ढाँचा:धेरै खण्डहरू
संयुक्त राष्ट्र सङ्घ मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ | |
---|---|
मानव अधिकार विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसङ्घको साधारण सभाले प्रस्ताव नं.. २१७ क (३)बाट सन् १९४८ डिसेम्बरमा अनुमोदन गरी जारी गरेको हो। यसमा ३० धाराहरू रहेका छन्।
मानव परिवारका सबै सदस्यहरूमा अन्तरनिहित प्रतिष्ठा तथा सम्मान र अविच्छिन्न अधिकारहरूको मान्यता नै विश्वमा स्वतन्त्रता, न्याय र शान्तिको आधार भएकोले, मानव अधिकारप्रति अवहेलना र अनादरको परिणाम स्वरुप मानव जातिको अन्तःकरणलाई नै आहत गर्ने बर्वरतापूर्ण कामहरू भएका र मानव जातिले आस्था र वाक् स्वतन्त्रताको तथा भय र अभावबाट मुक्तिको उपभोग गर्न पाउने विश्वको सिर्जना सर्वसाधारण जनताको उच्चतम् आकांक्षाको रूपमा घोषित भएकोले, अत्याचार र दमनको विरुद्ध अन्तिम उपायको रूपमा विद्रोह गर्न मानिसलाई बाध्य नगराउनका लागि कानूनको शासनद्वारा मानव अधिकारको संरक्षण गर्न अत्यावश्यक भएकोले, राष्ट्रहरूका बीच मैत्रीपूर्ण सम्बन्ध विकास प्रवर्द्धन गर्न अत्यावश्यक भएकोले, संयुक्त राष्ट्र सङ्घका जनताहरूले बडापत्रमा मौलिक मानव अधिकारहरूमा ब्यक्तिको प्रतिष्ठा तथा मूल्यमा र महिला तथा पुरुषका समान अधिकारहरूमा आफ्नो विश्वास पुनः पुष्टि गरेको र व्यापक तर स्वतन्त्रतामा सामाजिक प्रगति र अझ राम्रो जीवनस्तर प्रवर्द्धन गर्न उनीहरू दृढ भएकोले, सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्र सङ्घसँगको सहयोगमा मानव अधिकार र मौलिक स्वतन्त्रताहरूको विश्वव्यापी सम्मान र पालनाको प्रवर्द्धन हासिल गर्न प्रतिज्ञा गरेकोले, र यो प्रतिज्ञाको पूर्ण प्राप्तिको लागि यी अधिकार र स्वतन्त्रताहरूको साझा वोध सर्वोत्तम महत्त्वको कुरा भएकोले, महासभाले यस मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई सबै जनताहरू र सबै राष्ट्रहरूले हासिल गर्ने एक साझा मापदण्डको रूपमा घोषणा गर्दछ र यस उद्देश्यका लागि प्रत्येक ब्यक्ति र समाजका प्रत्येक अंगले यस घोषणापत्रलाई निरन्तर ध्यानमा राखी शिक्षण र शिक्षाको माध्यमबाट यी अधिकार र स्वतन्त्रताहरू प्रतिको सम्मान प्रवर्द्धन गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रगतिशील उपायहरूको माध्यमबाट सदस्य राष्ट्रहरू स्वयंका जनता बीच र उनीहरूका क्षेत्राधिकार अन्तर्गतका इलाकाका जनता बीच यी अधिकार र स्वतन्त्रताहरूको विश्वव्यापी तथा प्रभावकारी मान्यता र पालना सुनिश्चित गर्न प्रयत्न गर्नेछ।
सबै ब्यक्तिहरू जन्मजात स्वतन्त्र र प्रतिष्ठा तथा अधिकारमा समान हुन्छन् । उनीहरू विवेक र अन्तःकरणले युक्त भएका हुन्छन् । उनीहरूले भातृत्वको भावना लिएर एक अर्काप्रति व्यबहार गर्नुपर्छ ।
जाति, वर्ण, लिंग, भाषा, धर्म, राजनैतिक वा अन्य विचारधारा, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य कुनै हैसियत जस्ता कुनै पनि आधारमा कुनै पनि किसिमको भेदभाव बिना प्रत्येक ब्यक्तिलाई यस घोषणापत्रमा उल्लिखित अधिकार र स्वतन्त्रताहरूको अधिकार हुनेछ साथै कुनै पनि ब्यक्ति रहेका मुलुक वा इलाका स्वतन्त्र, न्यास, स्वशासन रहित वा सार्वभौमसत्ताको अन्य कुनै पनि सीमाको अधिनमा रहेको जे भए तापनि त्यस्तो मुलुक वा ईलाकाको राजनीतिक, क्षेत्राधिकारगत वा अन्तर्राष्ट्रिय हैसियतका आधारमा कुनै पनि भेदभाव गरिनेछैन ।
प्रत्येक ब्यक्तिलाई जीवनको स्वतन्त्रता र सुरक्षाको अधिकार हुनेछ ।
कसैलाई बाँधा वा दास बनाई राखिने छैन । कुनै पनि किसिमको दासत्व र दास व्यापारलाई निषेध गरिने छ ।
