प्रतापसिंह शाह

प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए। अत्यन्तै छोटो शासनकालमा प्रतापसिंह शाहले केही महत्त्वका काम गरेका हुनाले उनको इतिहासमा राम्रै स्थान मिलेको छ। उनले तिब्बत र भारत संगको व्यापार स्थिर गराइदिए। अङ्ग्रेजहरु मैसूर दमन गर्नमा लागेका मौकामा चितवनलाई आफ्नो अधिकारमा लिए। राज्यको उन्नतिमा योगदान दिने हस्तिहरूलाई पुरस्कृत गरी उनीहरूको हौसला बढाए। तर नेपाल दरबारका पाइनदार पुराना प्रशिक्षित भारदारलाई दुर्बल बनाउनमा उनी अगाडि देखिए।

प्रतापसिंह शाह
प्रतापसिंह शाह
नेपालका राजा
शासनकाल१८३१ पौष २९ – १८३४ मंसिर ४
राज्याभिषेक१८३१ पौष ३०
पूर्वाधिकारीपृथ्वीनारायण शाह
उत्तराधिकारीरणबहादुर शाह
जन्म१८०८ बैशाख ५
गोर्खा, गोर्खा राज्य (हाल:नेपाल)
मृत्यु१८३४ मंसिर ४ (२६ वर्ष)
काठमाडौँ, नेपाल
जीवनसाथीराजेन्द्र लक्ष्मी देवी शाह
माइजु रानी महेश्वरी देवी
घरानाशाह वंश
बाबुपृथ्वीनारायण शाह
आमानरेन्द्र राज्य लक्ष्मी देवी शाह
धर्महिन्दु

प्रारम्भिक जीवन

युवराज प्रतापसिंह शाहलाई शिक्षादिक्षा दिन भनी श्री ५ पृथ्वीनारायण शाहले पं. वज्रनाथ पौडेललाई काममा खटाएका थिए। पं वज्रनाथ पौडेल एक आज्ञाकारी विद्धान हुनाले युवराज प्रतापसिंहको शाहको रुचि जता लाग्यो उतै ध्यान दिनु राजकाजका गुरुजीका कर्तव्य सम्झन्थे।

राज्यकाल

यिनको समयमा भुवनेश्वर, कविलासी, विजयपुर, तनहुँ , सुमेस्वर जस्ता ठाउँहरू नेपाल राष्ट्रमा गाभिएका थिए । वि.सं. १८३२ मा नेपाल-तिब्बत व्यापारमा वृद्धि गरे । २ वर्ष १० महिना करिब ३ वर्षको छोटो शासन अवधि बित्न नपाउँदै यिनको देहान्त भयो । यिनले सोच-विचार नै नगरी गद्दी ताक्ने आरोपमा भाइ बहादुर शाह र काका दलमर्दन शाहलाई नजरबन्द राखे । बहादुर शाहलाई विश्वास गर्न नसक्नु यिनको ठूलो भूल थियो । पृथ्वी नारायण शाहको देहान्तपछि नेपालका राजा भएका थिए तर दुई वर्ष तीन महिनामा नै यिनको देहान्त भएपछि यिनका छोरा रण बहादुर शाहलाई राजा बनाई रानी राजेन्द्र लक्ष्मी र राजकुमार बहादुर शाहले नायब भई राज्य सञ्चालन गरेका थिए।

मृत्यु

उनको रक्तस्रावले गर्दा १८३४ मङ्सिर महिनामा मृत्यु भयो। उनको लास सँगै आठओटी केटीहरू सती गए। प्रतापसिंह शाहको क्रियाकाज दलजित शाहले गरे, गर्नुपर्ने बहादुर शाहले थियो, तर पाएनन् ।

सन्तानहरू

नाम जन्म विवाह मृत्यु बच्चाहरु
युवराजाधिराज रणबहादुर १३ जेठ १८३२ राज राजेश्वरी
सुवर्णप्रभा देवी
कान्तिमतिका देवी
ललित त्रिपुरा सुन्दरी
(अरु थप पनि छन्)
१४ बैशाख १८६३ युवराजाधिराज गीर्वाणयुद्ध

(अरु थप पनि छन्)

अधिराजकुमार विदुरबहादुर १४ वैशाख १८६३
अधिराजकुमार शेरबहादुर १४ वैशाख १८६३

सन्दर्भ सामग्रीहरू


Tags:

प्रतापसिंह शाह प्रारम्भिक जीवनप्रतापसिंह शाह राज्यकालप्रतापसिंह शाह मृत्युप्रतापसिंह शाह सन्तानहरूप्रतापसिंह शाह सन्दर्भ सामग्रीहरूप्रतापसिंह शाहपृथ्वीनारायण शाह

🔥 Trending searches on Wiki नेपाली:

स्थानीय कार्यपालिकाफिफासमाचारआगन्तुक शब्दतराईप्रवेशिका परीक्षागण्डकी प्रदेशभूमध्यरेखाॐ मणि पद्मे हूँनेपालको सर्वोच्च अदालततामाङ जातिमहोत्तरी जिल्लात्रिभुवन वीरविक्रम शाहनेपालका प्रदेशहरूमानव विकास अर्थशास्त्रनेपालको एकीकरणव्रतबन्धजनशक्तिसंयुक्त राष्ट्रखाँदवारी नगरपालिकामोतीराम भट्टयोगसन्दुक रुइतगाईलोक सेवा आयोग (नेपाल)सिन्दुरे जात्रा (नुवाकोट)शिक्षण विधिकुमारी (जीवित देवी)नेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालको अन्तरिम शासन विधान २००७जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीव्यवस्थापिकानामअक्षराङ्क शिक्षारवि लामिछानेबौद्धिक सम्पत्तिविधिशास्त्रभीमनिधि तिवारीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालस्थानीय व्यवस्थापिकारत्ननगर नगरपालिकारोकायाचन्द्रमादरबार हत्याकाण्डपृथ्वीनारायण शाहदासप्रथाप्रतिनिधि सभा निर्वाचन, २०७९बलभद्र कुँवरनागरिकसङ्घीयतागणतन्त्र दिवस (नेपाल)सूर्यकुँवर इन्द्रजीत सिंहनमस्तेनेपालमा बोलिने भाषाहरूपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीसिद्धार्थनगर नगरपालिकाअर्थजुकाराष्ट्रिय वाणिज्य बैंकमाध्यमिक विद्यालयलुभुबुटवल उपमहानगरपालिकावर्ण विन्यासदैवज्ञराज न्यौपानेपहिलो पुस्ताविज्ञानकुम्भ मेलारामनैतिक दृष्टान्तलुम्बिनीनेपालका दलित वर्गमा पर्ने थरहरूजलवायु परिवर्तनदाहाललोकतन्त्रआसियान🡆 More