेष्ठइस्लाम धर्मइन्टरनेटआविष्कारकहरूको सूचीखड्गप्रसाद ओलीगायत्री मन्त्रमौसमगण्डकी प्रदेशविज्ञानबालेन शाहनेपालको सैन्य दर्जाभक्ति थापामाओवादी जनयुद्धनेपालमा रहेका विभिन्न देशका दूतावासहरूऋग्वेदपूर्वीय चिन्तन परम्परासिन्धुपाल्चोक जिल्लासंयुक्त अधिराज्य🡆 More