जगदम्बाश्री पुरस्कार

जगदम्बाश्री पुरस्कार नेपालको एउटा प्रतिष्ठित साहित्यिक पुरस्कार हो । यो पुरस्कार मदन पुरस्कार गुठीले प्रदान गर्दछ। गुठीकी संस्थापिका रानी जगदम्बाकुमारीदेवी राणा को २०४५ साल साउन २९ गते निधन भएपछि गुठीकी संस्थापिकाको स्मृतिलाई चिरस्थायी राख्ने उद्देश्यले निधनको ४५ औँ दिन जगदम्बाश्री पुरस्कार विधिवत् स्थापना गरिएको हो ।

जगदम्बा-श्री पुरस्कार
पुरस्कृत (कारण)नेपाली भाषा, साहित्य, संस्कृति लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने सम्मान
देशनेपाल
प्रथम पुरस्कृतबि. स. २०४५
वेबसाइटऔपचारिक साइट

जगदम्बाश्री पुरस्कार मदन पुरस्कार गुठीबाट दिइने दोस्रो पुरस्कार हो । यो पुरस्कार गुठीको अक्षय कोषको वाषिर्क ब्याजबाट प्रत्येक वर्ष श्रव्य-दृश्य वा अरू किसिमका कृतित्वहरूबाट नेपाली वाङ्मयको श्रीबृद्धिमा उल्लेख्य योगदान पुर्‍याई देश-विदेशका प्रतिष्ठित विद्वान्, विद्वत-संस्था वा प्रतिष्ठानहरूबाट नाम प्रस्ताव गरी पठाएका नेपाली वाङ्मयका साधकहरूमध्येबाट छनौट समितिले आवश्यक छानबिन गरी सिफारिस गरेका वाङ्मय साधक वा संस्थालाई जगदम्बाश्री पुरस्कार प्रायः बडादशैँको नवमीमा प्रदान गरिन्छ । जगदम्बाश्री पुरस्कारका लागि नेपाली भाषाको (नेपाली वाङ्मय) सेवालाई नै एकमात्र आधार मानी पुरस्कृत प्रतिभाको छनौट हुन्छ

यस पुरस्कारको राशि मदन पुरस्कार सरह अर्थात् रु. २,००,०००।- (दुई लाख) नगद र प्रमाणपत्र प्रदान गरिन्छ ।बि. स. २०७५ बाट पुरस्कारको रकम रु. ४,००,००० निर्धारित गरिएको छ ।

यसका प्रथम विजेता हुनुहुथ्यो- स्व. नारायणगोपाल । उहाँलाई तीनदशकभन्दा बढी समयदेखि संगीतको माध्यमबाट नेपाली भाषाका गीतहरूलाई देश तथा विदेशमा समेत प्यारो बनाउन उल्लेखनीय योगदान गरेबापत २०४५ सालमा उक्त पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।

इतिहास

रानी जगदम्बाकुमारी देवी राणाले आफ्ना स्व. पति मदनशमशेर जबरा को स्मृतिमा वि.सं. २०१२ साल असोज १० गते मदन पुरस्कार गुठीको स्थापनाको घोषणा गर्नुका साथै सोही साल मार्ग २८ गते गुठीको दानपत्रमा हस्ताक्षर भई २०२० कात्तिक ३१ गते श्री ५ को सरकारलाई ललितपुर मेजिष्टे्रटबाट (द.न. २०२०।२) विधिवत् दर्ता गरिएको छ । नेपाली वाङ्मयको बृहत क्षेत्रलाई समेटी भिडियो र अरू कृतित्वलाई आधार बनाइ निजी स्तरबाट स्थापित पहिलो पुरस्कार जगदम्बाश्री पुरस्कार हो ।

