रानी राजेन्द्र लक्ष्मी

महारानी राजेन्द्र राज्य लक्ष्मी (? -सन् १७८५) शाहवंशकी रानी थिईन् जसले ८ वर्षको नायबीकालमा नेपाल एकीकरणको दोस्रो चरणलाई अघि बढाएकी थिईन्। उनी पृथ्वी नारायण शाहका छोरा प्रताप सिंह शाहकी पत्नी थिईन्। २३ वर्षको उमेरमा राजा बनेका प्रताप सिंह शाह त्यसको २५ वर्ष पछि नै दिवंगत भएपछि राजेन्द्र लक्ष्मीले छोरा रणबहादुर शाहको नाममा शासनभार सम्हालेकी थिईन्। यिनलाई राजमाता राजेन्द्रलक्ष्मी पनि भनिन्छ।

रानी राजेन्द्र लक्ष्मी
नेपालकी रानी
जन्मपाल्पा
मृत्युसन् १७८५
काठमाडौँ
जीवनसाथीप्रतापसिंह शाह
सन्तानरणबहादुर शाह
नाम
राजेन्द्र राज्य लक्ष्मी देवी
खानदानशाह वंश
धर्महिन्दु धर्म

बाल्यकाल

राजेन्द्र राज्य लक्ष्मी पाल्पामा जन्मेकी थिईन्।

नायबीकाल

प्रतापसिंह शाहको १९३४ मङ्सिरमा मृत्यु भएपछि राजेन्द्रलक्ष्मी नाबालक राजा रणबहादुर शाहकी नायबका रूपमा रहन लागिन्। सर्वप्रथम उनले आफ्नो हात बलियो पार्न चौतारिया दलमर्दन शाह र बहादुर शाहलाई काठमाडौँ आउन बेतियातिर पत्र लेखेर पठाइन्।

प्रतापसिंह शाहको मृत्यु पछि वज्रनाथ पण्डित राजेन्द्र लक्ष्मीलाई सति पठाएर आफू बालक राजाको नाममा शासन चलाउन चाहन्थे। राजेन्द्र लक्ष्मीले वज्रनाथ पण्डित लाई चारपाटा मुडेर चारभञ्ज्याङ कटाइदिइन्। भारदार परशुराम थापालाई नेलगल्फन्दी हालियो। मैजुकन्यालाई सती पठाइदिइन्। राजेन्द्र राज्य लक्ष्मीले सन् १७७७ मा राजमाताका रूपमा शासनभार सम्हालेकी थिईन् भने सन् १७७८ मा उनलाई बन्दी बनाईएको थियो। १७७९ मा उनलाई रिहा गरिएपछि उनी सन् १७८५ सम्म नेपालकी नायबी शासक रहेकी थिईन्। त्यस समयावधिमा राजेन्द्र राज्य लक्ष्मीको नेतृत्वमा सैनिक अभियान अन्तरगत कास्की, तनहुँलमजुङका राज्यहरू नेपाल राज्यमा मिलाईएका थिए।

व्यक्तित्व र मुल्यांकन

राजमाता राजेन्द्र राज्य लक्ष्मीले चौबीसे राज्यको संयुक्त आक्रमणलाई विफल तुल्याउँदै नेपालको सिमाना कालीगण्डकी सम्म पुर्याएकी थिईन्। उनीलाई पृथ्वी नारायण शाहको एकीकरण अभियान अघि बढाउने कुशल प्रशासकका रूपमा हेरिन्छ। उनी घोडा चढेर युद्धको मैदानमा पनि जाने गर्थिन। केही ईतिहासविदले सैनिक अभियानद्वारा विजय अभियान अघि बढाउनु नै उनको जीवनको उद्देश्य रहेको बताउँछन्। तथापी उनको कार्यकालमा समस्याहरू पनि थुप्रै थिए। देवर बहादुर शाहसंगको कलहका कारण उनको दरबार भारदारिया षडयन्त्र र हत्या हिंसाको स्थल पनि बन्न पुगेको थियो।

महारानी राजेन्द्रलक्ष्मी नेपालको इतिहासमा नै सम्भवतः सबैभन्दा शक्तिशाली नारी थिइन्। राजेन्द्रलक्ष्मीलाई नेपालकी प्रथम वीराङ्गना मानिन्छ। बहादुर शाहप्रति उनले गरेको व्यवहारलाई विर्सेर हेर्दा उनलाई दोष दिने ठाउँ देखिन्न। पृथ्वीनारायण शाहको एकीकरण अभियनलाई सफल पार्न उनको पनि अथक योगदान छ। यिनले चौबीसे राज्यहरूलाई गोरखाली शक्तिको पूरा परिचय दिएकी थिइन्। कास्की, लमजुङतनहुँ यिनकै पालामा नेपालमा गाभिएका थिए।

मृत्यु

सन् १७८५ (वि.सं. १८४२) मा क्षयरोगबाट महारानी राजेन्द्र राज्य लक्ष्मीको काठमाडौँको हनुमानढोका दरबारमा मृत्यु भयो। [स्रोत नखुलेको]



Tags:

रानी राजेन्द्र लक्ष्मी बाल्यकालरानी राजेन्द्र लक्ष्मी नायबीकालरानी राजेन्द्र लक्ष्मी व्यक्तित्व र मुल्यांकनरानी राजेन्द्र लक्ष्मी मृत्युरानी राजेन्द्र लक्ष्मीपृथ्वीनारायण शाहप्रतापसिंह शाहविकिपिडिया:स्रोत नखुलेको

🔥 Trending searches on Wiki नेपाली:

नेपाल वित्तीय प्रतिवेदन मानहरूवराहक्षेत्रराणा - काङ्ग्रेस मन्त्रिमण्डलमहर्जनदुर्गा प्रसाईअर्थगणतन्त्रअङ्ग्रेजी भाषासिन्धुली जिल्लाउदित नारायण झानेपालको प्रधानमन्त्रीइलाम २ (निर्वाचन क्षेत्र)रामेछाप जिल्लाचौहानराशि-चक्रजैविक विविधतासंविधानवादस्त्री स्खलनश्रीमद्भागवत् पुराणनिबन्धमहिनावारीगोपालप्रसाद रिमालबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासजितेन्द्र मुखियानेपाली रुपैयाँव्यवस्थापननेपालका हिन्दू मन्दिरहरूको सूचीकबड्डीइन्जिनियरिङमारुनी नाचभक्तपुर दरबार क्षेत्रदिब्रुङफिफासृष्टी श्रेष्ठजगदम्बाश्री पुरस्कारकोशिका सिद्धान्तमकवानपुर जिल्लानेपालका गाउँपालिकाहरूसङ्खुवासभा जिल्लाविद्यालयकोत पर्वइजरायल–हमास युद्ध, सन् २०२३चाल शक्तिवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभानुभक्त आचार्यनेपालको अर्थतन्त्रसिंहदरबारअन्नपूर्ण हिमालविकासशील देशगाउँपालिकास्थानीय तहसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूदुधहात्तीशिक्षाकानूनशिखरिणी छन्दपृथ्वीभारद्वाज ऋषिपृथ्वीनारायण शाहपरिकल्पनाउत्प्रेरणानेपालको सैन्य दर्जाप्रतिव्यक्ति आयगतिराणाकालीन सरकारी कार्यालयहरूऋतुसम्भोगपानीधरान उपमहानगरपालिकाशिवसदर चिडियाखाना, नेपालराई जाति🡆 More