बिहार: पूर्वी भारतको एक राज्य

बिहार भारतको एक राज्य हो। बिहारको राजधानी र सबैभन्दा ठुलो सहर पटना हो। बिहारको उत्तरमा नेपाल, पूर्वमा पश्चिम बङ्गाल, पश्चिममा उत्तर प्रदेश र दक्षिणमा झारखण्ड राज्यहरू छन्। यसको नाम बौद्ध विहार शब्दको विकृत रूप मानिन्छ। उहिले यो राज्य विशाल साम्राज्यहरूको गढ थियो, वर्तमान कालमा देशको अर्थव्यवस्थाको सबैभन्दा कम योगदान दिने राज्यमा गनिन्छ। बिहारको ऐतिहासिक नाम मगध हो। बिहारको राजधानी पटनाको ऐतिहासिक नाम पाटलीपुत्र रहेको थियो।

बिहार
𑂥𑂱𑂯𑂰𑂩
बिहार: इतिहास, भौगोलिक स्थिति, सन्दर्भ सामग्रीहरू
बिहार: इतिहास, भौगोलिक स्थिति, सन्दर्भ सामग्रीहरू
बिहार: इतिहास, भौगोलिक स्थिति, सन्दर्भ सामग्रीहरू
बिहार: इतिहास, भौगोलिक स्थिति, सन्दर्भ सामग्रीहरू
बिहार: इतिहास, भौगोलिक स्थिति, सन्दर्भ सामग्रीहरू
बिहार: इतिहास, भौगोलिक स्थिति, सन्दर्भ सामग्रीहरू
घडीको दिशामा शीर्षदेखि: गङ्गा नदीसँगै रहेको पटनाको हवाई चित्र, प्राचीन नालन्दा विश्वविद्यालयका भग्नावशेषहरू, माता मुण्डेश्वरी। मन्दिर, मिथिला क्षेत्रको मिथिला चित्रकला, बोधगयाअवस्थित महाबोधी मन्दिर राजगीरमा वसन्तग्रीष्म ऋतुमा ब्रम्हकुण्ड
बिहार 𑂥𑂱𑂯𑂰𑂩को आधिकारिक लोगो
भारतको नक्सामा बिहार राज्यको अवस्थिति
भारतको नक्सामा बिहार राज्य
निर्देशाङ्क (Patna): २५°२४′N ८५°०६′E / २५.४°N ८५.१°E / 25.4; 85.1 ८५°०६′E / २५.४°N ८५.१°E / 25.4; 85.1
देशबिहार: इतिहास, भौगोलिक स्थिति, सन्दर्भ सामग्रीहरू भारत
स्थापनासन् १९१२ मार्च २२
(बिहार दिवस)
प्रदेश दर्जासन् १९५० जनवरी २६
राजधानीपटना
ठुलो सहरपटना
जिला३८
सरकार
 • गभर्नरराजेन्द्र अर्लेकर
 • मुख्यमन्त्रीनीतिश कुमार (जदयु)
 • उप मुख्यमन्त्रीतेजस्वी यादव (राजद)
 • विधानसभाद्वि-सदनात्मक
विधानसभा र विधान परिषद् (७५)
विधान सभा (२४३)
 • उच्च अदालतपटना उच्च न्यायालय
क्षेत्रफल
 • जम्मा९४,१६३ किमी (३६३५७ वर्ग माइल)
 • क्रम१३औँ
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१०३,८०४,६३७
 • क्रमतेसर
 • घनत्व१,१०२/किमी (२८५०/वर्ग माइल)
वासिन्दाबिहारी
कुग्राउ (सन् २०२१-२२)
 • कूल६.७५ लाख करोड (युएस$९५ बिलियन)
 • प्रति व्यक्ति आय५४,०७० (युएस$७६०)
भाषाहरू
 • आधिकारिकहिन्दी
 • अन्य सूचीकृतमैथिली, उर्दु (५ जिल्लाहरूमा)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-BR
माविसू (सन् २०१९)वृद्धि ०.५७४ (मध्यम) · ३६औँ
साक्षरता (सन् २०११)६८.१५%
लैङ्गिक अनुपात (सन् २०११)१०९० /१०००
वेबसाइटgov.bih.nic.in