हालसम्मका जगदम्बाश्री पुरस्कार विजेताहरू

सम्मान नाम
जगदम्बा-श्री २०७८ दुर्गाप्रसाद श्रेष्ठ
जगदम्बा-श्री २०७७ भैरवबहादुर थापा
जगदम्बा-श्री २०७६ शान्ति ठटाल
जगदम्बा-श्री २०७५ बैरागी काइँला
जगदम्बा-श्री २०७४ शान्तदास मानन्धर
जगदम्बा-श्री २०७३ दुर्गा बराल (वात्स्यायन)
जगदम्बा-श्री २०७२ लीलबहादुर क्षत्री
जगदम्बा-श्री २०७१ अङ्गूरबाबा जोशी
जगदम्बा-श्री २०७० शिव रेग्मी
जगदम्बा-श्री २०६९ रत्नशमशेर थापा
जगदम्बा-श्री २०६८ संशोधन मण्डल
जगदम्बा-श्री २०६७ दुर्गालाल श्रेष्ठ
जगदम्बा-श्री २०६६ राजेन्द्र विमल
जगदम्बा-श्री २०६५ रामशरण दर्नाल
जगदम्बा-श्री २०६४ कृष्णप्रसाद पराजुली
जगदम्बा-श्री २०६३ तीर्थबहादुर श्रेष्ठ
जगदम्बा-श्री २०६२ भैरव रिसाल
जगदम्बा-श्री २०६१ फणीन्द्रराज खेताला
जगदम्बा-श्री २०६० अलि मियाँ
जगदम्बा-श्री २०५९ कृष्णप्रकाश श्रेष्ठ
जगदम्बा-श्री २०५८ डायमनशमशेर राणा
जगदम्बा-श्री २०५७ धर्मराज थापा
जगदम्बा-श्री २०५६ नेपाली शिक्षा परिषद्
जगदम्बा-श्री २०५५ गोविन्दबहादुर मल्ल ‘गोठाले’
जगदम्बा-श्री २०५४ अम्बर गुरुङ
जगदम्बा-श्री २०५३ ठाकुरप्रसाद गुरागाई
जगदम्बा-श्री २०५२ हरिप्रसाद 'गोर्खा' राई
जगदम्बा-श्री २०५१ इन्द्रबहादुर राई
जगदम्बा-श्री २०५० तारादेवी
जगदम्बा-श्री २०४९ नेपाली साहित्य सम्मेलन, दार्जीलिङ
जगदम्बा-श्री २०४८ केदारमान व्यथित
जगदम्बा-श्री २०४७ नरबहादुर भण्डारी
जगदम्बा-श्री २०४६ मदनकृष्ण श्रेष्ठहरिवंश आचार्य
जगदम्बा-श्री २०४५ नारायणगोपाल

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू

Tags:

जगदम्बाश्री पुरस्कार इतिहासजगदम्बाश्री पुरस्कार हालसम्मका विजेताहरूजगदम्बाश्री पुरस्कार यो पनि हेर्नुहोस्जगदम्बाश्री पुरस्कार सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]जगदम्बाश्री पुरस्कार बाहिरी लिङ्कहरूजगदम्बाश्री पुरस्कारमदन पुरस्कार गुठी

🔥 Trending searches on Wiki नेपाली:

कोशी प्रदेशकावासोती नगरपालिकाकमला नदीसोभियत सङ्घविज्ञाननेपालका मल्ल राजाहरूको सूचीकालिकोट जिल्लारोगराष्ट्रिय स्वतन्त्र पार्टीसिद्धिचरण श्रेष्ठपहाडी प्रदेश (नेपाल)हिमाली प्रदेशअफ्रिकाहिन्दु धर्मसमासधर्म निरपेक्षतामाधवप्रसाद घिमिरे (साहित्यकार)चितवन जिल्लासंविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूपिनासकथानकजङ्गलपशुपतिनाथ मन्दिरनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुपरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालअङ्ग्रेजी भाषानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८दसैँअन्नप्राशन संस्कारदेवनागरी लिपिराम राज पन्तबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासव्रतबन्धगोरखालीशिरीषको फूलयुट्युबब्राह्मणनिर्वाचनसवाई मानसिंह स्टेडियमझापा जिल्लानेपालको सर्वोच्च अदालतसंयुक्त राष्ट्रबास्केटबलकाठमाडौँआन्तरिक नियन्त्रण प्रणालीसमानुपातिक प्रतिनिधित्व प्रणालीरवि लामिछानेश्रीमद्भागवत् पुराणहनुमानचाणक्य नीतित्रेता युगनेपाल वायुसेवा निगममनकामना मन्दिरइटहरी उपमहानगरपालिकाएसियायोगी नरहरिनाथविश्वेश्वरप्रसाद कोइरालादैलेख जिल्लामहगणेशलोक सेवा आयोग (नेपाल)नेपाल सशस्त्र प्रहरी बलसम्पत्तिभौगोलिक सूचना प्रणालीबजारमुनामदन (चलचित्र)अमरसिंह थापासञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)एडल्फ हिटलरसरस्वतीदिगो विकासभानु नगरपालिकाचतराधामअधिकारपृच्छापूर्वीय चिन्तन परम्परासाम्यवाद🡆 More