पञ्चायती व्यवस्था

पञ्चायती व्यवस्था (पुष १२,२०१७-चैत्र २०४६) नेपालमा ३० वर्ष सम्म कायम भएको एउटा माैलिक राजनीतिक व्यवस्था थियो। बहुदलीय संसदीय व्यवस्था नेपालमा अफाप सिद्ध भएको भन्दै एक घोषणा मार्फत निर्वाचित संसद र विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रीमण्डल बिघटन गरेपछि २०१७ सालमा पञ्चायती व्यवस्था सुरू गरिएको थियो। यो एकदलीय व्यवस्था थियो।

१९५९मा राजा महेन्द्रले लोकतान्त्रिक अभ्यास अन्त्य गरी "निर्दलिय" पञ्चायत व्यवस्था लागु गरी राज्य गरे। नेपालको संविधान २०१९ जारी गरियो जसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्यायो। २०४६ को "जनआन्दोलन"ले राजतन्त्रलाई संबैधानिक सुधार गर्न र बहुदलिय संसद बनाउन बाध्य तुल्यायो फलत नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भै बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो।

पञ्चायती व्यवस्थाका मुख्य घटनाहरू

पञ्चायती व्यवस्था लागू भैसकेपछि त्यसको जग मजबुत बनाउनका लागि राज्यका तर्फबाट विभिन्न कार्यक्रमहरू ल्याइएको थियो। त्यसैगरी पञ्चायती व्यवस्था हटाउनका लागि विभिन्न राजनीतिक पार्टीहरूबाट शसस्त्र तथा शान्तिपूर्ण आन्दोलनहरू पनि भैरहे।

  • शाही घोषणाबाट निर्वाचित सरकार तथा संसद विघटन गरी निर्दलीय पञ्चायती व्यवस्थाको घोषणा। दलमाथि प्रतिबन्ध, मुख्य राजनीतिक दलका प्रमुख नेताहरूलाई जेल हालियो - २०१७ पुष १
  • राजा महेन्द्रको अध्यक्षतामा मन्त्रीमण्डल गठन २०१७ पुष १२
  • नेपाली कांग्रेसको शसस्त्र विद्रोह २०१८
  • महेन्द्र राजमार्ग निर्माण (सुरू २०१८ माघ उद्घाटन २०२२)
  • नेपाल अधिराज्यको संविधान २०१९ लागू - २०१९ पुष १
  • भूमिसुधार व्यवस्था लागू - २०२१
  • नयाँ मुलुकी ऐन लागू -२०२० भाद्र ९
  • गाउँफर्क अभियान -
  • बीपी लगायत केही राजनीतिक बन्दीहरू रिहा - २०२४
  • जनकपुर बम काण्ड - २०१८ माघ ९
  • राजा महेन्द्रको निधन बीरेन्द्रको गद्धिरोहण - २०२८ माघ १७
  • झापामा कम्युनिष्ट सशस्त्र बिद्रोह - २०२८/२९
  • नेपाल शान्तिक्षेत्रको प्रस्ताव - २०३१ फाल्गुन १३
  • निर्वासित प्रधानमन्त्री बीपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्के - २०३३
  • जनमत सङ्ग्रह - २०३७ जेठ १०
  • कांग्रेस द्वारा सत्याग्रह - २०४२
  • सिंहदरवार बम काण्ड - २०४२
  • भारत द्वारा नाकाबन्दी - २०४५/४६
  • संयुक्त जनआन्दोलन - २०४६
  • बहुदलीय व्यवस्थाको घोषणा - २०४६ चैत्र २६

सन्दर्भ सामग्रीहरू



Tags:

विश्वेश्वरप्रसाद कोइराला

🔥 Trending searches on Wiki नेपाली:

नेपालका बैङ्कहरूको सूचीब्राह्मणभक्तपुर नगरपालिकावैज्ञानिकसुगौली सन्धिकुमाल जातिभारद्वाज ऋषिराष्ट्रिय प्रजातन्त्र पार्टीप्रवेशिका परीक्षाअन्तर्राष्ट्रिय श्रमिक दिवसचाँगुनारायण मन्दिरबैङ्कत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलव्रतबन्धकाँक्रे विहारनेपालका प्रदेशहरूविश्वेश्वरप्रसाद कोइरालापाकिस्तानको प्रधानमन्त्रीकवितापूर्वी रुकुम जिल्लाज्ञानेन्द्र वीरविक्रम शाहअङ्कवसन्तवीर अस्पतालदैलेख जिल्लातामाङ जातिकमला नदीसौर्यमण्डलविज्ञानमाधवप्रसाद घिमिरे (साहित्यकार)युरोपनेपालको संविधानविसं १९९० को महाभूकम्पसामन्तवादनेपाली परम्परागत नापका इकाईनेपाली भाषाशङ्कर लामिछानेधरान उपमहानगरपालिकाविद्यालयवैदेशिक रोजगारविद्यादेवी भण्डारीतानसेन नगरपालिकानेपालको एकीकरणइन्टरनेटलियोनेल मेसीभक्तपुर दरबार क्षेत्रनेपालमा हिन्दु धर्मआम निर्वाचन २०१५महानगरपालिकानेपाली चलचित्रअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालतत्समराष्ट्रिय स्वतन्त्र पार्टीस्याङ्जा जिल्लामहिनावारीसीताविकसित देशसवारी दुर्घटनानेपालमा खेलकुदभूमध्यरेखाबाजुरा जिल्लानेपाल राष्ट्र बैङ्कअन्टार्क्टिकापुतलीरामपुर नगरपालिकापृथ्वीनारायण शाहसाउदी अरबजाजरकोट भूकम्प, २०८०कर्णाली प्रदेशनेपालगन्ज उपमहानगरपालिकाबालकृष्ण समभरतपुर महानगरपालिकाप्रदेश सभा (नेपाल)कलियुगदोलखा जिल्लाढुङ्गे युग🡆 More