इतिहास

प्राचीन काल

धेरै प्राचीन कालमा मगधको साम्राज्य देशको सबभन्दा शक्तिशाली साम्राज्यहरूमा गनिन्थ्यो। यहाँबाट मौर्य वंश, गुप्त वंश तथा अरु धेरै राजवंशहरूले देशका धेरै जसो क्षेत्रहरूमा राज्य गरे। मौर्य वंशका शासक सम्राट अशोकको साम्राज्य पश्चिममा अफगानिस्तान सम्म फैलिएको थियो। मौर्य वंशको शासन ३२५ ईस्वी पूर्वदेखि १८५ ईस्वी पूर्वसम्म चल्यो। छैटौँ र सातौँ इसापूर्व तिर यहाँ बौद्ध तथा जैन धर्महरूको उद्भव भयो। सम्राट अशोकले बौद्ध धर्मको प्रचारमा महत्त्वपूर्ण भूमिका निभाएका थिए र उनले आफ्ना छोरा महेन्द्रलाई बौद्ध धर्मको प्रसारको लागि श्रीलङ्का पठाए। उनले आफ्ना छोरा महेन्द्रलाई पाटलिपुत्र (वर्तमान पटना)को एक घाटबाट विदा गरेका थिए, जुन घाटलाई आज पनि महेन्द्रू घाट भनिन्छ। पछि बौद्ध धर्म चीन अनि यही बाटो भएर जापानसम्म पुग्यो।

मध्यकाल

बाह्रौँ शताव्दीमा बख्तियार खिलजीले बिहारमा आधिपत्य जमाएपछि मगध देशको प्रशासनिक राजधानी रहेन। जुनबेला शेरशाह सूरीले, सोह्रौँ शताव्दीमा दिल्लीको मुगल बाहशाह हुमायूँलाई हराएर दिल्लीको सत्ता कब्जा गरे त्यसपछि बिहारको नाम पुनः प्रकाशमा आयो तर यो धेरै दिनसम्म रहेन। अकबरले बिहार कब्जा गरेर बिहारलाई बङ्गालमा विलय गराए। त्यसपछि बिहारको सत्ता बङ्गालका नवाबहरूको हातमा गयो।

आधुनिक काल

सन १८५७ मा सिपाही विद्रोहमा बिहारका बाबु कुंवर सिंहले महत्त्वपूर्ण भूमिका खेलेका थिए। १८५२ मा बङ्गाल विभाजनको कारण यस राज्यको नाम बिहार बन्यो। सन् १९३५ मा उडीसालाई यसबाट अलग गरियो। स्वतन्त्रता सङ्ग्रामका बेला बिहारको चंपारणको विद्रोहलाई अङ्ग्रेजहरूको बिरुद्ध बिद्रोह फैल्याउने बिद्रोहहरूमा प्रमुख मानिन्छ। देश स्वतन्त्र भएपछि बिहारको फेरि एउटा अर्को विभाजन सन् २००० मा भयो, जसको फलस्वरूप झारखण्ड राज्य बन्यो। भारत छोड आन्दोलनमा पनि बिहारको ठूलै भूमिका थियो।

भौगोलिक स्थिति

उत्तर भारतमा २१°५८'१०" ~ २७°३१'१५" उत्तरी अक्षांश तथा ८२°१९'५०" - ८८°१७'४०" पूर्वी देशान्तरको मध्यमा बिहार एउटा हिन्दी भाषी राज्य हो। बिहारको क्षेत्रफल ९४,१६३ वर्ग किलोमीटर छ जसमा ९२,२५७.५१ वर्ग किलोमीटर ग्रामीण क्षेत्रले ओगटेको छ। झारखण्ड अलग भएपछि बिहारभित्र कृषियोग्य समतल भूभाग बाँकी रहेको छ। राज्यको पूर्वी मैदानमा औसत ऊँचाई १७३ फीट छ। भौगोलिक रूपमा बिहारलाई तीन प्राकृतिक भागहरूमा बाँडिएकोछ - उत्तरको पर्वतीय एवं तराई भाग, मध्यको विशाल मैदान तथा दक्षिणको पहाडी किनारा
उत्तरको पर्वतीय प्रदेश सोमेश्वर श्रेणीको हिस्सा हो। यस श्रेणीको औसत उचाइ ४५५ मीटर छ तर यसको सर्वोच्च शिखर ८७४ मीटर अग्लो छ। सोमेश्वर श्रेणीको दक्षिणमा तराई यस दलदली क्षेत्र छ जहाँ सालका रुखहरूको बाक्ला जङ्गलहरू छन्। यी जङ्गलहरूमा राज्यको एउटै बाघ आरक्षण क्षेत्र छ।

मध्यवर्ती विशाल मैदानले बिहारको ९५% भाग ओगटेकोछ। भौगोलिक रूपम यो चार भागमा बाँड्न सकिन्छ:-

१ - तराई क्षेत्र जहाँ सोमेश्वर श्रेणीको तराईमा लगभग १० किलोमीटर चौडा कंकर-बालूवा मात्र छ। यसको दक्षिणमा तराई उपक्षेत्र छ जो दलदले छ।
२ - भांगर क्षेत्र यो पुरानो जलोढ क्षेत्र हो। समान्यतः यो वरिपरिको क्षेत्र भन्दा ७-८ मीटर अग्लो छ।
३ - खादर क्षेत्र यसको विस्तार गण्डक देखि कोसी नदीको क्षेत्रसम्म फैलिएको छ। प्रत्येक वर्ष आउने बाढीको कारण यो क्षेत्र धेरै उपजाऊ छ। तर यही बाढीको कारण यो क्षेत्रमा विनाश पनि हुने गर्छ।