कुनै पनि ब्यक्तिलाई शारीरिक यातना दिईने वा क्रुर, अमानवीय वा अपमानजनक व्यबहार वा सजाय गरिने छैन ।
कानूनको दृष्टिमा प्रत्येक ब्यक्तिलाई सर्वत्र ब्यक्तिको रूपमा मान्यता पाउने अधिकार हुने छ ।
सबै ब्यक्तिहरू कानूनको दृष्टिमा समान र कुनै पनि भेदभाव बिना कानूनको समान संरक्षणका हकदार छन् । सबै ब्यक्तिहरूलाई यस घोषणापत्रको उल्लंघन गरी गरिएको कुनै पनि प्रकारको भेदभाव विरुद्ध वा त्यस्तो भेदभावको दुरुत्साहन विरुद्ध समान संरक्षण पाउने अधिकार हुनेछ ।
प्रत्येक ब्यक्तिलाई संविधान वा कानूनद्वारा प्रदत्त मौलिक अधिकारहरूको उल्लघंन गर्ने कार्यहरू विरुद्ध सक्षम राष्ट्रिय न्यायाधीकरण हरूबाट प्रभावकारी उपचार पाउने अधिकार हुनेछ ।
कसैलाई पनि स्वेच्छाचारी रूपले गिरफ्तार गरिने, नजरबन्दमा राखिने वा देश निकाला गरिने छैन ।
कुनै पनि ब्यक्ति उपर लगाइएको फौजदारी अभियोगको र निजको अधिकार तथा दायित्वको निरुपण गर्दा स्वतन्त्र र सक्षम न्यायाधीकरणबाट निष्पक्ष र सार्वजनिक सुनुवाई गरी पाउने पूर्ण समानताको हक त्यस्तो ब्यक्तिलाई हुनेछ ।
कुनै पनि ब्यक्तिको गोपनियता, परिवार, घर वा पत्रचारमा स्वेच्छाचारी वा गैरकानूनी हस्तक्षेप गरिने छैन न त निजको प्रतिष्ठा तथा ख्यातीमा गैरकानूनी आक्रमण नै गरिने छ । प्रत्येक ब्यक्तिलाई त्यस्तो हस्तक्षेप वा आक्रमण विरुद्ध कानूनको संरक्षण पाउने अधिकार हुनेछ ।
राष्ट्रबाट संरक्षण पाउनेछ ।
प्रत्येक ब्यक्तिलाई विचार, सदविवेक तथा धर्मको स्वतन्त्रताको अधिकार हुनेछ । यस अधिकारमा आफूले रोजेको धर्म वा आस्था परिवर्तन गर्ने स्वतन्त्रता र ब्यक्तिगत रूपमा वा अरुसँग मिलेर तथा सार्वजनिक वा निजी रूपमा पूजाआजा, नियम, अभ्यास तथा शिक्षणमा आफ्नो धर्म वा आस्था प्रकट गर्न पाउने स्वतन्त्रता समेत समावेश हुनेछ ।
प्रत्येक ब्यक्तिलाई विचार र अभिब्यक्ति स्वतन्त्रताको अधिकार हुनेछ । यस अधिकारमा बिना हस्तक्षेप आफ्ना विचारहरू राख्न पाउने स्वतन्त्रता, सीमानाको बन्देज बिना कुनै पनि माध्यम मार्फत सूचना र विचारहरू प्राप्त गर्ने, खोज्ने तथा प्रसार गर्ने स्वतन्त्रता समेत समावेश हुनेछ ।
प्रत्येक ब्यक्तिलाई समाजको एक सदस्यको हैसियतले सामाजिक सुरक्षाको अधिकार हुने र राष्ट्रिय प्रयत्न र अन्तर्राष्ट्रिय सहयोग मार्फत र प्रत्येक राष्ट्रको सङ्गठन र श्रोतहरू अनुरुप निजको प्रतिष्ठाकोलागि र निजको ब्यक्तित्वको स्वतन्त्र विकासको लागि अपरिहार्य आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको प्रप्तिको अधिकार हुनेछ ।
४. प्रत्येक ब्यक्तिलाई आफ्नो हितको रक्षाको लागि ट्रेड युनियन गठन गर्ने र त्यसमा सम्मिलित हुन पाउने अधिकार छ ।
प्रत्येक ब्यक्तिलाई कार्य घण्टाको र तलबी आवधिक विदाको मनासिव सीमा सहितको आराम र विश्रामको अधिकार छ ।
२. आमा र शिसुहरूलाई विशेष स्याहार र सहायता पाउने अधिकार छ । विवाह भई वा नभई जन्मेका सम्पूर्ण बालबालिकाहरूले समान सामाजिक संरक्षण पाउनेछन् ।
प्रत्येक ब्यक्तिलाई यस घोषणापत्रमा उल्लिखित अधिकार र स्वतन्त्रताहरू पूर्ण रूपले प्राप्त गर्न सकिने सामाजिक र अन्तर्राष्ट्रिय व्यबस्थाको अधिकार छ ।
यस घोषणापत्रमा उल्लिखित कनै पनि अधिकार र स्वतन्त्रताहरू नष्ट गर्ने उद्देश्यले कुनै पनि कृयाकलापमा संलग्न हुन पाउने वा कुनै पनि कार्य गर्न पाउने अधिकार कुनै पनि राष्ट्र, समूह वा ब्यक्तिलाई प्रदान गर्ने गरी यस घोषणापत्रमा उल्लिखित कुनै पनि कुराको ब्याख्या गरिने छैन
This article uses material from the Wikipedia नेपाली article मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.