गङ्गा नदी राज्यको राज्यको मध्य भागबाट बग्ने हुंदा उत्तरी बिहार बागमती, कोशी, बूढी गण्डक, गण्डक, घाघरा र यिनका सहायक नदीहरूको समतल मैदान हो। सोन, पुनपुन, फल्गू तथा किऊल नदी बिहारमा दक्षिणबाट गङ्गामा मिसिने सहायक नदीहरू हुन्। बिहारको दक्षिण भागमा छोटानागपुरको पठार, जहाँको अधिकांश हिस्सा अब झारखण्डमा पर्छ, तथा उत्तरमा हिमालय पर्वतको नेपाल शृङ्खला पर्छ। हिमालयबाट आउने धेरै नदीहरू तथा खोलाहरू बिहार भएर बग्छन् र् गङ्गामा मिसिन्छन। वर्षाका दिनहरूमा यी नदीहरूले बाढ ल्याउने गर्छन्।

राज्यको औसत तापक्रम गृष्म ऋतुमा ३५-४० डिग्री सेल्सियस तथा जाडामा ५-१५ डिग्री सेल्सियस रहन्छ। यहाँ जाडाको मौसम नोभेम्बर देखि मध्य फेब्रुअरीसम्म रहन्छ। अप्रिलमा गृष्म ऋतु शुरु हुन्छ जो जुलाईको मध्यमा गएर सकिन्छ। जुलाई-अगस्टमा वर्षा ऋतुको आगमन हुन्छ जो अक्टूबरमा गएर सकिन्छ। औसतन १२०५ मिलीमीटर वर्षाको वार्षिक वितरण अन्दाजी ५२ दिनसम्म रहन्छ। उत्तर भागको जमिन धेरजसो उपजाऊ र कृषियोग्य छ। धान, गहूँ, गेडागुडी (दालहरू), मकै, तोरी, सुर्ती, सब्जी तथा केरा, आँप अनि लीची आदिको फसल लगाइन्छ। हाजीपुरको केरा (कोला) एवं मुजफ्फरपुरको लीची धेरै प्रसिद्ध छन्।

सन्दर्भ सामग्रीहरू

Tags:

बिहार इतिहासबिहार भौगोलिक स्थितिबिहार सन्दर्भ सामग्रीहरूबिहारउत्तर प्रदेशझारखण्डनेपालपटनापश्चिम बङ्गालभारतमगधराजधानी

🔥 Trending searches on Wiki नेपाली:

आविष्कारकहरूको सूचीयुवावस्थानेपाली परम्परागत नापका इकाईनारायणहिटी दरबार सङ्ग्रहालयरवि लामिछानेजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसमयलुम्बिनी प्रदेशभक्तपुर नगरपालिकामुक्तिनाथकृष्णदरबार हत्याकाण्डमहिला सशक्तिकरणभुँइ एेसेलुप्युठान जिल्लाश्रीकृष्ण श्रेष्ठनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)न्युटनको गतिका नियमहरूरामायणच्याटजिपिटीसर्लाही जिल्लासुपादेउराली मन्दिरमहादेशफ्रान्सेली राज्यक्रान्तिसंयुक्त राष्ट्रसङ्घका महासचिवसमाजटिकटकवसुधैव कुटुम्बकम्दीपेन्द्र सिंह ऐरीलिच्छवि राज्यभाषाविज्ञाननालापानीको लडाइँगरिबीसाम्यवादसिन्धुपाल्चोक जिल्लानेपालीशौनक गोत्रपाथीभरा देवी (ताप्लेजुङ)हिन्दु पञ्चाङ्गसन ह्युङ-मिनसर्पगन्धापरालको आगो (कथा)कोशी प्रदेशसुशान्त केसीबूढानीलकण्ठ मन्दिरछन्दनेपाली सेनासहकारीनेपालको लोकतन्त्र दिवससेतो मछिन्द्ननाथ मन्दिरअर्थफक्ताङलुङ गाउँपालिकानेपाल स्काउटकञ्चनपुर जिल्लायोगमाया न्यौपानेअन्तर्राष्ट्रिय तिथि रेखाबागमती नदीपरीक्षापारिस्थितिक प्रणालीनेपालमा पाइने चराहरूको सूचीमानव संसाधन व्यवस्थापनबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासगाईविनोद चौधरीप्रविधिलैङ्गिक समानताअमरसिंह थापाकर्णाली प्रदेशवेददक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननक्साराष्ट्रिय सभा (नेपाल)चापागाईंनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू🡆 More